काठमाडौँ : ३३ किलो सुन प्रकरणमा छानबिन गरिरहेको समितिले एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रुपमा कार्यरत खनाललाई नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो। गृह मन्त्रालयबाट गठित समितिले मंगलबार खनालसँग बयान समेत लिएको थियो। बयानलगत्तै उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयको एक नम्बर गणमा लगिएको हो। गत आइतबार समितिले पूर्व डिअाइजी गोविन्द निरौलालाई पनि…
काठमाडौ : पूर्व फूटबल खेलाडीलाई चोरीको सामाग्री बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। सरस्वती क्लबका पूर्व कप्तान दीपेश श्रेष्ठलाई बुधवार महानगरीय प्रहरी वृत्त बौद्ध र कपन प्रभागको संयुक्त टोलीले पक्राउ गरेको हो। खेलाडी श्रेष्ठ केही समयदेखि भने प्रशिक्षकका रुपमा काम गर्दै आएका छन्। चोरी गरेर ल्याएका ल्यापटप, मोबाइल लगायतका सामाग्री श्रेष्ठले अनलाइन मार्फत् बिक्री गर्ने गरेको महानगरीय प्रहरी…
काठमाडौँ : 'करिब ४५ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने १ किलो सुन २८ लाखमा नै दिँदैछ। किन्ने हो?' भक्तपुरका अजय तामाङको प्रश्नले राजेन्द्र थापा दुविधामा परे। अजय र राजेन्द्रबीच पहिलेदेखिनै सामान्य चिनजान थियो। झन्डै १५ लाख रुपैयाँ फाइदा हुने भएपछि राजेन्द्रमा लोभ पलायो। उनी सुन किन्न तयार भए। अजयले आफूले चिनेको साथी विष्णु मोक्तान र कर्ण लिम्बुले सुन बेच्ने बताएका…
काठमाडौँ: प्रदेश ४ को मनाङबाट प्रदेशसभा 'ख'मा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङेलाई स्वयम्भूको तीनधाराबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखेरलले मनाङे काठमाडौंमा लुकेर बसेको सूचना आएको आधारमा खोजतलास गर्दा स्वयम्भूबाट पक्राउ गरेको बताए। २०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा राजीव गुरुङ भनिने…
काठमाडौँ: मनाङबाट प्रदेश सभा सदस्यमा चुनाव जिते पनि कैद भुक्तान बाँकी रहेको खबर सार्वजनिक भए लगत्तै फरार रहेका दीपक मनाङेलाई बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ। स्वयम्भूको तीनधारामा लुकेर बसेको अवस्थामा मनाङेलाई पक्राउ गरिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। पहिलोपोस्टसित कुरा गर्दै मनाङेले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट नै आफू भारतको सिक्किम गएको बताए। उनले भने, 'वकिलले मलाई…
काठमाडौं : आइबोस ग्लोबल मार्केटिङ कम्पनी यतिखेर झन्डै ८ हजार सेवाग्रहीको लागि गलपासो बनेको छ। कमिसनको लोभ देखाउँदै सदस्य बनेका ७ हजार ८ सय २४ जनाको लगानी यतिखेर बालुवामा पानी झैं भएको छ। पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरिरहेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोले मंगलवार काठमाडौंको चुच्चेपाटीमा रहेको कम्पनीबाट संचालकसहित ६६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ५९ जनालाई भने सामान्य सदस्यमात्र…
काठमाडौं : वितेका दुई दिनमा युवती हत्याका दुई डरलाग्दा घटना सतहमा आए। दैनिक एक युवतीको हत्या हुनु समाज कुन दिशातिर जाँदैछ भन्ने देखाउन पर्याप्त छ। यस्ता हत्यासँग जोडिएका छन् – महिला, मदिरा र मस्ती। घटना नम्बर १ चैत २२ गते राति। टोखा नगरपालिका। रिहाले होटेलमा पुग्नेबित्तिकै भर्जिन ब्रान्डको रक्सी मगाइन्। उनीसँगै होटेलको कोठामा पुगेका गोपालले बियर मगाए। दुई…
काठमाडौं : बसुन्धारामा युवतीको हत्या भएको २४ घन्टा नबित्दै प्रहरीले हत्यामा संलग्न युवक पक्रेको छ। समातिएका विजय तामाङले ढुंगा प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन्। 'रक्सी खाएर फर्किँदा कोठामा जान नमानेपछि ढुंगाले हानेको हुँ,' अभियुक्त तामाङले बयानमा भनेका छन्, 'रिसको आवेगमा हानेको थिएँ।' सात महिनादेखि विजय तामाङ र ती युवती सँगै बस्दै आएका थिए। केही समय यता युवती अरुसँगै…
काठमाडौं : नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करबाट अवैध लागूऔषध गाँजाको तस्करी हुने गरेको खुलेको छ। लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले ना ४ ख ५३६८ नम्बरको ट्याङ्करमा १ सय ६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ट्याङ्कर चालक सोमबहादुर थोकर र लागूऔषध कारोबारी इमानसिंह स्याङबो रहेको व्युरोका प्रमुख डिआइजी ठूले राईले बताए। मकवानपुरको कैलाश…
काठमाडौं : चैत २३ गते बिहान साढे ९ बजे हातखुट्टा बाँधेको युवतीको शव टोखाको एक गेष्ट हाउसमा फेला पर्यो। घटनाको प्रकृतिले युवतीको हत्या भएको पुष्टि गर्ने प्रहरीलाई समय लागेन। तर, हत्या कसले र किन गर्यो भन्ने प्रश्नको उत्तर प्रहरीसँग थिएन। घटनाको १० दिनपछि २२ वर्षीय गोपाल शर्मा पक्राउ परे। यसपछि हत्याको एउटा गुत्थी सुल्टिएको छ। महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको…
शुक्रवार मध्यरातिबाट २०७४ बिदा भयो। वितेको वर्ष पनि देशमा अघिल्ला वर्ष झैं आपराधिक गतिविधि बीसबाट उन्नाइस हुन सकेन। चोरी, लुटपाट र डकैतीका घटनामा केही कमी आए पनि हत्या, बलात्कार, तस्करी, अपहरण र फिरौती लगायतका अपराधले वर्षैभरी त्रासित बनाइरह्यो। यस्ता जघन्य अपराधको ग्राफ माथितिर चढिरह्यो। यस वर्ष तिनै तहका निर्वाचन सम्पन्न भए। सुरक्षाको सबैभन्दा ठूलो चासो यसमै केन्द्रित थियो। हरेक तहका…
काठमाडौं : १७ महिना अगाडि भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजारका नोट बिक्री गरेर लाखौं कमाउने सपना देखेका थिए सुनिलदेव वैश्यले। १ हजारको भारतीय नोट २ सयमा किनेर ४ देखि ५ सय नेपाली रुपैयाँसम्म बिक्री गर्ने लक्ष्य थियो उनको। लाखौको फाइदा आउने यो काममा उनको पार्टनर थिए चेतबहादुर नेपाली। वैश्यले आफ्नो जग्गा बेचेर लगानी गरे प्रतिबन्धित नोटमा। ४९ लाख एकतीस…
काठमाडौं : बिहीवार पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी सर्वोच्च अदालत पुग्यो। अदालतमा काम विशेषले श्रेष्ठका चालकले गाडी के लगेका थिए, त्यसलाई सर्वोच्चका कर्मचारी ट्रेड युनियनका पदाधिकारीले नियन्त्रणमा लिइहाले। श्रेष्ठ चढ्दै आएको बा १३ च ६२३१ नम्बरको गाडी सर्वोच्च अदालतबाटै उनीहरुले नियन्त्रणमा लिएका हुन्। कर्मचारी संगठनले गाडी फिर्ता अभियान जारी राख्दा शिकार भयो श्रेष्ठको गाडी। पूर्व न्यायाधीशहरुले फिर्ता नगरेका गाडी…
काठमाडौं: सरकारले मंगलवार डिआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेसँगै महानिरीक्षक बन्ने दौडमा रहेका रमेश खरेल र पुष्कर कार्कीको प्रतिक्रिया आउन थालेको छ। खनालको नियुक्तिसँगै बरियता क्रममको दोस्रो स्थानमा रहेका डिआइजी रमेश खरेल राजीनामा दिने भन्दै घूर्की देखाएका छन्। बुधवार प्रकाशित नयाँ पत्रिका दैनिकमा खरेलले पदबाट राजीनामा दिने प्रतिक्रिया दिएका छन्। गत भदौमा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खनाल सबैभन्दा बढी…
काठमाडौं: २६ वर्षीय खुमानसिंह थापा पोल्यान्ड जाने सपना बोकेर काठमाडौं छिरे। पोल्यान्ड जान आवश्यक पर्ने रकमको कुनै समस्या थिएन। त्यसैले पैसा भए त सजिलै पोल्यान्ड पुगिन्छ भन्ने लागेको थियो। थापाका लागि एकाएक समस्या बनिदियो उनको शैक्षिक योग्यता। एसएसली उतीर्ण गरेको प्रमाणपत्र आवश्यक पर्यो। तर, उनी थिए एसएलसी फेल। के गर्ने होला? अलमलमा परे। 'म तिमिलाई एसएलसीको सर्टिफिकेट बनाइदिन्छु,' चितवनका अर्जुन…
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले काम गर्नेभन्दा सेलिब्रेटी बन्न खोज्नेले संगठनको लागि चुनौति थपिएको बताएका छन्। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विदाई कार्यक्रममा महानिरीक्षक अर्यालले भने, 'वास्तविक काम गर्नेभन्दा सेलिब्रेटी बन्ने कुरा बढेको छ। यसलाई अबको नेतृत्वले चिर्दै जानुपर्छ।' छोटो समयमा धेरै काम नगरे पनि केही राम्रा कामहरु आफूले गरेको अर्यालले दावी गरे। अर्यालले भने, 'संगठनभित्रको…
काठमाडौँ : प्रहरी महानिरीक्षक नियुक्ति गर्न मंगलबार दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले महानिरीक्षक नियुक्तिको विषय टुङगो लगाउन नसकेपछि पुनः बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। बहालवाला प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन्। त्यसैले सरकारले बुधबार राति १२ बजेसम्म महानिरीक्षक नियुक्ति गरिसक्नु पर्नेछ। अवकाश पाउने…
काठमाडौँ : नेपाल प्रहरीको २६ औं महानिरीक्षक नियुक्तिका लागि सत्तारुढ दलका नेताहरुबीच सहमति जुटेको छ। अन्ततः सरकारले वरिष्ठताकै आधारमा डिआइजी सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाउने भएको छ। यससम्बन्धी औपचारिक निर्णय मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ। खनालले ७२ हजार प्रहरी फोर्सको नेतृत्व आगामी २१ महिनासम्म गर्नेछन्। यसैगरी सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त हुने भएका छन्। गत भदौमा एसएसपीबाट…
काठमाडौँ : नेपाल प्रहरीको २६ औं महानिरीक्षकमा डिआइजी सर्वेन्द्र खनाल नियुक्त भएका छन्। यस्तै सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन्। मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई आइजी नियुक्त गर्ने निर्णय गरेको मन्त्री गोकर्ण विष्टले जानकारी दिए। खनालले ७२ हजार प्रहरी फोर्सको नेतृत्व आगामी २१ महिनासम्म गर्नेछन्। बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री रामबहादुर थापा…
काठमाडौँ : २५ औँ प्रहरी महानिरीक्षक नियुक्ति गर्दा पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री थिए। तर महानिरीक्षक नियुक्तिमा उनको भन्दा पनि सत्ता सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबले काम गर्यो। देउवाकै दबाबमा प्रचण्डले जयबहादुर चन्दलाई आइजी नियुक्त गरे। तर त्यसको केही घण्टामै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दियो। सर्वोच्च अदालतले घुमाउरो भाषामा नवराज सिलवाललाई नियुक्त गर्न आदेश दिए पनि देउवाकै दबाबमा…