PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

  • विदामा गुडेका सहसचिवदेखि नगरपालिकासम्मका ५१ वटा गाडी प्रहरी नियन्त्रणमा

    विदामा गुडेका सहसचिवदेखि नगरपालिकासम्मका ५१ वटा गाडी प्रहरी नियन्त्रणमा

    काठमाडौँ: सार्वजनिक विदाको दिन अनुमति नलिई चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले शनिवार विभिन्न सरकारी निकायका ५१ वटा गाडी नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका मध्ये २० वटा चारपाङग्रे र ३१ वटा दुईपाङग्रे रहेको महाशाखाका सहप्रवक्ता एसपी मुकुन्द मरासिनीले बताए। प्रहरीले नियन्त्रणमा लिएका गाडीहरु मध्ये कृषि मन्त्रालयका सहसचिवदेखि नगरपालिकाका गाडीसम्म रहेका छन्। एसपी मरासिनीले…

    विस्तृतमा पढ्नुस्

  • नक्कली लालपूर्जामा ऋण दिने बैंकका कर्मचारी प्रहरी फन्दामा, समातिए १३ जना

     नक्कली लालपूर्जामा ऋण दिने बैंकका कर्मचारी प्रहरी फन्दामा, समातिए १३ जना

    काठमाडौं : नक्कली लालपूर्जा राखेर ऋण दूरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एनसीसी बैंकका कर्मचारीलाई पक्रेको छ। ब्यूरो प्रमुख पुष्कर कार्कीले भने – 'यो प्रारम्भिक अपरेसन हो। हामी अनुसन्धान गरिरहेका छौं।'   एनसीसीसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकको आग्रहमा ब्युरोले अनुसन्धान थालेको हो। करिब २ सय करोडको ऋणमध्ये ४४ करोड रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • खोलाको बगर र नक्कली ऋणीबाट अर्बौंको कमाइ

    खोलाको बगर र नक्कली ऋणीबाट अर्बौंको कमाइ

    काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले शुक्रवार अर्बौं रुपैयाँको आर्थिक घोटला गर्ने तत्कालीन एपेक्स बैकका संचालकदेखि कर्मचारी गरी १३ जनालाई पक्राउ गर्‍यो।  पक्राउ पर्नेहरुमा एपेक्स बैकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा रहेको व्यूरोका डिएसपी श्याम ओलियाले…

    विस्तृतमा पढ्नुस्

  • गौशालामा गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामा पेस्तोलसहित पक्राउ

    गौशालामा गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामा पेस्तोलसहित पक्राउ

    काठमाडौँ : राजधानीको गौशालाबाट प्रहरीले गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामालाई पक्राउ गरेको छ।   उनलाई ६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाले बताए। लामालाई अहिले गौशाला चौकीमा राखिएको छ।  प्रहरीका अनुसार गौशालाको एउटा होटलमा बुधबार राति गोली चलेको थियो।  विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामा पक्राउ पर्दा बरामद भएको पेस्तोल र गोली

    यस्तो छ गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामा पक्राउ पर्दा बरामद भएको पेस्तोल र गोली

    काठमाडौँ : राजधानीको गौशालाबाट प्रहरीले गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामालाई पक्राउ गरेको छ।   उनलाई ६ राउन्ड गोली र चाइनिज पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाले बताए। लामालाई अहिले गौशाला चौकीमा राखिएको छ।  प्रहरीका अनुसार गौशालाको एउटा होटलमा बुधबार राति गोली चलेको थियो।  गोली चलेपछि पुगेको प्रहरीले हतियारसहित उनलाई पक्राउ गरेको हो। पेस्तोल आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनाका अभियुक्त तथा सांसद रेशम चौधरीलाई काठमाडौं ल्याइँदै

    टीकापुर घटनाका अभियुक्त तथा सांसद रेशम चौधरीलाई काठमाडौं ल्याइँदै

    काठमाडौं : टीकापुर घटनाका मुख्य अभियुक्त तथा कैलालीका सांसद रेशम चौधरीलाई काठमाडौं ल्याइँदैछ। जिल्ला कारागारमा अनशनरत चौधरी विरामी भएपछि थप उपचारका लागि काठमाडौंमा ल्याउन लागिएको हो।  बुद्ध एयरको विमानबाट काठमाडौं पठाउन लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सागर बोहोराले पहिलोपोस्टलाई जानकारी दिए।  एक साताअघिदेखि चौधरी हिरासतभित्रै आमरण अनशनमा थिए। अनशनरत चौधरीको स्वास्थ्यमा खराबी देखिएपछि शुक्रवारदेखि सेती अञ्चल अस्पताल भर्ना गरिएको…

    विस्तृतमा पढ्नुस्

  • समातेर कहाँ राख्ने? हिरासतमा ठाउँ छैन 

    समातेर कहाँ राख्ने? हिरासतमा ठाउँ छैन 

    काठमाडौं : गत बुधवार प्रहरीले सार्वजनिक अपराधको अभियोगमा ४० जनालाई पक्राउ गर्योक। महानगरीय प्रहरी परिसर टेकुले सोही दिन थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद लियो।    यहाँसम्म त ठीकै थियो। तर, त्यसपछिको बन्दी व्यवस्थापन भने कठिन बन्यो। उनीहरुलाई मुद्दा दायर गर्न पुगेका प्रहरी अधिकृतले आफूभन्दा माथि ब्रिफ गरे - 'सर म्याद त थपियो तर यिनीहरुलाई कहाँ राख्ने? यहाँ त…

    विस्तृतमा पढ्नुस्

  • ग्रिजको बट्टाभित्र खतरनाक ड्रग्स, यस्तो छ कारोबारको दिल्ली-काठमाडौं रुट

    ग्रिजको बट्टाभित्र खतरनाक ड्रग्स, यस्तो छ कारोबारको दिल्ली-काठमाडौं रुट

    काठमाडौं : लागू औषध तस्करले प्रहरीको आँखा छल्न नयाँनयाँ उपाय अपनाउने गरेका छन्। कहिले मुर्ति त कहिले बुद्ध ग्रन्थका किताव, तस्करीका लागि प्रयोग भए जुन नौला रहेनन्।  मंगलवार प्रहरीले यस्तै नौलो तरिका अपनाएर लागू औषधको तस्करी गर्दैगर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरुले प्रहरीलाई छल्न ग्रिजको बट्टाभित्र लागू औषध लुकाएको पाइएको छ। ग्रिजको बट्टामा लागू औषध हाल्ने अनि माथिबाट…

    विस्तृतमा पढ्नुस्

  • जब प्रहरी सेवाग्रही बनेर श्रम कार्यालय छिर्‍यो …

    जब प्रहरी सेवाग्रही बनेर श्रम कार्यालय छिर्‍यो …

    काठमाडौं : बुधवार बिहान महानगरीय प्रहरी परिसर टेकुबाट एउटा टोली निस्कियो। सुकिला मुकिला गेटअप, हातमा सुनको बाला अनि गलामा सुनकै चेन। खँदिलो देखिने गरी केहीले ढाडमा झोला समेत भिरेका थिए। झट् हेर्दा वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किएका युवाजस्तै देखिन्थे उनीहरु। यथार्थ देखेभन्दा फरक थियो। उनीहरु अरु कोही नभइ प्रहरी नै थिए, सिभिल ड्रेसमा। कोभर्ट अपरेसनका लागि उनीहरु विदेशमा जाने…

    विस्तृतमा पढ्नुस्

  • 'गुहेश्वरी' फेसबुक च्याट ग्रुपः युवतीले बोलाइन्, भेट्न जाँदा ज्यान गयो

    'गुहेश्वरी' फेसबुक च्याट ग्रुपः युवतीले बोलाइन्, भेट्न जाँदा ज्यान गयो

    काठमाडौः सामाजिक सञ्जाल फेसबुककै कारण एक किशोरको ज्यान गएको छ। गोंगबुको गणेश हिमाल विद्यालयमा कक्षा १० मा पढ्ने कुमार सुचिकारको ज्यान फेसबुक ग्रुप सम्बन्धी विवादका कारण ज्यान गएको हो।  प्रहरीले हत्यामा संलग्न आठजनालाई  पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।  पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने १६ वर्षका विक्की पुतवार, १७ वर्षका समिर महर्जन,…

    विस्तृतमा पढ्नुस्

  • सिटी सेन्टर हत्या प्रकरणः श्रीमतीको विषयमा विवाद हुँदा साथीको हत्या

    सिटी सेन्टर हत्या प्रकरणः श्रीमतीको विषयमा विवाद हुँदा साथीको हत्या

    काठमाडौं: कमलपोखेरीस्थित सिटी सेन्टरमा शुक्रबार एक सुरक्षा गार्डको हत्या उनकै साथीले गरेको खुलेको छ।  २६ वर्षीय रविन खवास भुजेलको हत्या उनकै साथी रुद्र बस्नेतले गरेको अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमामाडौंका डिएसपी मोहनबहादुर थापाले बताए। मृतक रविन र अभियुक्त दोलखाका रुद्र २ बर्षदेखि  सिटी सेन्टरको बिग मुभिज ग्रुप फोर कम्पनीमा सेक्युरीटी गार्डको रुपमा काम गर्दै आएका थिए। घटना भएको दिन…

    विस्तृतमा पढ्नुस्

  • इन्काउन्टरसँगै मनोज पुनको फिरौती च्याप्टर क्लोज, यस्तो थियो असुलीको डायरी

    इन्काउन्टरसँगै मनोज पुनको फिरौती च्याप्टर क्लोज, यस्तो थियो असुलीको डायरी

    काठमाडौं : प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन नमारिएको भने के हुन्थ्यो? प्रहरी अनुसन्धानले एउटा तथ्य खुलासा भएको छ - उनको मृत्यु कतिपयका लागि 'सुखद्' क्षण बनाएको छ। यद्यपि उनको प्रहरी इन्काउन्टर आफैँमा संदेहको घेरबाट बाहिर छैन।  प्रहरीका अनुसार मनोजले देशका ठूलादेखि साना व्यवसायीको सूची तयार पारेका थिए – फिरौतीका लागि। पुनको डायरीमा अटाएका व्यवसायीका लागि उनको निधन एउटा त्रासको अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • के मारिएका मनोज पुन जोगिन्दर सिंहका प्यादा मात्र थिए? 

    के मारिएका मनोज पुन जोगिन्दर सिंहका प्यादा मात्र थिए? 

    काठमाडौं : बुधवार प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए। उनको मृत्युसँगै प्रहरीको टाउको दुखाई केही हदसम्म कम भयो। मनोज पुनको भयले सर्वसाधारणमाथि गरेको राज पनि घट्यो। पुनको हिट लिस्टमा परेर धम्की भोगिरहेकाहरुले शान्तिको सास फेरे। तर, अपराधको दुनियाँको एउटा प्यादाको अवसानले अपराध निमिट्यान्न होला त? मनोज पुन व्यक्तिभन्दा प्रवृत्ति हो जो फेरि जन्मिन सक्छ।  मनोज पुन अपराधको दुनियाँका योजनाकार…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेसहित ३ सय ७२ जनालाई खोज्दै काठमाडौँ प्रहरी

    दीपक मनाङेसहित ३ सय ७२ जनालाई खोज्दै काठमाडौँ प्रहरी

    काठमाडौः प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभामा निर्वाचित भए पनि शपथ ग्रहणमा अनुपस्थित भई फरार रहेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई अहिले काठमाडौँ प्रहरीले खोजिरहेको छ।  प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा फरार रहेका अभियुक्त हुन्।  हत्या प्रयास (ज्यान मार्ने उद्योग) गरेको ठहर गर्दै  २०६९ सालमा पुनरावेदन अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ बर्ष कैद सजाय सुनाएको थियो।  मनाङे मात्र…

    विस्तृतमा पढ्नुस्

  • मुख्य आरोपी जोगाएर मनोज पुनको 'फेक इन्काउन्टर' :  प्रहरीमाथि तेर्सिएका प्रश्न

    मुख्य आरोपी जोगाएर मनोज पुनको 'फेक इन्काउन्टर' :  प्रहरीमाथि तेर्सिएका प्रश्न

    काठमाडौँ :  बुधबार एकाबिहानै प्रहरीको फरार सूचीमा रहेका मनोज पुनको प्रहरीसित मुठभेडमा मृत्यु भएको सार्वजनिक भयो।  यो एउटा 'फेक इन्काउन्टर' थियो भन्ने बुझ्न गहिरो अनुसन्धानमा जानै पर्दैन, घटनाका केही तथ्य पर्याप्त छन्।  मनोजको शरीरमा १२ गोली लागेको थियो। कम्मरभन्दा माथि त्यसमा पनि दाहिने छातिनिर सबैभन्दा बढी गोली हानिएको थियो।  जबकि रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले मिडियामा दिएका अन्तर्वार्ताहरुमा मनोज…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

    गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

    काठमाडौंः गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर  ४ मा प्रहरीको मुठभेटमा पुन मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन्। गोली लागि घाइते भएका दुबैको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। निर्माण व्यवसायी शरदकुमार गौचन, बसन्त पौडेल र युवा नेता दुर्गा तिवारीको हत्याको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीका पाँच इन्काउन्टर श्रृंखलाः चरीदेखि मनोज पुनसम्म

    प्रहरीका पाँच इन्काउन्टर श्रृंखलाः चरीदेखि मनोज पुनसम्म

    काठमाडौँः राजनीतिको आवरणमा गुन्डागर्दीमा संलग्न भएका केही गुन्डा नाइके पछिल्ला वर्षमा प्रहरी इन्काउन्टरमा मारिएका छन्। २०७१ साउनमा काठमाडौँको भीमढुङ्गामा दिनेश अधिकारी ‘चरी’को इन्काउन्टरपछि पाँच गुन्डा नाइके प्रहरीको सिकार भइसकेका छन्। मारिएकामध्ये प्रवीण खत्रीको राजनीतिक संलग्नता स्पष्ट छैन। तर, अन्यको उदय दलीय राजनीतिक संगठनबाटै भएको छ। इन्काउन्टरको सक्रियतालाई कतिपयले भने मानव अधिकार विपरीतको कार्य भन्दै यस्ता घटना नदोहोर्‍याउन प्रहरीलाई आग्रह गर्दै…

    विस्तृतमा पढ्नुस्

  • इन्काउन्टरमा मारिएका आले इन्डियन आर्मीदेखि बक्सिङ च्याम्पियनसम्म 

    इन्काउन्टरमा मारिएका आले इन्डियन आर्मीदेखि बक्सिङ च्याम्पियनसम्म 

    काठमाडौं : बुधवार बिहानै प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुन मारिए। उनी सँगै पुनका 'राइट ह्यान्ड' मानिने सोम आले पनि बाँच्न सफल भएनन्। प्रहरीको गोली लागेका आलेको उपचारको क्रममा लुम्विनी अस्पतालमा मृत्यु भयो। उनको शरिरमा १० गोली लागेको थियो। ४० वर्षीय आलेको परिवार केही वर्षदेखि भैरहवाको सिद्धार्थनगर नगरपालिकामा बस्दै आएको छ। प्रहरीले दिएको जानकारी अनुसार आले गत वर्षको पुस…

    विस्तृतमा पढ्नुस्

  • पुराना अंगरक्षकलाई दरबारमार्गमा 'पुरस्कार सरुवा' गराइदिएपछि प्रचण्डले पाए नयाँ अंगरक्षक

    पुराना अंगरक्षकलाई दरबारमार्गमा 'पुरस्कार सरुवा' गराइदिएपछि प्रचण्डले पाए नयाँ अंगरक्षक

    काठमाडौः लामो समयदेखि आफ्नो अंगरक्षक रहँदै आएका डिएसपी दानबहादुर मल्ललाई पुरस्कार स्वरुप दरबारमार्ग वृत्तमा सरुवा गराएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ अंगरक्षक पाएका छन्।  केही दिनदेखि नेपाल प्रहरीले दाहालको अंगरक्षकमा डिएसपी सन्तोषसिंह राठौरलाई खटाएको छ।   यसअघि महानगरीय नगर प्रहरी कार्यालय काठमाडौँमा रहेका राठौरलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक अपराध अनुसन्धान तथा कारबाही शाखामा गएको भदौ महिनामा सरुवा…

    विस्तृतमा पढ्नुस्

  • कतारमा समातिए मोस्ट वान्टेड सिरियल किलर, नेपाल ल्याउने तयारी

    कतारमा समातिए मोस्ट वान्टेड सिरियल किलर, नेपाल ल्याउने तयारी

    काठमाडौं : ६ जनाको हत्या अभियोगमा मोस्ट वान्टेड सकिल हुसेन प्रहरीको नियन्त्रणमा परेका छन्। सिरियल किलरका रुपमा प्रहरीले खोजी गरिरहेको हुसेन कतारमा पक्राउ परेका हुन्। ४२ वर्षीय सकिल हुसेन सप्तरीका हुन्। केही वर्षेदेखि इन्टरपोल रेड कर्नर नोटिसमा उनको नाम समावेश थियो। पक्राउ परेका हुसेनलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। कसकसको हत्या गरेका थिए? हुसेनले २०६९ असोज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell