काठमाडौं : नेपाल प्रहरीले पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्ने डिफ्युजन नोटिस जारी गरेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतवार नोटिस जारी गरेको प्रहरी स्रोतले बताएको छ। एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर क्षेत्र नम्बर १ बाट विजयी सिलवाल अहिले देशभित्र नभएको प्रहरीको दावी छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि उनी…
काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ विजयी भएर प्रमाणपत्र पाएपछि पाएको पदवी हो 'माननीय'। तर, अहिले चुनाव जिते पनि केही विजयीलाई माननीय पद जोगाउन निकै हम्मे परेको छ। जनताले भारी मतले जिताएका माननीय नै अहिले जनतासामु छैनन्। अझ भनौं - भागी भागी हिँड्नु परेको छ। प्रहरीका वरिष्ठ अधिकृतहरु ठट्यौली शैलीमा उनीहरुलाई 'फरार माननीय' भन्छन्। प्रहरीको फरार सूचीमा रहेका माननीयहरुमा…
काठमाडौँ: प्रदेश ४ को मनाङबाट प्रदेशसभा 'ख'मा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभा सदस्यको शपथ कार्यक्रममा उपस्थित भएनन्। पनरावेदन अदालत पाटनको आदेशले फौजदारी मुद्दामा दोषी रहेको तथ्य केही दिनअघि सार्वजनिक भएपछि मनाङे भने फरार छन्। प्रदेश ४ का सांसद्को पद तथा गोपनियताको शपथ कार्यक्रम पोखरामा आइतबार सम्पन्न भइसकेको छ। सवै सांसद्ले शपथ लिए पनि मनाङे उपस्थित नभएको जिल्ला…
काठमाडौँ : पूर्व डिआइजी नवराज सिलवाललाई खोज्न ठूलो संख्यामा प्रहरी ललितपुरको भट्टेडाँडा परिचालित भएको छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल ललितपुरको भट्टेडाँडामा रहेको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेको हो। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दका अनुसार आज भट्टेडाँडामा सर्च भइरहेको छ। केही दिन अघि पूर्व डिआइजी सिलवालले पहिलोपोस्टसँगको कुराकानीमा…
काठमाडौँ : पूर्व डिआइजी नवराज सिलवाललाई खोज्न ललितपुरको भट्टेडाँडा पुगेको ठूलो संख्याको प्रहरी रित्तो हात फर्किएको छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल ललितपुरको भट्टेडाँडामा रहेको जानकारी पाएपछि प्रहरी आइतवार त्यहाँ पुगेको थियो। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले आज भट्टेडाँडामा सर्च भएको जानकारी दिए। महानगरीय प्रहरी परिसर ललितपुरबाट डिएसपीको…
काठमाडौँ: रुपन्देही देवदहका काठ मिल व्यावसायी वसन्त पौडेलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा नवलपरासीका ३६ वर्षीय पदम चौधरी र सुनसरीका ३६ वर्षीय महिनानारायण चौधरी रहेका छन्। पदमलाई प्रहरीले पोखरा र महिनानारायणणलाई चितवनबाट पक्राउ गरेको हो। गत पुस ५ गते मिलमा काम गरिरहेका पौडेललाई बाइकमा आएका दुई जनाले गोली हानी फरार भएका थिए। 'काठको अर्डर…
आइजिपी प्रकरणदेखि चर्चामा आएका नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल आइजिपी नभए पनि चर्चामै छन्। विशेषतः अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको अभियोगमा अनुसन्धान सुरु भएपछि उनको चर्चा सेलाएको छैन। प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरेको छ। बयानका लागि सिलवाललाई उपस्थित गराउन प्रहरीले पटक/पटक पत्राचार गरेको छ। तर, उनी फेला पर्न सकेका छैनन्। कतिपयले सिलवाल अमेरिका रहेको बताएका छन् भने…
काठमाडौं : करिब २ किलोग्राम कोकिनसहित दुई विदेशी पक्राउ परेका छन्। बोलिभियन नागरिक फ्रेदी र थाइल्यान्डकी खुन्जाइन खनारलाई प्रहरीले कोकिनसहित पक्रेको हो। उनीहरु दुवै काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट गिरफ्तार भएका हुन्। उनीहरुसँग प्रहरीले १ हजार ९ सय ग्राम कोकिन बरामद गरेको हो। यसको नेपाली मूल्य करिब ४ करोड रुपैयाँ पर्न आउँछ। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले विशेष सुचनाका आधारमा…
काठमाडौं : लागूऔषध नियन्त्र व्यूरोको टोलीले विहीवार दिउँसो काठमाडौंको ठमेलबाट दुई विदेशी नागरिकलाई १ केजी ९ सय ग्राम कोकिन सहित समात्यो। प्रहरीले पक्राउ गरेकामध्ये एक जना थिइन् २८ वर्षीया थाइल्यान्ड युवती खुनजई खनरात। थाइल्यान्डकी खनरातको एउटा गजवको सौख – प्रेमी फेर्ने। त्यही सौख नै उनको जीवनकै सवैभन्दा ठूलो गलपासो बन्यो। अध्यायन बीचैमा छाडेर थाइल्यान्डमा साधारण काम गर्दै आएकी खनरात प्रेमी…
काठमाडौँ : 'म सोह्रखुट्टेमा बस चढ्न लाग्दै थिएँ। एक वृद्ध महिलाले सहायता मागिन्। मैले शिरमा भिरेको झोला सडकमा राखेर उनलाई बसमा चढाए। त्यतिखेर नै अर्को पुरुष आएर मेरो झोला लिएर फरार भए।' एक जर्मन नागरिकले केही दिनअघि नेपालबाट जर्मन पुगेर महानगरीय पर्यटन प्रहरीलाई इमेलमा यस्तो उजुरी दिँदै हराएको सामान खोजिदिन आग्रह गरेका छन्। उनी एक प्रतिनिधि पात्र मात्र हुन्। पर्यटक…
काठमाडौं : पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ। प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन्। आज प्रहरी प्रधान कार्यालयले पत्राचार गर्दै भेट्नासाथ समात्न निर्देशन दिएको हो।…
काठमाडौँ : मंगलबार साँझ एकाएक सोसल मिडियामा हल्ला मच्चियो- सर्वोच्च अदालतले मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङेलाई ज्यान मुद्दामा पाँच वर्ष जेल सजाय सुनायो। सोसल मिडियाको हल्लालाई पछ्याउँदै टेलिभिजनहरुमा ब्रेकिङ न्युज स्क्रोल हुन थाले। केही बेरमा अनलाइनहरुमा पनि समाचार देखिन थाले। अधिकांश समाचारमा सर्वोच्च अदालतले मनाङेलाई पाँच वर्षको जेल सजाय तोकेको भन्ने मात्र उल्लेख थियो। जबकि सर्वोच्च अदालतमा दीपक मनाङे…
काठमाडौँ : मनाङ प्रदेश सभामा निर्वाचित भएका दीपक मनाङेले पुनरावेदन अदालतले आफूविरुद्ध १० वर्षअघि सुनाएको फैसलाको विरुद्ध सर्वोच्च अदालत जाने बताएका छन्। पहिलोपोस्टसित मंगलवार राति कुरा गर्दै मनाङेले भने, 'पुनरावेदन अदालत पाटनको आदेश बारे मलाई केही भन्नु छैन। अब म सर्वोच्च जान्छु। अदालत जाने मेरो बाटो खुला नै छ।' यद्यपि सर्वोच्चमा पुनरावेदनमा रिट हाल्ने बाटो बाँकी रहेको अवस्थामा पनि उनले…
काठमाडौँ : उच्च ओहोदामा रहेका नेताहरुदेखि कर्मचारीहरुले समेत नेपाल प्रहरीको दुरुपयोग गर्ने गरेको भेटिएको छ। भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्र…
काठमाडौं : सरकारले संगठनात्मक सर्वेक्षणको प्रक्रिया पूरा नहुँदै तीन सुरक्षा निकायको उच्च तहमा दरबन्दी बढाएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सुरक्षा निकायको दरबन्दी थप प्रस्ताव पारित भएको हो। यद्यपि निर्णयबारे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने जानकारी दिन चाहेनन्। प्रहरीलाई प्रादेशिक संरचना अनुसार परिमार्जन गर्ने भन्दै सुरक्षा निकायले तयारी गरिरहेका छन्। नेपाल प्रहरीले सात प्रदेशमा एआइजीको नेतृत्वमा प्रादेशिक…
काठमाडौँ : उच्च ओहोदामा रहेका नेताहरुदेखि कर्मचारीहरुले समेत नेपाल प्रहरीको दुरुपयोग गर्ने गरेको भेटिएको छ। भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्र…
काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका गुन्डा नाइके मनोज पुनका सहयोगीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा कतारमा पक्राउ परेका २८ वर्षीय तुल बहादुर सिंजालीलाई प्रहरीले शनिवार नेपाल ल्याएको हो। नेपाल प्रहरीको इन्टरपोल शाखाका एसपी किरण बज्राचार्यले सिंजालीलाई शनिवार नेपाल ल्याएको पुष्टि गरिन्। दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त भएकाले खोजी सूचीमा सिंजाली पनि थिए। 'केही…
काठमाडौं : प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले पूर्व डिआइजी नवराज सिलवालको खोजी जारी रहेको बताएका छन्। विवादित बढुवा प्रकरण हुँदा अदालतमा बुझाएको कार्य सम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगको अनुसन्धानका लागि प्रहरीले पूर्वडिआइजी सिलवालको खोजी गरिरहेको छ। ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित सिलवाललाई अनुसन्धानको लागि उपलव्ध गराइदिन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्राचार…
काठमाडौं : अदालतमा बुझाएको कार्य सम्पादन मूल्याङ्कन फाइल किर्तेको अभियोगमा अनुसन्धानको दायरमा रहेका पूर्व डिआइजी तथा सासद नवराज सिलवाललाई प्रहरीले खोजी गरे पनि उनी कहाँ छन् पत्ता लगाउन सकेको छैन। सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई काटेको पत्रको प्रत्युत्तर आइसकेको छ। एक सातासम्म सिलवाललाई उनको ठेगनामा खोज्दा नभेटिएको भन्दै ललितपुर प्रहरीले काठमाडौं प्रहरीलाई जवाफ दिएको छ। ललितपुर…
काठमाडौं : रुपन्देहीमा मारिएका व्यवसायी वसन्त पौडेल र हत्याको जिम्मेबारी लिएका मनोज पुन साथीसाथी रहेको खुलेको छ। गत शुक्रवार रुपन्देहीको देवदह नगरपालिका २ मा अज्ञात समुहले गोली हानी काठ मिल व्यवसायी ३५ वर्षीय वसन्त पौडेलको हत्या गरे पनि त्यसको जिम्मेवारी पुनले लिएका थिए। प्रहरीले अहिलेसम्म सवुत प्रमाणको आधारमा भने हत्याराको पहिचान भने गर्न सकेको छैन। केही संचारकर्मी र स्थानीयलाई आएको…