PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • पढ्नकै लागि प्रेरणाका तीन पात्र र तिनका तीन कथाको नन्दी नाता

    पढ्नकै लागि प्रेरणाका तीन पात्र र तिनका तीन कथाको नन्दी नाता

    फागुन महिनाको मध्य दिउँसो। घाम चर्किरहेको छ। नक्सालस्थित भोजनालयमा ग्राहक भरिभराउ छन्। स्टाफ पनि उत्तिकै व्यस्त। ग्राहकको आउनेजाने क्रम जारी छ। त्यही भिडमा कसैको आवाज सुनिन्छ — 'सान् भाइ! ए सान् भाइ... होटलको काउण्टरबाट आएको त्यही सम्बोधनमा थपिन्छ, 'टेबुल सफा गर गर...' अन्दाज गर्न कठिन थिएन, काम गर्न निर्देशन दिने भोजनालयका सञ्चालक हुन्। 'साहुजी'को आवाज आउनासाथ एक किशोर टेबलमा पुग्छ।…

    विस्तृतमा पढ्नुस्

  • पत्नीको उपचारमा प्रचण्डको एक वर्ष : जीवनभर निको नहुने कस्तो रोग लाग्यो सीतालाई?

    पत्नीको उपचारमा प्रचण्डको एक वर्ष : जीवनभर निको नहुने कस्तो रोग लाग्यो सीतालाई?

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'की पत्नी सीता यतिबेला अमेरिकामा उपचाररत छिन्। पत्नीको उपचारको लागि प्रचण्ड पनि उतै छन्। नेपाल तथा सिंगापुरको अस्पतालमा उपचार गराएर समेत सीताको स्वास्थ्यमा सुधार नआएपछि प्रचण्ड अमेरिका पुगेका हुन्। सुगर तथा अन्य दीर्घ रोगहरुले थलिएकी सीताले लामो समयदेखि औषधि खाइरहेकी छिन्। तर, यसरी समाचार नै बन्ने गरेर बिरामी भएको भने एक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • रेस्लिङ रिङमा युवतीहरु, भन्छन् : अपना टाइम आएगा...

    रेस्लिङ रिङमा युवतीहरु, भन्छन् : अपना टाइम आएगा...

    ज्यान नै सिरिङ्ग पार्ने रेस्लिङका 'स्किल'। रिङको डोरीमा चढेर हानेको फ्लाइङ 'किक'। 'पार्कर' र मार्सल आर्टको 'फ्रि स्टाइल स्किल'। संगीतको धुनमा रेस्लर पछारिन्छन्। अनि, दर्शकहरु डराउँदै आङ जिरिङ्ग पार्छन्। सँगसँगै तालीको वर्षा पनि। फेरि 'पिन ड्रप साइलेन्स'। अनि अम्पायरले भुई ठटाउँदै भन्छन्, 'वान.... टू... थ्री...।' अन्तत: खेल सकिन्छ। दर्शकहरु हाँस्दै भन्छन्, 'वान्स मोर, वान्स मोर, एण्ड वान्स मोर।' फेरि अर्को…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली अस्पतालमा, प्रमको स्वास्थ्यबारे यसो भन्छिन् निजी चिकित्सक

    प्रधानमन्त्री ओली अस्पतालमा, प्रमको स्वास्थ्यबारे यसो भन्छिन् निजी चिकित्सक

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँच गर्न पुगेका छन्। नियमित फलो अप र स्वास्थ्य जाँच गर्न उनलाई अस्पताल लगिएको प्रम ओलीको निजी चिकित्सक दिव्या सिंहले बताइन्। भनिन्, 'उहाँको कार्यव्यस्तताको कारण फलोअप गर्न जान भ्याइएको थिएन। अहिले फूर्सद मिलाएर अस्पताल लगिएको हो। उहाँको होलबडी चेक अप गर्नुपर्छ।'      गत कार्तिकमा…

    विस्तृतमा पढ्नुस्

  • 'थुक्क, म्यानरलेस पत्रकार!'

    'थुक्क, म्यानरलेस पत्रकार!'

    'थुक्क, म्यानरलेस पत्रकार!'  अकस्मात कानमा ठोक्किएको आवाजले मन चसक्क पार्‍यो। आवाज आएतिर हेरेँ दुई जना भलाद्‍मी थिए। ५० वर्ष नाघिसकेका। पत्रकारको पारा देखेर उनीहरुको 'कम्पारो' तातिरहेको थियो। भुतभुताउँदै थिए, 'अहिले त कस्ता कस्ता पत्रकार, वाइह्यात।' यो संवाद दुई दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फरेन्सिक डिपार्टमेन्ट परिसमा सुनिएको हो। त्यहाँ ताप्लेजुङमा हेलिकप्टरमा दुर्घटनामा परेर मृत्यु भएका सातजनालाई 'पोस्टमार्टम' गर्न ल्याइएको थियो। मृतकका आफन्तहरु…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ दुर्घटना : दिनभर कुरे आफन्त, तर प्लास्टिकको पोकोमा आएको शव पनि बुझ्न नपाई फर्किए

    ताप्लेजुङ दुर्घटना : दिनभर कुरे आफन्त, तर प्लास्टिकको पोकोमा आएको शव पनि बुझ्न नपाई फर्किए

    काठमाडौँ : ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भएको २४ घण्टा नाघिसक्दा पनि आफन्तहरुले शव हेर्नसमेत पाएका छैनन्।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्ट अगाडि आफन्त दिनभर कुरेर बसे। रुँदारुँदै आखाँ रातो भएको थियो उनीहरुको। कुर्दाकुर्दै धैर्यताले सीमा नाघिसकेको। उनीहरु यताउता गरिरहेका थिए। छिनमै घडी हेर्थे त छिनमै फोन डायल गर्थे। पीडाको छटपटी स्पष्ट देखिएको थियो। सबैलाई प्रतिक्षा गर्न अत्यन्तै कठिन भइरहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • पोस्टमार्टम नसकिने भएकाले शव आज अस्पतालमै रहने

    पोस्टमार्टम नसकिने भएकाले शव आज अस्पतालमै रहने

    काठमाडौं: पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव आज अस्पतालमै रहने भएको छ। शव पहिचानपछि आज पोस्टमार्टम गर्ने तयारी थियो। तर शव पहिचान हुन नसक्दा पोस्टमार्टम रोकिएको शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले जानकारी दिए। पोस्टमार्टम हुन नसकेपछि श्रद्धाञ्जलीको कार्यक्रम पनि रोकिएको छ।  पोष्टमार्टम नभएपछि आज ३ बजेदेखि शुरु हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको छ। नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का महासचिव विष्णु पौडेलले श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान…

    विस्तृतमा पढ्नुस्

  • शव अस्पताल पुग्दा शोकले सन्तप्त आफन्त

    शव अस्पताल पुग्दा शोकले सन्तप्त आफन्त

    काठमाडौं : दुई बज्नै लाग्दा त्रिवि शिक्षण अस्पतालको परिसर भिडभाड भइसकेको थियो। आफन्तहरुको बाक्लो भिड शोकमा देखिन्थ्यो। त्रिभुवन विमानस्थलबाट एम्बुलेन्समा ल्याइएको शव बुझ्न उनीहरु यहाँ प्रतीक्षारत थिए। दुई बज्न १० मिनेट बाँकी रहँदा एम्बुलेन्स अस्पताल परिसरमा आइपुग्यो। गाडी आइपुग्नासाथ उनीहरु थप भक्कानिए। मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासँगै अन्य ५ जनाको शव एम्बुलेन्समा ल्याइएको छ। यहाँ पोस्ट पार्टम…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन मन्त्री अधिकारी सहितको शव पहिचान गर्न कति समय लाग्ला?

    पर्यटन मन्त्री अधिकारी सहितको शव पहिचान गर्न कति समय लाग्ला?

    काठमाडौँः खराब मौसमको कारण संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य सात जनाको शव काठमाडौँ ल्याउन ढिलो भइरहेको छ। काठमाडौँ ल्याए लगत्तै शव पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्ज लगिने भएको छ। ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने भएपछि शव पहिचानको लागि शिक्षण अस्पताल लग्नु परेको हो। घटनास्थलमा मन्त्री अधिकारी बाहेक अन्यको शव पहिचान गर्न सक्ने अवस्थामा नरहेको…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर दुर्घटनासँगै बालुवाटार पुगे प्रम ओलीका चिकित्सक, किन हतारिँदै छिरे बालुवाटार?

    हेलिकप्टर दुर्घटनासँगै बालुवाटार पुगे प्रम ओलीका चिकित्सक, किन हतारिँदै छिरे बालुवाटार?

    काठमाडौं : हेलिकप्टर दुर्घटनामा परेर नागरिक उड्ययन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको मृत्यु भएपछि प्रधानमन्त्री कार्यलय बालुवाटारमा 'सन्नाटा' छायो। तीन बजेको लागि बोलाइएको मन्त्रिपरिषदको बैठक लामो समयमा पनि सुरु हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओली मिटिङरुममा ओर्लिएनन् त्यसैले पुगेका मन्त्रीहरु उनलाई मिटिङ रुममा कुरिरहे। त्यही बीच बालुवाटारमा एउटा गाडी छिर्‍यो। गाडीमा थिइन् डाक्टर दिव्या सिंह शाह। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोट: मृतक गुरुङको परिवारले १० लाख राहत पाउने आश्वासन पाएपछि शव बुझ्दै

    नख्खु विस्फोट: मृतक गुरुङको परिवारले १० लाख राहत पाउने आश्वासन पाएपछि शव बुझ्दै

    ललितपुर : ललितपुरको नख्खुस्थित शुक्रबार राति भएको विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारले शव बुझ्ने भएका छन्। सरकारले लिखित प्रतिवद्दता नगरिकन शव नबुझ्ने अडान राखेका उनीहरुले ललितपुर क्षेत्र नम्बर ३ की सांसद पम्पा भुसाललाई भेटेका थिए। भुसालले सरकारले १० लाख राहत बेहोर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले शव बुझ्ने भएका हुन्। सिंगापुर गोर्खा एसोसियनले शनिवार ५ जनाको  दबाब समिति गठन गरेको थियो। समितिले गृहमन्त्री राम बहादुर…

    विस्तृतमा पढ्नुस्

  • तीन प्रत्यक्षदर्शी, जसले नख्खु विस्फोटमा यस्तो भोगे, 'फोटो/भिडियो खिच्न छाडी उद्धार गरेको भए गुरुङ बच्थे' 

    तीन प्रत्यक्षदर्शी, जसले नख्खु विस्फोटमा यस्तो भोगे, 'फोटो/भिडियो खिच्न छाडी उद्धार गरेको भए गुरुङ बच्थे' 

    काठमाडौं: नख्खुस्थित एनसेल कार्यालयबाहिर भएको विस्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने दुई जना घाइतेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ विस्फोट हुँदा एनसेल कार्यालय अगाडि रहेका केही पसल घटनाको साक्षी बन्यो। ती पसलहरुको सिसा फुटे भने धेरै क्षति भएको पसलका सञ्चालकहरुले बताएका छन्। बम पड्किँदाको क्षण कस्तो थियो त? तीन प्रत्यक्षदर्शीको बयान यस्तो छ: प्रत्यक्षदर्शी १: राजकुमार राई,…

    विस्तृतमा पढ्नुस्

  • घाइतेले 'बचाऊ..' भन्दै हात हल्लाइरह्यो, मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भनियो : नख्खु विस्फोटका प्रत्यक्षदर्शी

    घाइतेले 'बचाऊ..' भन्दै हात हल्लाइरह्यो, मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भनियो : नख्खु विस्फोटका प्रत्यक्षदर्शी

    काठमाडौँ : नख्खुस्थित एनसेल कार्यालयबाहिर भएको विस्फोटमा परी सिंहप्रसाद गुरुङको ज्यान गएको छ भने दुई जना घाइतेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।  घटनाका प्रत्यक्षदर्शीले घाइतेको उद्दारमा लापरवाही भएको आरोप लगाएका छन्। एक प्रत्यक्षदर्शीले पहिलोपोस्टलाई यसरी घटना विवरण सुनाए- मेराे नाम दमन बाेगटी। घटना हुँदा म त्यहीँ नजिकै थिएँ। पड्केकाे आवाज आएपछि त्यहाँ पुगेँ। म पुग्दा एक जना मानिस छटपटाइरहेकाे थियाे। पुलिस एकछिनपछि…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोट अपडेट : सिंहप्रसादको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा

     नख्खु विस्फोट अपडेट : सिंहप्रसादको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा

    ललितपुर : विस्फोटमा परी ज्यान गुमाएका सिंहप्रसाद गुरुङको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। एनसेल कार्यालयमा भएको विस्फोटमा परेका गुरुङको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। आफ्नै गाडी चलाएर जाँदा विस्फोटको सिकार भएका उनी रिटायर्ड सिंगापुरका सुरक्षाकर्मी हुन्। पाटनमा पोस्टमार्टमका लागि लगिए पनि परिवारले शव नबुझ्ने अडान भने यथावत राखेका छन्। गृहमन्त्री रामबहादुर थापाले आज बिहान मृतकका आफन्त…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोटमा एक जनाको मृत्यु, घाइते दुईको अवस्था के छ? चिकित्सक यसो भन्छन्

    नख्खु विस्फोटमा एक जनाको मृत्यु, घाइते दुईको अवस्था के छ? चिकित्सक यसो भन्छन्

    काठमाडौँ : शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयबाहिर भएको विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने दुई जना घाइते उरुषा मानन्धर र प्रतीक्षा खड्काको उपचार भइरहेको छ।  उपचार भइरहेको मेडिसिटी अस्पतालका कार्डियाेभास्कुलर थेरासिक सर्जन डाक्टर अनिल आचार्यले प्रतीक्षालाई अझै एक हप्ता अस्पतालमा राख्नुपर्ने अवस्था हुनसक्ने बताएका छन्।  उनले भने, 'मैले प्रतीक्षा र सिंह प्रसाद गुरूङलाई हेरेकाे हुँ। गुरुङलाई सुरूमा इमर्जेन्सीमा…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोट अपडेट : गुरुङको शव आफन्तले बुझेनन्, 'गृहमन्त्रीको आश्वासन होइन, लिखित चाहियो'

     नख्खु विस्फोट अपडेट : गुरुङको शव आफन्तले बुझेनन्, 'गृहमन्त्रीको आश्वासन होइन, लिखित चाहियो'

    ललितपुर : गृहमन्त्रीको मौखिक आश्वासनकै भरमा मात्र नहुने भन्दै एनसेल कार्यालयमा भएको विस्फोटमा परी ज्यान गुमाएका सिंहप्रसाद गुरुङका आफन्तले शव बुझेका छैनन्। उपचारका क्रममा गुरुङको मेडिसिटी अस्पतालमा निधन भएको थियो। आज बिहान गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए। उनले विस्फोटमा परी मृत्यु भएकाको परिवारलाई राहत स्वरुप सरकारले रकम उपलब्ध गराउने र घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए। मृत्यु भएकाको…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोटमा परी मृत्यु भएकालाई क्षतिपूर्ति र घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्छ: गृहमन्त्री थापा

    नख्खु विस्फोटमा परी मृत्यु भएकालाई क्षतिपूर्ति र घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्छ: गृहमन्त्री थापा

    ललितपुर: गृहमनन्त्री रामबहादुर थापा बादलले नख्खु विस्फोटमा परी मृत्यु भएकालाई सरकारले क्षतिपूर्ति दिने र घाइते भएकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन्। आज ललितपुरस्थित नख्खुमा रहेको मेडिसिटी अस्पतालमा पुगी घटनामा मृत्यु भएका र घाइते भएकाको परिवारजनसँग भेटी गृहमन्त्री थापाले उक्त प्रतिवद्धता जनाएका हुन्। ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोटमा परी मृत्यु भएका गुरुङका छोरा कक्षा ६, छोरी कक्षा १ मा पढ्दै, अस्पतालमा रुवाबासी

    नख्खु विस्फोटमा परी मृत्यु भएका गुरुङका छोरा कक्षा ६, छोरी कक्षा १ मा पढ्दै, अस्पतालमा रुवाबासी

    काठमाडौं: ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। विस्फोटमा गम्भीर घाइते भएका उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। घाइते उनलाई अल्का, बिएन्डबी हुँदै मेडिसिटी ल्याइएको थियो। गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी हुन्। नख्खुमै घर भएका…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोट: बाइक चलाउँदै घर फर्केका रितेशको बयान, 'पछाडि बसेकी श्रीमतीको दाहिने पातोमा कुकरको सिट्ठी पसेको पत्तै पाइनँ'

    नख्खु विस्फोट: बाइक चलाउँदै घर फर्केका रितेशको बयान, 'पछाडि बसेकी श्रीमतीको दाहिने पातोमा कुकरको सिट्ठी पसेको पत्तै पाइनँ'

    ललितपुर: शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा घाइते नर्स प्रतीक्षा खड्का घाइते भइन्। अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। बम विस्फोट हुँदा श्रीमानसँगै बाइकमा आएकी उनले आफू घाइते भएको भने पत्तै पाइनन्। उनका श्रीमान रितेशका अनुसार राति ८ बजे उनीहरु नख्खुबाट फर्किँदै थिए। बागडोलतिर फर्कँदै गर्दा एनसेल कार्यालय बाहिर चर्को आवाजको सामना गरे। उनीहरु ट्रान्समिटर पड्के…

    विस्तृतमा पढ्नुस्

  • अपडेट: नख्खु विस्फोटमा घाइते गुरुङको मृत्यु, यस्तो छ अरु दुईको स्वास्थ्य अवस्था

    अपडेट: नख्खु विस्फोटमा घाइते गुरुङको मृत्यु, यस्तो छ अरु दुईको स्वास्थ्य अवस्था

    ललितपुर:  ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। विस्फोटमा गम्भीर घाइते भएका उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए। अर्की गम्भीर घाइते काभ्रेकी २५ वर्षीया उरुषा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell