काठमाडौं : मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा दुईवटा अध्यादेश स्वीकृत भएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबिच सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका थिए। कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले एमालेको नाराबाजीबिच बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गरेका थिए। दुवै अध्यादेशमागि नेपाल मजदुर किसान पार्टीका…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७९ सालमा हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा उदाउने उद्घोष गरेका छन्। यसै वर्ष हुने स्थानीय निर्वाचन र अर्को वर्ष हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टीका रुपमा आउने दाबी उनले गरेका हुन्। शर्माको ५१ औं जन्मदिनको अवसरमा थापागाउँमा आयोजित कार्यक्रममा उनले सबै उमेर समूहका मानिसहरु अटाएकाले कांग्रेस पहिलो पार्टी हुने बताएका हुन्। भने,'२०७९…
भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३२६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, ४५३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। ८ हजार ४३ जना संक्रमण मुक्त भएका छन्। भारतमा पनि विश्वभर फैलिँदै गएको कोभिड १९ को ओमोक्रन भेरियन्ट फैलिन नदिन सतर्कता अपनाउन थालिएको छ। हालसम्म भारतमा ओमोक्रनको २०० केसहरु फेला परेका छन्। सबैभन्दा बढी ओमोक्रन भेरियन्ट महाराष्ट्र र दिल्लीमा फेला…
काठमाडौं : नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम सातामा ३ दिने चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर चलचित्रलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकहरुसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गरिनेछ। साथै, उत्कृष्ट चलचित्रलाई अवार्ड समेत प्रदान गरिनेछ। महोत्सवमा विभिन्न भाषाभाषीकासँगै मोबाइलबाट खिचिएका…
जनकपुरधाम : गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालकै प्रस्तावमा आएको बताएका छन्। नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आईपुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा नेपालको विकासको लागि नेपालकै प्रस्तावमा आएको एमसीसी सम्झौता पारित हुने बताएका हुन्। नेपालको विकासका लागि परियोजना बिच धेरै अघि नै सम्झौता भएको भन्दै उनले…
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमोक्रनको बढ्दो संक्रमणदर प्रति चिन्ता व्यक्त गरेको छ। यो भेरियन्ट कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिहरुमा पनि देखिएको र डेल्टा भेरियन्ट भन्दा तिब्र रुपमा फैलिँदै मानिसमा संक्रमण देखाइरहेको भन्दै डब्लुएचओका प्रमुख वैज्ञानिकले चिन्ता गरेका छन्। डब्लुएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले प्रारम्भिक प्रमाणका आधारमा ओमोक्रनलाई यस अघिका भेरियन्ट भन्दा मामुली भएको निष्कर्ष निकाल्नु बुद्धिमतापूर्ण नभएको बताएकी…
काठमाडौं : बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीको मृत्यु भएको महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी मीनबहादुर क्षेत्री कुँवरले जानकारी दिए। सोमबार दिउँसो मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा उनी बेहोस भएका थिए। त्यसपछि उपचारको क्रममा अस्पताल लगिएका युवक सनहीको मृत्यु भएको डिएसपी कुँवरले बताए। कलेजको लापरबाहीको कारण सनहीको मृत्यु भएको…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुल्ला पुरुष र खुल्ला महिलातर्फको मतगणना सम्पन्न भएको छ। केन्द्रीय सदस्यमा भूगोल र विभिन्न क्लस्टरको मतगणना भने जारी छ। अपांगता भएको, अल्पसंख्यक खुल्ला र पिछडिएको क्षेत्रको मतपरिणाम पनि आइसकेको छ। यसैगरी प्रदेश २ को भूगोलतर्फको मतपरिणाम पनि सार्वजनिक भइकेको छ। निर्वाचित केन्द्रीय सदस्यमा अधिकांशमा शेरबहादुर देउवा प्यानल हाबी भएको छ। पदाधिकारीतर्फ पनि देउवा प्यानल नै अघि…
काठमाडौं: फ्रान्सले नेपालमा सहरी केबलकार विकासका लागि सहयोग गर्न इच्छुक रहेको बताएको छ। सोमबार नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवलाई भेटेर काठमाडौंमा सहरी केबलकार निर्माणका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताएका हुन्। नेपाल र फ्रान्स दुवै पहाडी मुलुक भएको भन्दै फ्रान्ससँग केबलकार निर्माणमा विशेष अनुभव रहेकाले यस क्षेत्रमा तत्कालै सहयोग गर्न सक्ने राजदूत…
दमौली: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन्। तनहुँमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसीसी परियोजनमा मतभेद सृजना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी ओलीको प्रयास सफल नहुने बताए। सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले छिट्टै…
हेटौडाः माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन्। वाग्मती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो। सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गरे। दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गरे। वाग्मती प्रदेशको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र मकवानपुरका प्रेम बहादुर पुलामी (छिन्तु) विजयी…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रीको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छिन्। रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो। राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीलाई नै रक्षा मन्त्रीको कार्यभार तोकेको जनाएको छ। रिजालले पार्टीको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि मन्त्रीबाट राजीनामा दिएका थिए।
बुटवलः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेशका केही चर्चित नेता पराजित भएका छन्। लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडिया, वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल लगायतका नेताहरु केन्द्रीय सदस्यमा पराजित भएका हुन्। कनौडिया कपिलवस्तु र हमाल बाँकेबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्। केन्द्रीय सदस्य खुलातर्फ प्रतिस्पर्धामा रहेका उनीहरु तोकिएको ३५ स्थानभित्र पर्न असफल भए। कनौडियाले एक हजार…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार १४१ जनाको कोभिड १९ परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको छ। यस्तै, २६३ जना संक्रमण मुक्त भएका छन्। संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २२५ रहेको छ। यस्तै, ८६ हजार ५९३ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले फ्रेन्ड्स क्लबलाई पराजित गर्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले ३-१ गोलअन्तरको जित निकाल्यो। तीन अंक जोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएको फ्रेन्ड्स क्लब पराजयसँग पाँचौं चरणको समाप्तिसँगै अंकतालिकाको पुछारमा रह्यो। हार पछि फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले राम्रो अवसर बनाएर पनि पराजय ब्यहोर्नुपरेको प्रतिक्रिया दिए। 'आजको खेल…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले होटल तथा रेष्टुराँहरुलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने सुझाव दिएका छन्। सोमवार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले होटल रेष्टुरेन्टलाई २४सै घण्टा खुला गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने बताएका हुन्। 'त्यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालय तयार रहेको छ,' उनले…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्। गत वर्ष पुस ५ गते पहिलोपटक ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसैलाई 'कालो दिन' को संज्ञा दिँदै आज राजधानीमा आयोजित प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद अवरुद्ध गरिरहेकाले अहिले पनि ओली प्रतिगमनकै बाटोमा रहेको पुष्टि…
फिल्म ‘कबड्डी’ को चौथो सिरिजको टिजर सार्वजनिक भएको छ। आज सार्वजनिक भएको टिजरमा पुराना संस्करणसँग फिल्मलाई कनेक्ट गरेको देखिन्छ। दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको इन्ट्रीले फिल्म पुरानै शैलीको हुने अपेक्षा गर्न सकिन्छ। 'कबड्डी ४ -द फाइनल म्याच' को टिजरसँगै प्रदर्शन मिति समेत तय भएको छ। यो फिल्म आउँदो वर्ष वैशाख २३ गते रिलिज जनाइएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा बनेको फिल्म रामबाबु…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अन्याय गरेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित प्रतिगमनविरुद्धको कार्यक्रममा उनले नेकपा एक हुँदा पार्टीमा प्रचण्ड धेरै सोझो भएकाले ओलीलाई चिन्न नसकेको समेत बताए। प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा प्रतिनिधिसभा विघटन भएको उनको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुन नहुने बताएका छन्। सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गदै देउवाले समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताएका हुन्। उनले विश्व शैक्षिक बजार निकै प्रतिष्पर्धी भएको भन्दै विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको समेत बताए। 'विश्वविद्यालयको शिक्षा…