काठमाडौं : प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। लामो समयसम्म अदालतमा ‘हड्ताल’ जारी रहँदा आयोग र न्याय परिषद्को समेत बैठक बस्न सकेको छैन। जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन्। तर, बैठकमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित अन्य सदस्यहरु जाने नजाने निश्चित छैन। असोजमा संचालित जिल्ला न्यायाधीशको परीक्षाको नतिजा सार्वजनिक गर्न जबराले आयोगको बैठक बोलाएका हुन्।…
वीरगंज : तराईका जिल्लाहरुमा चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित भएको छ्। पर्सा, बारा, रौतहटलगायत मध्यतराईका जिल्लाहरुमा शीतलहरसँगै चिसो बढ्दै गएको छ। चिसो बढेसँगै नागरिकको दैनिकी पनि प्रभावित भएको छ। यस्तै, वीरगंजसहितका जिल्लामा शीतलहर सुरु भएसँगै हुस्सु लाग्ने क्रम पनि बढेको छ। दिउँसोको तुलनामा बिहान र बेलुकी चिसो बढी हुने गरेको छ। गत शनिवारदेखि वीरगंजको दैनिक तापक्रम घट्दै गएको छ। सोमवार…
काठमाडौं : अन्तर जातीय विवाह गरेपछि वेपत्ता भएका हुम्लाका युवक फेला परेका छन्। आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ स्थित याग्ङ्चु बजारमा उनी भेटिएका हुन्। 'चन्द्रे कामी भर्खरै भेटिएको जानकारी आएको छ। त्यहाँ कसरी पुग्नुभयो? के हो भन्ने विस्तृत अनुसन्धान भइरहेको छ,' जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक सीडीओ दशरदचन्द राईले भने। चन्द्रेले मल्ल थरकी किशोरीसँग भागी विवाह गरेका थिए। किशोरीको माइती…
सुर्खेत: महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ। महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन्। लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई…
काठमाडौंः जग्गा बैना गर्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन्। जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा परेको उजुरीका आधारमा उनलाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ थलीबाट…
पोखराः ६ वर्षीय बालकले ओछ्यानमा पिसाब फेरेको भन्दै लिङ्गमा रबर बाँधेर यातना दिने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका १५ गलेश्वर चोकमा रहेको न्यू लाइफ होस्टलमा ६ वर्षीय बालकलाई वार्डेन जानुका नेपालीले यातना दिएको कास्की प्रहरी निमित्त प्रवक्ता डिएसपी दिपक केसीले जानकारी दिए। नेपालीले बालकको लिङ्गमा रबर बाँधिदिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेकी महिला…
काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय सदस्यको थारु क्लष्टरतर्फको चार सदस्यमा पनि सभापति शेरबहादुर देउवा प्यानलका उम्मेद्वार विजयी भएका छन्। थारु क्लष्टरको खुला र महिला दुबैमा देउवा प्यानल हाबी भएको हो। खाुलातर्फ योगेन्द्र चौधरी र रामजनम चौधरी विजयी भएका छन्। दुबै विजय गच्छदार नेतृत्वको फोरमबाट कांग्रेसमा आएका हुन्। योगेन्द्रले २१९८ मत पाएका छन्। भने, रामजनमले २५०३ मत पाएका छन्। यस्तै, महिलातर्फ कल्पना चौधरी…
काठमाडौंः नेपाली कांग्रेसको भूगोल तर्फको कर्णालीको खुला केन्द्रीय सदस्यमा हृदयराम थानी एक मतले पछि परेका छन्। शेरबहादुर देउवा प्यानलका कर्णबहादुर बुढासँग एक मतले पछि पर्दै थानीले केन्द्रीय सदस्य हारेका हुन्। महाधिवेशन निर्वाचन समितिका अनुसार बुढाले २२०० मत पाएका छन्। थानीले २१९९ मत पाएका छन्। कर्णालीको खुलातर्फको अर्को एक सदस्यमा देउवा प्यानलकै राजीवविक्रम शाह निर्वाचित भएका छन्। शाहले २८२० मत पाएका छन्।
काठमाडौंः कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी छ। खुलापछि समावेशी र भूगोल तर्फको मतगणना जारी छ। मंगलबार भएको मतगणनामा मधेशी, मधेशी महिला, मुस्लिम तथा भूगोलतर्फ प्रदेश १ र वाग्मतीको नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक मत परिणाम अनुसार मुस्लिम खुला र मधेशी महिला तर्फ सबै सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार विजयी भएका छन्। मुस्लिम महिला तर्फ २ र मधेशी महिलामा ४ जनाको…
काठमाडौंः नेपाली कांग्रेसको भूगोल र समावेशी तर्फका केन्द्रीय सदस्य चयनका लागि मतगणना प्रक्रिया जारी छ। भूगोल र समावेशी तर्फबाट अझै आधार स्थानको गणना जारी छ। मत परिणाम आउने क्रम पनि जारी छ। मत परिणाम सार्वजनिकसँगै यसअघिका लोकप्रिय मतको रकर्ड पनि तोडिने क्रम जारी छ। पदाधिकारी गणनामा महामन्त्री गगन थापाले ३०२३ मत पाएका थिए। केन्द्रीय सदस्यको गणनाका क्रममा उक्त रेकर्ड डा( शशांक…
काठमाडौंः नेपाली कांग्रेसको वाग्मती प्रदेशको खुला दुई सदस्यमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनामा रञ्जितले २४१९ केसीले २१२९ मत पाएका छन्। खुलातर्फका ६ प्रतिस्पर्धीमध्येमा रञ्जित र केसी निर्वाचित भएका हुन्। यस्तै, महिलातर्फ वाग्मती प्रदेशबाट उर्मिला नेपाल केसी निर्वाचित भएकी छन्। केसीले २३४९ मत पाइन्। निर्वाचितमध्ये रञ्जित र नेपाल सभापति शेरबहादुर देउवा पक्षका हुन्। केसी शेखर…
बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले भारतलाई पानी दिन नसकिने बताएका हुन्। एमालेलेमात्रै देश बनाउने दाबी गर्दै ओलीले कपिलवस्तुमा कृषि सिचाइँको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने समेत बताए। उनले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको समेत दाबी गरे।…
बलिउड अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म '८३' डिसेम्बर २६ बाट सिनेमाघरमा प्रदर्शन हुँदैछ। कपिल देवको बायोपिकमा आधारित यस फिल्मले रिलिज अघि नै १० करोड कमाएको छ। बक्स अफिस इन्डियाका अनुसार यस फिल्मले अग्रिम बुकिङबाट १० करोड कमाएको हो। फिल्मसँग भारतीय क्रिकेट फ्यानहरुको भावना जोडिएकोले पनि मल्टिप्लेक्सको एड्भान्स बुकिङ भएको र १५ हजार टिकट बिक्री भएको बताइएको छ। साथै म्युजिक राइट्स र ओटीटी…
काठमाडौं : पछिल्लो २४ घण्टामा १७ सय ८९ जनाको कोभिड १९ परीक्षण गर्दा २९० जनामा संक्रमण देखिएको छ। यस्तै, २३२ जना संक्रमण मुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या ५ हजार २४२ पुगेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। कोभिड १९ का कारण हालसम्म देशभर ११ हजार ५७७ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २…
काठमाडौं : लालपूर्जाको माग गर्दै काठमाडौंमा आएर आन्दोलन गरिरहेका चितवन बाँदरझुलाका स्थानीयको आन्दोलन स्थगित भएको छ। राष्ट्रिय भूमि आयोगसँग भएको छलफल पश्चात आन्दोलन स्थगित गर्न आन्दोलनरत चितवनको माडी नगरपालिका बाँदरझुलाका स्थानीयहरु सहमत भएका हुन्। माडी नगरपालिका वडा नं ९, बाँदरझलाका स्थानीयहरु आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा लगायतको माग गर्दै काठमाडौं आएर आन्दोलन गरिरहेका थिए। बाँदरझुला संघर्ष समितिले शान्तिपूर्ण संघर्षले गरेको…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ। मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ। अन्तिम मत परिणाम अनुसार अजय चौरसिया सबैभन्दा बढी दुई हजार ५२२ मत ल्याउँदै निर्वाचित भएका छन्। यस्तै, उद्योगी विनोद चौधरी दुई हजार २०६ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।…
बुटवल : जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका नेता मंगल प्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजित जनसभामा गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। गुप्ता जसपाका केन्द्रीय सदस्य हुन्। २०७४ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी अभिषेकप्रताप सिंहसँग पराजित भएका थिए। गुप्तासँगै अन्य जिल्ला स्तरीय नेता कार्यकता पनि एमाले…
जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गत आज निर्वाचनका लागी मनोनयन पत्र दर्ता सुरू भएको छ। प्रदेश २ को निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंगलबार दिउँसो साढे १ बजे मतदाता नामावली प्रकाशन गरिएको छ। मनोनयन पत्र दर्ताका लागि आजै दिउँसो साढे १ देखि साढे ४ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै, मनोनयनपत्र माथि पर्ने दाबी विरोधको समय साढे…
काठमाडौं : कमेडी शो 'मुन्द्रेको कमेडी क्लब' पुन: प्रसारण गर्ने बारेमा छलफल अघि बढेको छ। बन्द भएको शो फेरि प्रसारणमा आउने सम्भावना निकै रहेको शोका निर्देशक जितु नेपालले जानकारी दिए। सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को शोमा होस्ट बन्न गएको आरोप लगाउँदै जितुले कात्तिकमा ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने घोषणा गरेका थिए। ‘मुन्द्रेको कमेडी क्लब’ सिजन…
काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेका छन्। पार्टीलाई गम्भीर क्षति पुर्याएको र विधान विपरित काम गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै पाण्डेलाई पार्टीबाट हटाइएको जारी विज्ञप्तिमा जनाइएको छ। 'तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ,' विज्ञप्तिमा भनिएको छ। पाण्डेले भने मिश्रलाई आरोप…