PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • मेलम्चीमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

    मेलम्चीमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

    काठमाडौं : मेलम्ची नगरपालिका-१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रवार बिहान ८:३० बजे बा २ ख ३६८९ नम्बरको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिए। ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन्। जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र भारत सुरक्षा अधिकारी बैठक : दोहोरो नागरिकतासहित सातवटा एजेण्डामा छलफल

    नेपाल र भारत सुरक्षा अधिकारी बैठक : दोहोरो नागरिकतासहित सातवटा एजेण्डामा छलफल

    दार्चुला : बिहीवार भारत पिथौरागढको जोलजीविमा नेपाल-भारतका सुरक्षा अधिकारीबिच समन्वयात्मक बैठक बसेको छ। सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो। जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ। त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल-भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको छ। तेस्रो मुलुकका नागरिक भित्रिए-नभित्रिएको जानकारीका लागि…

    विस्तृतमा पढ्नुस्

  • यू १९ एसियन कप क्रिकेट: नेपालले बंगलादेशको सामना गर्दै

    यू १९ एसियन कप क्रिकेट: नेपालले बंगलादेशको सामना गर्दै

    काठमाडौं: नेपाली यू १९ टोलीले एसियन कप अन्तर्गत बंगलादेशको सामना गर्दैछ। खेल आज यूएईस्थित सारजाह क्रिकेट स्टेडियममा सवा ११ बजे सुरु हुनेछ। नेपाली टोली बंगलादेशलाई स्तब्ध पार्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने होडमा छ। यद्यपि बंगलादेशसँगको इतिहास नेपालको राम्रो छैन। यू १९ क्रिकेटमा पछिल्ला ४ भेटमा नेपालले सबै खेलमा पराजय ब्यहोरेको छ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग आइतवार र कुवेतसँग मंगलवार खेल्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज दुई खेल, चारवटै टिमको चिन्ता: स्कोरिङ

    ए डिभिजन लिगमा आज दुई खेल, चारवटै टिमको चिन्ता: स्कोरिङ

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र न्युरोड टिम (एनआरटी) प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे खेल सुरु हुनेछ। अंकतालिकामा एनआरटी ५ खेलबाट १ जित, ३ बराबरी र १ हार ब्यहोर्दै तालिकाको सातौं स्थानमा छ भने एपीएफ समान खेलबाट तीन पराजय, एक जित र एक बराबरी खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • एभीसी सेन्ट्रल जोन: महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले उज्बेकिस्तानसँग खेल्ने

    एभीसी सेन्ट्रल जोन: महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले उज्बेकिस्तानसँग खेल्ने

    काठमाडौं: एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले माल्दिभ्सको सामना गर्दैछ। बंगलादेशमा बिहीवारबाट सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आज दिउँसो ११:१५ बजे माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ को सेटमा पुनरागमन जित निकालेको थियो। सुरुवाती दुई सेटमा १९-२५ र २१-२५ ले पराजय ब्यहोरेको साविक विजेता नेपालले पछिल्ला तीन सेटमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचितलाई बधाई दिँदै रामचन्द्र पौडलको वक्तव्य, ‘व्यक्तित्वको पहिचान पराजयका बखत हुन्छ’

    निर्वाचितलाई बधाई दिँदै रामचन्द्र पौडलको वक्तव्य, ‘व्यक्तित्वको पहिचान पराजयका बखत हुन्छ’

    काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीले सबैलाई समेटेर लैजानुपर्ने बताएका छन्। निर्वाचितलाई बधाई दिन वक्तव्य जारी गर्दै पौडेलले पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर लैजाने जिम्मेवारी निर्वाचित पदाधिकारीसँग रहेको बताएका छन्।  उनले महाधिवेशनमा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र लोकतन्त्रको प्रयोगमात्र नभइ पार्टीलाई नयाँ दिशा पनि दिएको विश्वास व्यक्त गरेका छन्। आफूले पार्टीलाई एकताको सन्देश दिन चाहेको पनि उनले…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भलिबल टोली बंगलादेशसँग पराजित

    नेपाली भलिबल टोली बंगलादेशसँग पराजित

    काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोली बंगलादेशसँग पराजित भएको छ। आजबाट बंगलादेशमा सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको हो। पहिलो सेटमा १७-२५ को पराजय ब्यहोरेको नेपालले दोस्रो सेटमा पटकपटक अग्रता बनाएर पनि १७-२५ अंकले नै पराजित भएको थियो। त्यस्तै तेस्रो सेटमा २५-१९ ले पराजय ब्यहोर्‍यो। नेपालले अर्को खेलमा भोली…

    विस्तृतमा पढ्नुस्

  • आदिवासी जनजाति महिलामा देउवा टिमको ‘क्लिन स्वीप ’, खुल्लामा पनि ७ जना निर्वाचित

    आदिवासी जनजाति महिलामा देउवा टिमको ‘क्लिन स्वीप ’, खुल्लामा पनि ७ जना निर्वाचित

    काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवाको टिमले क्लिन स्वीप गरेको छ। ७ पदका लागि भएको निर्वाचनमा ७ पद नै देउवा समूहले जितेको हो। समूहबाट सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगा लक्ष्मी अवाले, माया राई, सीताकुमारी राना र सुशीला थिङ निर्वाचित भएका छन्। आदिवासी जनजाति खुल्लामा पनि देउवा टिमको वर्चश्व देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी प्रजातन्त्र द्वैध चरित्रको भएको चिनियाँ प्रतिवेदन : अरुको देशमा प्रजातन्त्रका नाममा हिंसा भड्काउने, आफ्नो देशमा जनप्रदर्शन दबाउने

    अमेरिकी प्रजातन्त्र द्वैध चरित्रको भएको चिनियाँ प्रतिवेदन : अरुको देशमा प्रजातन्त्रका नाममा हिंसा भड्काउने, आफ्नो देशमा जनप्रदर्शन दबाउने

    काठमाडौं : पछिल्लो समय प्रजातन्त्रको विषयलाई लिएर चीन-अमेरिका बिच वाकयुद्ध चलिरहेको छ। चीनले अमेरिकी प्रजातन्त्र आधुनिक प्रजातन्त्रका लागि एकमात्र र अन्तिम प्रणाली नभएको र हुनै नसक्ने बताएको छ। चीनको सोसाइटी फर ह्युमन राइट्स स्टडिजले बिहीवार 'अमेरिकी प्रजातन्त्रका सीमितता र कमजोरी' शीर्षकमा र २९ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो। प्रतिवेदनमा राजनीतिक विशेषता र विचारधारका आधारमा अमेरिकी प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोशी डेभलपमेन्ट बैंकमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना, एक कर्मचारी पक्राउ

    सप्तकोशी डेभलपमेन्ट बैंकमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना, एक कर्मचारी पक्राउ

    विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना भएपछि एक कर्मचारी पक्राउ परेका छन् । बैंक स्रोतका अनुसार रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन्। भट्टराईमाथि आफ्नो कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर रकम हिनामिना गरेको अभियोग लगाइएको छ। बैंकका सिइओ नवीन सुवेदीले कर्मचारी भट्टराई पक्राउ परेको पुष्टि गरे। सिइओ सुवेदीले यस प्रकरणलाई नेपाल…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक, फागुन २७ गते रिलिज हुने

    फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक, फागुन २७ गते रिलिज हुने

    उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक गरिएको छ। आगामी फागुन २७ गते रिलिज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा अफिसियल पोस्टर सार्वजनिक गरेको हो। फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मको पोस्टरमा पनि यी नै कलाकारले प्रथामिकता पाएका…

    विस्तृतमा पढ्नुस्

  • थप २ लाख ८२ हजार बढीले लगाए खोप, २९३ संक्रमित थपिए

    थप २ लाख ८२ हजार बढीले लगाए खोप, २९३ संक्रमित थपिए

    काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोभिड १९ परीक्षण गर्दा २९३ जनामा संक्रमण देखिएको छ। २६३ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार १६१ पुगेको छ। यस्तै, थप दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म ११ हजार ५८१ जनाको कोभिड १९का कारण मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ८२ हजार ६४१…

    विस्तृतमा पढ्नुस्

  • पूरा परिणाम नआउँदै सानेपामा छोपिए उपसभापति र महामन्त्रीको ‘नेमप्लेट’

    पूरा परिणाम नआउँदै सानेपामा छोपिए उपसभापति र महामन्त्रीको ‘नेमप्लेट’

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतपरिणाम पूरा आइसकेको छैन। मंसिर २४ गते भृकुटीमण्डपमा उद्घाटन भई २७ गते मतदान भएकोमा २८ केन्द्रीय सदस्यको मतपरिणाम आउनेक्रममा छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरेपनि निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र दिएको छैन। तर पार्टी मुख्यालय सानेपामा भने उपसभापति र महामन्त्रीको नेमप्लेट छोपिसकिएको छ। सहमहामन्त्री, कोषाध्यक्षको नेमप्लेट भने छोपिएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय सदस्य आदिवासी जनजाति क्लस्टरमा चिनकाजी र उमेश अगाडि, टप ८ मा को को ?

    कांग्रेस केन्द्रीय सदस्य आदिवासी जनजाति क्लस्टरमा चिनकाजी र उमेश अगाडि, टप ८ मा को को ?

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा हाल आदिवासी जनजाति पुरुष क्लस्टरको मतगणना हुँदैछ। ४ हजार ६८२ मत खसेकोमा हालसम्म ३ हजार मत गणना भइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार हालसम्म चिनकाजी श्रेष्ठ र उमेश श्रेष्ठले अग्रता कायम गरेका छन्। ३ हजार मत गणना हुँदै चिनकाजी श्रेष्ठले १ हजार ४९६…

    विस्तृतमा पढ्नुस्

  • जितपछि भलिबल प्रशिक्षक जगदिश भट्टको प्रतिक्रिया : दबाबमा थियौं, म खेलबाट सन्तुष्ट छैन

    जितपछि भलिबल प्रशिक्षक जगदिश भट्टको प्रतिक्रिया : दबाबमा थियौं, म खेलबाट सन्तुष्ट छैन

    काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आजबाट सुरु भएको एभीसी सेन्ट्रल जोन महिला भलिबलमा जित निकाल्दै सुखद सुरुवात गरके छ। बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा नेपालले श्रीलंकामाथि जित निकालेको हो। जित हासिल गरे पनि प्रशिक्षक जगदिश भट्टले भने टिमको प्रदर्शनबाट आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन्। 'श्रीलंकासँग पहिलो म्याच जित्नुपर्ने बाध्यता थियो। किनभने पहिलो म्याच जित्यो भने खेलाडीको मोरल पनि माथि आउँछ,'…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल टोलीको पुनरागमन जित

    महिला भलिबल टोलीको पुनरागमन जित

    काठमाडौं: एभीसी सेन्ट्रल जोन महिला भलिबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा जित निकालेको छ। बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा नेपालले श्रीलंकामाथि जितमा पुनरागमन गरेको हो। सुरुवाती दुई सेटमा १९-२५ र २१-२५ ले पराजय ब्यहोरेको साविक विजेता नेपालले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै ३-२ को सेटमा विजयी बनेको हो। नेपालले त्यसपछिका सेटमा २५-१५, २५-१९ र १५-१३ को जित निकालेको थियो। पुरुष टोलीले…

    विस्तृतमा पढ्नुस्

  • बागमती प्रदेशसभा बैठक आज पनि अवरुद्ध

    बागमती प्रदेशसभा बैठक आज पनि अवरुद्ध

    हेटौंडाः बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले आज पनि अवरुद्ध गरेको छ। बुधवार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले आज पनि बैठक अवरुद्ध गरेको हो। बैठक सुरु भए लगतै नेकपा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए। बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधवार उठाएका प्रश्नहरूको जवाफ नदिएसम्म संसद् चल्न नसक्ने बताए। बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बिहीबार प्रदेश उच्च शिक्षा सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा कोरोना विरुद्धको चक्की प्रयोगका लागि स्वीकृत : लक्षण देखिएको पाँच दिनभित्र प्रयोग गरे प्रभावकारी

    अमेरिकामा कोरोना विरुद्धको चक्की प्रयोगका लागि स्वीकृत : लक्षण देखिएको पाँच दिनभित्र प्रयोग गरे प्रभावकारी

    अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले कोभिड १९ विरुद्धको फाइजर एन्टीभाइरल पिल 'प्याक्सलोभिड' प्रयोगका लागि स्वीकृत गरेको छ। कोरोना भाइरस संक्रमणको प्रभाव रोक्न विश्वभर भ्याक्सिन अभियान संचालन भइरहँदा कोभिड १९ विरुद्ध स्वीकृति पाउने यो पहिलो एन्टीभाइरल चक्की हो। चक्कीको प्रयोग १२ वर्षभन्दा माथिले मात्रै प्रयोग गर्ने गरी एफडीएले मन्जुरी दिएको हो। 'हाइ रिक्स'मा रहेका १२ वर्षभन्दा माथि उमेर समूहका, शरीरको तौल कम्तीमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

    कांग्रेसमा दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

    काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन्। दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली' बोलको गीत सार्वजनिक

    फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली' बोलको गीत सार्वजनिक

    काठमाडौं: फिल्म ‘कठपुतली’ को ओरिजिनल साउण्ड ट्रयाक (ओएसटी) गीत सार्वजनिक भएको छ। ‘यो ज्यान कठपुतली’ बोलको गीत सार्वजनिक भएको हो। दयाराम पाण्डेको शब्द रहेको गीतमा गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा सुरेश अधिकारीले संगीत भरेका छन्। यस गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको छ। गीतमा भिडियोमा फिल्मका दृश्यहरु पनि समावेश छन्। फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell