इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि सहज जित निकाल्यो। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले लेस्टर सिटीमाथि ६-३ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको पाँचौ मिनेटमै फर्नान्डिनोको पासमा केभिन डी ब्रुइनले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै लेस्टरका योउरी टाइलेमेन्सले लापोर्टेलाई खराब ट्याकल गरेपछि पाएको पेनाल्टीको अवसरलाई १४ औं मिनेटमा रियाद महरेजले सदुपयोग गरे।…
‘पामे इन्टरनेसनल फिल्म फेस्टिभल’ सोमवारबाट सुरु हुँदैछ। पोखराको फेवाताल किनारबाट थालिने फेस्टिभलको पाँचौ संस्करण पुस १५ गतेसम्म चल्नेछ। महोत्सवमा २० देशका लामा-छोटा गरी ९४ फिल्म तथा डकुमेन्ट्री देखाइनेछन्। निर्देशक इयान स्कट क्लिमेन्टको ‘बासेन्जी’ फिल्म प्रदर्शनसँगै महोत्सवको सुरुवात गरिनेछ। करिब १ घन्टा २१ मिनेटको फिल्ममा असिम निरौला, सुप्रिम राई र सरिता गिरीको मुख्य भूमिका छ। फिल्म प्रदर्शनीसँगै महोत्सवमा मास्टर क्लास, वर्कसप,…
काठमाडौंः नेकपा (माओवादी केन्द्र) को ८औँ राष्ट्रिय महाधिवेशनको उद्घान सत्र सुरु भएको छ। राष्ट्रिय सम्मेलन भनिए पनि अन्तिम समयमा महाधिवेशन भनिएको छ। प्रज्ञा भवनमा औपचारिक रुपमा उद्घाटन भइसकेको छ। महाधिवेशन उद्घाटन स्थलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूर्णकदको तस्विर पनि राखिएको छ। यसअघि विधान सम्मेलनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विर पनि गोदावरीमा त्यसैगरी सजाइएको थियो। जसलाई कतिपय कार्यकर्ताले देवत्वकरण भनेर…
काठमाडौं: नेपाली यू १९ क्रिकेट टोली श्रीलंकासँग पराजित भएको छ। एसीसी यू १९ एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको हो। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो। विशाल लक्ष्य खडा गर्न शदिशा राजापाक्षेले १३१ र चामिन्दु विक्रमासिङ्घेले १११ रनको शतकीय पारी खेले।…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत भने गर्न सकेनन्। उल्लेखनिय दर्शकहरुको उपस्थिति रहेको खेलमा पहिलो हाफमा दुवै टोलीले धेरै सुनौला…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वपक्षीय छलफल गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गर्ने बताएका छन्। एमसीसी नेपालको हितमा भएकाले छलफलपछि पारित गर्ने देउवाले बताएका हुन्। सम्झौतामा अन्तर्राष्ट्रिय कानुन लाग्ने पनि उनले बताए। नेकपा (माओवादी केन्द्र) को ८औँ महाधिवेशन उद्घन सत्रमा देउवाले एमसीसी राष्ट्रपति भन्नेहरुले अध्ययन नगरेको पनि टिप्पणी गरे। ‘एमसीसी राष्ट्रघाती रे। राष्ट्रघाती भन्नेले पढ्या छ…
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले क्रान्तिले मात्रै नेपालको निर्माण नहुने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै उनले देशमा तीन तीनवटा क्रान्ति भएपनि देश निर्माण नभएको बताएका हुन्। गिरिजाप्रसाद कोइरालाले तीन तीनवटा क्रान्तिको नेतृत्व एउटै पुस्ताले गरेको गर्वले सुनाउने गरेको स्मरण गर्दै उनले फर्केर हेर्दा भने आफूलाई पश्चाताप लागेको बताए। 'हामी क्रान्तिका…
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह माओवादीको जनयुद्धको जगमा भएको बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै उनले जनयुद्ध र मधेश विद्रोह नै कारण देशमा गणतन्त्र आएको बताए। आफूले माओवादीसँग जनयुद्धमा संगै रहेर काम गरेको स्मरण गर्दै उनले भने, 'कुनै जमानामा लडाइँको बेला सँगै काम गरेको सम्झना आइरहेको छ। त्यही…
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ। अहिले विभिन्न राजनीतिक दलका नेताहरुले माओवादीलाई महाधिवेशनको शुभकामना सन्देश दिँदैछन्। त्यसैक्रममा शुभकामना व्यक्त गर्न पुगेकी सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताको विषयमा सबै दल एक भएर जानुपर्ने बताइन्। 'राष्ट्रियताको सवालमा एक भएर जानुपर्छ। गठबन्धबनको एक घटक माओवादी हो। निर्णय गर्दा त्यसलाई ध्यान दिनु होला'…
काठमाडौं: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा प्रदेश १ माथि ७ विकेटको सानदार जित निकाल्दै एपीएफ च्याम्पियन बनेको हो। टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो। जसका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन बनाउँदा अप्सरी बेगमले…
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ। उद्घाटन सत्रमा आमन्त्रित अतिथि मध्ये पहिलो वक्ताका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले सम्बोधन सुरु गरिन्। तर, सम्बोधनको क्रमम उनले उपस्थित नेता र पार्टीको नाम नै बिगारिन्। शाहीले सम्बोधनका क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ईश्वर पोखरेल भनेर सम्बोधन गरिन्। यस्तै, एमालेलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा…
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ। शनिवारसम्म राष्ट्रिय सम्मेलन गर्ने भनेर तयारी गरेको माओवादीले रातिमात्रै सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। सम्मेलनमा कुनै पनि दलका नेताहरुलाई नबोलाउने भनिएको थियो। तर, महाधिवेशन गर्ने भनेपछि सबै राजनीतिक दलका नेताहरुलाई माओवादीले निमन्त्रणा पठाएको थियो। अहिले प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका अध्यक्ष एवम्…
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोभिड १९ परीक्षण गर्दा २१९ जनामा संक्रमण देखिएको छ। यस्तै, २८३ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९०६ पुगेको छ। संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ५८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा ७६ हजार ३३०…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनको व्यवस्थापन फितलो देखिएको छ। शनिवारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको माओवादीले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। त्यसैले रातारात सम्मेलनका ब्यानर र फ्लेक्सहरुलाई महाधिवेशनमा परिणत गर्न माओवादी नेता कार्यकर्तालाई धौधौ परेको थियो। महाधिवेशनस्थल साँघुरो हुँदा प्रज्ञा प्रतिष्ठानमा भिड व्यवस्थापन गर्न आयोजकलाई सकस परेको छ। महाधिवेशन भइरहेको हल सानो भएकाले खचाखच भरिएपछि…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। शनिवारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको माओवादीले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। महाधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रज्ञा प्रतिष्ठान पुगेका छन्। प्रतिष्ठानमा बिहानैदेखि माओवादी नेता कार्यकर्ताको घुइँचो लागेको छ। प्रचण्डको तस्विर र भिडियो खिच्न कार्यकर्ता लालयित देखिएका छन्। प्रचण्ड महाधिवेशन स्थल पुग्दा कार्यकर्ताको भिड व्यवस्थापन गर्न…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा संकटा क्लबले ब्रिगेड व्वाइज क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटाले ब्रिगेड ब्वाइजमाथि ३-० गोलअन्तरको सहज जित निकालेको छ। खेलको १२ औं मिनेटमा जोर्डन जुनियरको पासमा उत्तम राईले गोल गर्दै संकटालाई अग्रता दिलाए। यद्यपि यो गोललाई लिएर रेफ्रीसँग ब्रिगेडका खेलाडीले अफसाइडको अपिल गरेका थिए। यसक्रममा ब्रिगेडका गोलकिपर…
कैलाली : विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रदेश १ लाई पराजित गर्दै कैलालीको धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको हो। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै एपीएफ च्याम्पियन भएको हो। टस जितेर पहिले फिल्डिङ रोजेको एपीएफले प्रदेश १ लाई ६७ रनमा…
काठमाडौं : पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ। प्रकाशक नेपालयले ल्याएको पुस्तक दशवटा प्रमुख पश्चात्य दर्शनमाथि केन्द्रित छ। लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापण गरेको नेपालयले जनाएको छ। 'मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतीकात्मक अर्थ छ,' लेखक पोखरेलले भने, 'मेरा छोरीका पुस्ताले यो…
काठमाडौं : राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा (माओवादी केन्द्र)ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ। आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ। एमाले अध्यक्ष ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव शङ्कर पोखरेलले सहभागिता…
काठमाडौं : सर्लाहीमा शनिवार भएको छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ। मलङ्गवा-नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ। बाटो काट्ने क्रममा शनिबार साँझ खातुनलाई साइकलले ठक्कर दिएको थियो। घाइते खातुनको…