काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बिच एकता भएको छ। आज राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादीका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्। नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले आउने दिनमा थप कम्युनिष्ट पार्टीसँग एकता हुने जनाएको छ।
काठमाडौं: पूर्वमिस नेपाल उषा खड्गी कार्यक्रम प्रस्तोताको रुपमा देखिने भएकी छन्। ‘आमा सिजन ४’ मार्फत आफू चाडैं दर्शकमाझ माझ उपस्थित हुने खड्गीले जानकारी दिइन्। सो कार्यक्रममा आमाको आशिर्वाद र प्रेरणाको भूमिकालाई प्रस्तुत गरिनेछ। नेपालका त्यस्ता सन्तान जसले नेपालको शीर र नामलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाएका छन्। तर, ती सन्तानलाई जन्म दिने आमा सन्तानको खुसीमा रमाउँदै गुमनाम छन्। कार्यक्रममा तीनै गुमनाम…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन एकदिन बढी लम्बिने भएको छ। सुरुमा राष्ट्रिय सम्मेलन गर्ने भनेको माओवादीले शनिवार सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। पुस ११ गतेदेखि १५ गतेसम्म भनिएको महाधिवेशन अब एकदिन बढी अर्थात १६ गतेसम्म संचालन हुने भएको छ। आज बसेको माओवादीको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति एकदिन बढाएको नेता देवेन्द्र पौडेलले जानकारी दिए।…
सन्तोष शाह 'बीबीसी मास्टरसेफ' का विजेता बनेका छन्। ३४ वर्षीय शाहले सोमवार सम्पन्न भएको 'बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१' उपाधि हात पारेका हुन्। विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिँदै उक्त प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए। प्रतिस्पर्धामा नेपाली परिकारहरु पस्केर अन्य…
काठमाडौं : कार्ड आइपुगेको करिब एक महिनापछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा आज मंगलवार दिउँसो ३ बजेबाट छपाइ सुरु गर्न लागिएको हो। मंसिर पहिलो साता १४ लाख स्मार्ट कार्ड आइपुगेको थियो। उक्त कार्डको विभागले दिएको स्पेशिफिकेशन अनुसारको गुणस्तर भए/नभएको परीक्षणका लागि फ्रान्स पठाएको थियो। परीक्षणको रिपोर्ट…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ। सोमवार बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागि २५ समूह विभाजन गरिएको छ। प्रतिनिधिहरुबिच प्रज्ञादेखि विभिन्न पार्टी प्यालेससम्म छलफल सुरु भएको हो।। जनवर्गीय सङ्गठन निर्माण…
काठमाडौं : कोभ्याक्स सुविधा अन्तर्गत पछिल्लो चरणमा मात्रै ६० लाख ३९ हजार डोज कोभिसिल्ड र १६ लाख ८६ हजार डोज मोडर्ना खोप नेपालमा भित्रिएको छ। २९ नोभेम्बरदेखि २० डिसेम्बरभित्र यस परिमाणमा खोप आपूर्ति भएको हो। खोपका अतिरिक्त ३० लाख थान सिरिन्ज ८३ हजार थान सिरिन्ज सेफ्टीबक्स र दश थान विशिष्टिकृत 'वाक इन कुलर' नेपाललाई हस्तान्तरण गरिएको छ। कोभ्याक्स भ्याक्सिनको पछिल्लो…
म्यानमारमा 'सैन्य कू'को विरोधमा प्रदर्शनमा सहभागी भएका चर्चित अभिनेता र मोडल पाइंग ताखोनलाई ३ वर्षको जेल सजाय सुनाइएको छ। लाखौं फ्यान भएका म्यानमारका चर्चित सेलिब्रेटी ताखोन जुन्ता सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिनुका साथै अनलाइनबाट पनि सरकारको आलोचनामा केन्द्रित थिए। गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। त्यसयता आङ सान सूचीसहित कयौं नेता र प्रदर्शनमा सहभागीहरुलाई सेनाले नियन्त्रणमा…
काठमाडौं : बलिउड गायिका असीस कौर नेपाल आउने भएकी छिन्। उनी पुस २३ गते दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टका लागि नेपाल आउन लागेकी हुन्। फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो। आयोजक संस्थाका सिइओ शाहिल खानले भने,‘विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश समेत कार्यक्रमले दिनेछ। कौरको ‘राता लम्बिया’ गीत अहिले व्यापक…
फ्रान्सले कोभिड १९ को ओमोक्रन भेरियन्टको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै कडा प्रतिबन्धहरु लागू गर्ने घोषणा गरेको छ। फ्रान्समा शनिवार महामारी सुरु भएयता नै सबैभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको थियो। १ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएपछि सरकारले नयाँ नियम लागू गरेको हो। तर, न्यू एयर इभ कर्फ्यू लागू भने गरिएको छैन। प्रधानमन्त्री जिन कास्टेक्सले महामारी 'कहिले अन्त्य नहुने फिल्मजस्तो' भन्दै…
काठमाडौंः प्रहरी कारबाहीबाट राज्यको लागि संकलन हुने राजस्वको रकम ह्वातै बढेको छ। गएको आर्थिक वर्षको पाँच महिना र चालु आर्थिक वर्षको तुलना गर्दा राजस्व १०६ प्रतिशत भन्दा बढीले वृद्धि भएको नेपाल प्रहरीले जानकारी दिएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा मात्र २ अर्ब २० करोड ८२ लाख ६० हजार ८ सय ७२ रुपैयाँ राजस्व संकलन भएको हो। अघिल्लो आर्थिक वर्ष (२०७७/७८)को पहिलो…
काठमाडौंः पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन्। तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन्। पाँच महिनाको अवधिमा ६ सय ७५ जना प्रहरी जवान रहेको छन्। त्यसपछि ३ सय ५ जना प्रहरी…
काठमाडौं: एसीसी यू १९ एसियन कपमा आज नेपालले कुवेतको सामना गर्दैछ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा मध्यान्ह सवा ११ बजे नेपाल र कुवेतबीचको खेल सुरु हुनेछ। सेमिफाइनलको होडबाट बाहिरिसकेका दुबै टोली आजको खेलमा सान्त्वना जित निकाल्ने लक्ष्यमा रहनेछन्। यसअघि नेपालले बंगलादेशसँग १५४ रन र श्रीलंकासँग ६० रनको पराजय ब्यहोरेको थियो। त्यस्तै कुवेतले बंगलादेशसँग २२७ र श्रीलंकासँग २७४ रनको पराजय ब्यहोरेको थियो।…
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज र निजी अस्पताललाई पनि कोभिड–१९ विरुद्ध खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। मन्त्रालयले मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमता भएका निजी अस्पताललाई केन्द्र सञ्चालन दिने निर्णय गरेको हो। मन्त्रालयले केन्द्र सञ्चालन गर्न चाहनेलाई सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गर्न समेत आग्रह गरेको छ। अहिले सरकारी, सामुदायिक र स्थानीय तहले खोप अभियान…
सिरहाः सिके राउत नेतृत्व जनमत पार्टीले केही दिनदेखि तोडफोडसहितको आमहड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पुस १३ र १४ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म स्थानीय प्रशासनले कुनै पनि भेला हुन, राजनीतिक सभा गर्न र हिँडडुलमा समेत निषेध गरेको छ। स्थानीय प्रशासनले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। जनवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पङ्क्ति जनताको माझमा गई…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५ लाख भन्दा बढीले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। विद्यालयमा नै विद्यार्थीलाई खोप दिन सुरु भएपछि खोप लगाउनेको संख्या बढेको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका हुन्। यस्तै, १० हजार ८८६ जनाको परीक्षण गर्दा २७१ जनामा संक्रमण देखिएको छ। २२५ जना संक्रमण मुक्त भएका छन्। थप एकजना संक्रमितको मृत्यु…
काठमाडौं : धेरै सङ्ख्यामा नेपालीहरु भएका देशमा एसएसपी दर्जाको सहचारी राख्ने तयारी गरेको छ। पछिल्लो समय विदेशमा रहेका नेपालीहरु देशभित्रका अपराधिक गतिविधिमा जोडिने गरेको र अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले यस्तो प्रस्ताव गरेको हो। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई चलानी नम्बर १०८/२०७८/६/८ गते पत्रचार गर्दै एसएसपी राख्ने तयारी गरेको हो। हेर्डक्वाटरले प्रस्ताव गरेका देशहरुमा मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश,…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन्। मार्क्सवादलाई नेपाली परिवेश अनुसार विकास गर्ने गरी समाजवादको नेपाली मार्गचित्र सहितको दस्तावेज अध्यक्ष दाहालले प्रस्तुत गरेका छन्। विज्ञान प्रविधिको विकास र त्यसपछि आएको परिवर्तन, विश्वले व्यहोरिरहेको जलवायु परिवर्तनको समस्यालाई मार्क्सवादी दृष्टिकोणबाट नयाँ विचार दिने काम दस्तावेज मार्फत् अध्यक्ष प्रचण्डले गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागि समूह विभाजन गरिएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका छन्। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएका छन्। समूहगत छलफलपछि भोलिदेखि समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको…