काठमाडौं : बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका नेकपा एमालेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दामा सरकारी वकिलहरुको प्रतिउत्तर बहस सकिएको छ। आज दिउँसोबाट सरकारी वकिलहरुको प्रतिउत्तर बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधीवक्ता गंगाप्रसाद पौडेलले बताए। तीन सातादेखि अदालतमा प्रतिवादीको थुन्छेक बयान, निजी वकिलको वकालत भइरहेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान…
काठमाडौं : आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ। पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मंगललवार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ। विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ। ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु…
हङ्कङ प्रहरीले स्वतन्त्र समाचारमूलक अनलाइनका ६ जना संचारकर्मीलाई पक्रेको छ। उनीहरुलाई देशद्रोही सामग्री प्रकाशनको आरोप लगाइएको छ। स्ट्यान्ड न्युज सर्भिसका पूर्व र बहालवाला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ। उक्त अनलाइनमा २ सय भन्दा धेरै प्रहरीहरुले छापा मारेको समेत बताइएको छ। प्रहरीको 'सर्च अपरेसन' जारी छ। अपरेसनमा पुगेका प्रहरीहरुले त्यहाँका सामग्री खोज्न र त्यसलाई जफत गर्ने अधिकार आफूसँग रहेको…
पोखरा : पोखराको पर्यटन बोर्डमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्विरहरुको प्रदर्शनी भइरहेको छ। फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन बोर्डमा प्रदर्शनी भइरहेको हो। मंगलवारबाट सुरु भएको प्रदर्शनी १६ गते शुक्रबारसम्म चल्नेछ। प्रतियोगितामा छानिएका १७५ मध्ये उत्कृष्ट ११७ फोटो प्रदर्शनीमा राखिएको छ। विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण रोकिएको प्रदर्शनी अहिले…
काठमाडौं : नयाँ बसपार्कमा सामुहिक बलत्कार गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। मंगलवार अन्दाजी ३२ वर्षीया महिलालाई बलत्कार भएको उजुरी परेपछि प्रहरी अभियुक्तको खोजी गरेको थियो। मंगलवार नै बसपार्कको विभिन्न स्थानबाट सात जना र आज बिहान एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। 'हामीले अहिलेसम्म ८ जनालाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर…
वीरगंज : मध्यतराईको पर्सादेखि रौतहट सम्म फैलिएको गण्डक नहरमा अगामी एक साता भित्रै पानी आउने भएको छ। अगामी शुक्रवारदेखि जानकीटोलाबाट गण्डक नहरमा पानी प्रवेश गर्ने र दुई दिन भित्र १० नम्बर ब्लक सम्म पानी गइसक्ने गण्डक नहरण व्यवास्थापन हेर्ने नारायणी सिचाई व्यवस्थापन कार्यालय गण्डक वीरगंजले जनाएको छ। कार्यालयका प्रमुख प्रसुन मिश्रले भारतीय पक्षले हरेक वर्ष गहुँबालीको लागि पुस २० गते…
काठमाडौं : गृहमन्त्रालयले भोलि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीवार गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको हो। आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। 'हामीले भोलि बिदाका लागि क्याविनेटमा प्रस्ताव लगेका छौं। उताबाट के निर्णय हुन्छ त्यसैका आधारमा बिदा हुने नहुने तय हुन्छ,' गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने। गुरुङ समुदायले पुरानो वर्षलाई…
अमेरिका र फ्रान्समा हालसम्म कै धेरै कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। ओमोक्रन भेरियन्टको संक्रमण फैलिरहँदा युरोप र अमेरिकामा संक्रमणको दर ह्वात्तै बढेको हो। अमेरिकामा एकैदिन ४ लाख ४० हजार बढीमा संक्रमण देखिएको हो। यो संख्या अझै बढ्न सक्ने बताइएको छ। क्रिसमस र नयाँ वर्षमा परीक्षण गराउने घटेकाले संक्रमतिको संख्या बढ्ने बताइएको हो। यस्तै, फ्रान्समा युरोपमै हालसम्म कै धेरैमा…
मौसमी बदलीसँगै दोलखामा भारी हिमपात भएको छ। दोलखाको कालिन्चोक, चरिकोट, खरीढुंगा लगायतका क्षेत्रमा हिमपात भएको हो। हिमपातका कारण सवारीसाधन आवतजावतमा समस्या परेको छ। सडकमा हिउँ जमेपछि सवारीसाधनहरु बिचबाटो मै अड्किएका छन्। केही बस भने हिउँ बिच नै गन्तव्यतिर लागेका छन्। दोलखाको खरीढुंगामा हिउँमै बस सररर ... pic.twitter.com/XOGgn35j1j — PahiloPost (@PahiloPost) December 29, 2021 हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल लेस्टर सिटीसँग पराजित भएको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीले लिभरपुलमाथि १-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीलाई जित दिलाउन एडेमोला लुकम्यानले निर्णायक गोल गरे। उनले खेलको ५९ औं मिनेटमा किइरनन डेउर्सबरी-हलको पासमा गोल गरेका थिए। त्यसअघि पहिलो हाफमा पेनाल्टीमा पाएको अवसरमा…
काठमाडौंः उच्च अदालत पाटनले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को पदपूर्तिसम्बन्धी हालैको विज्ञापन यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश रामबहादुर थापाको एकल इजलासले पुस १८ गतेसम्म विज्ञापन प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। मंसिर २९ गते लोक सेवा आयोगले पदपूर्तिको विज्ञापन गरेको थियो। अदालतले पुस १८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ। उक्त छलफलमा…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि विजेता खेलाडीहरुलाई बधाई दिएका छन्। बंगलादेशमा मंगलबार उज्बेकिस्तानलाई हराउँदै नेपाली महिला टोली च्याम्पियन बनेको हो। देउवाले फेसबुकमार्फत विजेता टोलीलाई बधाई दिएका हुन्। उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो।
काठमाडौं: यूएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपाल जितविहीन भएको छ। आज सम्पन्न खेलमा कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपालले टस हारेर ब्याटिङमा उत्रिएको थियो। नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनाएको थियो। सामान्य ब्याटिङ गरेको नेपालका लागि बसीर अहमदले सर्वाधिक ५६ रन बनाउँदा विवेक मगरले ५०…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी मुलुक मरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले जनवरी २९ र फेब्रुअरी १ मा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ। पछिल्लो समय नेपालले सेप्टेम्बर २ र ५ मा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपाली टोलीले पछिल्लो…
काठमाडौं : सवारी चालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स) छपाइ सुरु भएको छ। यातायात व्यवस्था विभागले मंगलबार दिउँसोबाट छपाइ सुरु गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ सुरु गरिएको हो। मंसिर पहिलो साता नै १४ लाख कार्ड आइपुगेको थियो। गुणस्तर परीक्षणका लागि फ्रान्स पठाएर रिपोर्ट आएपछि छपाइ सुरु गरिएको हो। उक्त कार्डको विभागले दिएको स्पेशिफिकेशन अनुसारको…
काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोभिड १९ परीक्षण गर्दा २६४ जनामा संक्रमण देखिएको छ। यस्तै, २६० जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९१० पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु हुँदा कुल संक्रमितको संख्या ११ हजार ५८८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार…
काठमाडौं : सर्लाहीको ईश्वरपुर नगरपालिकाको केही वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। नगरपालिकाको वडा नं ४, ५, ६, ८ र ९ मा निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एकजनाको ज्यान गएपछि उत्पन्न विवादले उग्ररुप लिएपछि अवस्था नियन्त्रण गर्न आज दिउँसो ३ बजेदेखि बुधवार साँझ ७…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा 'ओपन एन्ड भेट्रान टेनिस प्रतियोगिता'को सेमीफाइनलमा पराजित भएका छन्। पोखरामा आज भएको ५५ वर्ष समूहको सेमीफाइनलमा उनी पूर्व राष्ट्रिय टेनिस च्याम्पियन कृष्ण घलेसँग पराजित भएका हुन्। उनले ट्वीट गर्दै आफू पराजित भएको भन्दै स्वास्थ्य प्रतिस्पर्धामा हारजित सामान्य र स्वभाविक भएको उल्लेख गरेका छन्। पोखरामा आज भएको "१८औँ माछापुच्छ्रे बैंक ओपन तथा…
काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रिय मेलमिलाप दिवस मनाउनका लागि गृह जिल्ला तनहुँ जाने भएका छन्। वीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्केको स्मरण गर्दै कांग्रेसले हरेक पुस १६ गते मेलमिलाप दिवस मनाउने गर्छ। पौडेल कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आयोजना गरेको मेलमिलाप दिवसमा सहभागी भएर सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। पौडेल मेलमिलाप दिवसको कार्यक्रममा…
काठमाडौं: एभीसी सेन्ट्रल जोन महिला भलिबलको आज सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाली च्याम्पियन बनेको छ। बंगलादेशसमा सम्पन्न प्रतियोगितामा उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो। आज सम्पन्न खेलमा पहिलो सेट नेपालले पहिलो २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा २४–२६ ले पराजय भोगेको थियो। त्यस्तै तेस्रो सेटमा नेपालले २५–१५ ले जित निकाल्दा चौथो सेट उज्बेकिस्तानले २५-२२ ले…