PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • प्रदेश २ : प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय पेश हुने

    प्रदेश २ : प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय पेश हुने

    काठमाडौं : प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यस्तै प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक…

    विस्तृतमा पढ्नुस्

  • मोदीको घोषणा : १५ देखि १८ वर्षका बालबालिकालाई जनवरीमा खोप, ६० वर्ष माथिकालाई बुस्टर डोज

    मोदीको घोषणा : १५ देखि १८ वर्षका बालबालिकालाई जनवरीमा खोप, ६० वर्ष माथिकालाई बुस्टर डोज

    भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने भएको छ। जनवरी ३ देखि बालबालिकाहरुलाई खोप दिन सुरु गरिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। शनिवार राति सम्बोधन राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले स्वास्थ्यकर्मी र ६० वर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई समेत बुस्टर डोज दिइने बताए। कोभिड १९ विरुद्धको खोपको दुई डोज लगाएका ६०…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले टुंग्यायो पदाधिकारीको संख्या : वरिष्ठ सहित ७ उपाध्यक्ष र एक महासचिवको व्यवस्था

    माओवादीले टुंग्यायो पदाधिकारीको संख्या : वरिष्ठ सहित ७ उपाध्यक्ष र एक महासचिवको व्यवस्था

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको संख्या टुंगो लगाएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो। शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो। सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आजबाट सुरु हुने महाधिवेशनले अब १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीले माओजयन्तीकै अवसरमा महाधिवेशन गर्दैछ : प्रचण्ड

    समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीले माओजयन्तीकै अवसरमा महाधिवेशन गर्दैछ : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरका श्रमजीवी वर्ग नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुनपर्ने बताएका छन्। माओत्सेतुङको १२९औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले भने, ‘क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ।’ दाहाल समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गरेको योगदान…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

    माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

    नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ। देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट्रल जोन भलिबल : पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै

    सेन्ट्रल जोन भलिबल : पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै

    काठमाडौं: एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ। पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। त्यस्तै पुरुष टोलीले आज श्रीलंकाको सामना गर्नेछ। पहिलो खेलमा बंगलादेशसँग पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानलाई हराएको…

    विस्तृतमा पढ्नुस्

  • येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा आज क्रिसमस मनाइँदै

    येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा आज क्रिसमस मनाइँदै

    काठमाडौं : शनिवार क्रिसमस। जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।          येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।क्रिसमसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।          हाल…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू १९: पहिलो खेलमै नेपालको फराकिलो हार

    एसीसी यू १९: पहिलो खेलमै नेपालको फराकिलो हार

    काठमाडौं: एसीसी यू १९ एसियन कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। यूएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल १५४ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४२.३ ओभरमा १४३ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको बंगलादेशका लागि प्रन्तिक नवरोज नबिलले अविजित…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट्रल जोन भलिबल: उज्बेकिस्तानमाथि नेपालको पुनरागमन जित

    सेन्ट्रल जोन भलिबल: उज्बेकिस्तानमाथि नेपालको पुनरागमन जित

    काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले उज्बेकिस्तानमाथि जित निकालेको छ। बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले उज्बेकिस्तानलाई ३-१ सेटमा हराएको हो। पहिलो सेट २५-१८ ले गुमाएको नेपालले त्यसपछिका तीनवटा सेटमा लगातार जित निकालेको थियो। नेपालले दोस्रो सेटमा २५-२१, तेस्रो सेटमा २५-२१ र चौथो सेटमा २५-२३ ले खेल आफ्नो पक्षमा पार्‍यो। योसँगै नेपाली टोलीले प्रतियोगितामा आफ्नो पहिलो जित…

    विस्तृतमा पढ्नुस्

  • मसाल सम्पर्क केन्द्रलाई पार्टीमा भित्र्याउँदै प्रचण्डले भने : ओलीको धाकधम्की मात्रै हो, निर्वाचनमा थाहा पाइन्छ

    मसाल सम्पर्क केन्द्रलाई पार्टीमा भित्र्याउँदै प्रचण्डले भने : ओलीको धाकधम्की मात्रै हो, निर्वाचनमा थाहा पाइन्छ

    काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबिच एकता भएको छ। काठमाडौंको त्रिपुरेश्वरमा आयोजित सभामार्फत् एकताको घोषणा भएको हो। नेकपा मसाल सम्पर्कका तर्फबाट लोकेन्द्र लम्साल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता सभालाई सम्बोधन गरेका थिए। प्रचण्डले मसाल सम्पर्क केन्द्रसँगको एकता रणनीतिक नभएको बताए। उनले सैद्धान्तिक र विचारधारात्मक रुपमा एकीकरण भएको बताए। प्रचण्डले पहिला नेकपा एमालेसँग पनि…

    विस्तृतमा पढ्नुस्

  • एनआरटीको अर्को बराबरी, एपीएफलाई अर्को अंक

    एनआरटीको अर्को बराबरी, एपीएफलाई अर्को अंक

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र एनआरटी३-३ को बराबरीमा बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक खेलको १७ औ मिनेटमा एपीएफका विके तामाङको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। खेलको ३२ ‍औं मिनेटमा एनआरटीका दर्शन गुरुङले मेसुके ओलोमोउको पासमा हेडिङमार्फत गोल गर्दै एनआरटीलाई…

    विस्तृतमा पढ्नुस्

  • 'बडे मियाँ छोटे मियाँ' को सिक्वेलमा अक्षयकुमार र टाइगरको जोडी

    'बडे मियाँ छोटे मियाँ' को सिक्वेलमा अक्षयकुमार र टाइगरको जोडी

    बलिउड अभिनेता अक्षयकुमार र टाइगर श्राफले एकै फिल्ममा सहकार्य गर्ने भएका छन्। उनीहरु फिल्म 'बडे मियाँ छोटे मियाँ' को सिक्वेलमा पहिलोपटक एकसाथ देखिने भएका हुन्। अली अब्बास जफरको निर्देशन रहने फिल्ममा अक्षयकुमार र टाइगर श्राफ मुख्य भूमिकामा देखिनेछन्। उनीहरु अमिताभ बच्चन र गोविन्दको सट्टामा सिक्वेलमा देखिनेछन्। फिल्मको लागि अन्य कलाकारहरुको भने टुंगो लाग्न सकेको छैन। अहिले फिल्मको स्क्रिप्ट लेख्ने काम भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा भेटियो एसएसपी यादवको शव

    आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा भेटियो एसएसपी यादवको शव

    काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्। आज बिहान उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए। 'खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो। फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ। हेर्न जाँदा ढोका बन्द नै थियो। तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो,' एसएसपी कुँवरले भने।…

    विस्तृतमा पढ्नुस्

  • विप्लव र मोहन विक्रम सिंहको पार्टीमा विद्रोह ! विद्रोहीले माओवादी केन्द्रसँग एकता गर्ने

    विप्लव र मोहन विक्रम सिंहको पार्टीमा विद्रोह ! विद्रोहीले माओवादी केन्द्रसँग एकता गर्ने

    काठमाडौं : नेकपा मसाल र नेपाल कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा र मोहोनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालबाट बिद्रोह गरेका केही नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेको माओवादी केन्द्रका प्रवक्त कृष्णबहादुर महराले जानकारी दिए। आजै दुवै समूहका नेताहरु माओवादी प्रवेश गर्न लागेका हुन्। मसालमा बिद्रोह गरेर नेकपा मसाल सम्पर्क…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा

    नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा

    काठमाडौं: नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा आएको छ। ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्म आजबाट देशैभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। कोरोना र त्यसपछिको लकडाउनको कारण धेरै समयपछि नेपाली फिल्म प्रदर्शनमा आएको हो। फिल्म 'चुरीफुरी' ले दुई विदेशी फिल्महरूसँग भिड्नेछ। आजैबाट हलिउड फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ र बलिउड फिल्म 'अतरंगी रे' पनि रिलिज भएका छन्। कमेडी जनराको फिल्म 'चुरीफुरी' ले…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गको सडकमा पैसा फ्याँलेर आक्रोशित देखिएका र्‍यापर भीटेनको बारेमा के भन्छ प्रहरी?

    दरबारमार्गको सडकमा पैसा फ्याँलेर आक्रोशित देखिएका र्‍यापर भीटेनको बारेमा के भन्छ प्रहरी?

    काठमाडौं : केही दिनदेखि सामाजिक सञ्जालमा र्‍यापरका रुपमा चिनिएका भीटेन उर्फ समीर घिसिङको एउटा भिडियो निकै भाइरल बनेको छ। 'मेरो आँसु झरेको छ। कसैले चुकाउन सक्छ?' भन्दै उनले दरबारमार्गको मध्य सडकमा पैसा छरेर सडकमा मुड्की बजारिरहेको देखिन्छ। निकै आक्रोशित रुपमा प्रस्तुत भएका भीटेनले अश्लिल शब्द समेत बोल्दै निस्किएको देखिन्छ। उनका पछिपछि एक युवक पनि देखिन्छन् जसले बोलेको सुनिन्छ पैसा टिप पैसा टिप। दृश्य दरवारमार्गको मुल सडकको हो।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली महिला भलिबल टोलीको लगातार दोस्रो जित

    नेपाली महिला भलिबल टोलीको लगातार दोस्रो जित

    काठमाडौं: एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि जित निकालेको छ। बंगलादेशको ढाकास्थित शाहिद सुर्हावर्दी इन्डोअर स्टेडियममा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो। खेलको सुरुवातबाटै हावि भएको नेपालले पहलो सेट २५-११ ले जितेको थियो भने दोस्रो सेट २५-९ र तेस्रो सेट २५-५ ले जितेको थियो। नेपालले यसअघि पहिलो दिनको खेलमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनमा तीन जोडीको चर्चा : केन्द्रीय समितिमा देउवासँगै आरजु, गृहमन्त्री खाणसँग मञ्जु तर मधुले पाएनन् कमलाको साथ

    कांग्रेस महाधिवेशनमा तीन जोडीको चर्चा : केन्द्रीय समितिमा देउवासँगै आरजु, गृहमन्त्री खाणसँग मञ्जु तर मधुले पाएनन् कमलाको साथ

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ। मंसिर २४ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनले १३ पदाधिकारीसहित १३४ जना केन्द्रीय समिति निर्वाचित गरेको छ। केन्द्रीय समितिको सभापतिमा शेरबहादुर देउवा पुन: दोहोरिएका छन्। पहिलो राउन्डमा पाँच जना प्रतिस्पर्धी बिच निर्वाचन भएको थियो। पहिल चरणमा देउवाले २ हजार २५८ मत पाए पनि जितका लागि पर्याप्त भएन। उनलाई विधानको व्यवस्था अनुसार ५०…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशको सुगंधा नदीमा डुंगामा लाग्यो आगो, १६ जनाको मृत्यु

    बंगलादेशको सुगंधा नदीमा डुंगामा लाग्यो आगो, १६ जनाको मृत्यु

    बंगलादेशमा डुंगामा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। झालकोटी जिल्लाको सुगंधा नदीमा यात्रीहरु सवार डुंगामा आगो लागेको हो। डुंगामा क्षमताभन्दा बढी यात्रुहरु सवार रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। स्थानीय अधिकारीहरुका अनुसार उक्त 'एमबी अभियान' नाम गरेको डुंगा राति ढाकाबाट निस्किएको थियो। बिहान सुगंधा नदीमा पुगेपछि डुंगाको इन्जिनमा आगो लागेको बताइएको छ। घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। बेपत्ताहरुको खोजीकार्य…

    विस्तृतमा पढ्नुस्

  • भारतमा एकैदिन ३५८ जनामा देखियो ओमोक्रन भेरियन्ट

    भारतमा एकैदिन ३५८ जनामा देखियो ओमोक्रन भेरियन्ट

    भारतमा कोभिड १९ को नयाँ भेरियन्ट 'ओमोक्रन' को संक्रमण ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६५० जना नयाँ संक्रमित पहिचान हा ३५८ जनामा ओमोक्रन देखिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यससँगै भारतमा करिब ६०० जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ। यस्तै, संक्रमणका कारण भारतमा थप ३७४ जनाको मृत्यु भएको छ। हाल भारतमा ४७ हजार भन्दा बढी सक्रिय कोरोना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell