बुटवलः प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गएराति अज्ञात समूहले आक्रमण गरेको छ। प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु १ प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए।…
हेटौँडाः हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका -१९ नेवारपानीमा बस दुर्घटना भएको हो। काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको चितवन र…
परासीः ६५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन्। अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन्। अख्तियारको बुटवलस्थित…
सुर्खेतः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन्। कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९(२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए। मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा उच्च अदालत पाटनले पक्राउको आदेश दिएपछि उनलाई पदमुक्त गरिएको हो। रिक्त…
काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादमा सर्वोच्चमा आदालतले आज पनि निर्णय सुनाउन सकेन। सर्वोच्च अदालतमा बिहिवार न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले आगामी भदौ ५ गतेलाई निणय सुनाउने मिति तोकेको छ। यसअघि वैशाख २४ गते सर्वोच्चले पुँजीगत लाभकर असुली प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासले दिएको आदेशलाई निरन्तरता…
मदनमणि दीक्षित- यहाँहरु सबैका हृदयमा यसबेला रहेकी माधवीलाई नमस्कार गर्दै तिनैलाई सम्बोधन गर्ने अनुमति निम्ति विनम्र प्रार्थना गर्दछु… हे माधवी ! मदन पुरस्कारद्वारा तिमी पुरस्कृत भयौ। तिम्रो द्विरागमन सम्पन्न भयो। तिम्रो इतिहास फर्किएर आएको छ, बढी फराकिलो, बढी जिउँदो र बढी मानववादी भएर। बढी सौम्य, झन् विदूषी उत्सर्गवति-सहनशिला-निष्ठावति र आत्मदर्शी भएर तिमी फेरि आयौ हजारौं वर्षपछि। यसपालिको तिम्रो मन्त्र भने शान्तिमन्त्र…
काठमाडौँः वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। परिवारलाई समवेदना दिँदै प्रधानमन्त्री ओलीले नेपाली वाङमय क्षेत्रमा दीक्षितले पुर्याएको योगदान स्मरणीय रहने बताएका छन्। वरिष्ठ साहित्य साधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ । स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकुल…
काठमाडौँः वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ। निमोनियाले अस्वस्थ रहेका उनलाई एक साता सुमेरु अस्पतालमा उपचार गरेपछि बुधबारमात्र निवास ल्याइएको थियो। दीक्षितलाई मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या थियो। लामो समय पत्रकारिता समेत गरेका दीक्षितका उपन्यास, निबन्ध तथा संस्मरण गरी दर्जनभन्दा बढी कृति प्रकाशित छन्। कथा, नाटक, व्यङ्ग्य सबै क्षेत्रमा उनले कलम चलाएका थिए। बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा…
राजु आचार्य- १६ वटा बाँदर डुबेर मरेको खबर केही समयअघि भाइरल भयो। हो बाँदरहरूको सामूहिक आत्महत्या भनिएको खबर। यो भएको थियो सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका -१३ स्थित अर्चलेमा। यो खबर नियोजित रूपमा गरिएको तर ढाकछोप गर्न ‘आत्महत्या’ को खोल ओढाइएको भनेर संरक्षणकर्मीहरूले आरोप लगाएका छन्। स्थानीयहरू भने सिमेन्टको ट्याङ्कीमा पानीको लागि गएका बाँदर बाहिर निस्कन नसकी मरेको बताइरहेका छन्। …
नयाँ दिल्ली : भारतीय कांग्रेसका वरिष्ठ नेता पी चितम्बरमलाई सिबिआइले पक्राउ गरेको छ। भष्ट्राचार अभियोगमा सिबिआइको टोली पक्राउ पूर्जी सहित जोरबागमा रहेको उनको घर पुगेको थियो। तर, उनको गेट नखुलेपछि सिबिआइका अधिकारी र प्रहरी पर्खाल र ढोका नाघेर घर भित्र प्रवेश गरेका थिए। #WATCH Delhi: A Central Bureau of Investigation (CBI) official jumps the gate of P Chidambaram's residence to…
काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मंगलवार राति करिब सवा ११ बजेतिर कोटेश्वरतिरबाट बालकुमारीतर्फ जाँदै गरेको महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले कोटेश्वर क्षेत्रको पुलमुनि ठक्कर दिएको हो। ठक्करबाट घाइते भएका अन्दाजी ६० वर्षीय एक मानिसको उपचारको क्रममा बुधवार ट्रमा सेन्टरमा मृत्यु भएको महाशाखाका एसपी रविकुमार पौडेलले जानकारी दिए। इन्स्पेक्टरको कमान्डमा रहेको…
काठमाडौं: सरकारी कार्यालयलाई नै निसाना बनाएर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ घर भएका ५१ वर्षीय किशोर थापा र मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ का ३६ वर्षीय रूपचन्द्र गोपालीलाई नियन्त्रणमा लिएको हो। थापा लामो समयदेखि चोरीमा संलग्न व्यक्ति समेत भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। विगत…
आगामी डिसेम्बरमा हुने दक्षिण एशियाली खेलकूदको तयारीको लागि नेपाली महिला फूटबल टीम किर्गिस्तानमा प्रतियोगिता खेल्न जाने भएको छ। त्यहाँ नेपाली महिला फूटबल टीमले नादेज्दा कपमा प्रतिस्पर्धा गर्नेछ। किर्गिस्तानको काराकोल शहरमा प्रतिस्पर्धा हुनेछ। सेप्टेम्बरको ८ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा नेपाल लगायत उज्वेकिस्तान, ताजस्कितान र किर्गिजस्तान रहेका छन्। फूटबलको अन्तर्राष्ट्रिय नियममा रहेर प्रतियोगिता हुने आयोजकले बताएको छ। प्रतियोगितामा सहभागी सबै टीमले…
काठमाडौँ: गत शनिवार चोरीको अभियोगमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनामा रहेका चार जना थुनुवा हिरासतको रड काटेर भाग्न सफल भए। चार जनामध्ये दुई जना सुब्बा लामा र अनिल थापालाई प्रहरीले तत्काल अनामनगरबाट समात्यो। प्रहरीले थुनाबाट भागेका अर्का फरार अभियुक्त सुकलाल वाइवालाई सोमवार बिहान दक्षिणढोकाबाट प्रहरीले नियन्त्रणमा लियो। फरार रहेका मदन तामाङलाई भने अझै प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। प्रहरीले उनीहरुको…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्दैछ। मंगलबारका लागि तय भएको बैठक अन्तिम समय स्थगित भएको थियो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएसँगै बैठक स्थगित गरिएको थियो। बुधबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको छ। स्कुल विभागको नेतृत्व विवाद चुलिएपछि साउन १३ गतेको बैठक १५ दिनका लागि स्थगित भएको थियो। आकांक्षीसँग थप…
काठमाडौँः आर्थिक अनियमिताको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा पुनः रोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशन दिएपछि सभा रोकिएको सोसाइटीका केन्द्रीय सभासद ज्ञानशाली न्यौपानेले जानकारी दिए। उनका अनुसार यसअघि गत वैशाख २२ मा धरानमा गर्न लागिएको केन्द्रीय साधारणसभा तथा महाधिवेशनसमेत रोकिएको थियो। यसपटक बाधा अड्काउ फुकाउन साभारणसभा मात्रै गर्न खाजिएको थियो। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर…
कावासोतीः नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। मध्यविन्दु नगरपालिका अन्तर्गत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फतबाट कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रहेको खडकबहादुर खत्रीलाई पक्राउ गरी अदालतमा बयानका लागि पेस गर्न उच्च अदालतले आदेश जारी गरेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा खत्रीलाई बयानका लागि पेस गर्न अदालतले आदेश जारी गरेको हो। न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले समाव्हान म्याद जारी गर्न माग गरिएको मुद्दामा फरार अभियुक्तका रुपमा…
सामान्यत: फरक फरक मौसममा फरक फरक कुराको आवश्यकता पर्छ। जस्तो कि बर्खामा छाता, जाडोमा न्याना कपडा र गर्मीयामकालागि सायद सनस्क्रिन अत्यन्त जरुरी। गर्मीमा नभइ नहुने बनेको सनस्क्रिन लगाउने प्रचलन भने केही वर्षयता मात्र अत्यधिक बढेको हो। सौन्दर्य बजारमा अनेकौं किसिमका विकल्प उपलब्ध छन्- हाम्रो छालाको हिसाबले, छालाको रंगअनुसार र आवश्यकताका हिसाबले पनि। डाक्टरहरु पनि भन्छन्, घामका हानीकारक पराबैजनी किरणबाट हुने…
काठमाडौं: प्रतिनिधिसभा सदस्य डा. सूर्य नारायण यादवले राजीनामा दिएका छन्। सभामुख कृष्णबहादुर महरालाई यादवले राजीनामा बुझाएका हुन्। सोमबार नै राजीनामा दर्ता भए पनि कुनै औपचारिक निर्णय नभएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। यादवले आफूलाई मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको राजीनामामा उल्लेख गरेका छन्। यादव चिकित्सक हुन्। ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी १ बाट यादव निर्वाचित भएका थिए। उपेन्द्र…