काठमाडौं: मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सचिव सरुवा गरेको छ। प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौतापछि धमाधम सचिवहरुसँग पनि भइरहेका बेला सचिवहरुको सरुवा गरिएको हो। मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिव सरुवा गरेको हो। सरुवासम्बन्धी निर्णय प्रमाणीकरण भइसकेको छैन्। स्रोतका अनुसार अर्थका दुवै सचिवको सरुवा भएको छ। अर्थमा राजन खनाल र लालशंकर घिमिरे सचिव छन्। घिमिरेले भदौ १० गतेबाट अवकाश समेत पाउँदैछन्। खनाल माघमा…
काठमाडौं: एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा मंगलबार तीन खेल हुँदैछन्। आज दिउँसो ३ बजे हुने पहिलो खेलमा बंगलादेश र अफगानिस्तान भिड्ने छन्। त्यस्तै दोस्रो खेल ५ बजे उज्बेकिस्तान र तुर्कमेनिस्तानबीच हुने छ। त्यस्तै, तेस्रो खेलमा किर्गिस्तान र माल्दिभ्स साँझ ७ बजे प्रतिस्पर्धा गर्ने छन्। सोमबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। लगनखेलस्थित…
इङ्लिस प्रिमियर लिगको सोमबारको खेलमा म्यानचेस्टर युनाइटेड र उल्भरह्याम्टनले बराबरी खेलेका छन्। पाउल पोग्बाले खेलको दोस्रो हाफमा पेनाल्टी मिस गरेसँगै युनाइटेड र घरेलु टोली उल्भ्सले अंक बाँडेका हुन्। खेलको २७ औं मिनेटमा एन्टोनी मार्टियसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ५५ औं मिनेटमा रुबेन नेभिसले गोल गर्दै उल्भ्सलाई बराबरीमा ल्याएका थिए। खेलको ६८ औं मिनेटमा युनाइटेडले पेनाल्टीको मौका…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साहले राजीनामा बुझाएको उनका प्रेस संयोजक निवेश कुमारले बताए। यद्यपि राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन। पार्टीको काम कारबाहीमा पार्टी नेतृत्व तहबाट निरन्तर असहयोग गएको भन्दै साहले राजीनामा बुझाएका हुन्।
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ। वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोतल बन्द गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिए। आउँदो पुस १६ गतेदेखि लागू हुने गरी…
काठमाडौं: सुन्धारास्थित एउटा होटेलको चौथो तलाबाट एक महिला हामफाल्दा भएको रहस्यमय मृत्युपछि प्रहरीले ती महिलाका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। गत शनिवार ३८ वर्षीया दिलकुमारी गुरुङले नागराज होटेलबाट हामफाल्दा उनको मृत्यु भएको थियो। उनी शुक्रवार होटेलमा कोठा लिएर बसेकी थिइन्। उनी श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेको प्रारम्भीक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए। प्रहरीका…
क्वालालम्पुर: मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ एक साताका लागि स्थगन गरेको छ। भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाइ आज गर्ने तय भएको थियो। अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकिलहरुको राय सुनिसकेको छ। यसक्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले समय आवश्यक भएको भन्दै अदालतले सुनुवाइ स्थगन गरेको हो। उच्च अदालतले सो सुनुवाइ अब यही अगस्ट २६ का लागि…
नगरकोट: घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन्। व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैध रुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्दै आएकाले चाँगुनारायण नगरपालिकाले आइतवार डोजर लगाएर १०० भन्दा बढी घर टहरा भत्काएको थियो। साना व्यवसायीलाई कुनै विकल्प नै नदिइ घर टहरा भत्काएको भन्दै आजदेखि अनिश्चितकालीन नगरकोट…
वीरगंज: बारा प्रहरीले वन मुद्दाका १४ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने ६५ वर्षीय गणेश ठाकुरलाई पक्राउ गरेको हो। ठाकुर गत साउन ३२ गते निजगढबाट पक्राउ परेका थिए। बारा जिल्ला अदालतले २०६२ असार २७ गते बिना ईजाजत वन पैदवार हानी नोक्सानी तथा ओसारपसार गरेको मुद्दामा ठाकुरलाई १ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि उनी…
काठमाडौंः पूर्वयुवराज पारस शाह विभिन्न लफडाका कारण विवादमा आइरहने व्यक्तिमा पर्छन्। त्रिपुरेश्वरमा ट्राफिक नियम उल्लङ्घन गरेर पछिल्लो पटक विवादमा आएका शाह फेरि अर्को काण्डका कारण विवादित बनेका छन्। शाहले आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा खटिएका एक प्रहरीलाई दुर्व्यवहार गरेका छन्। विमानस्थलको भिआइपी कक्षको सुरक्षामा खटिएका सईले शाहका छोरा र भान्जालाई चेकजाँच गर्न खोजेपछि शाहले सईमाथि हातपात गरेका थिए। पूर्वयुवराज शाह आइतबार…
काठमाडौंः एभिसी सेन्ट्रलजोन मेन्स भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदै छ। लगनखेलस्थित नेपाल आर्मीको कोर्टमा आज ३ वटा खेल हुनेछन्। पहिलो खेलमा तुर्कमेनिस्तान र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा नेपालले किर्गिस्तानको सामना गर्ने छ। त्यस्तै, आजै हुने तेस्रो खेलमा बंगलादेश र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्ने छन्। नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो ४ बजे हुने छ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको…
काठमाडौँः पत्रकार शालिकराम पुडासैनीको हत्या प्रकरण सम्बन्धमा भइरहेको अनुसन्धान लक्षित प्रदर्शनलाई प्रहरीले कडाइ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले राजनीतिक दल सम्मिलित सर्वदलीय बैठकको निर्णय अनुसार प्रहरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा अस्पताललगायतका क्षेत्रमा हुने पदर्शनमा कडाइ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले दैनिक प्रशासकीय कामकाजमा असर परेकाले प्रदर्शनमा कडाइ गरिएको बताए। मल्लले भने, ‘निषेधाज्ञा जारी…
कैलालीः ८ वटा विधेयक पारित गर्दै सुदूरपश्चिम प्रदेश सभाको बर्से अर्थात् बजेट अधिवेशन अन्त्य भएको छ। सभामुख अर्जुनबहादुर थापाले आइतबार प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र पढेर सुनाएपछि बजेट अधिवेशन अन्त्य भएको घोषणा गरे। जेठ १ गते सुरु भएको बर्से अधिवेशनमा ८ वटा विधेयक पारित भएका छन् । अनुगमन समिति गठन हुनुका साथै ३९ घण्टासम्म चलेको अधिवेशनमा ३६ वटा बैठक…
भरतपुरः राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका-१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ। बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन्। शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ। आगलागीबाट भएको क्षतिको यकिन…
इङ्लिस प्रिमियर लिगको आइतबार राति भएको खेलमा चेल्सी र लेस्टर सिटीले १/१ को बराबरी खेलेका छन्। सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सी घरेलु मैदानमा अंक बाँड्न बाध्य भयो। चेल्सीलाई मेसन माउन्टले खेलको ७ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। यद्यपि, लेस्टर सिटीका लागि एनडीडीले ६७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यो खेलसँगै चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रशिक्षकका…
काठमाडौँः एभीसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। लगनखेलस्थित नेपाल आर्मीको कोर्टमा आज ३ वटा खेल हुनेछन्। पहिलो खेलमा तुर्किमेनिस्तान र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। त्यस्तै, आजै हुने तेस्रो खेलमा बंगलादेश र उज्वेकिस्तान प्रतिस्पर्धा गर्नेछन्। नेपाल र कीर्गिस्तानबीचको खेल दिउँसो ४ बजे हुनेछ। प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ। समूह ए मा…
दमौलीः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका -१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा भानु नगरपालिका -५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन्। सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको…
काठमाडौं : पार्टी एकीकरणदेखि नै आफ्नो वरीयता खोसिएको भन्दै असन्तुष्ट रहेका नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का वरिष्ठ नेता झलनाथ खनालले अन्ततः तेस्रो वरीयता पाएका छन्। वरीयता खोसिएको भन्दै खनालले सचिवालय बैठकमा पटकपटक असन्तुष्टि पोख्दै आएका थिए। आइतबार साँझ बसेको सचिवालय बैठकले खनाललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको वरीयतामा राख्ने निर्णय गरेको हो। यसअघि तेस्रो वरीयतामा…
काठमाडौं : पूर्व राजदूत केशव झा हत्या भएको एक वर्ष हुनै लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। प्रहरीले हत्याको अनुसन्धान गर्न पुनः झाको घरमा सुरक्षागार्डमा खटिएका एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत शुक्रवार काभ्रे पनौती नगरपालिका वडा नम्बर १० का सानुकान्छा तामाङलाई नियन्त्रणमा लिएको हो। एक वर्षदेखि महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरिरहेको छ। 'घटनामा…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहास कै क्रान्तिकारी कदम भएको बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा काठमाडौंमा आयोजित ५६ औं मुक्ति दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाले छुवाछूत प्रथाले जरा गाडेर बसेको अवस्थामा राजा महेन्द्रले यस कुप्रथालाई उन्मुलन गर्नु ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको बताए। अध्यक्ष कमल थापाले नेपालका ग्रामीण…