काठमाडौँः कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका केरमेट गरी आफन्त र नातेदारलाई स्थायी पदपूर्ति गरेको अभियोग लागेका त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा धरौटीमा रिहा भएका छन्। विशेष अदालतले शर्मालाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। बुधबार नै इजलासमा उपस्थित भएका शर्मा धरौटी बुझाएर रिहा भएका छन्। न्यायाधीशहरु शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र रवि शर्मा अर्यालको इजलासले…
काठमाडौं: फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ। भदौ ४ गते (आज) निदान हस्पिटल पुल्चोकमा ६४ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि दुवै मृगौलामा खराबीका कारण उनी उपचाररत थिए। राना मगरले फिल्म कर्जा, राँको, सीमारेखा, करोडपति, सीमारेखा, सन्तानको माया, मिस्टर मंगले, चक्र लगायत फिल्म निर्देशन गरेका छन्। दुई दशक बलिउडमा सहायक निर्देशकका रुपमा काम गरेका उनले 'कब होइ…
काठमाडौं : बुधवार मध्यान्ह काठमाडौं उत्रिएका भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्। भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका विदेश सचिवसँग ओली प्रशन्न मुद्रामा देखिएका थिए। विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका भए पनि नेपाल यात्रा जयशंकरका लागि नयाँ होइन। नेपालमा संविधान जारी हुनुअघि उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रुपमा नेपाल आएका थिए। त्यतिखेर संविधान जारी हुन रोक्ने…
लस एन्जलस : हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ। यदि सबैकुरा योजना अनुसार भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको ऋणमा परेकी हुनेछिन्। वाल्टर्सजस्तै लाखौँ अमेरिकी विद्यार्थीले शिक्षाका लागि अत्यधिक खर्चिरहेका छन् जसले सम्भवतः उनीहरुको वयस्क जीवनका अधिकांश हिस्सामा आर्थिक भार थोपर्ने छ। 'विद्यार्थी ऋण भनेको वास्तवमै आजीवन सजाय हो,' क्यालिफोर्नियाकी…
काठमाडौं: पाँचौं संस्करणको साफ यू-१५ फुटबलको आज भएको खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ। भारतको कल्याणीमा भएको खेलमा नेपाल ५–० ले पराजित भएको हो। खेलमा भारतले ५ पटक पोस्टमा प्रहार गर्दा ५ पटक नै गोल गर्न सफल रहेको थियो। यता, नेपालले भने भारतीय गोलपोस्टमा एक पटक पनि प्रहार गर्न सकेन। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। नेपालले दोस्रो…
काठमाडौं: पाँचौं संस्करणको साफ यू-१५ फुटबलमा आज नेपालले आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छ। भारतको कल्याणीमा हुने खेल दिउँसो १२:१५ मा सुरु हुने छ। भदौ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। नेपालले दोस्रो खेल ६ गते श्रीलंकाविरुद्ध, १० गते बंगलादेशविरुद्ध तथा १२ गते भुटानविरुद्ध खेल्ने…
काठमाडौंः काठमाडौंमा जारी एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ। समूह 'ए' मा रहेका नेपाल र माल्दिभ्स दुवै पहिलो खेलमा फितलो प्रदर्शन गर्दै ३–० को सोझो सेटमा किर्गिस्तानसँग पराजित भएका थिए। किर्गिस्तान लगातार २ खेलमा सहज जित निकाल्दै समूह विजेताका रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ। नेपाल र माल्दिभ्सबीचको खेल आज साँझ ५ बजे लगनखेलस्थित…
काठमाडौँः भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन्। नेपाल भारतको संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर बुधवार बिहान नेपाल आउन लागेका हुन्। आयोगको बैठकको अतिरिक्त जयशंकरले राजनीतिक भेटघाट पनि गर्नेछन्। बैठकमा सहभागी हुनुअघि नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नेछन्। यस्तै, जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यतालिका रहेको छ। विदेशमन्त्री भएपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन्।…
चिप्लेढुङ्गाः पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी सुरु हुन थालेको छ। चर्चासँगै सम्भावित उम्मेद्वारमा पनि बहस सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले…
काठमाडौँः भूमिहीन तथा सुकुम्वासीले एक पटकका लागि निःशुल्क जग्गा पाउने भएका छन्। भूमिसम्बन्धी विधेयकको आठौँ संशोधन मङ्गलवार प्रतिनिधिसभाले पारित गरेको छ। पारित विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि कार्यान्वयनमा आउनेछ। पारित विधेयक अनुसार भूमिहीन तथा सुकुम्वासीले बसोबास प्रयोजनका लागि निश्चित शुल्क तिरेर जग्गा पाउनेछन्। कम्तीमा दश वर्ष भोगचलन गरेको जग्गा नै भूमिहीनलाई उपलब्ध गराइनेछ। सुरक्षा तथा अन्य कुनै सामरिक दृष्टिकोणले उपयोग गरिरहेको…
‘अटल सिंह– जिन्दाबाद !’ ‘प्रहरी प्रशासन– मुर्दाबाद !’ भीडले यसरी एकजना नेताको समर्थनमा नारा लगाइरहेको छ। एकै छिनपछि अर्को समूहले त्यसै गरी आफ्ना नेताका पक्षमा नारा उराल्छ। ‘जुद्धवीर– जिन्दाबाद !’ माइतीघर मण्डलमा वा प्रतिनिधिसभा छेउछाउ नाराबाजी भइरहेजस्तो भान पर्ला तर नाराबाजी अनामनगरमा भइरहेको थियो। मण्डला थिएटरमा। मण्डलाको पूर्वाभ्यास कक्षको प्रहरी चौकीभित्र केरकार र अनुसन्धान भइरहेको थियो। चौकी अगाडि भेला भएको…
काठमाडौं : काठमाडौंमा जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबलको दोश्रो दिनको खेलमा अफगानिस्तान, उज्वेकिस्तान र किर्गिस्तान विजयी भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा पहिलो खेलमा अफगानिस्तानले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्दै पहिलो जीत निकालेको हो। त्यस्तै, आजै भएको दोश्रो खेलमा उज्बेकिस्तानले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्यो। त्यस्तै, तेस्रो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–०…
रियो द जनेरियो : ब्राजिलको शहर रियो द जनेरियोमा आज एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलका स्थानीय संचारमाध्यमले जनाएका छन्। प्रहरीले बन्दूकधारीसँगको घण्टौं लामो वार्ताका क्रममा उनलाई गोली हानी मारेको जनाइएको छ। अपहरणकारीले रियो र छिमेकी शहर नितेरो जोड्ने पुलमा बसलाई रोकेर राखेपछि प्रहरीले उनीहरूलाई छुटाउने पहल गरेको थियो। प्रहरीले बन्धकहरुलाई छुटाउन बन्दूकधारीसँग घण्टौं लामो वार्ता…
काठमाडौं : रवि लामिछानेलाई पक्राउ गरेकोमा क्रुद्ध बनेका एक युवकले पोस्ट गरेको भिडियोले उनलाई हिरासतमा पुर्याएको छ। 'रवि लामिछानेलाई जेल पुर्याउने...' भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा नेता पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अश्लिल शब्द प्रयोग गर्दै २५ वर्षका सागर मैनालीले भिडियो बनाएका थिए। 'गोर्खालीले यही खुकुरीले नेपाल बनाएको' भन्दै उनले नेताहरुलाई काट्ने दावी गर्दै खुकुरी…
वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ। डायमण्ड स्टार इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसनको आयोजनामा उक्त सौन्दर्य प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको विजेताले सन् २०१९ को अन्तिममा हुने 'वर्ल्ड मिस युनिभर्सिटी'मा नेपालको प्रतिनिधित्व गर्न पाउने आयोजकले बताएको छ। उक्त प्रतियोगितामा ६० देशका प्रतियोगी रहने छन्। यस प्रतियोगितामा वर्ल्ड मिस विश्वविद्यालय नेपाल २०१९- विजेता, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९- फर्स्ट…
काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक म्याद थप गरिएको छ। जिल्ला अदालत चितवनले पाँच दिनको म्याद थप गर्न अनुमति दिएको हो। जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलासले गत शुक्रवार पहिलो पटक पाँच दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको थियो। गत बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४…
मनिला : फिलिपिन्समा यस वर्षको पहिलो आठ महिनामै डेङ्गु रोगका कारण करिव २ लाख मानिस विरामी परेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ। विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ। गत वर्षको यही अवधिमा ९३ हजार…
गायक सुनिल गिरीको नयाँ गीत सार्वजनिक भएको छ। 'यात्री' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतमा शब्द, संगीत र स्वर सबै गिरीकै रहेको छ। गीतको भिडियोमा घान्द्रुक बेसीदेखि पैदल यात्रा गर्दै अन्नपूर्ण बेस क्याम्प पुग्दासम्मका दृश्य कैद गरिएका छन्। योगल दाहालले खिचेको गीतको भिडियो निर्देशन सुनिल स्वयंले गरेका हुन्। उनले भिडियोको उद्देश्य नेपाल भ्रमण वर्ष २०२० का लागि केही…
इटहरी: आगामी शुक्रबार रिलीज हुन लागेको नेपाली चलचित्र 'जाइरा'को प्रचारप्रसार मोफसलमा सकिएको छ। प्रचारप्रसार सकेर टोली काठमाडौं फर्केको छ। नेपालका मुख्य सहरहरु पोखरा, चितवन तथा धरान र इटहरीमा चलचित्रको प्रचारप्रसार गरिएको थियो। इटहरीमा प्रचारप्रसार टोलीलाई स्थानीयले परम्परागत भन्दा भिन्न शैलीको कार्यक्रम आयोजना गरेर स्वागत गरेका थिए। इटहरीका स्थानीय युवाको सक्रियतामा लाखे निकालेर चलचित्र 'जाइरा' टोलीलाई स्वागत गरिएको हो। इटहरीमा 'जाइरा'को प्रचारमा सहयोग…
काठमाडौं : सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्। राष्ट्रिय योजना आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी कार्यालयमै मृत अवस्थामा भेटिएका हुन्। उनको शवसँगै विषको बट्टा पनि फेला परेको महानागरीय प्रहरी सुरक्षा गण सिहंदरबारका इन्स्पेक्टर दीपक मग्रान्तीले जानकारी दिए। 'विषको बट्टा भेटिएको छ। सँगै केरा पनि भेटिएको छ,' मग्रान्तीले पहिलोपोस्टसँग भने, 'घटनाको अनुसन्धान सुरु भएको छ। के भएको हो अहिले नै…