टोक्योः जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ। विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठकमा दुवै देशका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै व्यापार सहमति भएको समाचार विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानी आर्थिक पुनरुद्धार मन्त्री तोशिमिचु मोटेगीले शनिवार वासिङ्टनमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'वार्तामा ठूलो प्रगति भएको छ', मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र…
काठमाडौं: सिंगापुरमा प्रधानमन्त्री के पी शर्मा ओलीको स्वास्थ्य उपचार सुरु भएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रवार नै प्रधानमन्त्री ओलीको उपचार सुरु भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत आज बिहान जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ सामान्य रहेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज़्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट National University Hospital सिंगापुरमा शुरू गरिएको छ। निजी चिकित्सक प्रोफ़ेसर…
मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग खेल्न मलेसिया गएको नेपाली फुटबल टोली अहिले अभ्यासमा व्यस्त छ। भोलि हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अभ्यासमा जुटेको हो। नेपाली टोली भदौ ६ गते मलेसिया प्रस्थान गरेको थियो। कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपअन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियाको सुपर लिग विजेतासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।…
बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगा अन्तर्गतको आज राति रियाल बेटिससँगको खेलमा मैदान बाहिरै रहने भएका छन्। ला लिगामा यो सिजनको पहिलो खेलमा खेलमा एथ्लेटिक क्लबसँग पनि चोटका कारण नखेलेका मेस्सी पुनः दोस्रो खेल पनि नखेल्ने भएका हुन। उनलाई अभ्यासका क्रममा पिडुँलामा चोट लागेको थियो। उनी शनिबार पनि अभ्यासमा अनुपस्थित रहेका थिए। यता पहिलो ला लिगाको सिजनको पहिलो खेलमै…
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुरले ३–१ गोल अन्तरले आर्सनलमाथि जीत निकालेको छ। घरेलु मैदान एन्फिल्डमा भएको खेलमा जोइल माटिफले खेलको ४१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै ४९ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए। खेलको ५८ औँ मिनेटमा आइपुग्दा सलाहले नै फेरि पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–० शून्यको…
ताराप्रसाद ओली- आत्महत्या संसारभर नै टाउको दुखाइको विषय बनिरहेको छ। नेपालमा अघिल्लो वर्षको चैत मसान्तसम्ममात्र तीन हजार ९५८ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। सोभन्दा अघिल्लो वर्ष पाँच हजार ३४६ ले आत्महत्या गरेका थिए। सरदर दिनहुँ १६ जनाले आत्महत्या गर्छन् भने आत्महत्याको दर ८% को दरमा छ। बढ्दो क्रममा छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष ८ लाखले आत्महत्या…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको रियल माड्रिड भालाडोलिडसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा रियालले भालाडोलिडसँग १–१ गोलको बराबरी खेलेको हो। खेलमा मड्रिडका लागि ८२ औं मिनेटमा बेन्जेमाले गोल गरेका थिए। यद्यपि मड्रिड अन्तिम समयमा आएर अग्रता जोगाउन सकेन। खेलको ८८ औं मिनेटमा भालाडोलिडका सेर्जी ग्वार्डिओलाले गोल गर्दै खेल बराबरीमा पुर्याए। पहिलो खेलमा…
काठमाडौं: सत्याकृत ब्याण्डले कृष्ण जन्माष्टमीको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेको छ। ब्याण्डले ‘पाकेको फल’ बोलको गीत विभिन्न भिडियोसहित रिलिज गरेको हो। प्रकृति, शान्ति, सत्य, ईश्वर, प्रेम तथा देश प्रेमका भावसहितको गीतमा स्वर तथा संगित सुर साधुको रहेको छ। गीतको म्युजिक भिडियो हरि हुमागाइँले खिचेका हुन्। त्यस्तै गीतको शब्द, भिडियो सम्पादन तथा निर्देशन विजय गौतमको रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ बलिउडका…
भारतीय जनता पार्टीका नेता तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिवार निधन भएको छ। एम्स अस्पतालमा उपचाररत ६७ वर्षीय उनको शनिवार मध्यान्ह निधन भएको हो। दुई साता अघि सास फेर्न असहज महसुस भएपछि जेट्लीलाई एम्समा भर्ना गरिएको थियो। तत्कालै आइसीयुमा राखिएको उनको अवस्था दिनानुदिन विग्रिँदै गएको थियो। स्वास्थ्यमा समस्या आएपछि जेट्लीले कुनै पनि जिम्मेवारी लिन स्वीकार गरेका थिएनन्। पछिल्लो १८ महिना…
स्वेच्छा राउत/नेत्र तामाङ - सानोमा कथा सुन्न खुब मन पर्थ्यो आन्विका गिरीलाई। जादुका अनि राजकुमारका कथा। कथा सुनाउन भने उनले आफ्नी आमालाई नै मनाउनुपर्थ्यो। दिनभर कामबाट थाकेकी आमाबाट कथा सुन्न वातावरण बनाउँथिन् उनी। सँगै जम्मा हुन्थे दिदी, बहिनी र भाइहरु। सबै गरी सातजना। 'मलाई कथा सुन्न खुबै मनपर्ने। कथा सुनाउने त आमा नै,' आन्विका सम्झिन्छिन्, 'थकित आमाको खुट्टा मिच्दै कथा…
काठमाडौं: काठमाडौंमा जारी एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा आज फाइनल खेल हुँदै छ। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने फाइनलमा समूह 'ए'को विजेता कीर्गिस्तान तथा समूह 'बी' विजेता उज्बेकिस्तान प्रतिस्पर्धा गर्ने छन्। कीर्गिस्तानले सेमिफाइनलमा तुर्कमेनिस्तानलाई ३–०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। कीर्गिस्तानले पहिलो सेट २५–१७, दोश्रो सेट २५–१८ र तेस्रो सेट २५–२२ ले जितेको थियो। यता…
काठमाडौंः श्रीलंकामा हुने एसिसी यु १९ प्रतियोगिताका लागि नेपाली टोली आज श्रीलंका प्रस्थान गर्ने छ। प्रतियोगिता अघि नेपाली टोलीले श्रीलंकाका स्थानीय 'ए' डिभिजन टिमहरुसँग अभ्यास खेल खेल्ने छ। प्रतियोगिताका लागि रोहितकुमार पौडेलको कप्तानीमा बिहीवार १५ सदस्यीय यु १९ राष्ट्रिय टोली घोषणा गरिएको थियो। नेपाली टोली आज दिउँसो ३ः४५ एयर इण्डियाकाे जहाजबाट श्रीलंका प्रस्थान गर्ने छ। प्रतियोगितामा नेपाल समूह 'बी'मा रहेको छ।…
मदन चौधरी - कैलालीको टीकापुर घटनाको चार वर्षपछि थारुहरुले शक्ति प्रदर्शन गर्दैछन्, त्यो पनि टीकापुर नगरीमै। भलै यो प्रदर्शनलाई थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको छ। थारुहरुले यही सम्मेलनमार्फत् विगत चार वर्षदेखिको कुन्ठा र वेदनालाई आत्मसमीक्षा गर्दैछन्। सम्मेलनमा देशैभरिबाट कम्तीमा तीन हजार प्रतिनिधि गरी दश हजार बढीको उपस्थिति रहनेछ । त्यसका अलावा समाजवादी पार्टीबाट बाबुराम भट्टराई, राजपाबाट लक्ष्मणलाल कर्ण, विश्लेषक…
काठमाडौँः सर्वोच्च अदालतले संविधान विपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त सुविधा लिने गरी कानून बनाउनुको कारण देखाउ आदेश जारी गरेको हो। अधिवक्ता लोकेन्द्र वलीले दायर गरेको रिट निवेदनमा संविधान विपरीत स्थानीय तहका जनप्रतिनिधिले…
भनिन्छ भाग्य बदलिए करोडपति एकछिनमा खाकपति बन्छ र रोडपति बन्छ करोडपति। नभन्दै पश्चिम बंगालको कोलकाताको बाहिरी भागमा पर्ने रानाघाट रेलवे स्टेसनमा सुरिलो स्वरमा गीत गाएर गुजारा गर्ने एक जना एकल महिलाको जीवनमा भाग्योदय भएको छ। रानाघाट स्टेसनमा रानु मन्डलले भारतमा कोइलीको उपमा पाएकी विख्यात गायिका लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाएको भिडियो कसैले रेकर्ड गरी सामाजिक सञ्जालमा अपलोड…
काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू-१८ आयोजना गर्न अनुमानित १ करोड ८० लाख रुपैयाँ लाग्ने एन्फाले जनाएको छ। यही असोज ३ गतेदेखि सशस्त्र प्रहरीको मैदान हलचोकमा हुने खेलमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान सहभागी हुनेछन्। प्रतियोगिताका लागि एन्फाको उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको एन्फाले जानकारी दिएको छ। त्यस्तै एन्फाले विज्ञप्ति जारी गर्दै च्याम्पियनसिपमा…
काठमाडौं: इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)को नयाँ एकदिवसीय वरियतामा नेपाल १ स्थान पछि परेको छ। यसअघि १५ औं स्थानमा रहेको नेपाल एकस्थान तल झरेको हो। नेपाल १९ रेटिङ र १५२ अंकसहित १६ औं स्थानमा रहेको छ। तालिकामा इङ्ग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ भने भारत, न्युजिल्याण्ड र अस्ट्रेलिया क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। यता टी-२० तर्फ भने नेपाल ११ औं स्थानमा…
ब्रिटिस काउन्सिल नेपालले आयोजना गरेको 'कनेक्टिङ क्लासरुम अवार्ड' घोषणा भएको छ। भदौ ३ गते मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार दिइएको हो। ललितपुरस्थित लिटिल फ्लावर्स पब्लिक स्कुलले अन्तराष्ट्रिय पुरस्कार जितेको हो। उक्त विद्यालयले 'शहरी क्षेत्रमा कौसी खेती' नामक परियोजना बनाएको थियो। जसका लागि उत्कृष्ट विद्यालय परियोजना पुरस्कार समेत सोही स्कुलले पायो। यस अवार्ड वितरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म रिलिज भएको छ। फिल्म 'जाइरा'ले सोलो रिलिजको मौका पाएको हो। स्पोर्टस् ड्रामा 'जाइरा'लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन्। नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ। त्यस्तै हलिउडतर्फ दुई फिल्म 'वान्स अपन अ टाइम इन हलिउड' र 'द एङ्ग्री…
काठमाडौँः राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्। सञ्चारिका समूह र महिला सुरक्षा दबाब समूहले प्रधानमन्त्री कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी ( ने क पा), नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीहरूमा ध्यानाकर्षणसहितको ज्ञापनपत्र पेस गरिसकेका छन्। ज्ञापनपत्रमा ‘राज्यको निर्णायक तह र पीडित एवं सीमान्तकृत महिलाहरुबीचको समन्वय गर्ने निकाय ओझेल पर्दा नेपाली महिलाहरूको…