PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

  • नजरमा परेकालाई मात्र नजराना

    नजरमा परेकालाई मात्र नजराना

    युवराज ज्ञवाली- पार्टी एकता महत्वपूर्ण काम हो। दुईवटा पार्टी मिलेपछि बहुमतको सरकार निश्चित बन्छ। राम्रो काम हुन्छ भन्ने जनतामा आशा पलायो। पार्टीभित्रका अन्तरविरोध मतभेद थाँती राखेर चुनावमा गयौँ। दुईवटा पार्टी एक भएर जाने भएपछि जनताहरूले विश्वास गरे र झन्डै दुई तिहाइ बहुमत प्राप्त भयो। त्यसपछि हामी पार्टी एकीकरणको कार्यमा अग्रसर भयौँ। एकीकरणमा कसरी अघि बढ्ने भनेर छलफल भयो। छलफलका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्सको रारा उडान चार महिनादेखि बन्द, यात्रु मर्कामा

    नेपाल एयरलाइन्सको रारा उडान चार महिनादेखि बन्द, यात्रु मर्कामा

    रारा (मुगु): विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिना जानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्। गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ। नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगञ्ज–रारा उडान सेवा बन्द…

    विस्तृतमा पढ्नुस्

  • शालिकरामले मृत्युअघि रेकर्ड गरेको भिडियोमा अदालतले उठायो प्रश्न, के छ रवि प्रकरणको थुनछेक आदेशमा? पढ्नुस् पूर्णपाठ

    शालिकरामले मृत्युअघि रेकर्ड गरेको भिडियोमा अदालतले उठायो प्रश्न, के छ रवि प्रकरणको थुनछेक आदेशमा? पढ्नुस् पूर्णपाठ

    काठमाडौँः पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। आदेश अनुासर तीनै जना रिहा भइसकेका छन्। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण फुटबलः नेपाल मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग पराजित 

     मैत्रीपूर्ण फुटबलः नेपाल मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग पराजित 

    मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग नेपाल १–० ले पराजित भएको छ। सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो हाफमै १ गोलले पछि परेको थियो। खेलको तेस्रो मिनेटमै १ गोलले पछि परेको नेपालले अथक प्रयास गरे पनि पुनरागमन गर्न सकेन।  जोहोरका लागि जर्सी नम्बर १० का निकोलस अल्बर्टो फर्नान्डिजले डिबक्स बाहिरबाट फ्रिकिक मार्फत गोल गरेका थिए।  कतारमा आयोजना हुने…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

    रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं: पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको हो। आइतवार सरकारी वकिल कार्यालयले अदालतमामा…

    विस्तृतमा पढ्नुस्

  • सुटिङ नै शुरु नभइ सलमानको 'इन्सा-अल्लाह' १९० करोड भारुमा बिक्री

    सुटिङ नै शुरु नभइ सलमानको 'इन्सा-अल्लाह' १९० करोड भारुमा बिक्री

    बलिउड अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट सञ्जयलीला भन्सालीको फिल्म 'इन्सा-अल्लाह' मा अनुबन्धित भएसँगै फिल्मको चर्चा चुलिएको छ। छायांकन समेत सुरु नहुँदै फिल्मको थिएट्रिकल राइट्स कीर्तिमानी रकममा बिक्री भएको नवभारत टाइम्सले उल्लेख गरेको छ।   'इन्सा-अल्लाह' १९० करोड भारतीय रुपैयाँमा बिक्री भएको छ। सलमान र भन्साली दुई दशकपछि एकसाथ फिल्ममा काम गर्दैछन्। उनीहरुले पहिलो पटक 'हम दिल दे चुके…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप

    चितवनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप

    काठमाडौं: चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सञ्चारकर्मी रवि लामिछानेको रिहाइको मागमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप भएको हो। ‘केही सामान्य झडप भएको छ‘, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकृत ईश्वर सिंखडाले भने। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको बयान सकिएर अहिले बहस भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुरको प्रधान सम्पादकमा फेरि आलोपालो: नारायण वाग्लेको ठाउँमा सुधीर शर्माको रि-इन्ट्री

    कान्तिपुरको प्रधान सम्पादकमा फेरि आलोपालो: नारायण वाग्लेको ठाउँमा सुधीर शर्माको रि-इन्ट्री

    काठमाडौं: निजी क्षेत्रको सबैभन्दा ठूलो पत्रिका कान्तिपुर दैनिकमा सम्पादक फेरिएका छन्। कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्ले १४ महिना पूरा नहुँदै बाहिरिएका छन् भने सुधीर शर्माको रि-इन्ट्री भएको छ। कान्तिपुरको सुरुवातदेखि नै काम गरेका वाग्ले बीचमा नागरिक दैनिकका सम्पादकसमेत रहेका थिए। १३ महिनाअघि दोहोर्‍याएर कान्तिपुरका सम्पादकमा इन्ट्री गर्दा उनले सुधीर शर्मालाई विस्थापित गरेका थिए। कान्तिपुरको लगानी विवादसँगै विनोदराज ज्ञवाली समूह टुक्रिँदा वाग्लेसहितको…

    विस्तृतमा पढ्नुस्

  • यो महिना 'आर' शालामा 'पलेँटी' कस्दै लेकालीका गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ

    यो महिना 'आर' शालामा 'पलेँटी' कस्दै लेकालीका गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ

    काठमाडौं: यो महिनाको ‘पलेँटी शृंखला’मा सांगीतिक समूह लेकाली-परिवारले आफ्ना सांगीतिक प्रस्तुति घन्काउने भएको छ। लामो समय सामूहिक सांगीतिक प्रस्तुति नगरेका लेकालीका ३ सदस्यहरू यतिबेला पलेंटीका निम्ति नेपालयको ‘आर’शालामा अभ्यासमा जुटेका छन्। झन्डै ५० वर्षपछि गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ फेरि लेकालीलाई लिएर स्टेजमा उत्रन लागेका हुन्। विसं २०२४ सालमा स्थापना भएको सांगीतिक समूह हो लेकाली। शुरुमा ‘राल्फा’मा रहेका…

    विस्तृतमा पढ्नुस्

  • प्रमको भर्चुअल क्याबिनेटमाथि कमल थापाको टिप्पणी : वाइह्यात र देखावटी तामझाम

    प्रमको भर्चुअल क्याबिनेटमाथि कमल थापाको टिप्पणी : वाइह्यात र देखावटी तामझाम

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अभौतिक रुपमा सहभागी भएको आज दिउँसोको क्याबिनेट मिटिङलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले 'वाइह्यात र देखावटी तामझाम' भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सिंगापुरदेखि काठमाडौं: भन्दै पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत् मन्त्रिपरिषद बसेको फोटोसहित ट्विट गरेपछि कमल थापाले प्रतिक्रिया दिएका हुन्। सिंगापुरदेखि काठमाडौं: पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै pic.twitter.com/3zI7uFdyOw…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको अभौतिक सहभागिता, पहिलो पटक सिंगापुरबाटै बैठकमा प्रधानमन्त्री

    मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको अभौतिक सहभागिता, पहिलो पटक सिंगापुरबाटै बैठकमा प्रधानमन्त्री

    काठमाडौं : पहिलो पटक मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली 'भर्चुअल' (अभौतिक) रुपमा उपस्थित भएका छन्। उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन्। १० दिन सिंगापुरमा उपचार गराएर नेपाल फर्केको १० दिनमै फेरि सिंगापुर गएका प्रधानमन्त्री ओली अझै कति समय उता रहने हुन् भन्ने यकिन छैन। त्यसैले आजको मन्त्रिपरिषद बैठकमा उनी भर्चुअल रुपमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • डा. बाबुरामले 'कम्युनिजम स्वर्गजस्तै हो, मरेपछिमात्र पाइन्छ' भनेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए बधाई

    डा. बाबुरामले 'कम्युनिजम स्वर्गजस्तै हो, मरेपछिमात्र पाइन्छ' भनेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए बधाई

    काठमाडौं : समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिजम मरेपछि मात्र पाइने वस्तु भएको टिप्पणी गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले कम्युनिजमप्रति भट्टराईले गरेको टिप्पणीलाई लिएर बधाई दिएका हुन्। उनले भनेका छन्, 'कम्युनिज्म सपनाको खरो आलोचना बाबुरामले पछिल्लो टिप्पणीमा गर्नु भएपछि सोध्न मन लागेन- 'कस्तो बौद्धिकता छ यहाँसँग जो त्यो दर्शनको…

    विस्तृतमा पढ्नुस्

  • भारतको राजधानी नयाँ दिल्लीको रोहिणी सेक्टर फाइभमा तीज: क्यान्सर उपचार गराउन गएकाहरु पनि नाचे छमछमी

    भारतको राजधानी नयाँ दिल्लीको रोहिणी सेक्टर फाइभमा तीज: क्यान्सर उपचार गराउन गएकाहरु पनि नाचे छमछमी

    नयाँ दिल्ली: मोरङकी चित्ररेखा घिमिरे ६ महिनायता भारतको नयाँ दिल्लीस्थित रोहिणी सेक्टर फाइभमा बस्दै आएकी छिन्। उनको यो बसाइ क्यान्सरको उपचारका लागि हो। स्तन क्यान्सरको निदानका लागि उपचाररत उनी आइतबार साँझ सोमबजारस्थित नेपाली चोकमा 'तीजको रहर आयो बरि लै' मा छमछमी नाचिन्। 'यसपटक तीज मनाउन नेपाल जान नपाइने भो। यतै मनाउन पाउँदा निकै खुसी लागेको छ,' घिमिरेले नाच्दा नाच्दै भनिन्।…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण फुटबलः नेपाल र मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम भिड्ने

    मैत्रीपूर्ण फुटबलः नेपाल र मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम भिड्ने

    मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग नेपालले आज मैत्रीपूर्ण खेल खेल्दै छ। कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपअन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियाको सुपर लिग विजेतासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। आज बेलुकी हुने खेलमा टिकट निशुल्क रहेको एन्फाले जनाएको छ। खेल बेलुकी ८ः४५ मा शुरु हुने छ।  नेपाली टोली भदौ ६ गते…

    विस्तृतमा पढ्नुस्

  • वेष्ट इन्डिजमाथि भारतको कीर्तिमानी जित

    वेष्ट इन्डिजमाथि भारतको कीर्तिमानी जित

    वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी जित हासिल गरेको छ। भारत ३१८ रनले विजयी भएको छ। टस हारेर इनिङ्सको सुरुवात गरेको भारत पहिलो इनिङ्समा २९७ रनमा अलआउट भएको थियो। भारतका लागि अजिन्क्या रहfणेले ८१ तथा रवीन्द्र जडेजाले ५८ रनको योगदान दिएका थिए। ओपनर केएल राहुलले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन। वेष्ट इन्डिजले पनि पहिलो इनिङ्समा उत्कृष्ट सुरुवात…

    विस्तृतमा पढ्नुस्

  • ग्रिजमनको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाद्वारा सिजनको पहिलो जित दर्ता

    ग्रिजमनको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाद्वारा सिजनको पहिलो जित दर्ता

    स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोनाले बेटिसमाथि ५–२ को प्रभावशाली जित निकालेको छ। कप्तान लियोनेल मेस्सी, स्वारेजलगायतका खेलाडी घाइते भएकाले बार्सिलोना धेरै दबाबमा हुने अनुमान लगाइएको थियो। यद्यपि, एन्टोनी ग्रिजमनको महत्वपूर्ण २ गोलसँगै बार्सिलोनाले सहज जित निकाल्न सफल भएको हो। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलको १५ औँ मिनेटमा फेकिरको गोलमा बेटिसले अग्रता लिएको थियो। तर, बार्सिलोनाका लागि ४१…

    विस्तृतमा पढ्नुस्

  • ओलीको अनुपस्थितिमा पहिलोपटक बस्दै नेकपा सचिवालय बैठक, प्रचण्डले अध्यक्षता गर्ने

    ओलीको अनुपस्थितिमा पहिलोपटक बस्दै नेकपा सचिवालय बैठक, प्रचण्डले अध्यक्षता गर्ने

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्दैछ। सांगठनिक एकताका बाँकी काम सम्पन्न गर्नका लागि सचिवालय बैठक बोलाइएको हो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन्।  प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सांगठनिक एकताका बाँकीबारे छलफलका लागि बैठक बोलाइएको हो। बैठक पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्नेछ।  प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सिनामंगलमा दुर्घटना, एकको मृत्यु चारजना घाइते

    सिनामंगलमा दुर्घटना, एकको मृत्यु चारजना घाइते

    काठमाडौं: काठमाडौँको सिनामंगलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। सिनामंगलस्थित कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको हो। मृत्यु हुनेमा बा ३८ प २३९३ नम्बरका चालक…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा सोमबार बिहानैदेखि प्रदर्शनमा रोक, यी हुन् निषेधाज्ञा लगाइएका क्षेत्र

    चितवनमा सोमबार बिहानैदेखि प्रदर्शनमा रोक, यी हुन् निषेधाज्ञा लगाइएका क्षेत्र

    काठमाडौं: जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको छ। शालिकराम पुडासैनी हत्या प्रकरणमा न्यायिक प्रक्रियालाई समेत अवरुद्ध गर्नेगरी प्रदर्शन भइरहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा(६) अनुसार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निषेधाज्ञा आदेश जारी गरेका हुन्। सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। अशान्ति गर्ने उदेश्यबाट एकै ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • विमोचनमा किताब उल्टो समाउँदा जाहन्वी बनिन् ट्रोलको शिकार

    विमोचनमा किताब उल्टो समाउँदा जाहन्वी बनिन् ट्रोलको शिकार

    'धडक' गर्ल जाहन्वी कपुर हालै दिल्लीमा आयोजित बुक लन्च कार्यक्रममा पुगेकी थिइन्। जाहन्वीले उल्टो पुस्तक समाएर लन्च गर्दा उनी ट्रोलको शिकार भएकी छिन्। उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी ट्रोलको शिकार भएकी हुन्। कार्यक्रममा अतिथि बनेर पुगेकी जाहन्वीले 'कोलिङ सहमत' पुस्तक लन्च गरेकी थिइन्। पुस्तकको कभर नहेरी पुस्तक उल्टो समात्दै पोज दिँदै गर्दा क्यामेराम्यानले उनका धेरै तस्बिर लिएका थिए। उक्त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell