काठमाडौं: प्वाइन्ट मिडियाद्वारा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टुरिजम् २०१९’ मा आरजु पोखरेल विजेता घोषित भएकी छिन्। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स्(नाट्टा)का अध्यक्ष सिएन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन्? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै आरजुले उपाधि जितेकी हुन्। उनले अन्य दुई शीर्ष विधा मिस डिसिप्लिन र मिस फ्रेण्डसिपको पनि उपाधि हात पारिन्। त्यस्तै मिस…
काठमाडौं: भारतीय रियालिटी सारेगमप लिटिल च्याम्पबाट चर्चामा आएका आयुष केसीले नेपाली फिल्मको गीतमा स्वर दिएका छन्। उनले ‘हजार जुनीसम्म’ को टाइटल गीत गाएका हुन्। उदय सोताङले गाएको गीतलाई आयुषको स्वरमा री- एरेन्ज गरिएको हो। फिल्ममा उदय र आयुष दुवैको स्वर रहेको गीत समावेश हुनेछ। उदयको स्वर रहेको गीतको भिडियोमा गीत गाउँदै गरेका आर्यन सिग्देल देखिनेछन्। त्यस्तै आयुषको स्वरमा भने अनुभव रेग्मी…
काठमाडौं: नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका पाइएको छ। प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी धेरै सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेको देखियो। प्रहरी प्रधान कार्यालय नक्सालले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १ सय ५५ जनाले आत्महत्या गरेका छन्। आत्महत्याका विभिन्नरूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का केन्द्रीय सदस्यहरुले एक अर्कालाई आरोप लगाउँदै पाठ सिकाउन थालेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक रुपमा एकअर्काको आलोचनामा उनीहरु भिडिरहेका छन्। शुक्रवार ने क पाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो जीवनकाल भर एक लपेटा नखाएको र कसैलाई लपेटा नलगाएको अभिव्यक्ति दिएसँगै कार्यकर्ताहरुले एकअर्कालाई आक्षेप लगाएका हुन्। पार्टी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिसँगै…
काठमाडौंः परिक्षार्थी बनेर परिक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिवार बिहान रौतहट अमुनिया गाउँपालिकाका २२ वर्षीय जोजनारायण यादव र कैसल यादवलाई नियन्त्रणमा लिएको हो। शनिवार वीरगन्ज महानगरपालिका वडा नम्वर १५ स्थित नेसनल मेडिकल कलेज वीरगन्जमा सिटिइभिटीको प्रवीणता प्रमाणपत्र तह नर्सिङको परीक्षामा अरुको परीक्षा दिइरहेका बेला दुवै जनालाई प्रहरीले पक्राउ गरेके हो।…
काठमाडौं: सत्तारुढ दल ने क पाकी सांसद आशाकुमारी बिकले ट्याक्सी चालकले मच्चाएको लुट अन्त्य गर्न माग गरेकी छिन्। आइतवार प्रतिनिधि सभा बैठकमा बिकले काठमाडौंका ट्क्यासी चालक मिटरमा जान नमान्ने र मनलाग्दी चर्को भाडा असुल्ने गरेकोमा आपत्ति प्रकट गरिन्। ‘बुटवलदेखि काठमाडौं बसमा पाँच सय भाडा तिरेर आउन सकिन्छ। तर कलंकीदेखि बानेश्वर जाँदा ट्याक्सीलाई छ सय रुपैयाँ तिनुपर्छ,’ उनले प्रश्न गरिन्, ‘यो…
काठमाडौंः लागुऔषध सहित शनिवार पक्राउ परेका नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागुऔषध कारोबारी भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मेजर सिंहले केही महिनादेखि लागुऔषधको कारोबार गर्दै आएको देखिएको हो। इलाका प्रहरी कार्यालय इटहरी, लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गरेको संयुक्त अप्रेसनमा शनिवार पूर्वी पृतना इटहरीमा कार्यरत ३८ वर्षीय अजितप्रताप सिंहलाई नियन्त्रणमा लिएको थियो। मोरङको हलगाडा वडा नम्वर २ स्थित आर्मी क्याम्प…
भद्रपुरः झापा भद्रपुर -१० का वासुदेव जोगीका १२ वर्षीया छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ। सोही वडामा रहेको विष्णु कन्स्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए। शव परीक्षणका लागि मेची अञ्चल…
घोराहीः दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब पौने १ बजे आगजनी भएको हुन सक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ। आगजनीबाट रा १ झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिए। बङ्गलाचुली गाउँपालिका -५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले…
भोजपुरः भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ। आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेमध्ये सात अस्पताल भर्ना गरिएको छ। जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको…
काठमाडौं: ‘फेसन एन्ड मोडल अवार्ड–२०१९’ सम्पन्न भएको छ। प्याजेन्ट नेपाल इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत गरियो। कार्यक्रममा मिस नेपाल २००० उषा खड्गीले इभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड पाइन्। त्यस्तै मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड प्रदान गरियो। मिस नेपालको आयोजक संस्था हिटन ट्रिजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले बेस्ट पेजेन्ट अर्गनाइजर…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनबाट नेपाली जनताले दिलैदेखि गरेको स्वागत र पार्टी एकताको अनुमोदनलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताएका छन्। वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्त महासंघ नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, ‘नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा…
काठमाडौं: एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले उदयपुर कटारी नगरपालिका घर भएका मुन्ने भनिने २४ वर्षीय विनोद खड्कालाई पक्राउ गरेको हो। शुक्रवार काठमाडौँ महानगरपालिका १९ स्थित ईनाटोलमा जंगे भन्ने ३६ वर्षीय युवक मृत अवस्थामा फेला परेका थिए। प्रहरीको अनुसन्धानमा युवकको हत्या भएको देखिएको थियो। पार्टीमा बस्दै आएका दुईबीच बिहीबार राति सामान्य विवाद हुँदा…
काठमाडौः उपत्यकाभित्र चोरी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बाँके सितापुर नगरपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई नियन्त्रणमा लिएको हो। उनले गत साउन २० गते ललितपुर भैंसेपाटी बस्ने शिवराम आले मगरको स्कुटीबाट दुई लाख रुपैयाँ चोरी गरेको प्रहरीले जानकारी दिएको छ। मगरले स्कुटीको डिकीभित्र रहेको रकम चोरी गरेर फरार…
काठमाडौं: नेपालले विश्वकप २०२२ को प्रारम्भिक प्रतियोगिता र एएफसी एसियन कप चीन २०२३ को क्वालिफायरको पहिलो खेल कुवेतसँग खेल्ने भएको छ। नेपालले उक्त खेल कुवेतमै खेल्ने भएको छ। यसका लागि नेपाल फुटबल एसोसिएसनले कुवेत फुटबल एसोसिएसनलाई आग्रह गरेको थियो। नेपालले कुवेतसँगै चाइनिज ताइपेइ र जोर्डन फुटबल एसोसिएसनलाई रंगशालाको अभाव भएको कारण देखाउँदै खेल तालिका परिवर्तन गर्न आग्रह गरेको थियो। ताइनिज…
धूलिखेल: राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थाको वकालत गर्नेलाई दासको संज्ञा दिइएकोप्रति आपत्ति प्रकट गरेका छन्। सत्तारुढ दल ने क पाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरु दास भएको टिप्पणि गरेका थिए। प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले राजसंस्था बोकेर हिँड्नु राप्रपाको संवैधानिक अधाकर भएको टिप्पणि गरेका हुन्। राप्रपाको प्रशिक्षण विभागद्वारा धुलिखेलमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले कांग्रेस र कम्युनिष्ट पटकपटक असफल भएकोले…
काठमाडौं: आज २४ गते शुक्रबार नेपाली सिनेमा हलमा तीन वटा नेपाली फिल्महरु प्रदर्शनमा आएका छन्। 'साइनो', 'रे' र 'काँचुली' गरी तीन वटा फिल्म प्रदर्शनमा आएका हुन्। यो साता कुनै विदेशी फिल्म रिलिज भएका छैनन्। नेपालकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको फिल्म 'साइनो'लाई रमेश थापाले निर्देशन गरेका छन्। साइनोमा मिरुना मगर, नीता ढुंगाना, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल,…
काठमाडौं: झापामा छोराले बाबुको हत्या गरेका छन्। शुक्रवार बिहान ३० वर्षीय छोरा प्रकाश थापाले बुबाको हत्या गरेका हुन्। कमल गाउँपालिका १ बस्ने ७० वर्षीय सूर्यबहादुर थापालाई घरायसी विवादको कारण दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। वृद्ध थापाको घटनास्थलमा नै मृत्यु भएको थियो। प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले छोरा प्रकाशलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको…
सर्लाहीः सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ। १६ को जीवित उद्धार गरिएको छ। मृतक तीनै जनाको पहिचान खुलेको छ। उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ। ना ६ ख ७४६९ सृष्टि डिलक्स आज बिहान…
सर्लाहीः सर्लाहीको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट बिहीबार दुईको मृत्यु भएको हो। पश्चिमतर्फ गइरहेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ५ ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय विक्रमदास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको…