काठमाडौँः निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। गृह मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन्। काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ। गाउँपालिकाको वडा नम्बर ११ को कालढुङ्गामा र वडा नम्बर ७…
भरतपुरः चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ। चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो। सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विसं २०७१ मङ्सिर ८ गतेदेखि नै सो पार्टीमा आबद्ध थिइन्।…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन्। राखेप कर्मचारी संघले बिहीवार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन्। ‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य हुँदैन। चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता, विमा गर्नै…
ललितपुर : भूमिगत रुपमा सक्रिय रहँदै आएको नेत्र विक्रम चन्द विप्लव समूहका मेची–कोशी ब्यूरो इन्चार्ज सौगात आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा ल्याएका छन्। उनीसँगै एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ…
इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पुगेका छन्। पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित यी दुई टोली आइतवार लण्डनस्थित लर्ड्स मैदानमा भिड्नेछन्। दुवै टोलीले यसअघि फाइनल खेलेता पनि विश्वकपको उपाधि जित्न सकेका छैनन्। इंग्ल्याण्ड चौथो पटक र न्यूजिल्याण्ड दोस्रो पटक फाइनल पुगेको हो। बिहीवार भएको दोस्रो सेमिफाइनलमा केही कीर्तिमान बने। इंग्ल्याण्डले २७…
काठमाडौँः बिहीबार साँझ अख्तियारको टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पक्राउ गर्यो। उपकुलपति रौनियारसँगै पक्राउ पर्ने अर्का व्यक्ति हुन् डा. रामहरि रौनियार। उपकुलपति निवासबाटै दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो। उपकुलपतिसँगै पक्राउ परेका रामहरि उपकुलपतिका भतिजा हुन्। भर्खरै एमबीबीएस सकेका उनी प्रतिष्ठानमै हाउस अफिसर छन्।
साबिक विजेता अष्ट्रेलियालाई पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड आइसीसी विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलिया बाहिरिएपछि अब विश्वकपले नयाँ विजेता पाउने पक्का भएको छ। इंग्ल्याण्डले उपाधिका लागि अब न्यूजिल्याण्डसँग खेल्नेछ। दुबै टोलीले अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। न्यूजिल्याण्ड भारतलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो। यसअघि सात पटक सेमिफाइनल खेल्दा अपराजित रहेको अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित…
काठमाडौँः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुससहित पक्राउ परेका छन्। प्रतिष्ठानको भवन निर्माणको ठेक्का कमिसन बापतको रकम बुझिसकेको अवस्थामा रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्। रौनियारसँगै डा. रामहरि रौनियार पनि पक्राउ परेका छन्। घुस रकम लिइसकेको अवस्थामा अख्तियारको धरानबाट खटिएको टोलीले कार्यालय परिसरस्थित उपकुलपतिको निवासबाट पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। प्रतिष्ठानकै रेडियोलोजी विभाग प्रमुख…
अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क एउटै विश्वकपमा धेरै विकेट लिने खेलाडी बनेका छन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेटमा बिहीवार दोस्रो सेमिफाइनलमा घरेलु टोली विरुद्ध १ विकेट लिने बितित्कै स्टार्कले उक्त रेकर्ड आफ्नो नाममा बनाएका हुन्। स्टार्कले इंग्ल्याण्डका जोनी बेयर्स्टोवलाई एलबिडब्लु आउट गरेका हुन्। Most wickets in a WC edition: 27* Starc, 2019 26 McGrath, 2007 23…
आइसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २२४ रनको लक्ष्य दिएको छ। अस्ट्रेलिया १ ओभर बाँकी छँदै २२३ रनमा अल आउट भयो। अस्ट्रेलियाका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेका स्टेभन स्मिथले ८५ रन बनाएपछि अस्ट्रेलियाले २ सय रनको आंकडा पार गरेका हो। टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाको शुरुआत भने निकै खराब रहेको थियो। शुरुका तीन विकेट गुमाउँदा १४ रनमात्रै जोडेको अस्ट्रेलियाको…
काठमाडौं : नेपालमा दोस्रोपटक ‘मिस एसिया प्यासिफिक इन्टरनेशन नेपाल २०१९’ आयोजना गरिने भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच मिस एसिया पेसिफिक इन्टरनेशनल नेपालको अफिसियल घोषणा गरिएको हो। उक्त सुन्दरी प्रतियोगितालाई ‘ग्रुप अफ इभेन्ट इन्टरटेनर’ ले आयोजना गर्ने भएको हो। ‘मिस एसिया प्यासिफिक इन्टरनेशन नेपाल २०१९’ लाई किङफिसरले टाइटल स्पोन्सर गरे छ। मिस एसिया इन्टरनेशनको अडिसनका लागि विश्वभरका युवतीहरुले अडिसन दिन…
काठमाडौं : भारत तथा अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्र्याउन मन्त्रिपरिषद बैठकले गरेको निर्णयविरुद्ध बिहीवार साँझ मसाल जुलस निकालिएको छ। मसाल जुलुसमा सहभागीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको हाम्रा सहकर्मी फोटो पत्रकार समर्थ रञ्जितले जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को आयोजनामा मसाल जुलुस निस्किएको थियो। बालाजु बाइसधारादेखि निस्किएको मसाल…
काठमाडौं : आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले धादिङ धुनिबेसी नगरपालिका वडा नम्बर २ घर भएका ३८ वर्षीय राजेन्द्र प्रसाद लुइँटेललाई पक्राउ गरेको हो। ठगी गरेको अभियोगमा राजेन्द्रलाई काठमाडौँको सितापाइलाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। राजेन्द्रले आफू केन्द्रीय अनुसन्धान ब्युरो…
लोक गायक प्रकाश सपूत चर्चामा छन्। गीत 'गलबन्दी' सार्वजनिक भएसँगै गीत चोरीको विवादमा तानियो। सर्वाधिक हिट्सदेखि युट्युब ट्रेन्डिङसम्मको रेकर्ड बनाएको गीत बारे मिश्रित प्रतिक्रिया आएपनि सपूत चर्चामा आए। देश विदेशका स्टेज कार्यक्रममा व्यस्त रहे। यसैबीच ब्रान्ड एम्बेसडर समेत चयन भएका छन्। कार्यक्रम आयोजना गरी ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेसडर घोषित भएका हुन्। डिएनएले दुई वर्षयता सेवा दिंदै आएको छ। सपूत एकवर्षसम्म…
काठमाडौं: नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझा बीच सहमति भएको छ। शिल्पाले पति छविराज ओझाबाट असुरक्षित भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। बिहीवार महानगरीय प्रहरी परिसरमा दुवैबीच लिखित सहमति भएको हो। निर्माता छविले आफूले घरेलु हिंसा गरेको स्विकार गर्दै माफी मागेपछि सहमति भएको हो। ‘मैले छविलाई घरेलु हिंसाविरुद्ध उजुरी हालेको हो। आफ्नो ज्यान सुरक्षा गराइपाऊँ भनेर उजुरी गरेकी…
काठमाडौं: रवीन्द्र समीरको नयाँ उपन्यास 'मृत्युको आयु' सार्वजनिक भएको छ। किताबमा वैदेशिक रोजगारीका लागि खाडी मुलक गएको युवाको कथा समेटेको छ। कथा पात्रको मृत्युपश्चात् उसको आत्माको दृष्टिकोणबाट लेखिएको छ। 'कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा प्रस्तुत गरेको छ', लेखक रवीन्द्रले भने। उनले पुस्तक स्वेरकाल्पनि शैलीमा लेखेका छन्। पुस्तकबारे आख्यानकार नयनराज पाण्डे भन्छन्, 'एउटा खास किसिमको फम्र्याटमा आइरहेको नेपाली…
काठमाडौं : समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया बिमला तामाङको घटनालाई लिएर प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध पीडित परिवारले असन्तुष्टि जनाएको छ। बिहीबार तामाङका परिवार तथा आफन्तले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरुले 'ज्यानमारालाई धरौटीमा छोड्न पाइदैन, बिमला तामाङलाई न्याय दे, घटनाको सत्य तथ्य सार्वजनिक गर' जस्ता नारा लगाएका थिए। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार तीन जनाले…
इङ्ग्ल्यान्डमा जारी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले टस जित्दै आयोजक इङ्ग्ल्यान्डलाई बलिङको निम्तो दिएको छ। आइसीसी क्रिकेट वर्ल्डकपको आखिरी सेमिफाइनल इङ्ल्यान्डको बर्घिङहममा हुँदैछ। आजको खेलमा जित्नेले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अस्ट्रेलियाका तर्फबाट पिटर ह्यान्सकप वर्ल्डकपमा डेब्यु गर्दैछन्। यस पटक घरेलु मैदानमै विश्वकप क्रिकेट भएका कारण र वरीयतामा समेत नम्बर वान रहेका कारण इंग्ल्याण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ। यस्तै…
काठमाडौं : रवीन्द्र समीरको नयाँ कृति मृत्युको आयु बजारमा आएको छ। वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको मृत्युपश्चात् उसको आत्माको दृष्टिकोणबाट लेखिएको यो कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारुणिक कहरलाई सुन्दर रुपमा प्रस्तुत गरेको छ। यस कृतिमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ। लघुकथाहरुका रुपमा पढ्न सकिने ससाना कथाहरुलाई उनेर लेखकले उपन्यास बनाएका छन्। 'एउटा खास किसिमको फर्म्याट आइरहेको नेपाली…
काठमाडौं: त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। बिहीवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगको संस्थापक उपाध्यक्ष कुनै राजनीतिक दलको कार्यकर्ता बन्न सक्ने भन्दै आपत्ति प्रकट गरेका हुन्। ‘आयोगको उपाध्यक्ष नियुक्ति कसैलाई जागीर खुवाउने वा कसैको स्वार्थपूर्ति गर्नेभन्दा निकै संवेदनशील कुरा हो,’ केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आयोगको…