काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संघीयतालाई सिमित अर्थमा बुझिएको बताएका छन्। उनले संघीयतालाई संकुचित रुपमा नबुझ्न पनि आग्रह गरे। राजधानीको याक एण्ड यति होटलमा बोल्दै प्रधानमन्त्री ओलीले तीन अहिलेको संघीयता न्यायिक, प्रशासनिक र विधायकी अधिकारसहितको संघीयता भएको बताए। उनले स्थानीय तहले आफू पनि सरकार भएको अनुभूति कमै मात्रामा गरेको सुनाए। ‘स्थानीय निकायले आफू सरकार भएको अनुभूति कमै मात्रामा गरेको छ,…
ब्राजिलमा सम्पन्न ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्रिम टिम सार्वजनिक भएको छ। कन्मेबोलले सार्वजनिक गरेको उक्त टिममा च्याम्पियन ब्राजिलबाट सर्वाधिक ५ खेलाडी परेका छन्। यस्तै उपविजेता पेरुबाट २ खेलाडी पर्दा अर्जेन्टिना, चिली, उरुग्वे र कोलम्बियाबाट १-१ खेलाडी परेका छन्। अर्जेन्टाइन कप्तान लिओनल मेसी भने अटाएनन्। कन्मेबोलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर ड्रिम टिम घोषणा गरेका हो। ४-३-३ को…
कुञ्जरमणि भट्टराई - काठमाडौं : भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नदिने निर्णयविरुद्ध भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई 'गुमराह'मा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय पत्र आएको तर उनलाई जानकारी नगराइएको तर्क गरे। 'पत्र आएको रहेछ। मलाई थाहा भएन। जनता सामु मलाई…
यस पटक घरेलु मैदानमै विश्वकप क्रिकेट भएका कारण र वरीयतामा समेत नम्बर वान रहेका कारण इंग्ल्याण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको थियो। यस्तै चार वर्षअघि घरेलु मैदानमै उपाधि जितेको अष्ट्रेलिया विश्वकपमा सदाबाहर दाबेदारको रुपमा रहेपनि पछिल्लो १ वर्ष अष्ट्रेलियाको प्रदर्शन उति राम्रो थियो। तर आइसीसी विश्वकप क्रिकेट २०१९ मा भने अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो। उता इंग्ल्याण्डले…
सेनेगल र नाइजेरिया अफ्रिकन कपअफ नेशन्स २०१९ को सेमिफाइनलमा प्रवेश गरेका छन्। गएराती भएको क्वाटरफाइनल खेलमा सेनेगलले बेनिनलाई तथा नाइजेरियाले दक्षिण अफ्रिकालाई पराजित गरेको हो। सेनेगलले दश खेलाडीमा झरेको बेनिनलाई १-० ले पराजित गरेको हो। खेलको एक मात्र गोल ७०औं मिनेटमा इड्रिसा गाना गुएयेले गरेका थिए। ८३औं मिनेटमा बेनिका ओभिभर भर्डोनले रातो कार्ड पाएका थिए। पहिलो पटक उपाधि जित्ने योजनमा…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै हल हुने बताएका छन्। राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने, ‘तपाईंहरुको स्थायी हुनु पर्ने मागका विषयमा धेरै लामो समय कुर्नु पर्दैन। चाँडै परिणाम आउछ। मैले तपाईंहरुको समस्याका बारेमा विभागीय…
आइसीसी क्रिकेट विश्वकप २०१९ को पहिलो सेमिफाइनल : भारत भर्सेस न्यूजिल्याण्ड। दुई दिनसम्म चलेको एकदिवसीय खेल अर्थात ५०-५० ओभरमा खेलाइने खेल दुई दिन सम्म सञ्चालन भयो र नतिजा न्यूजिल्याण्डको पक्षमा गयो। न्यूजिल्याण्डको दुई दिन ब्याटिङ। दुवै टिमका बलर हाबी। रविन्द्र जडेजाको अलराउण्ड प्रदर्शन। आठौँ नम्बरमा ब्याटिङ गर्दै शानदार ७७ रन। विश्व क्रिकेटकै स्टार खेलाडीहरु विराट कोहली, रोहित शर्मा अनी केएल राहुल…
भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा प्रवेश गरेको छ। दोस्रो दिन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि न्यूजिल्याण्डले २३९ रन डिफेण्ड गर्दै भारतलाई पराजित गरेको हो। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको पहिलो सेमिफाइनल खेललाई बुधवार पनि निरन्तर खेलाइएको थियो। जहाँ किवी बलरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई घर फर्कायो। २४० रनको लक्ष्य पछ्याएको भारतले ४९.३ ओभरमा सबै विकेट…
काठमाडौं : भारतबाट आयात भएका तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल आयात गराउन मन्त्रिपरिषदले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ। न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासले उत्प्रेषण मुद्दामा यस्तो आदेश दिएको हो। २०७६ असार २ गते राजपत्रमा प्रकाशित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना विपरीत हुने गरी मन्त्रिपरिषदले असार १८ गते गरेको निर्णयविरुद्ध परेको…
काठमाडौं : कंकेश्वरी बस्ने राममाया डंगोल बिहानै डुल्लु हुँदै स्वयम्भू पुग्थिन्। कंग अजिमाभन्दा केही पर घर भएकी उनी त्यहाँ रहेको झोलुंगे पुल पार गर्दै लखतीर्थ, चागल, डल्लु हुँदै स्वयम्भू 'मर्निङ वाक' गर्न पुग्नु उनको दैनिकी थियो। तर, शनिवार विष्णुमती पानीको सतह बढी भएर कंकेश्वरीबाट विष्णुमती नदी वारपार गर्ने झोलुंगे पुलको पश्चिम पट्टीको भाग नै बगायो। त्यस दिनयता उनी खोला पार…
विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा अहिले भारत र न्यूजिल्याण्डबीच खेल भइरहेको छ। वर्षाले मंगलवार प्रभावित बनेको खेल आज पुन: सुरु भएको हो। किवी टोलीले आज ३.५ ओभर थप ब्याटिङ गर्दै भारतलाई २४० रनको मध्यम टार्गेट दिएको थियो। तर न्यूजिल्याण्डका फास्ट बलरले सुरुमै उत्कृष्ट बलिङ गर्दै भारतलाई दबाबमा राखेको छ। भारतका कप्तान विराट कोहली, उप-कप्तान रोहित शर्मा र केएल राहुल समान १…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन्। विश्वविद्यालय सभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गरे। प्रधानमन्त्री ओलीले भने, 'शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ। जायज कुराका लागि कसैसँग…
आइसीसी विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलको दोस्रो दिनको खेल आज भइरहेको छ। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको खेल आज पुन: सुरु भएको हो। आज ३.५ ओभर खेल खेलेपछि न्यूजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ। Good work on the field from India has kept New Zealand to 239/8 this morning. Kohli's men will need 240 if they…
काठमाडौँः बुधबार बिहानै भोजपुर नगरपालिका वडा नम्वर ७ को पाँचधारे होटेल नजिकै गोली चल्यो। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानहान भयो। भिडन्तमा दुबै पक्षका एक-एक जना मारिए। घटनास्थलबाट करिब ७० मिटरको दूरीमा भोजपुर नगरपालिकाको कार्यालय रहेको छ। बुधबार बिहान कार्यालयमा ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम चलिरहेको थियो। ‘घटनास्थल नजिकै हो तर हामीले गोली चलेको…
विश्वकप क्रिकेट अन्तर्गत वर्षाका कारण अवरुद्ध भएको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनलको बाँकी खेल आज पुनः हुँदैछ। वर्षाले अवरुद्ध भएकै स्थितिबाट बाँकी खेल आज हुनेछ। मंगलबार पहिलो इनिङ्सको अन्त्यतिर पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि वर्षा र मैदानको अवस्थाका कारण खेल हुन नसकेको हो। म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको किवी टोलीले ४६.१ ओभर खेल्दै ५ विकेट गुमाएर २११ रन बनाउँदा पानी…
सप्तरीः सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ। झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी मंगलबार पक्राउ परेकी छन्। सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाएपछि नशामा लठ्ठिएकी बालिकामाथि बलात्कार गरिएको पीडितले बताएकी छिन्। यो घटनाको मुख्य योजनाकार ती बालिकाकी नाताभित्रकै ३५ वर्षीया…
अछामः मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गएराति १ बजेको समयमा दुई जनाको हत्या भएको छ। स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन्। उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए। मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त…
आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको बाँकी खेल भोली खेलाइने भएको छ। वर्षाका कारण प्रभावित बनेको खेलको पहिलो इनिङ्सको अन्त्यतिर पानी परेपछि खेल रोकिएको थियो। त्यसपछिको वर्षा र मैदानको अवस्थाका कारण खेल पुन: सुरु हुन नसकेको हो। म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको किवी टोलीले ४६.१ ओभर खेल्दै ५ विकेट गुमाएर २११ रन बनाउँदा पानी पर्न सुरु गरेको…
इंग्ल्याण्ड वेल्समा भइरहेको आइसीसी एक दिवसीय विश्वकप अन्तर्गत आज भएको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाले प्रभावित बनेको छ। न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ४६.१ ओभरमा २११-५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। लिग चरणमा पनि वर्षाका कारण प्रभावित खेलमा अंक बाँडिएको थियो। तर यो सेमिफाइनल भएकोले आइसीसीले फरक नियम बनाएको छ। सेमिफाइनल खेल वर्षाले रोकिएमा भोलि 'रिजर्भ डे'को…
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले 'एक्सन रुम' निर्माण गर्ने तयारी भइरहेको बताएका छन्। 'नेपालको कुटनीतिक अभ्यास राजदूतहरुको अनुभव' पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले परराष्ट्र मन्त्रालयमा एक्सन रुम तयारीबारे जानकारी दिएका हुन्। राजदूतहरुले नियमित रिपोर्टिङ गर्नेगरी एक्सन रुम बनाएर अगाडि बढ्ने तयारी भइरहेको उनले बताए। उनले कुटनीतिक क्षेत्रमा असहज अवस्थामै काम गरिरहेको बताए। उनले नेपालले आफ्नो स्वार्थलाई हेरेर कुटनीतिलाई…