हरि भीष्म- काठमाडौं: जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आइतवारसम्म रहने जनाएको छ। आइतवारसम्म पानी परिरहने भएकोले नदी किनार आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि मौसम विभागले अनुरोध गरेको छ। विगत केही दिनदेखि नेपालमा मनसुन सक्रिय भइरहेको र बिहीवारदेखि मनसुन थप सक्रिय भएको छ। बिहीवारदेखि नेपालका मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणालीसमेत विकसित भएको छ।…
काठमाडौं : नेपाल र मलेसियाबीचको पहिलो टी २० आई सुरु भएको छ। टस हारेर किनरारा ओभलमा पहिलो बलिङ गरेको नेपालले १ विकेट लिइसकेको छ। सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका हुन्। सोमपालले मलेसियाका सायद अजिज (०) लाई पहिलो ओभरको पाँचौ बलमन बोल्ड गर्दै नेपाललाई सुरुवाती सफलता दिलाएका हुन्।
काठमाडौं: पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ। ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन्। गए राति १ः३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो। ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी…
काठमाडौं : नेपाल र मलेसियाबीचको टी २० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल आज हुँदैछ। किनरारा ओभलमा हुने खेलमा मलेसियाले टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। मलेसियाको कप्तानले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्। आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरको तयारीमा रहेको नेपालले आज र भोली मलेसियासँग दुई टी २० खेल खेल्न लागेको हो। औंलाको चोटका कारण दिपेन्द्र…
पोखरा : गण्डकी प्रदेशस्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्कीले जितेको छ। विसं २०६५ देखि लगातार कास्कीले सो उपाधि जित्दै आएको छ। यही असार २६ गतेदेखि शुरु भएको प्रतियोगितामा कास्कीले १९ स्वर्ण, १३ रजत र १० कास्यसहित ४२ पदक जितेर उपाधि जितेको हो। एथलेटिक्समा १२ स्वर्ण, करातेमा दुई, उसुमा दुई र तेक्वान्दो, कबड्डी र भलिबलमा एक÷एक स्वर्ण कास्कीले जितेको…
काठमाडौं: नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए)को आयोजनामा नेपालमा हुन लागेको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता २०७६ को तयारी करिब पूरा भएको छ। प्रतियोगिता यही जुलाई १८ देखि २१ सम्म काठमाडौंमा हुँदैछ। दक्षिण एसियाली स्तरको प्रतियोगिता तेस्रो पटक नेपालमा हुन लागेको हो। यस प्रतियोगितामा दक्षिण एसियाका सात र अफगानिस्तान गरी कूल ८ राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने नेपाल शारीरिक…
अन्तत: फरवार्ड एन्टोइन ग्रीजमन स्पानिस जायन्ट क्लब बार्सिलोनामा अनुबन्ध भएका छन्। ला लिगा च्याम्पियन बार्सिलोनाले ग्रीजमनलाई अर्को ला लिगा क्लब एट्लेटिको मड्रिडबाट १ सय ८ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो। बार्सिलोनाले ग्रीजमनलाई पछिल्लो दुई सिजन देखि नोउक्याम्प ल्याउने प्रयास गरेपनि अहिले आएर सफल भएको हो। २८ वर्षीय फ्रेन्च फरवार्ड ग्रीजमन हाल इबिजामा छुट्टी मनाइरहेका छन्। बार्सिलोनाले उनीसँग पाँच वर्षको सम्झौता…
काठमाडौं: देशैभरी अविरल परेको बाढी पहिरोमा परी १७ जनाको मृत्यु भएको छ। त्यस्तै बाढी पहिरोमा परी सात जना घाइते भएका छन् भने सात जना बेपत्ता छन्। हिजो रातिदेखि देशैभरी भारी बर्षा भइरहेको छ। बाढीले काठमाडौंमा कहर उत्पन्न गरेको छ। बाढी पहिरोमा परी सबैभन्दा धेरै खोटाङमा तीनजनाको मृत्यु भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका दुईमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रेखा राई…
काठमाडौं : चौथो संस्करणको ललित स्मृति यू-१८ च्याम्पियनसिपको क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेपछि अब नकआउट चरणको खेलहरु आइतबारदेखि सुरु हुने भएको छ। आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुने मिति समेत सार्वजनिक गरेको छ। यस्तै क्वाटरफाइनलको समिकरण एन्फाले सार्वजनिक गरिसकेको छ। सहभागि १४ टोलीलाई एन्फाले तीन समूहमा विभाजन गरेर प्रतियोगिता खेलाएको थियो।…
काठमाडौं : फिफा महिला फुटबलको विश्व वरीयतामा नेपालले सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान फड्को मार्दै १०१औं स्थानमा पुगेको हो। यसअघि नेपाल १०३औं स्थानमा थियो। २०२० को ओलम्पिक पुटबलमा दोस्रो चरण पुगेको नेपाली महिला टोली भारतमा भएको हिरो वुमन्स गोल्डकपमा दोस्रो भएको थियो। यस्तै घरेलु मैदानमा भएको पाँचौ साफ च्याम्पियनसिपमा…
इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं आइसीसी क्रिकेट विश्वकप २०१९ मा खराब प्रदर्शनपछि अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन भएको छ। अफगानिस्तान क्रिकेट बोर्डले शुक्रवार स्पीनर रसिद खानलाई एक दिवसीयसहित तीन वटै फर्म्याटको कप्तान नियुक्त गरेको हो। @rashidkhan_19 appointed as Team Afghanistan's new Captain across all three formats while Asghar Afghan appointed as Vice-Captain. pic.twitter.com/s78Nso67aF — Afghanistan Cricket Board (@ACBofficials) July…
अभिनेत्री तथा निर्माता रेखा थापाले नयाँ फिल्म निर्माणको प्रि प्रोडक्सन सुरु गरेकी छिन्। फिल्मको लागि उनले निर्देशन चयन एवं घोषणा गरिन्। फिल्मलाई निर्देशक रेनशा राईले निर्देशन गर्ने भएकी हुन्। रेखा फिल्मसको ब्यानरमा बन्ने छैटौं फिल्ममा सहकार्यका लागि शुक्रबार मात्रै सम्झौता भयो। निर्देशक रेनशाको जन्मदिनको अवसरमा भएको दुई पक्षीय सहमती बारे रेनशाले भनिन्,'यो मेरो लागि रेखा फिल्मसको उपहार हो।' फिल्मका…
रेडियो प्रस्तोता, गीतकार, संगीतकार एवं कवि समेत रहेका वासुदेव मुनालको निधन भएको दुई वर्ष पुग्न लाग्यो। घाँटीको क्यान्सरका कारण बितेका उनको बिहीवार ७० औं जन्मजयन्ती थियो। रेडियो नेपालमा बाल कार्यक्रम एवं विभिन्न साहित्यिक कार्यक्रम निर्माण तथा संचालनका कारण लोकप्रिय छन्। 'आउ मेरा प्यारा भाइ बहिनी हो, रेडियो नजिक आउ' भनेर कार्यक्रम सुरु गर्ने उनले ३४ वर्ष रेडियो नेपालमा बिताए। क्यान्सरपछि…
काठमाडौं : केही समययता सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आजको झरीमा पनि आफ्नो कार्यक्रमलाई निरन्तरता दियो। मन्त्रिपरिषदले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्रन दिने निर्णय गरेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो। यसअघि तरकारी जुलुस, मसाल जुलुसजस्ता कार्यक्रम गरिसकेको नेविसंघले आज माइतीघर मण्डलमा प्रदर्शन गरेको हो -
काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग दुई खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। सिंगापुरमा यही जुलाई २२ देखि हुने छनोटका लागि हाल मलेसियामा तयारी गरिरहेको नेपालले मलेसियासंग दुईपक्षिय सिरिज खेल्न लागेको हो। दुई खेलको सिरिजको पहिलो खेल शनिवार हुँदैछ। जुलाई ९ मै मलेसिया पुगेको नेपालले केही दिन मलेसियामा प्रशिक्षण समेत गरिसकेको छ।…
काठमाडौँः मनसुन शुरु भएपछिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। गृह मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन्। काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ। गाउँपालिकाको वडा नम्बर ११ को कालढुङ्गामा र वडा…
काठमाडौं: ३० वर्षअघि हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले रानीपोखरी गाउँपालिकाको वडा नम्बर ४ बस्ने ६० वर्षीय भ्यान्टे कामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। २०४६ भदौ ३ गते लमजुङ रानीपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बुधसीको कोदोबारीमा गोरखाका वेदप्रसाद पोखरेलको हत्या गरिएको प्रहरी अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ। गोरखा…
काठमाडौँः निरन्तरको वर्षाको कारण देशका विभिन्न नदीहरुमा जल सतह बढ्ने क्रम जारी छ। जल सतह बढ्दै जाँदा बस्ती जोखिमको सम्भावना पनि बढेको छ। बाढी पूर्वानुमान शाखाले शुक्रबार बिहान विशेष सूचना जारी गर्दै धनुषा, सिरहा लगायतका जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कमला नदी-धनुषा-तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकोले धनुषा र सिराहा जिल्लाको डुबान…
काठमाडौँः आषाढ शुक्ल एकादशी अर्थात् आज हरिशयनी एकादशी। घरघरमा तुलसीको विरुवा रोपिँदैछ। हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण दिन आज निराहार व्रत बसी भगवान् विष्णु र तुलसीको पूजा अर्चना गर्ने गरिन्छ। आजबाटै चतुर्मास व्रत पनि सुरु हुन्छ। तुलसी रोप्ने घरमा देवताको बास भइरहन्छ भन्ने विश्वास जनमानसमा छ। यमदूत स्वप्नमा पनि सो घरमा पुग्न नसक्ने विश्वास गरिन्छ। तुलसीको बोटमा नियमित जल चढाउनाले मनोकामना पूरा…
काठमाडौँः फ्राइडे रिलिज अन्तर्गत दुई वटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘सानो मन’ र बलिउड फिल्म ‘सुपर ३०’ प्रदर्शनमा आएका हुन्। सुयोग गुरुङ निर्देशित फिल्म ‘सानो मन’ मा नायक आयुषमान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको छ। फिल्ममा आयुषमान र शिल्पासँगै गौरी मल्ल, विशाल पहरी, रश्मि भट्ट, शिशिर बंदेल, प्रकाश श्रेष्ठ लगायतले अभिनय गरेका छन्। योगेश गुरुङ, राजीव…