काठमाडौं : निर्वतमान सदस्य सचिव केशव कुमार विष्टको चार वर्षे कार्यकाल सकिएको करिब २ सातापछि सोमवालर रमेशल कुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद्का नयाँ सदस्य सचिव नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले सोमवार सिंहदरबारस्थति मन्त्रालयमै सिलवाललाई पद तथा गोपनियताको सपथ दिलाए। लगत्तै सिलवालले त्रिपेश्वरस्थित राखेपको कार्यलयमा पुगेर पद बहाली गरे। निवर्तमान भएका विष्टले नै उनलाई सदस्य…
काठमाडौं: चलचित्र विकास बोर्डले चलचित्र पुरस्कार वितरण गर्ने तयारी गरेको छ। बोर्डको १९ औं वार्षिक उत्सवको अवसर पारेर यही असार २७ गते राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम गरिने बोर्डले जनाएको छ। वार्षिक रुपमा आयोजना गरिने गरिएको यो कार्यक्रम २०७४ र २०७५ सालमा आयोजना नै भएन। यसपटक बोर्डले तीन वर्षका चलचित्र र चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण…
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने भएको छ। आज भएको सेमिफाइनलमा नेपालले आयोजक मलेसिया तथा हङकङले सिंगापुरलाई पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्। किनरारा मैदानमा भएको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो। यस्तै अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई डिएल मेथडको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको…
काठमाडौँ: नक्कली सुन देखाएर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पाँच जनालाई बौद्धको पिपलबोटबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा तीन महिला र दुई पुरुष रहेका छन्। चितवन भरतपुर घर भएकी ३९ वर्षीय टनु घिमिरे पन्त, काठमाडौँ घर भएकी ३४ वर्षीय सस्मिता आचार्य, गोरखाकी ६५ वर्षीय जाम्मु लामा,सुनसरी इनरुवाका ३४ वर्षीय जीवन धामि चौधरी र…
काठमाडौं: गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवालले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव सपथ लिएका छन्। केशव विष्टको कार्यकाल सकिएको १२ दिनपछि सिलवालको नाममा सहमति जुटेपछि सोमबार सिलवालले सपथ लिएका हुन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले उनको नाममा सहमति जुटाएको हो। उनलाई युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले सपथ गराएका थिए। यसअघि नेपाल क्रिकेट संघ क्यानमा रहेर काम…
बलिउड अभिनेता सन्नी देवलले गुरदासपुरबाट २०१९ को लोकसभा चुनाव जिते। सांसद बनेपछि सन्नी देवलले फिल्मका लागि आफ्नो पारिश्रमिक बढाएका छन्। सन्नी देवलले आफ्नो आगामी फिल्म ‘फतेह सिंह’ का लागि ५ करोड रुपैयाँ डिमान्ड गरे। तर, ५ करोड रुपैयाँ फिल्मको बजेटभन्दा धेरै माथि भएकाले निर्माताहरु पछि हटे। अब फिल्ममा सन्नी देवलको सट्टामा कुनै दक्षिण भारतीय अभिनेता देखिने वेब दुनियाँमा उल्लेख छ।…
काठमाडौं : २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको बालुवाटार स्थित केन्द्रीय कार्यालयको मुख्य भवन पुनर्निर्माणको कार्य सुरु भएको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले भवन शिलान्यास गरेपछि पुनर्निर्माणको काम सुरु भएको हो। भूकम्पले क्षतिग्रस्त भएको दुई वर्षपछि २०७४ फागुनमा राष्ट्र बैंक भवन भत्काइएको थियो। उक्त भवन भत्काउँदा ३ करोड १५ लाख आम्दानीसमेत गरेको थियो। नयाँ भवन निर्माण भने…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतीय तरकारीको विषादी परीक्षण रोकिएको विरोधमा आज पनि प्रदर्शन गरेको छ। सोमबार बिहान पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि बाटोमा तरकारी राखेर नेवि संघले प्रदर्शन गरेको हो। भारतबाट आयात गरिने तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि नेवि संघले तत्कालै परीक्षण थाल्गन माग गरेको छ। नेविसंघले…
काठमाडौँ ं : नेपाल मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ। किनरारा ओभल मैदानमा सोमवार भएको सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीच भइरहेको अर्को सेमिफाइनलको विजेतासँग खेल्नेछ। मलेसियालाे दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालको लागि भिम शार्कीले…
काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन २०१९ को सेमिफाइनलमा नेपालले मलेसियासँग खेलिरहेको छ। नेपालले उक्त खेल जित्नका लागि ८८ रनको लक्ष्य पाएको छ। पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाले ४०.५ ओभरमा ८७ रनमा अलआउट गरेको हो। मलेसियाको लागि मोहम्मद अमिरले सर्वाधिक २४ रन बनाए। नेपालका लागि बलङमा सागर ढकालले ३ र कुशल मल्लले २ विकेट लिए। यस्तै रसिद खान,रसिद खान, कमल…
काठमाडौं : पहिलो पटक नेपालमा हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपालको भलिबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सेन्ट्रल जोनकै तयारीलाई मध्यनजर गर्दै नेपालले भारतसंग ३ वटा मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाल भलिबल संघले जनाएको छ। संघका अनुसार नेपाल भलिबल संघले भारतको भलिबल संघलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको र उताबाट स्वीकार भएको…
काठमाडौः अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ। कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोला भएर…
काठमाडौः प्रतिबन्धित कस्तुरीको बिना सहित पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ गरेका छन्। महानगरीय कार्यालय रानीपोखरीको टोलीले हवल्दार बमबहादुर चन्दलाई आइतबार साँझ पक्राउ गरेको कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेष्टबाट पक्राउ परेका हुन्। ‘प्रतिबन्धित कस्तुरीको बिना सहित पक्राउ गरेका हौँ। थप अनुसन्धान भइरहेको छ,' उनले भने। सुरक्षा सेवा निर्देशनालयले…
मेक्सिकोले साविक विजेता अमेरिकालाई पराजित गर्दै कोनकाकाफ गोल्डकपको उपाधि जितेको छ। सोमवार बिहान सम्पन्न फाइनलमा मेक्सिकोले अमेरिकालाई १-० ले पराजित गरेको हो। जोनाथन डस सान्तोसले दोस्रो हाफमा गरेको एक मात्र गोल नै मेक्सिकोलाई च्याम्पियन बनाउन निर्णाक रह्यो। उनले ७५औं मिनेटमा गोल गरेका थिए। यसअघि मेक्सिकोले २०१५ मा उपाधि जितेको थियो। २०१७ मा भने अमेरिकाले उपाधि जितेको थियो। च्याम्पियबन बनेसँगै मेक्सिकोले…
इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्समा डेब्युटान्ट मदागास्कर क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो पटक प्रतियोगितामा सहभागिता जनाइरहेको मदागास्करले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। गएराती भएको प्रिक्वाटरफाइनलमा डि आर कंगोलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै मदागास्करले अन्तिम आठमा स्थान पक्का गरेको हो। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। पेनाल्टीमा मदागास्करका लागि अमान्डा, मेटानाइरे, फोन्टाइन र मोम्ब्रिसले…
घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ। विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको कोपाको सोमवार बिहान सम्पन्न ४६औं संस्करणको फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो। ब्राजिलका लागि गोलकर्ता गाब्रीएल जेससलै दोस्रो हाफमा रातो कार्ड पाउँदा दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो। २००७ मा अर्जेन्टिनालाई हराउदै च्याम्पियन बनेयता ब्राजिलले पहिलो उपाधि जितेको…
अमेरिकाले फिफा महिला विश्वकप फुटबल २०१९ को उपाधि जितेको छ। चौथो पटक च्याम्पियन बन्ने क्रममा साविक विजेता अमेरिकाले युरोपियन च्याम्पियन नेदर्लयाण्ड्सलाई २-० ले पराजित गरेको हो। फ्रान्सको लिओन स्टेडियममा आइतवार भएको फाइनलमा अमेरिकाले दुवै गोल दोस्रो हाफमा १० मिनेटको अन्तरमा गरेको थियो। ६१औं मिनेटमा कप्तन मेगान रापिनोले पेनाल्टीमा पहिलो गोल गरिन्। सुरुमा रेफ्रीले पेनाल्टी नदिएपनि भिआरको मद्दतमा पेनाल्टी दिइन् र…
काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिपमा आइतवार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले जित हात पारेका छन्। प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा मनाङले फ्रेण्ड्सलाई पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह बी को खेलमा मनाङले फ्रेण्ड्समाथि २-१ को कठिन जित हात पारेको हो। खेलको २५औं मिनेटमा श्रीजन राज गौतमले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा मनाङले…
बङ्गलादेशको चितागोङमा आइतबार नेपालको फोटोहरु प्रदर्शन गरियो। 'द स्मल हेवेन' नाम दिइएको उक्त प्रदर्शनीमा नेपालका धार्मिक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक सम्पदा एवम् सहासिक पर्यटन सम्बन्धी फोटोहरुको प्रदर्शनीमा गरिएका हुन्। नेपालको पर्यटन प्रचार तथा प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरेको कार्यक्रम संयोजक विष्णु कान्त घिमिरेले जानकारी दिए। प्रदर्शनी बन्दिपुर युनेस्को क्लबले रोट्र्याक्ट क्लब अफ इस्लामाबाद चितगोङसँगको सहकार्यमा प्रर्दशनीको आयोजना गरेको हो। रोट्र्याक क्लब…
काठमाडौँ: औषधी पसलभित्र मात्र होइन लुगा सिलाउने टेलरभित्र पनि लागूऔषधिको कारोबार हुने गरेको तथ्य बाहिरिएको छ। लागू औषध नियन्त्रण ब्युरोको विशेष टोलीले गते शुक्रवार अवैध लागू औषधको कारोबार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। ब्युरोको टोलीले रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ७ घर भएका सुरेन नगरकोटी र उनकी श्रीमती अजिता गुरुङलाई नियन्त्रणमा लिएको ब्युरोका एक अधिकारीले जानकारी दिए। उनीहरूले ललितपुर महानगरपालिका…