PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

  • मुलपानीमा सात जना जुवाडे पक्राउ

    मुलपानीमा सात जना जुवाडे पक्राउ

    काठमाडौँ: जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति कागेश्वरी मनोहरा नगरपालिका वडा ६ तिवारी टोलस्थित प्रेम तिवारीको १ तले घरमा डेरा गरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ का ५४ वर्षीय रेन्जेन दोङसहित सात जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्रहरीले एक लाख १६ हजार ८१५  रुपैयाँसमेत बरामद गरेको जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • पर्दामा फर्किए अभिनेता सौगात मल्ल

    पर्दामा फर्किए अभिनेता सौगात मल्ल

    काठमाडौं : अभिनेता सौगात मल्ल फिल्म 'राम राम'मा अनुबन्धित भएका छन्। हालै, उनी 'पोई पर्‍यो काले'मा अनुबन्धित भएका थिए। 'राम राम'लाई भने सुवर्ण थापाले निर्देशन गर्नेछन्। सौगात र सुवर्णले भने यसअघि 'फन्को' गरेका थिए। डाइमोण्ड स्टार फिल्मस्को ब्यानरमा निर्माण फिल्ममा दिनेश महतको कथा/पटकथा रहनेछ। फिल्मका लागि अन्य कलाकार फाइनल भइसकेका छैनन्। फिल्म असोजबाट छायाँकनमा जाने बताइएको छ। सौगातले यसअघि 'लालपूर्जा'मा अभिनय गरेका…

    विस्तृतमा पढ्नुस्

  • पुरुष क्रिकेट : शहाबको ६ विकेटमा आर्मीको लगातार चौथो जित, प्रदेश तीनका ६ खेलाडी शुन्यमा आउट

    पुरुष क्रिकेट  : शहाबको ६ विकेटमा आर्मीको लगातार चौथो जित, प्रदेश तीनका ६ खेलाडी शुन्यमा आउट

    बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको कोहलपुरमा भइरहेको पुरुष क्रिकेटमा आइतबार शहाब आलमले ६ विकेट लिएपछि आर्मीले प्रदेश ३ लाई ८ विकेटले पराजित गरेको छ। यस जितपछि आर्मी समूह बी मा सबै चार खेल्दै जित्दै सेमिफाइनल पुगेको छ। यसअघि नै आर्मीले अन्तिम चारमा स्थान पक्का गरिसकेको थियो। हारपछि प्रदेश ३ भने समूह चरणबाटै बाहिरिएको छ। प्रदेश ३ ले दिएको…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त पाँच न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

    नवनियुक्त पाँच न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

    काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पाँच न्यायाधीशलाई इजलास तोकेका छन्। आइतबार बिहान पद तथा गोपनीयताको शपथपछि न्यायाधीशहरुको पेसी तोकिएको हो। पाँच न्यायाधीशलाई यसअघि कार्यरत सिनियर न्यायाधीशको नेतृत्वमा संयुक्त इजलासमा पेसी तोकिएको छ। नवनियुक्त न्यायाधीश मनोजकुमार शर्मालाई दीपककुमार कार्कीसँग पेसी तोकिएको छ। पेसी तोकिएको १ नम्बर इजलासमा २५ मुद्दा छन्। यस्तै, न्यायाधीश हरि प्रसाद फुयाँललाई केदार चालिसेसँग पेसी तोकिएको छ। २…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामा शृङ्खलाबद्ध बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

    श्रीलंकामा शृङ्खलाबद्ध बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

    श्रीलंकाको राजधानी कोलम्बो र आसपास आइतबार बिहान शृङ्खलाबद्ध  बम विस्फोट भएको छ। इसाईहरुले इस्टर पर्व मनाइरहेका बेला भएका विस्फोटमा तीन वटा चर्चहरु र तीन वटा होटललाई निशाना बनाइएको छ। समाचार एजेन्सी एएफपीका अनुसार कम्तिमा ४२ जनाको मृत्यु भएको छ। घाइतेहरुको संख्या २०० नाघ्ने एएनआईले जनाएको छ।  लंकादिपाले भने ६ स्थानमा ५० जनाको मृत्यु भएको उल्लेख गरेको छ। #BREAKING At least 42 dead…

    विस्तृतमा पढ्नुस्

  • सरकारसँग किन असन्तुष्ट बन्यो मानव अधिकार आयोग? प्रस्तावित विधेयकमा यी हुन् मुख्य चार आपत्ति

    सरकारसँग किन असन्तुष्ट बन्यो मानव अधिकार आयोग? प्रस्तावित विधेयकमा यी हुन् मुख्य चार आपत्ति

    काठमाडौँः संक्रमणकालीन न्यायका मुद्दामा अन्तर्राष्ट्रिय चासो चुलिएको बेला राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधनका केही विषयले सरकार पुनः विवादमा फसेको छ। आयोगको ऐन संशोधन विधेयक सरकारले प्रतिनिधिसभा सचिवालयमा पेस गरेको छ। पेस गरिएको विधेयकप्रति आयोग र अन्य सरोकारवालाहरूले समेत आपत्ति जनाएका छन्। आयोगले औपचारिक रूपमा नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई यस विषयमा ध्यानाकर्षण गराइसकेको छ। स्वायत्तता र स्वतन्त्रतामाथि नै असर पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा नियुक्त पाँच न्यायाधीशको आज शपथ

    सर्वोच्चमा नियुक्त पाँच न्यायाधीशको आज शपथ

    काठमाडौँः सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त पाँच न्यायाधीशको शपथ आज हुँदैछ। राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच न्यायाधीशहरुको शपथ हुँदैछ। बिहान १० बजे शपथको समय तोकिएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्यायाधीशहरुले शपथ लिनेछन्।  संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन।  सर्वोच्चमा प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा.…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलः पञ्जाबमाथि दिल्लीको पाँच विकेटको जीत

    आइपीएलः पञ्जाबमाथि दिल्लीको पाँच विकेटको जीत

    इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। किंग्स एलेभेन पञ्जाबलाई पाँच विकेटले पराजित गर्दै दिल्ली विजयी भएको हो। जीतसँगै दिल्लीको १२ अंक भएको छ। समान अंक भए पनि अंकतालिकामा रनरेटका आधारमा मुम्बई दोस्रो स्थानमा छ। दिल्ली तेस्रो स्थानमा रहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरका ७ विकेट गुमाउँदै १६३ रन जोडेको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहमलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

    प्रिमियर लिग : टोटनहमलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

    फिलिप फोडेनको एक मात्र गोलको मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा टोटनहम हट्सपरलाई १-० ले पराजित गरेको छ। साँघुरो जितपछि सिटी लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। समान ३४ खेलपछि सिटीको ८६ अंक भएको छ भने लिभरपुलको ८५ अंक छ। घरेलु मैदान एतिहाडमा फोडेनले खेलको पाँचौ मिनेटमै गरेको गोल सिटीको जितमा निर्णाक बनेको हो। हारपछि टोटनहमको भने ३४…

    विस्तृतमा पढ्नुस्

  • तामाङ दिदीभाइको वर्चस्व तोड्दै दिपेश र रशिलाले रचे नयाँ इतिहास

    तामाङ दिदीभाइको वर्चस्व तोड्दै दिपेश र रशिलाले रचे नयाँ इतिहास

    दाङ : नेपाली सेनाका तामाङ दिदीभाइ रत्नजित र नङ्शलको एक छत्र राजलाई तोड्दै एपीएफका दिपेश धामी र रशिला महर्जनले ब्याडमिन्टनमा नयाँ इतिहास रच्न सफल भएका छन्। दाङमा भएको आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टन एकलतर्फ दिपेश र रशिला च्याम्पियन बन्दै सेनाका रत्नजित तामाङ र नङ्शलको एकछत्र राजलाई तोडेका हुन्। दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१-१६, २१-१४ को सोझो सेटमा…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : आशिष र सरस्वतीले जिते दोस्रो स्वर्ण, शनिवार के-के भए?

    आठौँ राष्ट्रिय खेलकुद : आशिष र सरस्वतीले जिते दोस्रो स्वर्ण, शनिवार के-के भए?

    बाँके : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४४औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन्। आशिष पुरुष र सरस्वती महिलामा स्वर्ण जितेका हुन्। दुवैले यसअघि १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए। दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा पूरा गरे। आर्मीका अभिषेक चौधरी दोश्रो तथा प्रदेश ४ का…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङ : एक्यूरेसी र क्रस कन्ट्रितर्फ पहिलो दिन मिश्रित परिणाम

    प्याराग्लाइडिङ : एक्यूरेसी र क्रस कन्ट्रितर्फ पहिलो दिन मिश्रित परिणाम

    पोखरा : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो दिन शनिवार एक्यूरेसी र क्रसकन्ट्री तर्फका पहिलो राउण्डका खेलहरु पोखरामा सम्पन्न भएका छन्। पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ। टिम एक्यूरेसीतर्फ नेपाली सेना १०७ अंकका साथ प्रथम स्थानमा रहेको छ भने गण्डकी प्रदेश १८५ अंकका साथ दोश्रो र ३३१ अंकका साथ प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • पुरुष फुटबल : आर्मीको दोस्रो जित, एपीएफको पुनरागमन जित, पुलिस बराबरीमा रोकियो

    पुरुष फुटबल : आर्मीको दोस्रो जित, एपीएफको पुनरागमन जित, पुलिस बराबरीमा रोकियो

    बाँके : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ। आर्मीले कर्णाली प्रदेशमाथि ७-० को फराकिलो जित हात पारेकधो हो। देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा नेपाल आर्मीका विवेक बस्नेतले खेलको १२औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेलको २१ औ मिनेटमा अर्को गोल थपे। ५६ औ…

    विस्तृतमा पढ्नुस्

  • भारोत्तोलन : देवी, प्रकास र कमलाको राष्ट्रिय कीर्तिमान

    भारोत्तोलन : देवी, प्रकास र कमलाको राष्ट्रिय कीर्तिमान

    बाँके : आठौ राष्ट्रिय खेलकुद अन्तर्गत आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तलन प्रतियोगिता अन्तर्गत शनिबार भएको महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। यसैगरी, तीन वटा राष्ट्रिय कीर्तिमान कायम…

    विस्तृतमा पढ्नुस्

  • पुरुष क्रिकेट : सुशन भारीको ५ विकेट, आर्मी लगातार तीन खेल जित्दै सेमिफाइनलमा

    पुरुष क्रिकेट :  सुशन भारीको ५ विकेट, आर्मी लगातार तीन खेल जित्दै सेमिफाइनलमा

    कोहलपुर : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको कोहलपुरमा भइरहेको पुरुष क्रिकेटमा शनिवार त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर २ ले रोमाञ्चक जित हासिल गरेका छन्। बाँकेको कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई २७ रनले पराजित गर्‍यो। सुशन भारीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि आर्मीले दिएको ९६ रनको लक्ष्य पछ्याएको प्रदेश एक १९ ओभरमा ६८…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : पञ्जाव विरुद्ध सन्दीपले लिए ३ विकेट

    आइपीएल : पञ्जाव विरुद्ध सन्दीपले लिए ३ विकेट

    इन्डियन प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा सन्दीप लामिछानेले किंग्स एलेभेन पञ्जाव विरुद्ध ३ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सका लागि खेलिरहेका नेपाली लेगस्पिनर सन्दीपले आफ्नो ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिएका हुन्। उनले पञ्जावका दुवै ओपनर लोकेश राहुल र क्रिस गेलको विकेट लिए। यस्तै साम कुरानलाई कट एण्ड बोल्ड गरे।

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको ८ गतेको सत्याग्रह स्थगित, दोस्रो चरणको संघर्षको तयारी तीब्र

    राप्रपाको ८ गतेको सत्याग्रह स्थगित, दोस्रो चरणको संघर्षको तयारी तीब्र

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनका लागि बहस सुरु गरेको छ। हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, मुल्य वृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग राखी राप्रपाले पहिलो चरणको जनसंघर्ष शुरु गरेको थियो। आजको बैठकले पहिलो चरणको आन्दोलनमा सहयोग…

    विस्तृतमा पढ्नुस्

  • 'मोदीमाथि कमेडी फिल्म बन्नुपर्छ'

    'मोदीमाथि कमेडी फिल्म बन्नुपर्छ'

    अभिनेताबाट नेतामा रुपान्तरित बलिउड हिरोइन उर्मिला मातोड्करले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कमेडी फिल्म बन्नुपर्ने तर्क गरेकी छिन्। सरकार प्रमुखकका हैसियतमा मोदीले केही गर्न नसकेको टिप्पणी गर्दै उनले मोदीमाथि फिल्म बन्नुपर्ने विषय नरहेको बताइन्। फिल्म बन्ने हो भने त्यो कमेडी फिल्म हुनुपर्ने उनको तर्क छ। चुनाव लक्षित गरेर बलिउडमा यसपाला नरेन्द्र मोदीलाई फाइदा हुने गरी फिल्महरु निर्माण भए। तीमध्ये मोदीको जीवनीमा आधारित…

    विस्तृतमा पढ्नुस्

  • कंगना रनावत फेरि विवादमा, 'मेन्टल है क्या' फिल्मको विषयमा कडा विरोध

    कंगना रनावत फेरि विवादमा, 'मेन्टल है क्या' फिल्मको विषयमा कडा विरोध

    कंगना रनावतको फिल्म 'मेन्टल है क्या' चर्को विवादमा फसेको छ। मेन्टल है क्या फिल्मलाई लिएर धेरैले कंगनाविरुद्ध अभिव्यक्ति दिन थालेपछि उनकी बहिनी रंगोली चन्देलले ट्विटर मार्फत् त्यसको प्रतिरक्षा गरेकी छिन्। कंगनाको तर्फबाट भन्दै उनले 'मेन्टल है क्या' फिल्मले उठाएको विषयले सबैलाई गर्व महसुस गराउने दावी गरेकी छिन्। उनले यस्तो विषय बहस ल्याउनका लागि नै फिल्ममा समावेश गरेको जनाएकी छिन्। फिल्म…

    विस्तृतमा पढ्नुस्

  • अजय देवगान विरुद्ध तनुश्रीको #मिटू अभिव्यक्तिले बहिनी इसितालाई तनाव

    अजय देवगान विरुद्ध तनुश्रीको #मिटू अभिव्यक्तिले बहिनी इसितालाई तनाव

    बलिउड हिरोइन तनुश्री दत्ताले अजय देवगान विरुद्ध अभिव्यक्ति दिँदा उनकी बहिनी इसिता तनावमा छिन्। तनुश्रीले अजय देवगानको आउँदै गरेको फिल्म दे दे प्यार दे मा आलोकनाथलाई लिइएको विषयमा कडा टिप्पणी गरेकी थिइन्। आलोक नाथले यौन दुर्व्यवहार गरेको भन्दै तनुश्रीले कडा #मिटू अभियान नै छेडेकी थिइन्। यौन विवादमा मुछिएका उनलाई अजय देवगानले फिल्ममा लिएकोमा तनुश्रीको आपत्ती थियो। बलात्कारकै आरोप लागेका कलाकारलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell