PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

  • एथ्लेटिक्समा आशिसले जिते व्यक्तिगत दोस्रो स्वर्ण

    एथ्लेटिक्समा आशिसले जिते व्यक्तिगत दोस्रो स्वर्ण

    दाङ : दाङको बेलझुण्डीमा भइरहेको आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्समा एपीएफमा आशिस चौधरीले दोस्रो स्वर्ण जितेका छन्। सय मिटर दौडमा याम साजन सुनारलाई पछि पार्दै स्वर्ण जितेका आशिसले दुई सय मिटरमा शनिवार स्वर्ण जितेमा। उनले निर्धारित दूरी २१.८३ सेकेण्डमा पूरा गरे। यस्तै आर्मीका अभिषेक चौधरील २२.४६ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए। २२.५१ सेकेण्डमा दौड पूरा गरेका प्रदेश ४ का…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : म्यानमार विरुद्ध कप्तान विशालको उत्कृष्ट बलिङ, नेपाल ७ विकेटले विजयी

    एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : म्यानमार विरुद्ध कप्तान विशालको उत्कृष्ट बलिङ, नेपाल ७ विकेटले विजयी

    काठमाडौँ : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। आज भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको हो। म्यानमारले दिएको ५८ रनको लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको लागि ओपनर अर्जनु कुमालले नटआउट २६ रनको योगदान गरे। १५ बल खेलेका उनले ४ चौका प्रहार गरे। यस्तै सुबार ऐरले…

    विस्तृतमा पढ्नुस्

  • ब्याडमिन्टन : रत्नजितको दबदबा तोड्दै दिपेशले जिते स्वर्ण

    दाङ : नेपालको नम्बर वान ब्याडमिन्टन खेलाडी रत्नजितको दबदबा तोड्दै दोस्रो वरीयताका दिपेश धामीले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष एकलमा स्वर्ण जितेका छन्। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपीएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन्। दाङको घोराहीस्थित कभर्डहलमा शनिवार भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१-१६, २१-१४ को सोझो सेटमा पराजित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • जीतगढी किल्लामा जाँदै प्रधानमन्त्री, शालिक अनावरणको कार्यक्रम

    जीतगढी किल्लामा जाँदै प्रधानमन्त्री, शालिक अनावरणको कार्यक्रम

    बुटबल : प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन्। प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ। तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ। सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले…

    विस्तृतमा पढ्नुस्

  • भारत्तोलनमा एकै दिन ११ कीर्तिमान

    भारत्तोलनमा एकै दिन ११ कीर्तिमान

    नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भारत्तोलनमा एकैदिन ११ नयाँ कीर्तिमान बनेको छ। शुक्रवार भारत्तोलनको पहिलो दिनका खेलहरु नेपालगन्जमा भएको थियो। जहाँ महिलातर्फ रिता गुरुङ र संगिता राईले ३-३ कीर्तिमान बनाए। यस्तै पुरुषतर्फ तुलराम महतो र राजु चौधरीले २-२ कीर्तिमान रचे। रिता, तुलराम र राजु आर्मीका खेलाडी हुन्। भारत्तोलनमा आर्मीले पहिलो दिन ३ स्वर्ण जितेको हो। सबै चार खेलाडीले कीर्तिमानसहित…

    विस्तृतमा पढ्नुस्

  • पुरुष फुटबल : पुलिस र प्रदेश नं. २ विजयी

    पुरुष फुटबल : पुलिस र प्रदेश नं. २ विजयी

    नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देहीमा जारी पुरुष फुटबलमा विभागिय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। यो जितसंगै सुमह ‘ख’ मा पुलिस ६ अंकसहित पहिलो स्थानमा छ। शुक्रबार भएको खेलमा पुलिसले विभागिय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै जित निकालेको हो। यसैगरि शुक्रबार भएको अर्को खेलमा प्रदेश नं. २ ले…

    विस्तृतमा पढ्नुस्

  • शारीरिक सुगठन सम्पन्न

    शारीरिक सुगठन सम्पन्न

    बुटवल : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६औ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ। बुटवल ४ स्थित महेन्द्र सभा गृहमा सम्पन्न प्रतियोगितामा ५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सरोज सिँहले प्रथम हुदै स्वर्ण जितेका छन्। यसैगरि झापाका हर्कबहादुर राई दोस्रो हुदै रजत तथा कास्कीका मोती गुरुङ तेस्रो हुदै कास्यमा चित्त बुझाए। ६० केजी तौल समूहमा काठमाडौका आवाज प्याकुरेलले स्वर्ण…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : आर्मी ४५ स्वर्णसहित शीर्ष स्थानमा

    आठौँ राष्ट्रिय खेलकुद : आर्मी ४५ स्वर्णसहित शीर्ष स्थानमा

    नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीहरुले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा वर्चस्व बनाइरहेका छन्। प्रदेश पाँचमा भइरहेको प्रतियोगिता अन्तर्गत दशौँ दिनको खेलहरु सकिँदा त्रिभुवन आर्मी ४५ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ। आर्मीले ४५ स्वर्ण, ३१ रजत र २७ कास्यसहित कूल १०३ पदक जितिसकेको छ। यस्तै आर्मीलाई अन्य दुई विभागीय टोली नेपाल पुलिस र एपीएफले पछ्याइरहेका छन्। पुलिस २२…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : एथ्लेटिक्समा चन्द्रकलाको अर्को कीर्तिमान

    आठौँ राष्ट्रिय खेलकुद : एथ्लेटिक्समा चन्द्रकलाको अर्को कीर्तिमान

    नेपालगन्ज : आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा नेपाल प्रहरीकी चन्द्रकला लामगाडले अर्को कीर्तिमान बनाएकी छिन्। अघिल्लो दिन महिला सटपुटमा आफ्नैं कीर्तिमान सुधार गरेकी चन्द्रकलाले शुक्रवार महिला ज्याभ्लिन थ्रोमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जितिन्। दाङको बेल्झण्डीमा भइरहेको प्रतियोगितामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन्। एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४…

    विस्तृतमा पढ्नुस्

  • ब्याडमिन्टन : प्रिन्सलाई हराउँदै रत्नजित फाइनलमा, एपीएफका दुवै जोडी मिश्रित युगलको फाइनलमा

    ब्याडमिन्टन : प्रिन्सलाई हराउँदै रत्नजित फाइनलमा, एपीएफका दुवै जोडी मिश्रित युगलको फाइनलमा

    दाङ : नेपाल एपीएफका दुवै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा फाईनल प्रवेश गरेका छन्। एपीएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गर्न सफल भएका हुन्। श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६-२१, २१-९,२१-११ ले तथा गुरुङ र कठायतको जोडीले सेनाकै अनुमाया राई…

    विस्तृतमा पढ्नुस्

  • 'झुमा झुमा'को आकर्षणमा 'ट्वीनी गर्ल्स'

    'झुमा झुमा'को आकर्षणमा  'ट्वीनी गर्ल्स'

    काठमाडौं : 'झुमा झुम्केवाली'को सफलतापछि गायक प्रमोद खरेलले नयाँ गीत सार्वजनिक गरेका छन्। सार्वजनिक भएको नयाँ गीतको बोल हो 'झुमा झुमा'। म्यूजिक भिडियोको आकर्षणको केन्द्रमा टिकटकबाट चर्चामा आएका 'ट्वीनी गर्ल्स'(प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा) छन्। एक समय म्यूजिक भिडियोमा राज गरेका अभिनेता पल शाह पनि म्यूजिक भिडियोमा फिचर्ड छन्। हिमांशु रायमाझीले लेखेको गीतमा भिम बिसीको संगीत छ। उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन्। गीतलाई…

    विस्तृतमा पढ्नुस्

  • पुरुष क्रिकेट : प्रदेश १ र पुलिस विजयी, दिपेश कँडेलको उत्कृष्ट बलिङ

    पुरुष क्रिकेट : प्रदेश १ र पुलिस विजयी, दिपेश कँडेलको उत्कृष्ट बलिङ

    नेपालगन्ज : दिपेश कँडेलले घातक बलिङ गर्दै ४ विकेट लिएपछि आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा प्रदेश १ ले प्रदेश ३ लाई २० रनले पराजित गरेको छ। बाँकेको कोलहपुर क्रिकेट मैदानमा भएको समूह बी को खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले निर्धरित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो। प्रदेश १ का लागि कप्तान पुष्प…

    विस्तृतमा पढ्नुस्

  • राजकुमार पुडासैनीले स्वीकारे यौन दुर्व्यवहारको आरोप, थिएटरले गर्‍यो निलम्बन

    राजकुमार पुडासैनीले स्वीकारे यौन दुर्व्यवहारको आरोप, थिएटरले गर्‍यो निलम्बन

    यौन दुर्व्यवहारको आरोप लागेका रङ्गकर्मी राजकुमार पुडासैनीलाई उनी संलग्न वान वर्ल्ड थिएटरले निलम्बन गरेको छ। थिएटरमा उनी सह निर्देशक एवं वरिष्ठ कलाकारको रुपमा कार्यरत थिए। उनीविरुद्ध समाचार प्रकाशन पश्चात् थिएटरले पीडित पक्ष र पुडासैनीलाई प्रत्यक्ष छलफलमा बोलाएको थियो।  जारी विज्ञप्तीमा लेखिएको छ,'अनुचित व्यवहार भोगेका महिलाहरुमा मानसिक तनाव देखियो। त्यस्तै पुडासैनीको व्यवहार दुराचारयुक्त तथा पदको दुरूपयोग रहेको निष्कर्षमा वान वर्ल्ड थिएटर पुगेको छ।' पुडासैनीले…

    विस्तृतमा पढ्नुस्

  • आठ लाख खर्चेर बन्यो दोहोरी गीतको भिडियो

    आठ लाख खर्चेर बन्यो दोहोरी गीतको भिडियो

    'मान्छे फकाएर आफ्नो हुँदैन' बोलको दोहोरी गीत सार्वजनिक भएको छ। विष्णु माझी र बद्री पंगेनीको स्वर रहेको गीतमा विनोद वाजुरालीको शब्द तथा संगीत रहेको छ। भिडियोसहित रिलिज गीतको निर्माण आठ लाख बजेटमा तयार भएको निर्माण टिमले जनाए। जसान कलाकार दिलीप रायमाझी र एलीशा शर्मा फिचर्ड छन्। भिडियो कजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने उत्सव दाहाले खिचेका हुन्। यो म्युजिक भिडियोलाई स्टुडियो…

    विस्तृतमा पढ्नुस्

  • चकलेटी नायक आर्यन सिग्देललाई पुत्र लाभ

    चकलेटी नायक आर्यन सिग्देललाई पुत्र लाभ

    काठमाडौं : चकलेटी नायक आर्यन सिग्देललाई पुत्र लाभ भएको छ। वैशाख ६ गते बिहे गरेका आर्यन र सपना भण्डारीले उक्त मितिमा नै पुत्र लाभ पाएका हुन्। निर्देशक अमरदीप सापकोटाले समाजिक सञ्जाल फेसबुकमा आर्यनले छोरो काखमा लिँदै गरेको तस्वीर सार्वजनिक गरेका छन्।  चिरायु नेश्नल अस्पतालमा सपनाले २.९ केजी तौलको छोरा जन्माएकी हुन्। डाक्टर विनिता बस्नेतको टिमले उनको सिजेरियन डेलिभरी गराएको हो।  …

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा विवादित फिल्म 'कलंक'

    फ्राइडे रिलिजमा विवादित फिल्म 'कलंक'

    यो साता शुक्रबार प्रदर्शन अन्तर्गत बलिउड फिल्म 'कलंक' नेपाल प्रदर्शनमा छ। प्रतिक्षित यो फिल्म भारतमा बुधबार रिलिज भएको हो। नेपालमा भने शुक्रबार रिलिजको नियमविरुद्ध रिलिज अनुमति नदिने भन्दै चलचित्र विकास बोर्डले बुधबार प्रदर्शन रोक्यो। त्यसैले फिल्म शुक्रबार प्रदर्शनमा आएको हो। पछिल्लो समय यसै कारण फिल्म विवादमा पनि तानिएको थियो।  अभिषेक वर्मन निर्देशित यो फिल्म मल्टिस्टारर फिल्म हो। फिल्ममा माधुरी दिक्षित, संजय दत्त, आलिया…

    विस्तृतमा पढ्नुस्

  • पुरुष फुटबल : एपीएफले दुई गोलको अग्रता जोगाउन सकेन, प्रदेश ५ सँग पराजित

    पुरुष फुटबल : एपीएफले दुई गोलको अग्रता जोगाउन सकेन, प्रदेश ५ सँग पराजित

    नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ पराजित भएको छ। पुरुष फुटबल अन्तर्गत समूह ए को खेलमा प्रदेश नम्बर ५ ले एपीएफलाई ३-२ ले पराजित गरेको हो। खजुरास्थित डी गाउमा शुक्रबार भएको खेलमा एपीएफले २-० को अग्रता लिएपनि जोगाउन सकेन भने प्रदेश ५ ले उत्कृष्ट पुनरागमन गर्‍यो। प्रदेश ५ लाई जित दिलाउन पुर्ण बहादुर गुरुङ, विवेक पुन र…

    विस्तृतमा पढ्नुस्

  • भलिबल : एपीएफको दुवै टोली विजयी, आर्मीको पुनरागमन जित

    भलिबल : एपीएफको दुवै टोली विजयी, आर्मीको पुनरागमन जित

    नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला र पुरुष दुवै टिमले जित हात पारेका छन्। महिलातर्फ एपीएफले प्रदेश नम्बर ४ लाई तथा पुरुषतर्फ प्रदेश ५ लाई समान ३-० को सेटमा पराजित गर्‍यो। खजुरास्थित भलिबल एकेडेमीमा भएको खेलमा एपीएफको महिला टोलीले प्रदेश १ लाई २५-४, २५-९, २५-१० को सेटमा हरायो। यस्तै एपीएफको पुरुष टिमले प्रदेश ५ लाई…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी खरिद प्रकरणः अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

    वाइडबडी खरिद प्रकरणः अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला जहाज (वाइडबडी) बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई बोलाएको छ। सार्वजनिक सूचनामार्फत अख्तियारले जहाज बिक्रेता हाइफ्लाई एक्स आएरल्याण्डसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन भनेको हो। अख्तियारले एएआर इन्टरनेसनल आइएनसी वुड डेल, जर्मन एभिएसन क्यापिटल जिएमबिएम फ्र्यांकफर्ट जर्मनी, हाइ फ्लाई ट्रान्सपोर्ट एरोस एसए (हाइ फ्लाई एयरलाईन्स…

    विस्तृतमा पढ्नुस्

  • दश महिनाभित्र मुलुकभर नेपाल टेलिकमको फोरजी, साइट सर्भेको काम ६० प्रतिशत सकियो

    दश महिनाभित्र मुलुकभर नेपाल टेलिकमको फोरजी, साइट सर्भेको काम ६० प्रतिशत सकियो

    काठमाडौँः नेपाल टेलिकमले आउँदो दश महिनामा मुलुकभर फोरजी सेवा विस्तार गर्ने भएको छ। फोरजी सेवा विस्तारका लागि कम्पनीले टेण्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिकसकेको जनाएको छ। फोरजी एलटिइ (लङ टर्म इभोलुसन) सेवा एक वर्षभित्र सञ्चालनमा ल्याउनु कम्पनीको लागि चुनौतीको विषय रहेको प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन्। टेलिकमले कोर नेटवर्कको लागि चिनियाँ कम्पनी जेडटिइ कर्पोरेशनसँग सम्झौता भएको वैद्यले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell