नेपालगन्ज : विभागीय टोली त्रिभुवन आर्मी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा प्रदेश ५ लाई पेनाल्टीसुटआउटमा ३-१ ले पराजित गर्दै आर्मी स्वर्ण पदक नजिक पुगेको हो। आर्मीले अब आजै हुने नेपाल पुलिस र एपीएफ बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। नेपालगन्ज रंगशालामा निर्धारत समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि…
काठमाडौं: फिल्म 'वीर बिक्रम २'को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक गरिएका छ पोस्टरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन्। पोस्टरमा अभिनेता पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्धि तामाङ चित्रित छन्। जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार सुरु गरिसकेको छ। यसअघि फिल्मको प्रचार टार्गेट गरेर दुई गीत सार्वजनिक…
काठमाडौँः ठूला करदाता कार्यालयले गरेको कर निर्धारण प्रक्रिया नमिलेको भन्दै एनसलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। सोमबार दायर रिटको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। ठूला करदाताले सर्वोच्चको आदेश र आयकर ऐन विपरीत कर निर्धारण गरेको आरोप एनसेलको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेसी तोकिएको छ। सर्वोच्चले एनसेलको मागदाबी अनुसार आदेश जारी गरेमा कर भुक्तानी प्रक्रिया रोकिनेछ। करदाता कार्यालयले…
दिल्ली क्यापिटल्स् इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ। गएरातिको खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दौ दिल्ली शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा रहेको चेन्नाइको समान १४ अंक भए पनि रनरेटका आधारमा दिल्ली शीर्ष स्थानमा छ। दिल्लीभन्दा चेन्नाइले एक खेल कम खेलेको छ। दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ। चेन्नाइको १० खेलबाट १४ अंक छ। टस हारेर पहिले ब्याटिङ…
बाँके : नेपालको राष्ट्रिय खेल भलिबल अनी फुटबल र क्रिकेट चर्चित खेल। यी सबै खेल अहिले एकैपटक भइरहेको छ। त्यो पनि एउटै स्थानमा। आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ अन्तर्गत भइरहेको यी तीन वटै चर्चित खेलको सेमिफाइनलमा खेलहरु भने आज एकै दिन हुँदैछन्। फुटबल र भलिबलमा पुरुष र महिला दुवैको सेमिफाइनल हुँदैछ भने क्रिकेटमा पुरुषको सेमिफाइनलको खेल हुनेछ भने महिलाको फाइनल खेल…
दाङ : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङमा भइरहेको महिला क्रिकेटको फाइनलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर १ भिड्ने भएको छ। प्रदेश नम्बर १ राष्ट्रिय टिकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा खेलिरहेको छ। दाङ लमही क्रिकेट मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। टस जितेर व्याटिङ रोजेको सुदुरपश्चिम प्रदेशले २० ओभरमा ७ विकेट…
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा ५ नम्बर प्रदेश समूह क को विजेता बनेको छ। अन्तिम खेलमा ३ नम्बर प्रदेशसँग बराबरी खेल्दै ५ नम्बर प्रदेश समूह ‘क’को विजेता बनेको हो। यो समूहबाट यसअघि नै सेमिफाइनलमा पुगिसकेको एपीएफ समूह उपविजेता बनेको छ। सोमबार विहान भएको ५ नम्बर र ३ नम्बर प्रदेशबीचको खेल २-२ गोलमा टुंगिएको थियो।…
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भइरहेको भारोत्तोलन प्रतियोगितामा एकै दिन २० कीर्तिमान बनेको छ। भारोत्तोलनको अन्तिम दिनको प्रतिस्पर्धामा सोमवार भएको सात वटै तौल समूहमा कीर्तिमान बनेको हो। सात मध्ये ६ तौलसमूहको स्न्याच, क्लिन एण्ड जर्क र टोटल गरी तीनवटै क्याटेगोरीमा कीर्तिमान बन्दा एक तौल समूहमा भने स्न्याच र क्लिन एण्ड जर्कमा मात्र कीर्तिमान बन्यो। अन्तिम दिन महिला ८१ केजीमा…
बाँके : आठौंअन्तर्गत राष्ट्रिय करातेको पुरुष ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठले स्वर्ण जितेका छन्। फाइनलमा उनले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे। पुरुष ७५ केजीमुनि प्रहरीका गंगाराम कुश्वाहाले प्रदेश ५ का उमेश गुरुङलाई ५–३ तथा ६७ केजीमा प्रदेश ४ का नविन रसाइलीले एपीएफका सुवास घतानेलाई ९–१ ले हराउदै स्वर्ण जिते। महिला ४८ केजीमुनि आर्मीकी सन्नी तामाङले प्रदेश ३ की…
पोखरा :आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा त्रिभुवन आर्मी टिम च्याम्पियन भएको छ। सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरि च्याम्पियन बनेको हो । त्यसै गरि गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य…
बाँके : नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पिएन बनेको छ। दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा शसक्त प्रर्दशन गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो। त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको शसस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा चित्त बुझाउदा नेपाल पुलिस ३ स्वर्ण ५…
काठमाडौं: तीन नाट्य प्रस्तुतिसहित पाँचौ ‘लिटल थिएटर ग्यारेज’ सम्पन्न भएको छ। थिएटर मल–कीर्तिपुर रंगमञ्चद्वारा आयोजित कार्यशालमा अन्तर्गत निर्मित नाटकहरु ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ मञ्चन भएका हुन्। साथै बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलसहित ग्यारेज समापन भएको हो। राराहिल मेमोरियल स्कुलसँगको सहकार्यमा पुनःस्थापित थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला…
काठमाडौं : कलाकार राजनीतिमा आउनु नयाँ विषय होइन। हलिउडदेखि बलिउडका कलाकार कलाकारितासँगै राजनीतिमा उत्तिकै सक्रिय हुन्छन्। पछिल्लो समय नेपाली कलाकार पनि राजनीतितिर तानिएका छन्। अभिनेत्री करिश्मा मानन्धर र रेखा थापा यसका ज्वलन्त उदाहरण हुन्। कति कलाकारिता गर्दै त कतिले कलाकारिताबाट ब्रेक लिएर राजनीतिमा आएका छन्। तर राजनीतिको अनुभव बिना नै टिभीका कमेडीयन स्टार भोलोडिमियर जेलेनस्की युक्रेनको राष्ट्रपति पदमा निर्वाचित भएका…
प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने कार्यक्रम 'पलेँटी'मा योपटक कविता वाचन हुने भएको छ। नेपालयको आरशालामा पहिलोपटक छन्द कविता वाचन हुन लागेको हो। लेखक भूषिता वशिष्ठले कविता वाचन गर्नेछिन्। छन्द-पलेँटीलाई नेपाली साहित्यका अग्रज कविका कविताहरूको उत्सवका रुपमा मनाइने विज्ञप्तीमा जनाइएको छ। विशेषगरी सोमनाथ सिग्द्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा,माधवप्रसाद घिमिरे लगायत कविहरूका रचना समावेश हुनेछन्। साहित्यमा क्रियाशील भूषिता वशिष्ठले बेलावखत सामाजिक सञ्जालमार्फत कविता वाचन…
काठमाडौं : साउन ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म 'हजार जुनीसम्म'को नयाँ गीत सार्वजनिक भएको छ। संगीतकार राजनराज सिवाकोटीले लेखेको 'एमजी रोडैमा'बोलको गीत सार्वजनिक भएको हो। गीतमा राजनराजसँगै गायिका मेलिना राईको स्वर छ। गीतलाई पछिल्लो समय सिक्किममा भएको इनास अवार्डमा जाँदा राजनले यो गीत लेखेको बताए। उनले भने 'अवार्डका लागि सिक्किम पुग्दा एमजी रोडतिर पनि गइयो। रोड पनि यति सफा थियो कि गीतका…
बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह र नाथन दोर्जे शेर्पाले व्यक्तिगत तेस्रो स्वर्ण जितेका छन्। नेपालगन्जको सिग्नेट होटलमा भइरहेको पौडी अन्तर्गत त्रिभुवन आर्मीकी खेलाडी गौरिकाले ४०० मिटर फ्रिस्टयाल र एनआरएनएका नाथन दोर्जे शेर्पाले ४०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका हुन्। सोमवार बिहान भएको स्पर्धामा स्वर्ण जितपछि दुवैको व्यक्तिगत स्वर्ण संख्या ३ पुगेको छ। गौरिकाले…
दाङ : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको फु म्याराथनमा कृष्ण बस्नेत र राजपुरा पछाईले स्वर्ण जितेका छन्। सोमबार दाङको तुलसिपुरस्थित बेलझुण्डी रंगशालामा भएको म्याराथन पुरुषतर्फ नेपाली सेनाका कृष्ण र महिलातर्फ नेपाल पुलिसकी राजपुराले स्वर्ण जितेका हुन्। पुरुषतर्फ सेनाका कृष्ण बस्नेतले निर्धारित दूरी २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरे। यस्तै कर्णाली प्रदेशका दुर्गा बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै…
काठमाडौं : 'मिस नेपाल पिस २०१९' (मिस नर्स) छैठौं संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छिन्। २२ वर्षिया प्रसाईंले ओम हेल्थ कलेजबाट बिएससी सकाएकी हुन्। उनले शीर्षसहित ब्युटी विथ ब्रेनको उपाधि जितेकी हुन्। उनले उपहारमा नगद रु ५० हजार प्राप्त गरेकी हुन्। प्रतियोगितामा रोशनी शाही फस्ट रनर्स अपसहित फोटोजेनिक, आकृति मानन्धर सेकेन्ड रनर्स अप भए। दुवैले क्रमश नगद ३० हजार र…
काठमाडौँः कर निर्धारण प्रक्रियाविरुद्ध एनसेल सर्वोच्च पुगेको छ। गत साता भएको कर निर्धारण नमिलेको भन्दै एनसेल सर्वोच्चमा पुगेको हो। कर निर्धारण कानुनसम्मत नभएको दाबी गर्दै एनसेलले रिट दर्ता गरेको छ। एनसेलका तर्फबाट रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठले सर्वोच्चमा निवेदन लिएर पुगेका हुन्। ठूला करदाता कार्यालयले वैशाख ३ गते ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण…
काठमाडौँः काठमाडौँबाट सोलुखुम्बुको फाप्लुका लागि उडेको तारा एयरको ड्रोनियर जहाज मौसम खराब भएपछि मन्थली विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ। मौसम खराब भएपछि मन्थली डाइभर्ट गरिएको जहाज बिहान करिब ९ः३८ मा अवतरणका क्रममा चिल्लिएर घाँसे मैदानमा पुगेको हो। दुर्घटनामा विमानको अघिल्लो भागमा क्षति पुगेको छ। नाइन एन एकेके कलसाइन रहेको जहाजमा १४ विदेशी र तीन चालक दलका सदस्य थिए। चालक दलका…