PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • वाइडबडी जहाजले निगम संकटमाः ऋणको किस्ता तिर्न सकेन, असारसम्म 'हेरिदिन' कोषलाई आग्रह

    वाइडबडी जहाजले निगम संकटमाः ऋणको किस्ता तिर्न सकेन, असारसम्म 'हेरिदिन' कोषलाई आग्रह

    काठमाडौँ दुईवटा वाइडबडी जहाज किन्दा लिएको ऋणको सावाँ तथा ब्याज तिर्न नेपाल वायुसेवा निगम असफल भएको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ तथा ब्याजको किस्ता तिर्न निगम असफल भएको हो। निगमले पुस मसान्त (सोमबार) सञ्चय कोषलाई वाइडबडी जहाज खरिदमा लिएको सावाँ र ब्याजको त्रैमासिक किस्तास्वरुप ४० करोड २३ लाख रुपैयाँ बुझाउनुपर्ने भए पनि एक रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • पुरातात्विक सम्पदाको पुनःनिर्माण परम्परागत शैलीमाः प्रधानमन्त्री

    पुरातात्विक सम्पदाको पुनःनिर्माण परम्परागत शैलीमाः प्रधानमन्त्री

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन्। एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ।” सरकार २०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिको पुनःनिर्माणमा जुटेको उल्लेख गर्दै उनले कोही पनि भूकम्पपीडित…

    विस्तृतमा पढ्नुस्

  • शिलान्यासको ६ वर्षसम्म पनि बनेन पुल

    परासीः पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन। सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ। वर्षातमा खोला तर्दा जोखिम हुन्छ। सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको ज्यान गइसकेको छ। विसं २०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदेयश त्रिपाठीले उक्त पुलको शिलान्यास गरेका थिए। ठेकेदारको…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी-२० स्म्यास : थाइल्याण्ड ए लाई ९ विकेटले हराउँदै नेपाल समूह विजेता

    वुमन्स टी-२० स्म्यास : थाइल्याण्ड ए लाई ९ विकेटले हराउँदै नेपाल समूह विजेता

    काठमाडौँ : डेब्यु खेलाडी आरती बिडारीसहित बलरहरुले घातक बलिङ गरेपछि वुमन्स टी २० स्म्यास क्रिकेटमा  नेपालले थाइल्याण्डको ए टिमलाई ९ विकेटले पराजित गरेको छ। थाइल्याण्ड ए ले दिएको २० रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। ब्याटिङ अर्डरमा केही परिवर्तन गरेको नेपालको लागि ममत चौधरीले ओपनिङ गर्दै सर्वाधिक ८ रन बनाइन्। ८ बल खेलेकी ममताले १…

    विस्तृतमा पढ्नुस्

  • दिदीबहिनी कप महिला भलिबल माघ अन्तिम साता

    दिदीबहिनी कप महिला भलिबल माघ अन्तिम साता

    काठमाडौं : रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको आयोजनामा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ अन्तिम सातादेखि हुने भएको छ। आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म हुने जानकारी दिएको हो। ११औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं वार्षिकोत्सवको भलिबल हुन लागेको हो। महोत्सव भने माघ २५ देखि फागुन ५ गतेसम्म…

    विस्तृतमा पढ्नुस्

  • एमएम कप क्रिकेट : विक्रम ठगुन्नाको ह्याट्रिक, प्रदेश नम्बर ७ को फराकिलो जित

    एमएम कप क्रिकेट : विक्रम ठगुन्नाको ह्याट्रिक, प्रदेश नम्बर ७ को फराकिलो जित

    सुनसरी : विक्रम ठगुन्नाले ह्याट्रिक विकेट लिएपछि प्रदेश नम्वर ७ ले मनमोहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलवार भएको समूह सी को खेलमा प्रदेश नम्बर ५ लाई ११८ रनले पराजित गरेको छ। सुनसरीस्थित इनरुवा क्रिकेट मैदान पहिले ब्याटिङ गर्दै प्रदेश ७ ले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो। प्रदेश ७ का लागि लोकेश बमले सर्वाधिक ६८ तथा…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल : नेपाल पुलिस र प्रदेश नम्बर ३ समूह विजेता बन्दै क्वाटरफाइनलमा

    महिला भलिबल : नेपाल पुलिस र प्रदेश नम्बर ३ समूह विजेता बन्दै क्वाटरफाइनलमा

    पोखरा : विभागीय टोली नेपाल पुलिस र प्रदेश नम्बर ३ दोस्रो सभामुख कप राष्ट्रिय भलिबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। दुई टोली मात्र रहेको दुई फरक समूहमा जित हात पार्दै यी दुई टोलीले अन्तिम आठमा स्थान बनाएका हुन्। यस्तै अर्को विभागीय क्लब एपीएफले पनि विजयी सुरुवात गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा आजबाट सुरु प्रतियोगिताको समूह समूह डी अन्तर्गत पुलिसले गण्डकी…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्स दाहाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन उपाधि

    प्रिन्स दाहाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन उपाधि

    काठमाडौँका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तर्राष्ट्रि आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन्। मंगलवार भएको फाइनलमा सेनाका प्रफुल महर्जनलाई २१-१३, २१-१३ ले पराजित गर्दै प्रिन्सले उपाधि जितेका हुन्। प्रिन्सले जितेको दुई हप्ता भित्र यो दोश्रो अन्तराष्ट्रिय उपाधि हो। उनले हालै विराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पनि यू-१९ र यू-१५ दुवैतर्फको उपाधि जितेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • विश्व विजेता महेश्वर सम्मानित

    विश्व विजेता महेश्वर सम्मानित

    काठमाडौं : काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको छ। सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मान पत्र र नगद ५१ हजार रुपैयाँसहित मंगलवार सम्मान गरे। थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक…

    विस्तृतमा पढ्नुस्

  • मगर समुदायको टुँडिखेलमा मकर संक्रान्तिको रौनक

    मगर समुदायको टुँडिखेलमा मकर संक्रान्तिको रौनक

    काठमाडौः राजधानीमा रहेका मगर समुदायले मंगलवार राजधानीको टुँडिखेलमा मकर संक्रान्ति मनाएका छन्। टुँडिखेलमा पर्व मनाउन मगर युवा र युवतीहरु आफ्नो मौलिक पहिचान झल्कने भेषभुषासाथ उपस्थित थिए। बुलाकी, झुम्का र शिरमा शिरबिन्दी लगाएर अनि गन्यू र चोलोमा सजिएका युवतीहरु टुँडिखेलमा देखिन्थे। हेर्नुस् फोटो-

    विस्तृतमा पढ्नुस्

  • चोभारमा हुँदै 'रे'को छायाँकन

    चोभारमा हुँदै 'रे'को छायाँकन

    काठमाडौं : फिल्म 'रे'का छायाँकन तस्वीर सार्वजनिक भएका छन्। एक समय चोभारमा नेपाली फिल्मको अत्याधिक छायाँकन हुने गर्थ्यो। अहिले 'रे'को छायाँकन चोभारमा भइरहेको छ। फिल्मको द्वन्द्व दृश्यको छायाँकन त्यहाँ भएको छ। फिल्मका लागि कुमार श्रेष्ठ र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका हुन्। फिल्मका कलाकार सुनिल थापा, दिवस धिताल, सुजता थापा, क्रान्ती बराइलीले द्वन्द्व दृश्यका लागि अभिनय गरेका छन्। ललितपुरको मछेन्द्र नारायण जात्रा,…

    विस्तृतमा पढ्नुस्

  • कोहलीको शतकमा भारत ६ विकेटले विजयी, मार्सको शतक काम लागेन

    कोहलीको शतकमा भारत ६ विकेटले विजयी, मार्सको शतक काम लागेन

    कप्तान विराट कोहलीको शतक मद्दतमा भारतले दोस्रो एकदिवसीयमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ। २९९ रनको लक्ष्य पछ्याउने क्रममा भारतका लागि कप्तान कोहलीले शतक तथा महेन्द्र सिंह धोनीले अर्धशतक प्रहार गरे। अष्ट्रियाका लागि शन मार्सले शतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। भारतको जितपछि सिरिज १-१ को बराबरी भएको छ। पहिलो एकदिवसीय अष्ट्रेलियाले जितेको थियो। तेस्रो तथा निणायक एकदिवसीय खेल…

    विस्तृतमा पढ्नुस्

  • आशिरमानपछि आयुष्मानसँग 'सानो मन'मा देखिँदै शिल्पा

    आशिरमानपछि आयुष्मानसँग 'सानो मन'मा देखिँदै शिल्पा

    काठमाडौं : फिल्म 'सानो मन' बन्ने घोषणा भएको छ। सुयोग गुरुङले निर्देशन गर्ने फिल्म माघ ७ गतेदेखि छायाँकनमा जाने भएको हो। फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्केको मुख्य अभिनय रहनेछ। म्यूजिकल लभस्टोरीमा बन्ने फिल्ममा गौरी मल्ल, शिशिर वाङ्देल, विशाल पहारी, रश्मी भट्टलगायतको अभिनय रहेनेछ। फिल्मको छायाँकन काठमाडौं, हङकङ र मकाउमा गरिनेछ। फिल्ममा समिर सुनवार र निर्देशक गुरुङको कथा,…

    विस्तृतमा पढ्नुस्

  • कुवेतमा एक वर्षमा १२ महिलासहित ४८ नेपालीको मृत्यु 

    कुवेतमा एक वर्षमा १२ महिलासहित ४८ नेपालीको मृत्यु 

    काठमाडौं : गत वर्ष वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४८ जना नेपालीको मृत्यु भएको छ।  वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका उनीहरुको २०१८ मा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।  हृदयघात, विभिन्न रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटनाका कारण ३६ जना पुरुष र १२ महिलाको मृत्यु भएको दूतावासले जनाएको छ। जसमा १७ जनाको प्राकृतिक (सुतेको सुत्यै) मृत्यु, ९ बिरामी…

    विस्तृतमा पढ्नुस्

  • क्यामरुनी क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा

    क्यामरुनी क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा

    धनगढी : खेलको पहिलो मिनेटमै विदेशी खेलाडी एलन म्याक्सवेलले गरेको गोल मद्दतमा संकटा तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा मंगलवार भएको खेलमा संकटाले क्यामरुनी क्लब डाफिनास फेमिली क्लबलाई १-० ले पराजित गरेको हो। संकटाले अब फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिससँग सेमिफाइनलमा खेल्नेछ। पुलिसले क्वाटरफाइनलमा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै अन्तिम चारमा…

    विस्तृतमा पढ्नुस्

  • कसले जिते 'मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल २०१९'?

    कसले जिते 'मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल २०१९'?

    काठमाडौं :  'मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल २०१९' को उपाधी ओजस्वी श्रेष्ठ र पुस्कर अधिकारीले जितेका छन्। प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा अंकिता थापा र कोमल कुँवरले फस्ट रनर्स अप, रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधी जिते। प्रतियोगितामा १८ जना प्रतियोगीहरु सहभागी थिए। मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको…

    विस्तृतमा पढ्नुस्

  • रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने मुक्तिखबर डटकमका सञ्चालक पक्राउ

    रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने मुक्तिखबर डटकमका सञ्चालक पक्राउ

    काठमाडौँ : विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना(न्यौपानेको) चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मुक्तिखबर डटकमका सञ्चालक श्याम रोकालाई पक्राउ गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। पक्राउ परेका रोका विरुद्ध प्रहरीले विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अगाडि बढाएको छ। रञ्जु दर्शनाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकि थिइन।

    विस्तृतमा पढ्नुस्

  • शुभाजन दवा श्रेष्ठको कथामा बन्यो गीत ‘थोरै सास’

    शुभाजन दवा श्रेष्ठको कथामा बन्यो गीत ‘थोरै सास’

    काठमाडौं :  गायक शान भुषालको नयाँ गीत सार्वजनिक भएको छ। कपिलराज गिरीको शब्द रहेको ‘थोरै सास’बोलको गीतमा शानकै संगीत र स्वर छ। यो गीतले वास्तविक कथा बोलेको छ। शुभाजन दवा श्रेष्ठको कथामा यो गीत बनेको छ। क्यान्सर रोगसँग लड्न उनले गरेका संघर्ष र बाँच्ने आशालाई गीतको भिडियोमा देखाउन खोजेको छ। गीतको भिडियो विकास बराइलीले छायाँकन गरेका हुन्।    

    विस्तृतमा पढ्नुस्

  • पुस फासफुस, आजका लागि चाकुको यस्तो कारोबार

    पुस फासफुस, आजका लागि चाकुको यस्तो कारोबार

    काठमाडौं : आज संक्रान्ति। घ्यू - चाकु र तरुल आजको विशेष परिकार। काठमाडौंका बजारमा चाकुको खपत ह्वात्तै हुन्छ आजका दिनका लागि। बिहानदेखि साँझसम्म घ्यू चाकु खाने परम्परा छ। राजधानीका सडकमा आजका लागि हिजो यसरी राखिएको थियो चाकु र लड्डुहरु: 

    विस्तृतमा पढ्नुस्

  • सरकारी डाक्टरको विरुद्धमा गैरसरकारी डाक्टर : सिण्डिकेट लगाउन खोजेको आरोप

    सरकारी डाक्टरको विरुद्धमा गैरसरकारी डाक्टर : सिण्डिकेट लगाउन खोजेको आरोप

    काठमाडौं : सरकारी डाक्टरले स्वास्थ्य क्षेत्रमा सिन्डिकेट लगाउन खोजेको भन्दै गैरसरकारी चिकित्सक संघले आरोप लगाएको छ।  सरकार र सरकारी चिकित्सक संघबीच सोमबार ८ बुँदे सहमति भएको थियो। उक्त सहमतिमा भएका दुई बुँदाको विरोध गर्दै गैरसरकारी चिकित्सकले सरकारी डाक्टरले स्वास्थ्य क्षेत्रमा सिन्डिकेट लगाउन खोजेको आरोप लगाएका हुन्। गैरसरकारी चिकित्सक संघले विज्ञप्ति जारी गर्दै सहमतिको बुँदा नम्बर ४ र ६ प्रति पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell