काठमाडौं : सुविन भट्टराईको उपन्यास 'समर लभ'मा आधारित फिल्म 'समर लभ'को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले माघ २५ गतेदेखि फिल्म प्रदर्शन गर्ने टार्गेट राखेको छ। टिमले हालै फिल्मको फस्ट लुक पनि सार्वजनिक गर्यो। फस्ट लुकमा फिल्मका मुख्य कलाकार सुरजसिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन्। आशिष र रेवतीको यो डेब्यू फिल्म हो। आशिषले मोडलिङबाट फिल्ममा प्रवेश गरेका…
काठमाडौँः आइतबार दिउँसो उदयपुरको रौतामाई गाउँपालिकामा ३ मा मृत अवस्थामा फेला परेकी १३ वर्षीय बालिका एल्जिना खड्काको घटना रहस्यमय बन्दै गएको छ। शव फेला परेको २४ घण्टा हुन लाग्दा पनि प्रहरीले बालिकाको हत्याको कारण पत्ता लगाउन सकेको छैन। आइतबार दिउँसो रौतामाइ गाउँपालिका ३ की १३ वर्षीय किशोरी एल्जिनाको शव नजिकैको जंगलमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको स्थानीयको आशंका भए…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको दुई सातापछि आइतबार मन्त्रिपरिषद् बैठक बस्यो। प्रधानमन्त्रीको सरकारी निवासका अबेरसम्म चलेको बैठकले के–के निर्णय गर्यो भन्ने औपचारिक रुपमा सार्वजनिक भएनन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने ‘आवश्यक निर्णयहरु गरिएको छ र समय क्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना भयो। यसअघि निर्णय सार्वजनिक गर्ने गरिएको थियो। सरकारका…
काठमाडौँः प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त भएका छन्। मन्त्रिपरिषदको आइतबारको बैठकले पूर्वसांसद् समेत रहेका भट्टराईलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। औपचारिक रुपमा निर्णय भने सार्वजनिक भएको छैन। नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका भट्टराई यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहिसकेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा भट्टराई काठमाडौँ ४ बाट पराजित भएका थिए। ०७० को संविधानसभामा…
काठमाडौँः अब दसैँसहित अन्य राष्ट्रिय चाडपर्वमा पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार, बैंकिङ कार्यालय थापाथलीसहित अन्य क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिने भएको हो। दसैँमा मात्र नयाँ नोट वितरण गर्दा लामो लाइन लाग्ने गरेको र सर्वसाधारणबाट नयाँ नोट पाइन भन्ने गुनासो कहिले नघटेपछि अन्य चाडपर्वमा पनि वितरण…
इटालियन सिरी ए अन्तर्गत गएराती भएको दुई ठूला क्लबको भिडन्तमा युभेन्ट्स विजयी भएको छ। लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले दश खेलाडीमा झरेको एसी मिलानलाई २-० ले पराजित गर्दै शीर्ष अंक दुरी बढाउन सफल भएको छ। युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दा मिलानका गोल्जालो हिग्वेनले भने रातो कार्ड खाँदै मैदान छाड्नुपर्यो। दुवै खेलाडी यस अघि रियल मड्रिडबाट सँगै खेल्ने गर्थे। हिग्वेन…
स्पानिस ला लिगामा गएराती भएको खेलमा सेभिया र रियल मड्रिड विजयी भएका छन्। स्पानयोलाई २-१ ले पराजित गर्दै सेभिया अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। यस्तै सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको रियल भने छैटौँ स्थानमा यथावत छ। घरेलु मैदानमा सेभियाले अन्तिम ३० मिनेटमा दुई गोल गर्दै खेल जितेको हो। पहिलो हाफमा एक गोलले पछि परेको सेभियाले दोस्रो हाफमा पुनरागमन…
कावासोतीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ। दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ…
काठमाडौँः संविधानको परिकल्पना अनुसार संवैधानिक आयोग गठन नभए पनि सरकारले आयोगको सचिवालय सचिव भने तोकेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सचिवका रुपमा कामकाज गर्नेगरि ६ सहसचिवलाई सचिव तोकेको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार राष्ट्रिय दलित आयोग, समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग तथा थारु आयोगमा सचिव तोकिएका हुन्। संघीय मामिला तथा…
गाईघाटः वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन्। उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको बताइएको छ। स १ त ५८५० नंको…
विराटनगरः मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चौकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिएको जानकारी अनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपति पक्राउ परेका हुन्। यसरी पक्राउ पर्नेहरुमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५०…
धनुषाः धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ। सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित खातुनले आफूलाई छ जना स्थानीयवासीले बोक्सीको आरोप लगाउँदै निर्ममतापूर्वक कुटपिट गरेको भन्दै जाहेरी दिएकी छन्। स्थानीय रहिमन कवारीकी पत्नी खैतुन खातुन, जुमरात…
काठमाडौँः महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले वैदेशिक रोजगारीमा फसेको पैसा उठाइदिन्छु भनी महाशाखाको नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर ठगी गर्ने सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नारायण अधिकारी भन्ने नारायण विश्वकर्मालाई कात्तिक २१ गते पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। वैदेशिक रोजगारमा मकाउ जानका लागि कृष्ण चौधरीले विचौलिया खुश्वु गुरुङलाई रकम बुझाएकामा…
काठमाडौँ : सिएमजी क्लब संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ। दश खेलाडीमा झरेर पनि विदेशी खेलाडी सेड्रिक अबाले दोस्रो हाफमा दुई गोल गरेपछि संकटाले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको हो। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा म्यासक्वेल १८औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि संकटा दश खेलाडीमा झर्यो। एक खेलाडी कम…
काठमाडौँ : नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा काठमाडौँमा दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्ससँग नेपालका युवा खेलाडीहरुले प्रशिक्षण लिदैछन्। 'राइज अफ द क्रिकेटिङ स्टार्स विथ जोन्टी रोड्स' नाम दिइएको उक्त हाइ परफरमेनस क्याम्पमा नेपालका यू-१६ र यू-१९ लेभलका खेलाडीहरुको सीप विकासको लागि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। रोड्स दक्षिण अफ्रिकाका पूर्व खेलाडी हुन भने इन्डियन प्रिमियर लिग मा…
काठमाडौँ : दक्षिण अफ्रिकाका क्रिकेट हस्ती, विश्व क्रिकेटको लिजेण्ड्री फिल्डर जोन्टी रोड्स पहिलो पटक नेपाल आइपुगेका छन्। उनी यहाँ क्रिकेट खेल्न नभई क्रिकेट कला सिकाउन आएका हुन्। नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा हुन लागेको दश दिनको हाइ परफरमेन्स क्याम्पमा नेपाली खेलाडीलाई प्रशिक्षण दिन उनी शनिवार नेपाल आइपुगेका हुन्। र उनलाई सोमवार आयोजकले औपचारिक रुपमा सार्वजनिक गरेको थियो।…
काठमाडौं : आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाँदैछन्। यही नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीको प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य लक्ष्मण कार्की रहेका छन्। प्रतियोगितामा ६० बढी राष्ट्रको…
काठमाडौँ : पहिलो पटक ओलम्पिक फुटबलको छनोट प्रतियोगितामा सहभागिता जनाएको नेपालले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गर्यो। यद्यपी दुवै खेलमा नेपालले अग्रता लिएर पनि बराबरीमा चित्त बुझाउनुपर्यो। सन् २०२० मा जापानमा हुने ओलम्पिकको महिला फुटबल अन्तर्गत एसियन जोनको पहिलो चरणको छनोटमा प्रतिस्पर्धा गरेको नेपालले भारत र घरेलु ६ली म्यानमारसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो। दुइवटै खेलमा नेपालले सुरुमै…
बार्सिलोनाका कप्तान लियोनल मेसीले स्पानिस ला लिगा पहिलोको भन्दा प्रतिस्पर्धात्मक भएको बताएका छन्। स्पानिस पत्रिका मार्काले प्रदान गर्ने ला लिगाको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड पाएपछि मेसीले ला लिगा अहिलेसम्मकै प्रतिस्पर्धात्मक बनेको प्रतिक्रिया दिएका हुन्। 'लिग अहिलेसम्मकै सबैभन्दा प्रतिस्पर्धात्मक बनिरहेको छ, केही सजिलो छैन। कुनै पनि टिमले कुनै पनि टिमलाई हराउन सक्छ र म आशा गर्छु केही समयका लागि…
प्रिमियर लिग अन्तर्गत आइतबार भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी विजयी भएको छ। घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको हो। जितपछि सिटी शीर्ष स्थानमै फर्किएको छ। आइतबारै भएको खेलमा फुलह्यामलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको थियो। युनाइटेडललाई हराउँदै सिजनको दशौँ खेल जितेको सिटीले १२ खेलबाट ३२ अंक जोडेको छ भने समान खेलबाट लिभरपुलको ३०…