PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • मिस वर्ल्ड ‘हेड टु हेड च्यालेन्ज’का लागि मिस नेपाल परिन् समूह १३ मा

    मिस वर्ल्ड ‘हेड टु हेड च्यालेन्ज’का लागि मिस नेपाल परिन् समूह १३ मा

    मिस वर्ल्डको ६८ औं संस्‍करण चीनको सान्यामा हुँदैछ। एक सय बीस देशका प्रतिस्पर्धी रहेका सौन्दर्य प्रतियोगितामा ६-६ जना रहेको २० वटा समूहमा विभाजन गरिएको छ। पहिलो चरणमा यी प्रतिस्पर्धीहरु ‘हेड टु हेड’ च्यालेन्ज गर्नेछन्। हरेक समूहका सदस्यको परिचयात्मक भिडियो र कुनै विषयमाथि उनीहरुले राखेको अभिव्यक्तिका आधारमा अर्को चरणका लागि छानिने छन्। ६ जनामध्ये एक भने पब्लिक भोटका आधारमा विजेता घोषित…

    विस्तृतमा पढ्नुस्

  • क्यानडाका करी वालेसले जिते 'याक अट्याक'को उपाधी

    क्यानडाका करी वालेसले जिते 'याक अट्याक'को उपाधी

    काठमाडौँ : क्यानडाका करी वालेसले याक अट्याक २०१८ साइक्लिङको उपाधि जितेका छन्। उच्च हिमाली क्षेत्रमा आयोजना हुने यस अन्तर्राष्ट्रिय स्तरको साइक्लिङमा उनले नेपाली खेलाडीलाई पछि पार्दै लगातार तेस्रो पटक च्याम्पियन बनेका हुन्। लमजुङको बेसीसहरबाट सुरु भएको उक्त प्रतियोगिता मनाङको ताल, थोराङफेदी, मुस्ताङको कागवेनी हुँदै तातोपानी पुगेर टुंगिएको थियो। पाँच दिनसम्म चलेको उक्त प्रतियोगिताको १८५ किलोमिटर दूरीले उनले १२ घण्टा ३० मिनेट ५० सेकेन्डमा…

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पी बर्थ डे हरिवंश : मदनकृष्ण श्रेष्ठले भने - 'हरिवंशजस्तो पार्टनर पाउनु भाग्यको कुरा'

    ह्याप्पी बर्थ डे हरिवंश : मदनकृष्ण श्रेष्ठले भने - 'हरिवंशजस्तो पार्टनर पाउनु भाग्यको कुरा'

    काठमाडौं : आज हरिवंश आचार्यको ६१ औं जन्मदिन हो। गत वर्ष फिल्म 'सत्रुगते'सँगै जन्मदिन मनाएका उनले यस वर्ष पनि फिल्म टिमसँगै जन्मदिन मनाए। मह संचारकै प्रस्तुतीमा बन्ने फिल्म 'दाल भात तरकारी'को युनिटसँग जन्मदिन मनाएका हुन्। उनलाई फिल्म निर्देशक सुदन केसी, अभिनेता पुष्प खड्का, आँचल शर्मा, किरण केसी लगायतले शुभकामना दिए। हरिवंशलाई जन्मदिनको शुभकामना दिने लहरमा उनका मित्र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित थिए।…

    विस्तृतमा पढ्नुस्

  • छायाँकन लम्बिँदा 'बीर बिक्रम २' का प्राविधिकलाई असर

    छायाँकन लम्बिँदा  'बीर बिक्रम २' का प्राविधिकलाई असर

    काठमाडौं : अभिनेता आकाश श्रेष्ठले मिलन चाम्सको फिल्म 'बीर बिक्रम २' छाडेका छन्। हजुरबुवाको स्वास्थ्य स्थिति कमजोर भएपछि उनले परिवारलाई समय दिन फिल्म छोडेका बताएका छन्। निर्माण टिम कात्तिक २६ गते नै फिल्म छायाँकनमा जानुपर्ने थियो। तर, अब भने मंसिर ३ गतेबाट फिल्मको छायाँकन सुरु हुने निर्माण टिमले जनाइएको छ। यसरी योजना गरेको समयमा फिल्म छायाँकनमा जान नपाउँदा फिल्मलाई असर गरेको…

    विस्तृतमा पढ्नुस्

  • किरण केसी : 'आँचल मह संचारकी छोरी'

    किरण केसी : 'आँचल मह संचारकी छोरी'

    काठमाडौं : मह संचारको प्रस्तुतिमा फिल्म 'दाल भात तरकारी'को सुभ मुहूर्त गरिएको छ। फिल्मको छायाँकन शनिबारबाट सुरु हुने निर्माण टिमले जनाएको छ। फिल्मलाई हाँस्य कलाकार किरण केसी 'रातामकै'का छोरा सुदन केसीले निर्देशन गर्नेछन्।   सुदनले यसअघि हलिउडका २ फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्। पछिल्लो समय फिल्मका लागि अभिनेत्री स्वस्तिमा खड्का फाइनल भएकी थिइन्। हालै स्वस्तिमाले फिल्म छोडेपछि फिल्ममा आँचल…

    विस्तृतमा पढ्नुस्

  • एमनेस्टीले फिर्ता लियो म्यानमारकी नेतृ सू’चीलाई दिएको सर्वोच्च सम्मान

    एमनेस्टीले फिर्ता लियो म्यानमारकी नेतृ सू’चीलाई दिएको सर्वोच्च सम्मान

    एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सू चीलाई दिएको सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्साइन्स अवार्ड’ फिर्ता लिएको छ।  नोबेल पुरस्कार विजेता समेत रहेकी सू चीलाई सन् २००९ मा एमनेस्टीले उक्त अवार्ड दिएको थियो। प्रजातान्त्रिक आन्दोलनका क्रममा घरमै नजरबन्द रहेको बेला उक्त अवार्ड दिइएको थियो। एमनेस्टीले रोहिंग्या अल्पसंख्यकप्रति उनको व्यवहारले निराश बनाएको भन्दै उक्त अवार्ड फिर्ता लिएको हो। नोभेम्बर १२ मा उक्त…

    विस्तृतमा पढ्नुस्

  • छठको अवसरमा प्रधानमन्त्रीको भिडियो सन्देशः सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने विश्वास

    छठको अवसरमा प्रधानमन्त्रीको भिडियो सन्देशः सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने विश्वास

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। छठको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक समुदायमा मात्र सीमित रहेको पर्वलाई सबै समुदायले उल्लासपूर्वक मनाइनु खुसीको कुरा भएको बताएका छन्। शुभकामना सन्देशमा भनेका छन् ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ। यसले जात, धर्म…

    विस्तृतमा पढ्नुस्

  • छठको मुख्य दिन आजः अस्ताउँदो सूर्यलार्इ अर्घ दिई मनाइँदै, तराई मात्र होइन पहाडमा पनि उल्लास

    छठको मुख्य दिन आजः अस्ताउँदो सूर्यलार्इ अर्घ दिई मनाइँदै, तराई मात्र होइन पहाडमा पनि उल्लास

    काठमाडौंः अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर आज छठ पर्व विशेष उल्लासका साथ मनाइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज प्रमुख दिन हो। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि सुरु भएको हो।  द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको धार्मिक मान्यता रहेको छ। उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको…

    विस्तृतमा पढ्नुस्

  • सान्टियागो सोलारी नै रियल मड्रिडको स्थाई प्रशिक्षक नियुक्त

    सान्टियागो सोलारी नै रियल मड्रिडको स्थाई प्रशिक्षक नियुक्त

    स्पानिस जायन्ट रियल मड्रिडले अन्तरिक प्रशिक्षक सान्टियागो सोलारीलाई नै क्लबको स्थाई प्रशिक्षक नियुक्त गरेको छ। स्पानिस फुटबल एसोसिएसनले ला लिगा क्लब रियलबाट सोलारीको सम्झौता पत्र पाइसकेको जनाएको छ। तर क्लबले भने औपचारिक घोषणा गर्न बाँकी छ। अक्टोवर २९ मा मुख्य प्रशिक्षक युलेन लोपेटगुईलाई बर्खास्त गरेपछि रियलले सोलारीलाई सिनियर टिमको अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो। यस बीचमा सोलारीको प्रशिक्षणमा खेलेको चार…

    विस्तृतमा पढ्नुस्

  • राखेपमा रिक्त स्थानमा तीन सदस्य नियुक्त

    राखेपमा रिक्त स्थानमा तीन सदस्य नियुक्त

    काठमाडौँ : सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ। गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्व उपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो। युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ। लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो। युवा तथा खेलकूदमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्नु सामन्ती परम्पराको निरन्तरता : पत्रकार महासंघ

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्नु सामन्ती परम्पराको निरन्तरता : पत्रकार महासंघ

    काठमाडौँ : मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने गरी नेपाल सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।  पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले आज एक विज्ञप्ति जारी गर्दै 'अहिले सरकारका मन्त्रीहरुले ‘मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि व्यवस्थित रुपमा सार्वजनिक गर्ने प्रतिक्रिया व्यक्त गर्नुले जननिर्वाचित सरकारले गरेका निर्णयहरु तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि आघात पुग्ने' ठहर गरेको  छ।…

    विस्तृतमा पढ्नुस्

  • सेनाको हेलिकप्टर चढेर बेनी पुगेका गृहमन्त्री र प्रचण्ड 'रोग पखाल्न' तातोपानी कुण्डमा डुबे

    सेनाको हेलिकप्टर चढेर बेनी पुगेका गृहमन्त्री र प्रचण्ड 'रोग पखाल्न' तातोपानी कुण्डमा डुबे

    काठमाडौँ : सेनाको हेलिकप्टर चढेर म्याग्दीको सदरमुकाम बेनी पुगेका गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नजिकैको तातोपानी कुण्डमा नुहाएको दृश्य स्थानीय समाचार पोर्टल बेनी अनलाइनले सार्वजनिक गरेको छ।  फोटो र भिडियोमा गृहमन्त्री 'द नर्थ फेस' लोगो भएको टोपी लगाएरै कुण्डमा डुबेका देखिएका छन् भने प्रचण्डको चाहिँ जिउमा अण्डरवेयरबाहेक अरु केही छैन।  बेनी अनलाइनका अनुसार जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सांसदको गाडीमा ढुङ्गा हान्ने पक्राउ, आमासँग झगडाको झोंकमा हानेको बयान 

    प्रदेश सांसदको गाडीमा ढुङ्गा हान्ने पक्राउ, आमासँग झगडाको झोंकमा हानेको बयान 

    काठमाडौँ : सांसदको गाडीमा ढुङगा हानेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।  बौद्ध महांकाल पानीट्याङकी नजिक प्रदेश नम्बर ३ का सांसद गणेश दुलाल चढेको बा १९ च ४९८ नम्बरको गाडीमा आज बिहान ढुङ्गा प्रहार भएको थियो।  दुलाल काठमाडौं क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित सांसद हुन्।    रातो मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले आफू सवार गाडीमा आक्रमण गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • मुस्फिकर रहिम बने टेष्टमा दुई पटक दोहोरो शतक प्रहार गर्ने पहिलो विकेटकिपर, बंगलादेशले बनायो जिम्बावेविरुद्ध उच्च स्कोर

    मुस्फिकर रहिम बने टेष्टमा दुई पटक दोहोरो शतक प्रहार गर्ने पहिलो विकेटकिपर, बंगलादेशले बनायो जिम्बावेविरुद्ध उच्च स्कोर

    बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिम टेष्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका छन्। जिम्बावे विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्समा उनले नटआउट २१९ रन बनाउँदै उक्त कीर्तिमान बनाएका हुन्। दोस्रो दिन ४०७ बल खेल्दै उनले उक्त उपलब्धी हासिल गरे। विश्व टेस्ट क्रिकेटमा यसअघि सात विकेटकिपर ब्याट्सम्यानले एक-एक पटक दोहवरो शतक बनाएका छन्। दुई पटक दोहरो शतक प्रहार गर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म 'प्रेमलीला'को हिन्दी गीत सार्वजनिक

    नेपाली फिल्म 'प्रेमलीला'को हिन्दी गीत सार्वजनिक

    फिल्म 'प्रेमलीला'को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'जाने क्या हुवा' बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो।  हिन्दी भर्सनमा सार्वजनिक भएको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री दीपशिखा खड्का र भारतीय मोडल अली खान फिचर्ड छन्। फिल्मले नेपाल र भारतका दुई पात्रहरुको प्रेमकथा समेटेको बताइएको छ। पवन गौतमको छायाँकन रहेको गीतको भिडियोलाई चन्दन दत्त र सालिक दुलालले सम्पादन गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • 'फर्केर आएन मायालु'को म्युजिक भिडियोमा नाजिर हुसेन

    'फर्केर आएन मायालु'को म्युजिक भिडियोमा नाजिर हुसेन

    कलाकार नाजिर हुसेन म्युजिक भिडियोमा देखिएका छन्। 'फर्केर आएन मायालु' बोलको गीतमा उनी देखिएका हुन्। भिडियोमा उनीसँगै श्रृष्टी खड्का फिचर्ड छिन्। दिनेश गौतमको स्वर रहेको गीतमा शब्द तथा संगीत पुस्तक प्रसादको सुन्न सकिन्छ। गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । गीतको भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका हुन्। उत्सव दाहालले खिचेको भिडीयोलाई विकास दाहालले सम्पादन गरेका हुन्।  गीतको अडियो भने केही…

    विस्तृतमा पढ्नुस्

  • इटिकेटिङमा गइसकेका हललाई विकास बोर्डको चेतावनी : मेनुअल टिकेट बेचे कारवाही हुने

    इटिकेटिङमा गइसकेका हललाई विकास बोर्डको चेतावनी : मेनुअल टिकेट बेचे कारवाही हुने

    काठमाडौं : बक्स अफिस लागू गर्दै इटिकेटिङलाई अनिवार्य गरे पनि परम्परागत रुपमा नै फिल्म टिकेट प्रयोग आएकोमा चलचित्र विकास बोर्डले आपत्ती जनाएको छ। विभिन्न बाहनामा मेनुअल रुपमा नै टिकट बिक्री हुने थालेपछि बोर्डले नयाँ निर्देशन जारी गरेको छ। बोर्डले इ-टिकटिङ प्रणालीमा गइसकेका फिल्म हलमा परम्परागत रुपमा टिकट बिक्री बन्द गर्न निर्देशन दिएको हो। सोमबार सूचना जारी गर्दै मेनुअल रुपमा टिकट…

    विस्तृतमा पढ्नुस्

  • रणवीर ‍र दीपिकाको बिहे पर्सी, इटालीमा जोडिँदै लगनगाँठो

    रणवीर ‍र दीपिकाको बिहे पर्सी, इटालीमा जोडिँदै लगनगाँठो

    बलिउड हिरो रणवीर सिंह र हिरोइन दीपिका पादुकोणको बिहेको तयारी पूरा भएको छ। उनीहरुको बुधवार बिहे हुँदैछ। नोभेम्बर १४ र १५ मा  उनीहरुले बिहे गर्ने आंकलन गरिएको थियो। केही समयअघि विवाहको निमन्त्रणा कार्ड सार्वजनिक भए पनि मिति बाहिरिएको थिएन। अब उनीहरुको विवाह हुन १ दिन मात्र बाँकी छ। विवाहमा परिवारका सदस्य र केही आफन्तमात्र निम्त्याइएको छ। निर्देशक संजयलीला भन्साली र फाराह खान विवाहमा निम्ताइएका फिल्मकर्मी हुन्। निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • आमदब्लमको चुचुरोमा पुगेर विश्वयुद्धमा मारिएकाप्रति श्रद्धाञ्जली, निम्स पुर्जाले चढाए पोपी ट्रिब्युट

    आमदब्लमको चुचुरोमा पुगेर विश्वयुद्धमा मारिएकाप्रति श्रद्धाञ्जली, निम्स पुर्जाले चढाए पोपी ट्रिब्युट

    काठमाडौं: पूर्व गोर्खा सैनिक निम्स पुर्जाले सगरमाथा क्षेत्रमा रहेको ६ हजार ८ सय १२ मिटर अग्लो अमादब्लम हिमालमा पुगेर विश्वयुद्ध अन्त्य भएको सय वर्ष पुगेको सम्झनामा 'पोपी ट्रिब्युट' दिएका छन्। खुम्बु क्षेत्रबाट देखिने यो हिमाल सबैभन्दा आकर्षक मानिन्छ। तुलनात्मक रुपमा होचो भए पनि यो हिमाल आरोहणका लागि कठिनमध्येको एक मानिन्छ। 'पोपी' एक प्रकारको कृत्रिम फूल हो जुन सन् १९२१ देखि…

    विस्तृतमा पढ्नुस्

  • कपनमा श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

    कपनमा श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

    काठमाडौं : श्रीमतीको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खोटाङ देवीस्थान घर भएका ४० वर्षीय सुवास राईलाई आइतवार राति पक्राउ गरेको हो। केही समयदेखि काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० माउण्ट कैलाश डाँडा कपन डेरागरी बस्ने राईले ३५ वर्षीया श्रीमती प्रमिला राईलाई सामान्य विवाद हुँदा चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी प्रमिलाको उपचारकै क्रममा हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा मृत्यु भएको थियो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell