PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • प्रदीपले बनाउने भए ‘जात्रै जात्रा’

    प्रदीपले बनाउने भए ‘जात्रै जात्रा’

    काठमाडौं:  फिल्म ‘जात्रै जात्रा’ बन्ने घोषणा गरिएको छ। ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको निर्देशनमा फिल्म बन्ने भएको हो। फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठीको अभिनय रहनेछ। ३५ दिनको सुटिङ सेड्यूल लिएर निर्माण टिम दशैं पूर्णिमाको भोलिपल्टबाट छायाँकनमा जानेछ। असन र बौद्धमा फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • दशैँका लागि उपत्यकाबाट बाहिरिने यात्रु बढे, दैनिक एक लाखभन्दा बढी बाहिरिँदै

    दशैँका लागि उपत्यकाबाट बाहिरिने यात्रु बढे, दैनिक एक लाखभन्दा बढी बाहिरिँदै

    काठमाडौँः दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन्।  उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन्। महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    मोरङमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    उर्लाबारीः मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को १२ प ९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र पछाडि सवार…

    विस्तृतमा पढ्नुस्

  • 'एक करोड ६७ लाख ठगी गरेर दम्पती फरार, प्रमाण नभएको भन्दै प्रहरीले उजुरी लिएन'

    'एक करोड ६७ लाख ठगी गरेर दम्पती फरार, प्रमाण नभएको भन्दै प्रहरीले उजुरी लिएन'

    नवलपरासीः पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ। दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ। छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन्। कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस सिंगापुर : अघोषित फाइनल, जित्ने टोली बन्नेछ च्याम्पियन

    नेपाल भर्सेस सिंगापुर : अघोषित फाइनल, जित्ने टोली बन्नेछ च्याम्पियन

    काठमाडौँ : आइसीसी टि-२० वर्ल्डकप एसिया क्वालिफायर समूह बी को अन्तिम खेलहरु शुक्रवार हुँदैछ। लिग चरणमा अपराजित रहेका दुई टोली नेपाल र सिंगापुरबीचको खेल अघोषित फाइनल जस्तै रहनेछ। यस खेलको विजेता नै क्वालिफायर बी को च्याम्पियन बन्नेछ। पाँच खेलबाट ुदुवैले १० अंक जोडेका छन्। राम्रो रनरेटका कारण नेपाल अगाडी छ। यस्तै शुक्रवारै मलेसिया  र चीन तथा भुटान र म्यानमारबीच खेल हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : पुलिसले जावालाखेलाई हरायो, अजितको निर्णायक गोल

    ए डिभिजन लिग : पुलिसले जावालाखेलाई हरायो, अजितको निर्णायक गोल

    काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। पहिलो राउण्डको खेलअन्तर्गत बिहीवार भएको खेलमा पुलिसले जावालाखेल युथ क्लबलाई १-० ले पराजित गर्‍यो। पुलिसलाई ३ अंक दिलाउन पहिलो हाफमा अजित भण्डारीले गरेको गोल नै निर्णायक बन्यो। खेलको ३१औँ मिनेटमा भण्डारीले गोल गरेका थिए। दशैँ तिहार ब्रेक अघि पहिलो राउण्डको बाँकी दुई खेल शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • ‘ग्लोबल आर्टस् अवार्ड’को नोमिनेसनमा कुसलका चित्रकला

    ‘ग्लोबल आर्टस् अवार्ड’को नोमिनेसनमा कुसलका चित्रकला

    काठमाडौंः चित्रकार कुसल बस्ताकोटी‘ग्लोबल आर्टस् अवार्ड’को नोमिनेसनमा पर्न सफल भएको छ। यसअघि उनले आफ्ना पेन्टिङबाट तीन अवार्ड जितिसकेका छन्। अमेरिका बस्दै आएका बस्ताकोटी लामो समय देखि चित्रकलामा सक्रिय  छन्। पोखरामा जन्मेका बस्ताकोटी विभिन्न देशमा आफ्नो चित्रकलालाई प्रदर्शन गर्दै आएका छन्। उनका चित्रकलामा नेपालका दृश्यहरु समेटिन्छन्। उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • विकास निर्माणमा सेनाका १ हजार प्राविधिक, प्रधानसेनापति भन्छन्, 'फास्ट ट्रयाक प्रायोरिटी टास्क'

    विकास निर्माणमा सेनाका १ हजार प्राविधिक, प्रधानसेनापति भन्छन्, 'फास्ट ट्रयाक प्रायोरिटी टास्क'

    काठमाडौंः नेपाली सेनाले अहिले करिब १ हजार सेना विकास निर्माण संलग्न रहेको जनाएको छ। काठमाडौं-तरार्इ मधेश जोड्ने फाष्ट ट्रयाक, विभिन्न सडक आयोजना तथा अन्य विकास निर्माणका कार्यहरु गरी सेनाका १ हजार इन्जिनियर तथा प्राविधिहरुले विकास निर्माणको काम गरिरहेको सेनाले जानकारी दिएको छ।  सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार फाष्ट ट्रयाक(७६.२ किलोमिटर), कर्णाली करिडोर (१९६ किमी), जाजरकोट-डोल्पा-दुनै(११८ किमी), बेनिघाट आरुघाट लार्के भन्ज्याङ (११८…

    विस्तृतमा पढ्नुस्

  • आयोगले प्रहरीलाई भन्यो,' निर्मलाको यौनिक स्वाव नमुनासहित सबै सवुत सुरक्षित राख्नुस्'

    आयोगले प्रहरीलाई भन्यो,' निर्मलाको यौनिक स्वाव नमुनासहित सबै सवुत सुरक्षित राख्नुस्'

    काठमाडौं: मानव अधिकार आयोगले नेपाल प्रहरीलाई कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको  घटनामा संलग्न 'भेजिनल स्वाव' सुरक्षित राख्न निर्देशन दिएको छ। बिहीवार आयोगले चिकित्सीय जाँच र सवुतहरुको वैज्ञानिक परीक्षणको राय सुझावबारे विज्ञहरुसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो। आयोगले प्रहरी प्रधान कार्यालयलाई बिहीवार पत्र लेख्दै मृतक निर्मलाको संकलित यौनिक स्वावको नमुनाहरु र सो नमुनाबाट पृथकीकरण डिएनएलगायत सवुतहरु जे जस्तो अवस्थामा छन् सोही रुपमा सुरक्षित…

    विस्तृतमा पढ्नुस्

  • समितिले सरकारलार्इ भन्याेः बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्‍याे

    समितिले सरकारलार्इ भन्याेः  बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्‍याे

    काठमाडौँः संसदीय समितिले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको छ। प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दशैँलगायतका चाडपर्वका बेला जनतालाई मारमा पार्ने गरी चिनीलगायतका दैनिक उपभोग्य वस्तुको बिक्री वितरण भइरहेको उल्लेख गर्दै बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको हो। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा चिनीको मूल्य प्रतिकेजी सय रुपैयाँमा…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको घटनामा गलत रिपोर्ट बनाउने दुर्इ डाक्टर निलम्वित

     बलात्कारको घटनामा गलत रिपोर्ट बनाउने दुर्इ डाक्टर निलम्वित

    काठमाडौँः बलात्कारको  घटनामा गलत मेडिकल रिपोर्ट बनाउने दुई डाक्टरहरुलाई नेपाल मेडिकल काउन्सिलले निलम्वन गरेको छ। काउन्सिलको अर्को निर्णय नआउँदासम्म दुवै डाक्टरले चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्। बलात्कार भएकी बालिकाको बलात्कार नभएको भन्दै डा. विजयकुमार सिंह र डा. रम्भा गोइतले अभियुक्तको पक्षमा रिपोर्ट बनाएपछि काउन्सिलले छानबिन समिति बनाएको थियो। डा. कालुसिंह खत्री, प्रा.डा. हरिहर वस्ती, डा. मधु तुम्बाहाम्फे र स्वास्थ्य मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : थ्री स्टारको विजयी सुरुवात

    ए डिभिजन लिग : थ्री स्टारको विजयी सुरुवात

    काठमाडौँ : थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। एन्फा कम्प्लेक्समा बिहीवार भएको ललितपुरे डर्बी खेलमा थ्री स्टारले एनआइबीएल फ्रेण्ड्स क्लबलाई २-१ ले हरायो। थ्री स्टारले दुवै हाफमा एक-एक गोल गरेको थियो। यसै सिजनका लागि एपीएफबाट पाटने क्लब पुगेका रन्जन विष्टले १४औँ मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। ८१औँ मिनेटमा बुद्ध चेम्जोङले एकल…

    विस्तृतमा पढ्नुस्

  • ऋचा र छुल्ठिमको 'चोलीको तुना'

    ऋचा र छुल्ठिमको 'चोलीको तुना'

    काठमाडौंः फिल्म ‘न यता न उता’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचार अस्त्रका रुपमा फिल्मको ‘चोलीको तुना सुर्के गाँठो’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। भिडियोमा समिर दीक्षित, ऋचा शर्मा, मिराज रोश, छुल्ठिम गुरुङ फिचर्ड छन्। एक नारायण भण्डारीको शब्दमा गायक इसान, मिलन अमात्य राजन सिवाकोटी र मिना सिंहको स्वर रहेको छ। फिल्मलाई बिशारद बस्नेत र मिराजले…

    विस्तृतमा पढ्नुस्

  • प्रशान्त र सुशिलको एक्सन लुक

    प्रशान्त र सुशिलको एक्सन लुक

    काठमाडौंः फिल्म ‘रणवीर’ टिमले प्रचार थालेको छ। टिमले प्रचार अस्त्र मोसन पोस्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारको एक्सन लुक देखाइएको छ। अभिनेता प्रशान्त ताम्राकार र सुशील सिटौला फिचर्ड मोसन पोस्टरसहितको भिडियो युट्युबमा मार्फत सार्वजनिक गरिएको छ। हलमा फिल्मको टिजर पनि सार्वजनिक गरिएको छ। फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउनेछ।  फिल्ममा प्रशान्त र सुशीलसँगै हरिहर शर्मा , नरेश…

    विस्तृतमा पढ्नुस्

  • सांगीतिक सम्मान तथा पुरस्कार- २०७५ सम्पन्न, काे-काे भए पुरस्कृत ?

    सांगीतिक सम्मान तथा पुरस्कार- २०७५ सम्पन्न, काे-काे भए पुरस्कृत ?

    काठमाडौंः नेपाल सांगीतिक संघको राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार - २०७५ सम्पन्न भएको छ। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, तथा सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले पुरस्कार तथा सम्मान प्रदान गरे। कार्यक्रममा पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार वरिष्ठ कलासाधक भोला जोशीलाई र शिवशंकर मानन्धर विशिष्ट सांगीतिक सम्मान तथा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा केन्द्रले आसाम सरकारलाई भन्याेः नेपाली विदेशी आप्रवासी होइनन्, दुर्व्यवहार नगर्नु

    भारतमा केन्द्रले आसाम सरकारलाई भन्याेः नेपाली विदेशी आप्रवासी होइनन्, दुर्व्यवहार नगर्नु

    काठमाडौः भारतको पूर्वोत्तर राज्य आसाममा रहेका नेपालीलाई अवैध आप्रावासीको रुपमा व्यवहार नगर्न केन्द्र सरकारले राज्य सरकारलाई निर्देशन दिएको छ। भारतको केन्द्रीय गृहमन्त्रालयले प्रदेश सरकारलाई पत्राचार गर्दै ‘विदेशी नागरिकसम्बन्धी ऐन (फरेनरस एक्ट १९४६) वमोजिम त्यहाँ बसोवास गर्ने नेपालीलाई आप्रवासीको रुपमा व्यवहार नगर्न निर्देशन दिएको हो। केही समयदेखि आसामको राज्य सरकार आप्रवासीमाथि कडा रुपमा प्रस्तुत भएको थियो। आसाममा नागरिकता सम्बन्धि विवाद बल्झिन…

    विस्तृतमा पढ्नुस्

  • ‘वामदेवको चुनावी यात्राः आक्रमक कार्यकर्ता, रक्षात्मक बन्दै प्रस्तावक प्रचण्ड'

    ‘वामदेवको चुनावी यात्राः आक्रमक कार्यकर्ता, रक्षात्मक बन्दै प्रस्तावक प्रचण्ड'

    काठमाडौँः नेपालको राजनीतिमा विभिन्न रूपमा चर्चामा आइरहने पात्र हुन वामदेव गौतम। पदमा रहँदा होस् वा नरहँदा, वामदेवका कतिपय 'मुभ' चर्चामा रहन्छन्। कहिले माओवादीसँगको निकटता, कहिले पार्टीभित्रै प्रधानमन्त्रीको दाबेदारिता उनको चर्चाको विषय बन्छ। पार्टीको विग्रह र संयोजन अली पुरानै घटना। राजनीतिक रुपमा अस्थिर, आर्थिक मामलामा ‘उदारता’ सार्वजनिक रुपमा समेत गौतममाथि टिप्पणी बन्छन्। गौतमका कतिपय सामान्य हर्कत् अखबारका हेडलाइनमात्र बन्दैनन्, सामाजिक रुपमा आलोच्य घटना…

    विस्तृतमा पढ्नुस्

  • पूर्व न्यायाधीश प्रेम शर्माको निधन

    पूर्व न्यायाधीश प्रेम शर्माको निधन

    काठमाडौँः सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रेम शर्माको निधन भएको छ। शर्मा मिर्गौलामा समस्या भएपछि पछिल्लो चार वर्षदेखि उपचाररत थिए। ७१ वर्षको उमेरमा शर्माको निधन भएको हो। २००४ असार २० मा पर्वतमा जन्मिएका शमाले २०६५ सालमा सर्वोच्चबाट अवकाश पाएका थिए। २०३० सालमा न्याय सेवाबाट करिअर सुरु गरेका उनी २०३५ सालमा जिल्ला न्यायाधीश भएका थिए। शर्माको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार…

    विस्तृतमा पढ्नुस्

  • रामवीरलाई गरिएको सम्मान मानन्धर समुदायले गर्‍यो फिर्ता, भन्यो- 'उहाँ सम्मानका लागि लायक नै होइन'

    रामवीरलाई गरिएको सम्मान मानन्धर समुदायले गर्‍यो फिर्ता, भन्यो- 'उहाँ सम्मानका लागि लायक नै होइन'

    काठमाडौँ : वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्रबाट राजीनामा दिने घोषणा गरेपछि काठमाडौँ ७ का सांसद रामवीर मानन्धरविरुद्ध रैथाने नेवार समुदाय आक्रोशित भएको छ।  राजधानीमा आज भएको मानन्धर गुथिको एउटा धार्मिक कार्यक्रममा रामवीर मानन्धरलाई दिइएको सम्मान फिर्ता गर्ने निर्णय गरिएको छ।  सम्मान फिर्ताको हस्तलिखित विज्ञप्तिमा रामवीरले आफ्नो स्वार्थका लागि प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणाले आफूहरु सबैको चित्त निकै…

    विस्तृतमा पढ्नुस्

  • मानन्धरकाे राजीनाबारे प्रचण्डले भनेः वामदेव हार्ने गरी उपनिर्वाचन गरिँदैन ढुक्क हुनुस्

    मानन्धरकाे राजीनाबारे प्रचण्डले भनेः वामदेव हार्ने गरी उपनिर्वाचन गरिँदैन ढुक्क हुनुस्

    काठमाडाैँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन् ।  सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनाव लडाउने चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डले सो सम्बन्धमा पार्टीभित्र निर्णय भइनसकेको बताएका हुन्। उनले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell