PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • यसकारण आज रातो बनाइयो काठमाडौँ र पाटन दरबार क्षेत्र

    यसकारण आज रातो बनाइयो काठमाडौँ र पाटन दरबार क्षेत्र

    काठमाडौँ : विश्व सम्पदा सूचीमा रहेका काठमाडौँ र पाटन दरबार क्षेत्रमा आज साँझ पुग्नेहरुले एउटा फरक दृश्य देख्न पाए। रातो प्रकाशले यो ठाउँ पूरै रंगिएको थियो।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन - नेपालको संयुक्त आयोजनामा दरबार क्षेत्रलाई रातो बत्तीले प्रकाशमय बनाइएको हो।  आज अर्थात् २६ सेप्टेम्बरमा न्यूयोर्कमा हुन लागेको क्षयरोग सम्बन्धी संयुक्त राष्ट्र संघको पहिलो उच्चस्तरीय बैठकको अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • एन्फाले डिजिटल राइट माइकुजुलाई बेच्यो, चार वर्षका लागि सम्झौता, ए डिभिजन लिग अनलाइनमा लाइभ हेर्न सकिने

    एन्फाले डिजिटल राइट माइकुजुलाई बेच्यो, चार वर्षका लागि सम्झौता, ए डिभिजन लिग अनलाइनमा लाइभ हेर्न सकिने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी चार वर्षको लागि अनलाइन टिभी माइकुजु टिभीसँग सम्झौता गरेको छ। एन्फाले पाँच वर्षपछि आयोजना गर्न लागेको सहिद स्मारक ए डिभिजन लिगको पूर्वसन्ध्यमा माइकुजुसँग डिजिटल पार्टनरको रुपमा सम्झौता गरेको हो। सम्झौतामा एन्फाका महासचिव इन्द्र मान तुलाधर र माइकुजुका सिईओ पेड्रो प्रेसाले हस्ताक्षर गरेका थिए। सम्झौतापछि एन्फाले आयोजना फिफा, एएफसी, साफले गर्ने प्रतियोगिताको खेलहरु,…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपाली टोली भुटान प्रस्थान

    साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपाली टोली भुटान प्रस्थान

    काठमाडौँ : साफ यू-१८ वुमन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली यू-१८ महिला टोली बुधवार भुटान प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बुधवारै नेपाली टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा बिदाइ गरेको थियो। सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ टोलीको सहभागिता रहने छ। श्रीलंकाले भने पछि नाम फिर्ता लिएको थियो। सहभागि ६ टोलीलाई दुई समूहमा विभाजन…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा मोबाइल नम्बर सार्वजनिक गर्दै समितिले भन्यो : कुनै सूचना भए फोन गर्नुस्

    निर्मला प्रकरणमा मोबाइल नम्बर सार्वजनिक गर्दै समितिले भन्यो : कुनै सूचना भए फोन गर्नुस्

    काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा छानबिन गर्न पछिल्लो पटक एआइजीको नेतृत्वमा गठित समितिले प्रहरीलाई सूचना दिएर सहयोग गर्ने अनुरोध गरेको छ।  एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले निर्मला घटनामा प्रहरी लगायत कसैको बारेमा सूचना भए निर्धक्क भएर दिन अनुरोध गरेको हो। समितिका संयोजक बस्न्यातले भने, 'घटनाबारे कोही कसैलाई केही पनि सूचना जानकारी भए निर्धक्क सम्पर्क गर्नुहोला।…

    विस्तृतमा पढ्नुस्

  • थारु कल्‍याणकारिणी सभाको अध्‍यक्षमा धनीराम 

    थारु कल्‍याणकारिणी सभाको अध्‍यक्षमा धनीराम 

    काठमाडौं : थारु कल्‍याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशनबाट अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्‍यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई १२ भोटले हराउँदै निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए। उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाए। यस्तै अर्का अध्‍यक्षमा उम्म‍ेदवारी दिएका विश्राम महतोले भने जम्‍मा १० भोट पाए।  यस्तै थारु कल्‍याणकारिणी सभा जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • ‍ टाइगरको कुरा छाडेर सलमानको प्रशंसा गर्छिन् दिशा

    ‍ टाइगरको कुरा छाडेर सलमानको प्रशंसा गर्छिन् दिशा

    बलिउड अभिनेत्री दिशा पटानीको नाम सँधै अभिनेता टाइगर श्रफसँग जोडेर आउने गर्छ। उनीहरुको प्रेम गसिपले एक समय बलिउड तातिएको थियो। धेरै समय उनीहरुले आफ्नाे प्रेम सम्बन्ध मिडियामा लुकाउन खोजेका थिए। तर अब दर्शकसमेत उनीहरुको प्रेम सम्बन्धबारे जानकार छन्। तेलुगु फिल्मबाट डेब्यू गरेकी दिशाको पछिल्लो फिल्म 'बाघी २' हो। उनले त्यसअघि 'एम यस धोनी' गरेकी थिइन्। अहिले उनी टाइगरको कुरा गर्न छोडेर सलमानको प्रशंसा…

    विस्तृतमा पढ्नुस्

  • हवाई कारबाहीमा १२ जना अफगानी सर्वसाधारण मारिए

    हवाई कारबाहीमा १२ जना अफगानी सर्वसाधारण मारिए

    काबुलः अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएकाे हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको छ। अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (युएनएएमए) ले जारी गरेको एक विज्ञप्तिमा गत आइतबार भएको यस हवाई कारबाहीमा मारिएका एक परिवारका महिला र बालबालिका रहेका छन्। सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा रहेका तालिबान आतङ्ककारीविरुद्ध सो कारबाही गरेका थिए। यस हवाई कारबाहीमा ६ देखि १५ वर्षसम्मका दश…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डकाे चिन्ताः गलत संस्कार र नेतृत्वको कमजोरीले जनतामा निराशा आउने हो कि

     प्रचण्डकाे चिन्ताः गलत संस्कार र नेतृत्वको कमजोरीले जनतामा निराशा आउने हो कि

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताएका छन्। नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५ औँ वार्षिक साधारणसभाको बुधबार काठमाडाैंमा उद्घाटनका क्रममा उनले सरकारको कामको गम्भीर समीक्षा गरि थप प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे ।  “धेरै ठूलो मेहनत र सङ्घर्षपछि हामी राजनीतिक स्थिरताको वातावरणमा आइपुगेका छौँ। जनताको धेरै ठूलो…

    विस्तृतमा पढ्नुस्

  • आइएसपीहरुले भने- कुन पोर्न साइट हो, कुन होइन हामी छुट्याउन सक्दैनौँ, कुन ब्लक गर्ने हो तोकिदिनुस्

    आइएसपीहरुले भने- कुन पोर्न साइट हो, कुन होइन हामी छुट्याउन सक्दैनौँ, कुन ब्लक गर्ने हो तोकिदिनुस्

    काठमाडौं : सरकारले यौनजन्य अश्लील सामाग्रीको सहज पहुँचमा रोक लगाउन भन्दै त्यस किसिमका वेबसाइटहरु बन्द गर्न निर्देशन दिएपनि इन्टरनेट सेवा प्रदायकहरुले भने सरकारले तोकेर दिएको साइट बाहेर अरु बन्द गर्न नसक्ने बताएका छन् । शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले निर्देशन दिएपछि दूरसञ्चार प्राधिकरणले मंगलबार इन्टरनेट सेवा प्रदायकहरुलाई बोलाएर सरकारको निर्देशन कार्यन्वयन गर्न भनेको थियो । तर, सेवा प्रदायकहरुले भने…

    विस्तृतमा पढ्नुस्

  • निशान चौहान 'धेरै सिक्नु पर्ने महशुस गरें'

    निशान चौहान 'धेरै सिक्नु पर्ने महशुस गरें'

    काठमाडौं :  'टप मोडल नेपाल २०१८'का विजेता निशान चौहान गत चैतमा लण्डनमा भएको 'टप मोडल वर्ल्डवाइड २०१८’को टप टेनमा पुग्न सफल भएका छन्। 'म्यानहन्ट नेपाल २०१६'का मिस्टर पर्सनालिटी समेत रहेका चौहान साढे ५ महिना लन्डन बसे। लन्डन बसाईमा उनी र्‍याम्पमा पनि उत्रिएका थिए। उनले पारिश्रमिक लिएर नै आफू र्‍याम्पमा उत्रिएको बताए। उनले भने 'टप मोडल वर्ल्डवाइड २०१८'को उपाधि जित्छु भनेरै लण्डन गएको…

    विस्तृतमा पढ्नुस्

  • संघीयताबारे भ्रम फैलाएर मुलुकलाई असफल बनाउने षडयन्त्र हुँदैछः नेता महतो

    संघीयताबारे भ्रम फैलाएर मुलुकलाई असफल बनाउने षडयन्त्र हुँदैछः नेता महतो

    पर्साः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन्। राजपा पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए। उनले कर बृद्धिको आडमा लोकतन्त्र विरोधीहरु सङ्घीयतासँगै लोकतन्त्रलाई नै…

    विस्तृतमा पढ्नुस्

  • कहाँ पुग्यो रेखाको 'मालिका'

    कहाँ पुग्यो रेखाको 'मालिका'

    काठमाडौं: फिल्म 'मालिका' प्रदर्शनको तयारीमा छ। फिल्मको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम 'किन्डल सिने स्टूडियोमा' भइरहेको छ। फिल्मकी निर्देशक रेखा थापाले निर्माण टिम अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको बताइन्। 'यही शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गर्दैछौँ। पोस्ड प्रोडक्सनको काम अन्तिमतिर पुगेको छ'।   टिमले यसअघि फिल्मको एक दुई गीत सार्वजनिक गरेको थियो। गीतलाई दर्शकले रुचाएका छन्। अब फिल्मलाई कत्तिको रुचाउलान् त्यो त…

    विस्तृतमा पढ्नुस्

  • पाटेकरलाई 'सेक्सुअल ह्यारेस्मेन्ट'को आरोप

    पाटेकरलाई  'सेक्सुअल ह्यारेस्मेन्ट'को आरोप

    ग्ल्यामरको दुनियाँ बलिउडसँग आकार्षित नहुने कमै होलान्। बलिउडमा काम गर्ने नयाँ कलाकारहरुकाे संख्या बढ्दै गएकाे छ। तर, ग्ल्यामर दुनियाँको भित्री सत्यताबारे कमै जानकार छन्। बलिउड अनि ग्ल्यामर क्षेत्रको प्रमुख समस्या हो 'सेक्सुअल ह्यारेस्मेन्ट'। अभिनेत्री तनुश्री दत्तले आफूलाई नाना पाटेकरले 'सेक्सुअल ह्यारेस्मेन्ट' गरेको आरोप लगाएकी छिन्। भारतीय मिडियामा हालै तनुश्रीले यस विषयबारे मुख खोलेकी हुन्। सन् २००८ को कुरा हो। गीतको छाया‌ंकन दौरानमा…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवसायीको खाता फुकुवा हुँदैन, म‌ंसिर मसान्तसम्म सिन्डिकेट पूर्ण रूपमा समाप्त हुन्छ: मन्त्री महासेठ

    यातायात व्यवसायीको खाता फुकुवा हुँदैन, म‌ंसिर मसान्तसम्म सिन्डिकेट पूर्ण रूपमा समाप्त हुन्छ: मन्त्री महासेठ

    काठमाडौँ: यातायात व्यवसायीको खाता फुकुवा गरिएको भन्ने हल्ला मात्र भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बताएका छन्। आज बसेको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले खारेज भइसकेका संस्थाको खाता फुकुवा नहुने बताउँदै खातामा रहेको पैसा सरकारले के काममा खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। ‘कुनै पनि हालतमा यातायात व्यवसायीको खाता खुल्ने छैन।’ समितिमा मन्त्री महासेठले…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोट दरबार जीर्णोद्धारको पर्खाइमा

     जाजरकोट दरबार जीर्णोद्धारको पर्खाइमा

    जाजरकोटः ऐतिहासिक जाजरकोट दरबार दिनदिनै जीर्ण बन्दै गएको छ। विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार जीर्ण बन्दै गएको हो। राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र पुरातात्विक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ।  राज हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट स्थानीय जनतालाई इँटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए तर अहिले स्थानीय जनता…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक भोलिदेखि काठमाडौँमा

    नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक भोलिदेखि काठमाडौँमा

    रमेश लम्साल-  काठमाडौँः नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ। गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत…

    विस्तृतमा पढ्नुस्

  • न्यूयोर्कमा प्रधानमन्त्रीले भने ‘बूढीगण्डकी गेजुवालाई दिने निर्णयमा विवाद छैन, अरू लगानीकर्ता भए आकर्षक परियोजना छन्’

    न्यूयोर्कमा प्रधानमन्त्रीले भने ‘बूढीगण्डकी गेजुवालाई दिने निर्णयमा विवाद छैन, अरू लगानीकर्ता भए आकर्षक परियोजना छन्’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिनेबारे कुनै पनि विवाद नभएको बताएका छन्। गेजुवाले आयोजना निर्माणका लागि पुनः निवेदन दिएपछि परामर्शमा नै आयोजना दिइएको प्रधानमन्त्रीले बताएका हुन्। न्यूयोर्कमा एसिया सोसाइटीले गरेको शान्ति, लोकतन्त्र र विकाससम्बन्धी अन्तर्क्रियामा सहभागी हुँदै प्रधानमन्त्रीले ओलीले नेपालसँग धेरै आकर्षक जलविद्युत आयोजना भएकाले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको बताए। अन्तर्क्रियामा प्रधानमन्त्रीले ओलीले भने ‘बुढीगण्डकीको बारेमा…

    विस्तृतमा पढ्नुस्

  • 'लभ अफेयर' लुकाउन डाक्टरले गरे अपहरणको नाटक!

    'लभ अफेयर' लुकाउन डाक्टरले गरे अपहरणको नाटक!

    काठमाडौँः सिरहाको लहानबाट अज्ञात समूहले मङ्गलबार साँझ अपहरण गरेको भनिएका चिकित्सकको प्रहरीले उद्धार गरेको छ। डाक्टर सुवास यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बुधबार बिहान सर्लाहीको नवलपुरबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। एसपी श्रेष्ठले भने,'एक व्यक्तिसँग मोटरसाइकलमा गइरहेको अवस्था उद्धार गरेका हौँ।' मङ्गलबार उनकी श्रीमतीले सँगै हिँडिरहेको अवस्थामा चार जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : म्यानचेष्टर सिटी चौथो चरणमा, म्यानचेष्टर युनाइटेड डर्बी काउन्टीसँग पराजित हुँदै बाहिरियो

    इएफएल कप : म्यानचेष्टर सिटी चौथो चरणमा, म्यानचेष्टर युनाइटेड डर्बी काउन्टीसँग पराजित हुँदै बाहिरियो

    साविक विजेता म्यानचेष्टर सिटी इएफएफ कपको चौथो चरणमा प्रवेश गर्दा छमेकी म्यानचेष्टर युनाइटेड भने बाहिरिएको छ। अक्सफोर्ड युनाइटेडलाई ३-० ले पराजित गर्दै सिटी चौथो चरणमा प्रवेश गरेको हो। उता नाटकिय खेलमा युनाइटेड भने डर्बी काउन्टीसँग पेनाल्टी सुटआउटमा ८-७ ले पराजित भयो। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटबाट खेलको निर्णय भएको हो। डर्बीका गोलकिपर स्कट क्रसले युनाइटेडका फिल जोन्सको…

    विस्तृतमा पढ्नुस्

  • ससुराली गएका डाक्टर सिरहाबाट अपहरणमा

    ससुराली गएका डाक्टर सिरहाबाट अपहरणमा

    काठमाडौँः  सिरहाको लाहानबाट अज्ञात समूहले चिकित्सक अपहरण गरेर छन्। मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा सुवास यादव अपहरण भएको हो। चार जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरेको सुचना आएको एसपी जीवन श्रेष्ठले जानकारी दिए। उनले भने 'हामी अपहरणकारीको खोजी गरिरहेका छौँ।' श्रेष्ठ मकवानपुरको अस्पताल मा काम गर्दै आएका थिए। ससुराली गएको बेला उनको अपहरण गरिएको हो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell