काठमाडौं । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्। महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री त्यस तर्फ प्रस्थान गरेकी हुन्। सम्मेलनमा खानेपानी मन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दासले समेत सहभागिता जनाउने…
काठमाडौँ : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० का लागि कुल १७९ खेलाडीले नाम दर्ता गराएका छन्। पीपीएलको लागि आयोजक क्वीस इभेन्ट्सले अनलाइनमार्फत खेलाडी दर्ता गरेको थियो। त्यसैबाट १७९ खेलाडीले नाम दर्ता गराएको क्वीन्स इभेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जनाएका छन्। जसमा सिनियर क्याप्डमा ३० जना, क्याप्डको उमेर समुहमा ५७ जना र अनक्याप्डमा ९२…
काठमाडौँः नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ शुक्रबारदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका छन्। बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको हो। बैठक बिहीबारदेखि नै शुरु…
न्यूयोर्कः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएकम छन्। उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए। संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका…
काठमाडौं : यो साता प्रदर्शनमा तीन नेपाली फिल्म छन्। 'कथा काठमाडौं', 'अनुराग' र 'छिरिङ्ग' प्रदर्शनमा आएका फिल्महरु हुन्। फिल्म 'कथा काठमाडौं'लाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन्। फिल्ममा प्रियांका कार्की र प्रमोद अग्रहरी, आयुषमान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतको अभिनय छ। आहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ। फिल्ममा गायिका ईन्दिरा पनि विशेष भूमिकामा देखिंदैछिन्।…
काठमाडौँ : भुटानमा आज देखि सुरु हुने साफ यू-१८ वुमन्स च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। नेपाल र पाकिस्तानबीचको खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा स्थानिय समयअनुासर बेलुका ७ बजे सुरु हुनेछ। समूह बी मा नेपाल र पाकिस्तानसँगै बंगलादेश पनि छ। यस्तै आजै समूह ए मा रहेका आयोजक भुटान र भारतबीच ४ बजे उद्घाटन खेल हुँदैछ। समूह बी मा माल्दिभ्स…
हुम्लाः तीन महिनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ। गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तिलक शाहीले जानकारी दिए। साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनको खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका…
काठमाडौँः शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो। केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय…
काठमाडौँः नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेसियाका उच्च अधिकारीबीच छलफल हुँदैछ। छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेसियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउने भएको छ। कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी/मुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको अवसर प्रदान गर्ने विषयलाई पनि नेपालले जोड दिनेछ। यसैगरी कामदारको सामाजिक…
काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा आज प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो । आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको…
काठमाडौं : पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली पुरुष हक्की टोलीको छनोट गरिएको छ। हेटौंडामा असोज ३ देखि ५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट २२ खेलाडी छनोट गरिएको नेपाल हक्की संघका महासचिव सुनीलप्रसाद प्रधानले जनाएका छन्। छनोट भएका खेलाडीहरुमा प्रेम विक, आशिष नेपाली, सागर खाँड, अर्जुन खड्का, मनोज चौधरी, चिरन प्रधान, सन्तोष वेश्रा, मंगलकुमार नेपाली, तिलकबहादुर…
काठमाडौँ : जर्जियामा जारी ४३औं चेस ओलम्पियाड अन्तर्गत महिलातर्फ नेपालले पहिलो जित हात पारेको छन्। बुधवार राती भएको तेस्रो चरणको खेलमा महिलातर्फ नेपालले गाम्बियालाई ४–० ले हराएको हो। नेपालकी सुशीला गुरुङले गाम्बियाकी फातोउ जाब्बीलाई, सिन्दीरा जोशीले हुला जालोउ, सुजना लोहनीले सेरी जालोउ र खुस्बु थापाले मारियमा क्रुबालीलाई हराइन्। चौथो चरणमा नेपाली महिला टोलीले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी पुरुषतर्फ नेपाल सिंगापुरसँग…
काठमाडौँ : नेपालका ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यू–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्। दुबईमा बिहीवार भएको राउन्ड अफ-३२ को खेलमा प्रिन्सले युएईका प्रनव प्रविनलाई २–० को सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। शुरुवात देखि नै प्रनवमाथि हावी बनेको प्रिन्सले पहिलो सेट २१–२ ले सहजै जिते। प्रिन्सले दोस्रो सेट २१–८ ले जित्दै…
काठमाडौँ : नेपाल भलिबल संघ र आदिअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा हुने आदिअबाधी महिला भलिबल लिग (एभीएल) का लागि चितवन टाइगर्सले विदेशी खेलाडी अनुबन्ध गरेको छ। चितवनले विदेशी खेलाडीको रुपमा शुक्रवार ३ अमेरिकन महिला खेलाडीलाई भित्र्याएको हो। बिहीवार आदीअवादी फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा तीन खेलाडीलाई स्वागत गरे। अमेरिकन खेलाडीहरुमा जासन ब्रिक्र्स, ट्रेस राउन्ड ट्री र डलटोन टु…
राजु आचार्य - वनभरि गाइवस्तुहरू प्रशस्तै थिए l हिँड्दा पनि वन्यजन्तुका चिन्हहरू (पाइला, दिसा, आवाज आदि) भेटिएका थिएनन् l प्रत्यक्ष त वन्यजन्तु देखिने कुरै भएन l 'प्रकृतिका साथीहरू' संस्थाका जीवन राई, कौशल यादव र यादव घिमिरे वन्यजन्तु नदेखेर चिन्तित थिए l सोम जिसी भने केही चराहरू देखेर सन्तोष मानिरहेका थिए l १ महिना लामो अध्ययनको क्रममा क्यामरा ट्रयाप (स्वचालित क्यामरा)…
काठमाडौः ३३ किलो सुन प्रकरणमा थुनामा रहेका पूर्वडिआइजी गोविन्द निरौलालाई साधारण तारेखमा छोड्न उच्च अदालतते आदेश दिएको छ। जिल्ला अदालत मोरङको निर्णय उल्टाउँदै उच्च अदालत विराटनगरले पूर्वडिआइजी निरौलालाई छोड्न बिहीबार आदेश दिएको हो। न्यायाधीशद्वय जनक पाण्डे र सारङ्गा सुवेदीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो। सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले निरौलालाई गत वैशाख…
धनकुटाः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताएका छन्। विहीबार यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने भन्दै केही ढिला भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य र प्रदेशका जनताको भावनालाई सम्बोधन हुने गरी नाम तथा राजधानी तोकिन्छ बताए। सरकारको उद्देश्य प्रदेश नं…
काठमाडौः काठमाडौँ उपत्यकाबासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकाबासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन्। मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए। कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ। त्यसमध्ये १०…
काठमाडौं : लोकप्रिय ब्याण्ड नेपथ्यले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दै 'ऐनाझ्याल' बोलको गीतको भिडियो सार्वजनिक गरेको छ। घिमिरेको सयौं वर्षको जन्मदिनमा गीतको भिडियो सार्वजनिक गरेको हो। सन् २०१० मा तयार भएको एल्बम 'ऐनाझ्याल' मा यो गीत समावेश छ। एक वर्षसम्म ब्याण्डले कन्सर्टहरुको 'ओपनिङ सङ'मा प्रस्तुत गरेको थियो। गीतको शब्द रचना घिमिरेले नै गरेका हुन्। पञ्चायत कालको प्रारम्भताका यस गीतको रचना गरिएको राष्ट्रकवि…
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले केपी अाेली नेतृत्वको सरकार देशको शान्ति सुरक्षाको गर्न असफल भएको बताएका छन्। प्रतिपक्ष दलका नेताको हैसियतले बिहीवारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारबाही गर्न नसकेको, भ्रष्टाचारीहरुलार्इ पुरस्कृत हुँदै गएकाे गम्भीर अाराेप लगाएका हुन्। नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र…