PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • सरकारप्रति प्रचण्डकाे गुनासाेः यस्तै ताल हाे भने अर्काे चुनावमा जनताले पत्याउन छाेड्छन्

    सरकारप्रति प्रचण्डकाे गुनासाेः यस्तै ताल हाे भने अर्काे चुनावमा जनताले पत्याउन छाेड्छन्

    चितवनः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताएका छन्। जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभामा उनले नेकपालाई सबै तहमा अत्यधिक बहुमत रहेको अवस्थामा विकासका कार्य गर्न नसके अर्को निर्वाचनमा जनाताले नेकपालार्इ नपत्याउने बताएका हुन्। प्रचण्डले भने, ‘सम्पूर्ण काम गर्छौं भन्दाभन्दै परिणामत गर्न सकेनौं भने कम्युनिष्ट…

    विस्तृतमा पढ्नुस्

  • मूल्यवृद्धिविरुद्ध राजधानीका विभिन्न ठाउँमा नेविसंघको विरोध प्रदर्शन

    मूल्यवृद्धिविरुद्ध राजधानीका विभिन्न ठाउँमा नेविसंघको विरोध प्रदर्शन

    काठमाडौः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यबृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ताको माग गर्दै राजधानीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ। संघले कीर्तिपुरको त्रिभवन विश्वविद्यालय,काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारबाही गर,…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्रामा आज चार वर्षीया कुमारीको पहिलो रथयात्रा, गद्दी बैठकबाट राष्ट्रपतिले अवलोकन गर्ने

    इन्द्रजात्रामा आज चार वर्षीया कुमारीको पहिलो रथयात्रा, गद्दी बैठकबाट राष्ट्रपतिले अवलोकन गर्ने

    काठमाडौँः वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी आज येंया अर्थात् इन्द्रजात्रा मनाइँदैछ। आज जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलाई तल्लो टोलमा रथयात्रा  'क्व:नेया' गराइन्छ। आज कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी, भिमसेनस्थान हुँदै पुन: कुमारी घर ल्याइ रथयात्रा सम्पन्न हुनेछ। किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो तर…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : युभेन्ट्सको शतप्रतिशत जित, रोनाल्डोले गरे गोल

    सिरी ए : युभेन्ट्सको शतप्रतिशत जित, रोनाल्डोले गरे गोल

    साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए २०१८-१९ मा लगातार पाँचौ जित हात पारेको छ। गएराती भएको खेलमा युभेन्ट्सले फ्रोसिनोनलाई उसैको मैदानमा २-० ले हरायो। युभेन्सले अन्तिम १० मिनेटमा दुई गोल गरेको हो। यसै सिजन रियल मड्रिडबाट युभेन्ट्स पुगेको क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो खेलमा गोल गरे। यस्तै अर्को गोल फ्रेडरिको बर्माडेसीले गरे। लगातार पाँच खेल जितेको युभेन्ट्स ५ खेलबाट १५ अंकका…

    विस्तृतमा पढ्नुस्

  • बेनी-जोमसोम सडक दश दिनपछि सञ्चालनमा

    बेनी-जोमसोम सडक दश दिनपछि सञ्चालनमा

    म्याग्दीः म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ। म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भिरमा पहिरो तथा नदी कटानका कारण भदौ…

    विस्तृतमा पढ्नुस्

  • रोहित र धवनको शतक मद्दतमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारत फाइनलमा, अफगानिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित

    रोहित र धवनको शतक मद्दतमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारत फाइनलमा, अफगानिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित

    चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई सुपर फोरको खेलमा ९ विकेटले पराजित गर्दै भारत युएईमा भइरहेको एसिया कपको फाइनलमा प्रवेश गरेको छ। भारतले सुपर फोरमा लगातार दोस्रो जित हात पार्दा कप्तान रोहित शर्मा र शिखर धवनले शतक प्रहार गरे। भारतले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो। पाकिस्तानले दिएको २३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा १ विकेट मात्र गुमाएर पुरा गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आर्सनलको लगातार चौथो जित

    प्रिमियर लिग : आर्सनलको लगातार चौथो जित

    सुरुवाती दुई खेलमा पराजित हुँदै प्रिमियर लिगको नाँ सिजन सुरु गरेको आर्सनलले त्यसयता लगातार चौथो खेल जितेको छ। आइतवार भएको खेलमा लण्डन क्लब आर्सनलले एभरटनलाई २-० ले हरायो। आर्सनलले घरेलु मैदानमा दुवै गोल दोस्रो हाफमा गरेको थियो। उसका लागि ५६औँ मिनेटमा एलेक्जान्डर लाकाजेटे र ५९औँ मिनेटमा पिएरे एमरिक ओवामेयाङले गोल गरे। लगातार चौथो जितपछि ६ खेलबाट १२ अंक जोडेको आर्सनल…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको पहिलो बराबरी

    ला लिगा : बार्सिलोनाको पहिलो बराबरी

    १० खेलाडीमा झरेको बार्सिलोनाले स्पानिस ला लिगामा जिरोनासँग बाबरी खेल्दै अंक बाँडेको छ। झण्डै एक घण्टा एक खेलाडी कम रहेको बार्सिलोनाले जिरोनासँग २-२ को बराबरी खेलेको हो। बार्सिलोनाका लागि कप्तान लियोनल मेसी र जेरार्ड पिकेले एक-एक गोल गरे। जिरोनाका लागि दुवै गोल क्रिस्टियन स्तुअनद्यीले गरे। लियोनल मेसीले १९औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिले अग्रता दिलाएका थिए। ३५औँ मिनेटमा डिफेण्डर…

    विस्तृतमा पढ्नुस्

  • २५० वर्षअघि आजकै दिन यसरी हराएका थिए पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई

    २५० वर्षअघि आजकै दिन यसरी हराएका थिए पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई

    २५० वर्षअघि कान्तिपुर एउटा छुट्टै राज्य थियो। आज झैँ त्यतिबेला पनि यहाँ इन्द्रजात्राको रमझम थियो। तर रात नबित्दै यो राज्यले आफ्नो छुट्टै अस्तित्व गुमायो र तत्कालीन गोरखा राज्यमा विलय हुन पुग्यो। नेपाल एकीकरणको अभियानमा कान्तिपुर विजय एउटा मुख्य फड्को थियो। तर यसका लागि पृथ्वीनारायण शाहले धेरै तयारी गर्नुपरेको थियो।  त्यतिबेलाको काठमाडौँ । स्केच : कर्कप्याट्रिकको सन् १८११ मा प्रकाशित पुस्तक।…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक सवारी साधनको भाडा बढेपछि कुन रुटको भाउ कति पर्‍यो? हेर्नुस् सूची

    सार्वजनिक सवारी साधनको भाडा बढेपछि कुन रुटको भाउ कति पर्‍यो? हेर्नुस् सूची

    काठमाडौं : यातायात व्यवसायीहरुको दबाबका कारण सवारी साधनको भाडा १० प्रतिशत बढाउन बाध्य भएको सरकारले आइतबार देशभरका रुटको भाडादर तय गरेको छ। यातायात व्यवस्था विभागले देशभर चल्ने यात्रुबाहक र मालबाहक सवारी साधनको भाडादर निर्धारण गरेको हो। विभागले काठमाडौं उपत्यका भित्र तथा बाहिर सबै रुटमा चल्ने सवारी साधनको भाडादर तय गरेको जनाएको छ।  विभागले पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ र डिजेलको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सीले खेल्यो सिजनको पहिलो बराबरी

    प्रिमियर लिग : चेल्सीले खेल्यो सिजनको पहिलो बराबरी

    लण्डन क्लब चेल्सीले प्रिमियर लिग २०१८-१९ सिजनको पहिलो बराबरी खेलेको छ। सुरुवाती ५ खेलमा जित हात पारेको चेल्सी छैटौँ चरणको खेलमा वेष्टह्यामसँग बराबरीमा रोकिएको छ। वेष्टह्यामको मैदानमा आइतवार भएको खेल गोलरहित बराबरीमा सिकएपछि दुवै क्लबले १/१ अंक बाँडेका छन्। बराबरीपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। चेल्सीले ६ खेलबाट म्यानचेष्टर सिटी समान १६ अंक जोडेपनि गोल…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ प्रहरी परिसरका एसपी फेरिए, जोशीको ठाउँमा सिंह

    काठमाडौँ प्रहरी परिसरका एसपी फेरिए, जोशीको ठाउँमा सिंह

    काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँका एसपीको सरुवा भएको छ।  लामो समयदेखि परिसरमा रहेर काम गरेका एसपी रामदत्त जोशीको काज सरुवा भएको हो। एसपी जोशीको ठाउँमा एसपी अशोक सिंह आएका छन्। एसपी जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ। एसपी जोशी सासद निरुपाल प्रकरणको छानविन समितका संयोजक समेत हुन्। परिसरमा आएका एसपी सिंहसँग ललितपुर, कास्की जिल्ला प्रमुख भएको अनुभव छ।

    विस्तृतमा पढ्नुस्

  • दुई पटकको विजेता रत्नजितलाई हराउँदै दिपेश च्याम्पियन

    दुई पटकको विजेता रत्नजितलाई हराउँदै दिपेश च्याम्पियन

    काठमाडौं : विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। धामी पूरुष एकलतर्फ र महर्जन महिला एकलतर्फ च्याम्पियन बनेकी हुन्। बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा दोस्रो वरीयताका एपीएफका दिपेशले शीर्ष वरीयताका रत्नजित तामाङलाई २-१ को सेटमा पराजित गर्दै च्याम्पियन…

    विस्तृतमा पढ्नुस्

  • नेपालले पायो बंगबन्धु गोल्डकपको बाँकी पुरस्कार रकम

    नेपालले पायो बंगबन्धु गोल्डकपको बाँकी पुरस्कार रकम

    काठमाडौँ : नेपालले झण्डै साढे दुई वर्षपछि गत संस्करणमा जितेको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डपकको बाँकी पुरस्कार रकम पाएको छ। बंगलादेश फुटबल फेडेरेसनले बाँकी २५ हजार अमेरिकी डलर अखिल नेपाल फुटबल संघ एन्फालाई उपलब्ध गराएको एन्फाले जनाएको छ। बीएफएफले बाँकी रकम एन्फाको खातामा हालिदिएको हो। चौथो संस्करणमा नेपालले बहराइन यू-२३ लाई ३-० ले पराजित गर्दै बंगबन्धुको उपाधि जितेको थियो। च्याम्पियन भएवापत नेपालले…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी महानिरिक्षक खनालको चेतावनी 'नचाहिने काम आजैबाट सर्लक्क छोड्नुहोस्, नत्र जोसुकै भएनि छाड्दिनँ'

    प्रहरी महानिरिक्षक खनालको चेतावनी 'नचाहिने काम आजैबाट सर्लक्क छोड्नुहोस्, नत्र जोसुकै भएनि छाड्दिनँ'

    काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई संगठनको छवि धमिल्याउने कामहरू तत्काल छोड्न निर्देशन दिएका छन्। आइतवार प्रहरी प्रधान कार्यालय नक्साल आयोजित दर्ज्यानि चिन्ह प्रदान कार्यक्रममा  प्रहरी महानिरीक्षक खनालले कुनै पनि प्रहरी कर्मचारी उसको कामको आधारमा मात्र नेतृत्वको नजिक पुग्ने भएकाले गलत काम बन्द गर्ने निर्देशन दिएका हुन्। महानिरिक्षक खनालले भने,' नचाहिने काम आजैबाट सर्लक्क छोड्नुहोस्।' खनालले प्रहरी सङ्गठनलाई उत्कृष्ट बनाउने चाहना…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१६ वुमन्स फुटबल : नेपाल र मलेसियाले खेल्यो बराबरी

    एएफसी यू-१६ वुमन्स फुटबल : नेपाल र मलेसियाले खेल्यो बराबरी

    काठमाडौँ : एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर अन्तर्गत भएको समूह इ को अन्तिम खेलमा घरेलु टोली नेपाल र मलेसियाले बराबरी खेलेका छन्। सशस्त्र प्रहरी बलको मैदान हलचोकमा भएको खेल नेपाल र मलेसियाले ४-४ को बराबरी खेल्दै पहिलो अंक जोडेका हुन्। यसअघि नै समूह चरणबाट बाहिरिसकेको दुवैले समान १ अंक जोड्दै प्रतियोगिता टुङ्गाए। दुुवैले यसअघि म्यानमार र फिलिपिन्ससँग हार बेहोरेका थिए। यस…

    विस्तृतमा पढ्नुस्

  • 'भारती खरेल स्मृति पुरस्कार' रमा शर्मालाई

    'भारती खरेल स्मृति पुरस्कार' रमा शर्मालाई

    काठमाडौं : साधनाको क्षेत्रमा प्रदान गरिने 'भारती खरेल स्मृति पुरस्कार' रमा शर्मालाई दिने भएको छ। स्व. भारती खरेलको ८१ औँ जयन्तीका दिन नगद रु ५१ हजार रुपैँयासहित सम्मानपत्र शर्मालाई प्रदान गरिनेछ।  नेपाली भाषा साहित्यको समृद्धिमा निबन्ध सिर्जना, समीक्षा, सम्पादन र प्राध्यापनका लगायतका क्षेत्रमा उनले पुर्‍याएको योगदानको ‍सम्मानार्थ प्राध्यापक शर्मालाई मंसिर १६ गते पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र साकारले बताए।  

    विस्तृतमा पढ्नुस्

  • एआइजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

    एआइजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौः अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका तीन जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। सरकारले गृह मन्त्रालयको बढुवा समितिले गरेको सिफारिस अनुसार नेपाल प्रहरीका तीन डिआइजीलाई शुक्रवार अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको थियो। पहिलो नम्बरमा बढुवा भएका डिआइजी पुष्कर कार्की, दोस्रोमा ठुले…

    विस्तृतमा पढ्नुस्

  • निर्माण व्यवसायी महासंघको अध्यक्षमा कांग्रेसनिकट रवि सिंह निर्वाचित

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा कांग्रेसनिकट रवि सिंह निर्वाचित

    काठमाडौंः नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा नेपाली कांग्रेसनिकट व्यवसायी रवि सिंह निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न महासंघको ११ औं अधिवेशनमा कांग्रेसकै बागी उम्मेदवार निवर्तमान महासचिव रामशरण देउजा, वामगठबन्धननिकट व्यवसायी यज्ञध्वज कार्की र स्वतन्त्र उम्मेदवार पुरुषोत्म मानन्धरलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। सिंह यसअघि महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा लामो समय काम गरेका व्यक्ति हुन्। वरिष्ठ उपाध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१६ वुमन्स फुटबल : म्यानमार समूह विजेता

    एएफसी यू-१६ वुमन्स फुटबल : म्यानमार समूह विजेता

    काठमाडौँ : काठमाडौँमा भइरहेको एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर अन्तर्गत भएको समूह इ को विजेता म्यानमार बनेको छ। आइतवार हलचोकमा भएको अन्तिम खेलमा फिलिपिन्सलाई ५-१ ले हराउँदै म्यानमारले ९ अंक जोडेको हो। म्यानमारले पहिलो खेलमा मलेसियालाई ३-० र दोस्रो खेलमा नेपाललाई ११-१ ले पराजित गरेको थियो। सुरुवाती दुई खेल जितेको फिलिपिन्स भने पहिलो हारपछि ६ अंकका साथ समूह उपविजेता बनेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell