इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा थ्री लायन्सलार्इ २(१ ले पराजित गर्दै क्रोएसियाले इंग्ल्याण्डको दोस्रोपटक उपाधि जित्ने सपनामाथि ब्रेक लगाएको हो। खेलमा इंग्ल्याण्डका क्याप्टेन ह्यारी केनमाथि धेरैले राम्रो प्रदर्शनको आशा राखेका थिए। तर इंग्ल्याण्ड उपाधि दौडबाट बाहिरिएसँगै ह्यारी केनले क्रोएसियासँगको खेलमा अपेक्षा गरिए अनुसार नखेलेको भन्दै आलोचना भएको छ। इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने सबै…
इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा थ्री लायन्सलार्इ २-१ ले पराजित गर्दै क्रोएसियाले इंग्ल्याण्डको दोस्रोपटक उपाधि जित्ने सपनामाथि ब्रेक लगाएको हो। खेलमा इंग्ल्याण्डका क्याप्टेन ह्यारी केनमाथि धेरैले राम्रो प्रदर्शनको आशा राखेका थिए। तर इंग्ल्याण्ड उपाधि दौडबाट बाहिरिएसँगै ह्यारी केनले क्रोएसियासँगको खेलमा अपेक्षा गरिए अनुसार नखेलेको भन्दै आलोचना भएको छ। इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने सबै…
विश्वकप खेल्न थालेयता दुई दशकपछि क्रोएसिया पहिलो पटक फाइनलमा पुग्दा रसिया विश्वकप २०१८ को फाइनल समिकरण पूरा भएको छ। २१औँ संस्करणका विश्वकप ट्रफी उचाल्नका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र क्रोएसिया आगामी आइतवार लुजनिकी स्टेडियममा भिड्नेछन्। ८ वर्षपछि विश्वकपमा नयाँ टिम फाइनल प्रवेश गरेको हो। सन् २०१० मा स्पेन पहिलो पटक फाइनल पुग्दै विश्वकप जित्न सफल भएको थियो। फ्रान्स…
काठमाडौँः टोले गुन्डा सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले तामाङलाई बिहीबार बालुवाटारबाट पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएपी पोखरेलले भने,' विभिन्न गुन्डागर्दीमा संलग्न भएको उजुरीको आधारमा नियन्त्रणमा लिएका हौँ। गुन्डागर्दी गर्दै त्रास फैलाउन कसैलाई छोड्दैनौँ।' लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। तामाङ मिटर व्याजी तथा बुद्धचित्तको अवैध कारोबारमा समेत संलग्न…
काठमाडौँः बुधबार रातिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भाग जलमग्न भएका छन्। भक्तपुर, बनेपा लगायतका क्षेत्रहरुका बस्ती डुबानमा परेका छन्। मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। डुबानमा परेका बस्तीमा फसेका नागरिकको उद्दारका लागि सेना, प्रहरी तथा स्थानीय समेत खटिएका छन्। डुबानमा परेका बस्तीहरु फोटोमा हेर्नुस्।
काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ७ तीन जनाको मृत्यु भएको छ। गएराति सुतिरहेको बेला घर भत्कँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा हिरा लामा, पानमाया लामा र ३ वर्षीय बालिका सम्पदा लामा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले बताए।
काठमाडौँः बुधबार रातिदेखि परेको अविरल वर्षापछिको बाढी पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। वर्षापछिको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन्। पानी परिरहेका कारण अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा कठिनाइ आएको छ। अरनिको राजमार्ग, विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग लगायतका महत्त्वपूर्ण राजमार्ग बन्द भएका छन्। राजमार्ग बन्द हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। राससका…
रामपुरः तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बिपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते १६ जनाको उद्धार गरिएको छ। घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। बस सडकबाट…
काठमाडौँः हनुमन्ते खोलाको बाढीका कारण डुबानमा परेका बस्तीका नागरिकको उद्दारका लागि सेनाको टोली परिचालित भएको छ। बाढीका कारण भक्तपुरको जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ। डुंगासहितको सेनाको टोली उद्दारका लागि परिचालित भएको छ। तस्विरः शंकर योन्जन तामाङ यस्तै, मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पनि डुबानमा परेका छन्। बस्ती डुबानमा पर्दा घरमा फसेका नागरिकको उद्दारका…
काठमाठौँः गएरातिदेखिको अविरल वर्षाका कारण भक्तपुरमा हनुमान्ते खोला आसपासका किनाराका बस्ती डुबानमा परेका छन्। अविरल वर्षाका कारण किनाराका बस्तीका घरहरु डुबानमा परेका छन्। यस्तै, मनोहरा खोलाको बहावले पनि खतराको तह पार गरेको छ। हनुमान्ते खोलाको बाढीका कारण बालकोट खोला आपासका बस्ती पनि डुबानमा परेका छन्। राससका अनुसार बाढीका कारण जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको…
सिन्धुलीः मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ। सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो। गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ। सडकमा थुप्रिएको माटो…
बनेपाः बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण बाढी तथा पहिरोबाट अरनिको र बीपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुबै राजमार्ग बन्द भएका छन्। इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनीलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग बन्द भएको छ। बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा…
फलेवासः अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए। गएराति झण्डै १० बजेदेखि नै पहिरो खस्न सुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत…
रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकपको उपाधिका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र क्रोएसिया भिड्ने भएका छन्। दोस्रो सेमिफाइनलमा सन् १९६६ को च्याम्पियन इंग्ल्याण्डाई २-१ ले पराजित गर्दै क्रोएसियाले पहिलो पटक फाइनलमा स्थान बनाएको हो। फिफा वरियतामा २०औँ स्थानमा रहेको क्रोएसिया विश्वकपको फाइनल पुग्नेमध्ये सबैभन्दा लोएस्ट र्याङ्किङ भएको टिम समेत बनेको छ। यसअघि सन् १९९८ मा फ्रान्स च्याम्पियन हुँदा १८औँ वरियतामा…
इभान पेरिसिक र मारियो मान्डुकिचको गोल मद्दतमा इंग्ल्याण्डलाई अतिरिक्त समयमा पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। रसियामा भइरहेको विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँग उपाधि भिडन्त पक्का गरेको हो। इंग्ल्याण्डले भने अब तेस्रो स्थानको लागि बेल्जियमसँग खेल्नेछ। खेलको पाँचौ मिनेटमै पछि परेको क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।…
काठमाडौं : १८औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा ४ पदक प्राप्त गरेका छन्। २ महिनादेखि कोरियामा विशेष प्रशिक्षणमा रहेका राष्ट्रिय तेक्वान्दो टोलीले कोरियाको पोहाङमा भएको वर्ल्ड युनिभर्सिटी खुला तेक्वान्दो प्रतियोगितामा नेपाली टोलीले फाइटतर्फ २ रजत र २ कास्य पदक प्राप्त गरेको नेपाल तेक्वान्दो संघका प्रवक्ता दीपक बिष्टले जानकारी दिए। टोलीका प्रशिक्षकसमेत रहेका…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ८ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ। खेलकुद विकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ (संशोधित) सहित खेलकुद गतिविधि सञ्चालन, लेखा परिक्षण नविकरण, निर्वाचन आदि कार्यहरु नगरी राखेपबाट गत जेठ ४ गते राष्ट्रिय दैनिकमा प्रकाशित सूचनालाई पनि परिपालना गरेको नपाईएकोले खेलकुद विकास ऐन २०४८ को दफा १८ को उपदफा २ बमोजिम असार…
काठमाडौं : नेपाल सरकार मस्ट कन्भरसेसनल वर्ल्ड लिडर्स २०१८ को तेस्रो स्थानमा आएको छ। सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काएको आधारमा नेपाल सरकार ट्वीटर एकाउन्ट @Hello_Sarkar ( हेल्लो सरकार) विश्वमै तेस्रो स्थानमा आएको हो। ट्वीप्लोमेसी २०१८ अन्तर्गत जवाफ फर्काएको प्रतिशतका आधारमा नेपाल तेस्रो स्थानमा आएको हो। ट्वीटरमा हेल्लो सरकारलाई मेन्सन गरिएका ट्वीट मध्ये हेल्लो सरकारले ९० प्रतिशतलाई जवाफ दिएको उल्लेख छ। …
काठमाडौं : फिल्म 'बाबु कान्छा'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वरमा फिल्मको 'मेरो पहिलो प्रेम' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत र करिश्मा श्रेष्ठ फिचर्ड छन्। टंक बुढाथोकीको संगीत रहेको यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। फिल्म असार २९ देखी प्रदर्शनमा आउनेछ।फिल्ममा सलोन…
इस्लामावादः मंगलबार मात्र पाकिस्तानको पीके–७८ निर्वाचन क्षेत्रमा अवामी नेसनल पार्टीको एउटा चुनावी बैठकमा आत्मघाती बम आक्रमण भयो। आक्रमणमा परी सोही क्षेत्रका राज्यसभाका उम्मेदवार समेत रहेका अवामी नेसनल पार्टी (एएनपी) का एक नेतासहित २१ जनाको ज्यान गएको छ। टाइमका अनुसार विष्फोटको जिम्मेवारी पाकिस्तानी तालिवान समूहले लिएको छ। पाकिस्तानी तालिवानका प्रवक्ता मोहम्मद खुरासानीले वक्तव्य जारी गर्दै उत्तरपश्चिम सहर पेशावरमा भएको आक्रमणको जिम्मा…