फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक गरेको छ। फिफा अध्यक्ष गियानी इन्फान्टियोले पत्रकार सम्मेलन गर्दै आगामी विश्वकपको मिति सार्वजनिक गरेका हुन्। प्राय जुन - जुलार्इमा हुँदै आएको विश्वकप २०२२ मा भने नोभेम्बर २१ देखि डिसेम्बर १८ का बीचमा हुने भएको छ। पहिले नै कतारमा हुने भनिएको विश्वकपको मितिलार्इ लिएर विवाद हुँदै आएको थियो। वर्षको अन्तिमतिर क्लब फुटबलमा…
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउलार्इ गरिएको छ। शुक्रबार लन्डनबाट पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिए लगत्तै शरिफलार्इ नियन्त्रणमा लिइएको हो। यस्तै शरीफकी छोरी मरियम नवाजलाई पनि पक्राउ गरिएको छ। उनीहरु दुवैलार्इ रावलपिन्डी नजिकैको अडियाला कारागारमा राखिएको छ। शरीफ र उनकी छोरी मारियमलाई पाकिस्तानको अदालतले भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको थियो। तीन पटक पाकिस्तानका प्रधानमन्त्री भइसकेका शरिफलाई १० वर्ष, र मरियमलाई ७ वर्ष…
रसियामा जारी विश्वकपमा आज तेस्रो स्थानका लागि दुर्इ छिमेकी राष्ट्रहरु इंग्ल्यान्ड र बेल्जियम बेलुकी ७:४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा भिड्दैछन्। क्रोएसियासँग २-१ गोल अन्तरले पराजित हुँदै इंग्ल्यान्ड उपाधी होडबाट बाहिरिएको हो। यस्तै फ्रान्ससँग १-० ले पराजति भएपछि बेल्जियमको फाइनलसम्म पुग्ने सपनामा पूर्णविराम लाग्यो। रसिया विश्वकपमा एउटै समूहमा थिए इंग्ल्यान्ड र बेल्जियम। बेल्जियम समूह चरणका सबै खेल जित्दै पहिलो हुँदै नक-आउट…
क्रोएसिया पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो। २० वर्ष अघि पहिलो पटक विश्वकपमा सहभागी हुँदै सेमिफाइनल पुगेको क्रोएसिया रसियामा नयाँ इतिहास बनाउने होडमा छ। सेमिफाइनलमा इंग्ल्यान्डलार्इ पराजित गरेको क्रोएसियाले फाइनलमा फ्रान्सको सामना गर्दैछ। इंग्ल्यान्डसँग खेलमा १०९ मिनेटमा मारियो मानडुजकीले गोल गरी क्रोएसियललार्इ विजयी बनाएका थिए। रेफ्रीले फाइनल विस्सल बजाउने बित्तिकै क्रोएसियाली खेलाडीहरु आफ्ना समर्थकहरुका बीचमा गएर खुसीयाली साटासाट गर्न पुगेका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ने क पाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको अन्तिम श्रद्धाञ्जलीका लागि नेकपासहितका विभिन्न दलका नेताहरु पुगेका छन्। उनको पार्थीव शरीरमा ने क पाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस्तै, ने क पाका नेता बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहितका नेताहरु…
इस्लामावद : पाकिस्तानमा भएको आत्मघाती बम हमलामा परी १३२ जना मारिएका छन्। घटनामा परी १८० जना भन्दा बढी घाइते भएको डन न्यूजले जनाएको छ। यही महिना २५ तारिकमा हुन लागेको निर्वाचनको चुनावी प्रचार प्रसार कार्यक्रमलाई लक्षित गरी दुई वटा आत्मघाती बम विस्फोट गराइएको थियो। बलोचीस्तानमा भएको वलोचीस्तान अवामी पाटी (बीएपी)का उम्मेदवार नवाबजाद सिराज रइसानीको चुनावी कार्यक्रमलाई लक्षित गरी त्यहाँको मस्तुङ…
काठमाडौं : शेरबहादुर देउवाको नेतृत्व रहँदा नियुक्ति पाएका चार संस्थानका अध्यक्षलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शुक्रवार न्यायाधीश बमबहादुर श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो। गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, एकीकृत वाग्मती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, घरेलु तथा साना उद्योग विकास समितका कार्यकारी निर्देशक नविनकुमार झा र राष्ट्रिय सहकारी बोर्डका सहध्यक्ष दक्ष पौडेलको पक्षमा अन्तरिम आदेश…
रसिया विश्वकपमा हालसम्म भएको डोपिङ टेस्ट नेगेटिभ रहेको फिफाले जनाएको छ। फिफाले प्रतियोगिता अघि र खेलको दौरान १५०० जना भन्दा बढी खेलाडीहरुको डोपिङ नमूनाहरु संकलन गरेको थियो। बिहीवार एक एक विज्ञप्ती जारी गर्दै फिफाले लेखेको छ 'प्रतियोगिताको अघि र दौरान लिइएका सबै डोपिङ परीक्षणहरुको जाँच गर्दा नेगेटिभ परिणाम देखाएको छ।' संकलन गरिएका नमूनाहरु वर्ल्ड एन्टी डोपीङ एजेन्सी (वाडा) को ल्याबरेटोरीमा…
काठमाडौं : आगामी अगस्टदेखि सेप्टेम्बरसम्म इन्डोनेसियामा हुने १८औँ एसियन गेम्स अन्तर्गत भलिबलको ड्र सार्वजनिक भएको छ। पुरुष भलिबलको ड्र अनुसार नेपाल, दक्षिण कोरिया र चाइनिज ताइपेई समूह डी मा छ। नेपालले पुरुष भलिबलमा मात्र भाग लिदैँछ।। पुरुष भलिबलमा सहभागिता जनाउने २० टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। ४ वटा समूहमा ३-३ तथा २ समूहमा ४-४ देश समावेश छन्। पुरुष भलिबल…
बलिउड अभिनेत्री प्रियंका चोपडाले टिभी सो 'क्वान्टिको'बाट हलिउडमा चर्चा बटुलेकी हुन्। सिरिजले उनलाई हलिउडमा चिनाएको हो। हलिउड गायक निक जोनससँग प्रेम सम्बन्धमा रहेकी प्रियंका सलमानको नयाँ प्रोजेक्टमा देखिने भएकी छिन्। लामो समयपछि उनी फिल्म 'भारत' बाट बलिउडमा प्रस्तुत हुने तयारीमा छिन्। त्यस प्रोजेक्टसँगै उनी 'द स्काई इज पिङ्क' मा देखिने छिन्। बलिउड दर्शक उनको नयाँ प्रोजेक्टको पर्खाइमा छन्। प्रियंकाले बलिउड…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनबाट भइरहेको क्षतिको न्यूनिकरणमा लाग्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा मदन भण्डारी कला सहित्य प्रतिष्ठानले आयोजना गरेको हिमोवत् खण्ड कला साहित्य सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ग्लोबल वार्मिङका कारण हिमोवत् खण्ड समस्यामा परेको उनले बताए। ‘ग्लोबल वार्मिङका कारण हिमालहरु पग्लिँदै छन्। हिमनदीहरु हराउँदै छन्, यसको संरक्षण गर्नुपर्ने छ,’ उनले भने, ‘ग्लोबल वार्मिङले…
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा जर्मनीका कप्तान फिलिप लाहमले विश्वकप ट्रफी उचाले। २४ वर्ष पछि ट्रफी उचालेका लाहम त्यसपछि विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा सामेल भए। थोरै खेलाडीहरुले मात्र राष्ट्रिय र युएफा, फिफा क्लब विश्वकप र फिफा विश्वकप उपाधी माथि विजय हासिल गर्न सक्छ। ३४ वर्षे लाहमले २०१४ मा विश्वकप जितेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्नयास लिएका थिए र त्यसको तीन वर्षपछि…
प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ। सन् २०१६ मा लण्डन क्लबसँग ३ वर्षको लागि सम्झौता गरेका कोन्टे सम्झौता समयअघि नै बर्खास्तीमा परेका हुन्। स्टानफोर्ड ब्रिजमा रहँदा उनले चेल्सीलाई प्रिमियर लिग र एफए कपको उपाधि एक-एक पटक जिताएका थिए। कोन्टेकै प्रशिक्षणमा चेल्सीले लिग जित्दा ३८ मध्ये कीर्तिमानी ३० खेल जितेको थियो। यस्तै लगातार १३ खेल जित्दै क्लब…
काठमाडौं : दश वर्ष प्रधान सम्पादक रहेका सुधीर शर्माले राजिनामा गरेपछि रिक्त रहेको कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व नारायण वाग्लेले लिएका छन्। संयोग नै हो, वाग्लेले कान्तिपुरबाट राजिनामा गरेपछि शर्मा सम्पादक भएका थिए। र, फेरि अहिले शर्माले राजिनामा गरेपछि वाग्ले प्रधान सम्पादक बनेका हुन्। दी काठमाण्डू पोस्टका सम्पादक अखिलेश उपाध्यायले पनि शर्मासँग राजिनामा गरिसकेका छन्। पोस्टमा सम्पादक को हुने अझै यकिन…
रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप फाइनलमा फ्रान्स र क्रोएसिया आइतवार प्रतिस्पर्धा गर्दैछन्। वर्तमान प्रशिक्षक डिडिएर डेसच्याम्प्स कप्तान हुँदा फ्रान्सले सन् १९९८ मा घरेलु भूमिमा विश्वकप ट्रफी उचालेको थियो। २० वर्षपछि डेसच्याम्प्स पुन: विश्वकपको ट्रफी उचाल्न संघारमा पुगेका छन्। त्यसका लागि 'लेस ब्लुज' टोलीले जल्ट्को डालिकको क्रोएसियालाई पराजित गर्नुपर्नेछ। क्रोएसिया त्यही टोली हो जसलाई फ्रान्सले १९९८ को सेमिफाइनलमा हराएको थियो। पहिलो…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले पठाएको पत्र सार्वजनिक गरेका छन्। ट्विटरबाट सार्वजनिक गरिएको सो पत्रमा किमले द्वीपक्षीय सम्बन्धमा नयाँ भविष्य बन्नेमा आशावादी रहेको बताएका छन्। पत्रलार्इ ‘अ भेरी नाइस नोट’ (एउटा राम्रो पत्र) भन्दै ट्रम्पले धेरै राम्रो प्रयास भएको उल्लेख गरेका हुन्। A very nice note from Chairman Kim of North Korea. Great progress being…
इस्लामावाद : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई पाकिस्तान प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ। लण्डनबाट इस्लामावाद आउँदै गरेका उनीहरुलाई त्यहाँको विमानस्थलमा नै पक्राउ गर्ने तयारी भइरहेको स्रोतलाई उदृत गर्दै पाकिस्तानको डन न्यूजले जनाएको छ। उनीहरुलाई लाहोरको आलम इक्वाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै पक्राउ गरी नेशनल एकाउन्टिविलिटी व्यूरो (एनएबी)लाई हस्तान्तरण गरिने योजना बनिरहेको छ। पाकिस्तानका इन्टेरियर…
काठमाडौं : फिल्म 'कायरा'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। कोशिस क्षेत्रीको शब्द/संगीत र केतन क्षेत्रीको स्वरमा फिल्मको 'सुखमा तिमीसँगै हाँसु' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री सामाग्री राज्य लक्ष्मी शाह फिचर्ड छन्। लक्ष्मण रिजाल फिल्मका निर्देशक हुन्। फिल्ममा आर्यन र सामाग्रीसँगै शिशिर राणा, हितेश शर्मा, र मरिश्का श्रेष्ठ लगायतको अभिनय…
बेइजिङ : चीनको सिचुआन प्रान्तको एउटा औद्योगीक क्षेत्रमा विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ। विष्फोटमा परी १२ जना घाइते भएका छन्। स्थानीय समय अनुसार बिहीबार साँझ साढे ६ बजे दक्षिणपश्चिम सिचुआन प्रान्तको जियानमा रहेको औद्योगीक पार्कमा रहेको यीविन हेङडा टेक्नोलोजीको केमिकल प्लान्टमा विष्फोट भएको प्रान्तीय सुरक्षा प्रशासनलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। विष्फोटपछि लागेको आगो शुक्रबार विहानसम्म नियन्त्रणमा लिइएको…
काठमाडौं: यो साता शुक्रबार प्रदर्शन अन्तरगत चार नेपाली फिल्म छन्। 'बोबी', 'बाबु कान्छा', 'वीरङ्गना' र 'यो पागल मन' प्रदर्शनमा आएका चार नेपाली फिल्म हुन्। मिलन चाम्स निर्देशित 'बोबी' वास्तविक प्रेम कथामा आधारित फिल्म हो। फिल्ममा नर्वे बस्दै आएका (एनआरएन) कविता गुरुङ र उमेश थापाको अभिनय रहेको छ। उमेश पेसाले इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन्। कथालाई जीवन्त बनाउन फिल्ममा…