PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • बेलायतमा सेकेन्ड ह्यान्ड कारको बिक्री किन घट्यो?

    बेलायतमा सेकेन्ड ह्यान्ड कारको बिक्री किन घट्यो?

    बेलायतमा सेकेन्ड ह्यान्ड कारको बिक्री घटेको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार सन् २०२२ मा ६९ लाख सेकेन्ड ह्यान्ड कारहरूको मात्र कारोबार भएको छ। एसएमएमटीले सेकेन्ड ह्यान्ड कारहरूको बिक्री गत वर्ष तीव्र रूपमा घटेको बताएको छ। किनभने नयाँ गाडीहरु बजारमा धेरै कम देखिएका छन्। नयाँ मोडेलहरू बजारमा नआउँदा मानिसहरुले सेकेन्ड ह्यान्ड गाडीको विकल्प कम छन्। त्यसैले मानिसहरु सेकेन्ड…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सेवा ठप्प पारेका चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

    स्वास्थ्य सेवा ठप्प पारेका चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी संघलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेका हुन्।  विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी,…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

    बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। सत्ता गठबन्धनमा रहेका दलहरुबिच बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन लगायतका नेताहरु सहभागी छन्। बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको अवस्था, राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • ५ हजार बढी गर्भवती रसियाली महिला किन प्रवेश गरे अर्जेन्टिना?

    ५ हजार बढी गर्भवती रसियाली महिला किन प्रवेश गरे अर्जेन्टिना?

    गएको केही महिनाहरूमा ५ हजारभन्दा बढी रसियाली गर्भवती महिलाहरू अर्जेन्टिना प्रवेश गरेका छन्। जसमध्ये गत बिहीवारमात्रै एकै विमानबाट ३३ जना महिला अर्जेन्टिना प्रवेश गरेको बीबीसीले उल्लेख गरेको छ। पछिल्लो पटक आएका सबै महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा रहेको अर्जेन्टिनाको राष्ट्रिय अध्यागमन एजेन्सीले जनाएको छ। ती महिलाहरूले आफ्ना सन्तानहरूले अर्जेन्टिनाको नागरिकता पाउन् भन्ने आशासहित त्यहाँ बच्चा जन्माउन पुगेको बुझिएको छ। यसरी अर्जेन्टिना प्रवेश गर्ने…

    विस्तृतमा पढ्नुस्

  • तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको डिपिआर तयार

    तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको डिपिआर तयार

    काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। डिपिआरअनुसार विभिन्न चार विकल्प दिइएको छ। अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले…

    विस्तृतमा पढ्नुस्

  • बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

    बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

    काठमाडौं : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ। सडक स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी-जोमसोम सडकको बेनी-गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६ बजे देखि ८, दिउँसो ११ः३०…

    विस्तृतमा पढ्नुस्

  • टर्कीए-सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, थपियो सुरक्षा चुनौती

    टर्कीए-सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, थपियो सुरक्षा चुनौती

    टर्कीए र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ। मंगलवार गएको दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। अहिले पनि धवस्त भएका भवनहरुमा पुरिएका मानिसहरुको उद्धारको कार्य जारी छ। भूकम्प गएको १३२ घण्टपछि पनि जीवितै मानिस उद्धार गर्न उद्धार टोली सफल भएका छन्। यद्यपि, केही स्थानमा झडप हुँदा जर्मनी र अस्ट्रियाका…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा मन्त्रिपरिषदले पायो पूर्णता : नवनियुक्त मन्त्रीहरुको शपथ आज, राजीनामा दिएकी मन्त्रीलाई पनि तोकियो मन्त्रालय

    लुम्बिनीमा मन्त्रिपरिषदले पायो पूर्णता : नवनियुक्त मन्त्रीहरुको शपथ आज, राजीनामा दिएकी मन्त्रीलाई पनि तोकियो मन्त्रालय

    काठमाडौं : लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिपरिषदमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन्। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८  अनुसार मन्त्रिपरिषदमा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको छन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले शनिबार राति जारी गरेको विज्ञप्तिमा मन्त्रीहरुको कार्यविभाजन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • साउदीको क्लब अल हिलाललाई हराउँदै रियल मड्रिडले जित्यो विश्वकप उपाधि

    साउदीको क्लब अल हिलाललाई हराउँदै रियल मड्रिडले जित्यो विश्वकप उपाधि

    स्पेनिस क्लब रियल मड्रिडले गएराति सम्पन्न क्लब फिफा क्लब विश्वकपको फाइनल खेलमा साउदी अरबको क्लब अल हिलाललाई हराउँदै च्याम्पियन बनेको छ। मोरोक्कोस्थित प्रिन्स मौले अबदेल्ला स्टेडियममा सम्पन्न खेलमा मड्रिडले हिलालमाथि ५-३ अन्तरको जित निकालेको हो। मड्रिडको जितमा भिनिसिय जुनियर र फेडेरिको भाल्भर्डेले समान २ गोल गर्दा करिम बेन्जेमाले १ गोल गरे। खेलको १३ औं मिनेटमै भिनिसियसको गोलमा मड्रिडले अग्रता बनाएको…

    विस्तृतमा पढ्नुस्

  • साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन,रञ्जु दर्शना महासचिव

    साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन,रञ्जु दर्शना महासचिव

    काठमाडौं : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन्। उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएको छ। सो पार्टीको दुई दिनसम्म काठमाडौंमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ। सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन्। विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ। सात…

    विस्तृतमा पढ्नुस्

  • जनमत सङ्ग्रह गरेर नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ : शशांक कोइराला

    जनमत सङ्ग्रह गरेर नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ : शशांक कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन्। उनले जनमत सङ्ग्रह गरि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका हुन्। शनिवार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट-१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताएका हुन्। भने,'जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ।' कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक कुटपिट घटना : आज आकस्किमबाहेकका स्वास्थ्य सेवा बन्द हुने

    चिकित्सक कुटपिट घटना : आज आकस्किमबाहेकका स्वास्थ्य सेवा बन्द हुने

    काठमाडौं : राष्ट्रपतिको सवारी हुँदा वीर अस्पताल बाहिर चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प हुने भएको छ।  नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो आर्सनल, टोटेनहम लेस्टर सिटीसँग पराजित

    बराबरीमा रोकियो आर्सनल, टोटेनहम लेस्टर सिटीसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर आर्सनल बराबरीमा रोकिएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनल ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६६ औं मिनेटमा लिओनार्दो ट्रसआर्डको गोलमा आर्सनलले अग्रता बनाएको थियो। तर, ७४ औं मिनेटमा इभान टोनीले ब्रेन्टफोर्डका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोली गोल फर्काउन…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक चलखेलका कारण कांग्रेस सरकार बाहिर बस्नुपर्‍यो : प्रकाशशरण महत

    राजनीतिक चलखेलका कारण कांग्रेस सरकार बाहिर बस्नुपर्‍यो : प्रकाशशरण महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक चलखेलका कारण कांग्रेस सरकार बाहिर बस्नुपरेको बताएका छन्। शनिवार सातौं नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको हुन्। उनले देशको विकास निर्माण कार्य अहिले अन्योलमा परेको पनि बताएका छन्। उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको दाबी…

    विस्तृतमा पढ्नुस्

  • रेशमकी आमासँग आर्शिवाद लिँदै मुख्यमन्त्री शाहले भने : म पनि तपाईंकै छोरा हुँ, रेशमलाई छुटाउने प्रयास गर्छु

    रेशमकी आमासँग आर्शिवाद लिँदै मुख्यमन्त्री शाहले भने : म पनि तपाईंकै छोरा हुँ, रेशमलाई छुटाउने प्रयास गर्छु

    लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका परिवारसँग भेट गरेका छन्। शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण गरेका शाहले शनिबार कैलालीको जानकी-९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यालाई भेटघाट गरेका थिए। त्यसक्रममा शाहले रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिएका थिए। उनले उक्त घटनालाई राजनीतिक रुपमा नै समाधान…

    विस्तृतमा पढ्नुस्

  • पोखरा लेकसाइड सेन्टरमा लागेको आगो नियन्त्रणमा,आधा दर्जन व्यापारिक स्टोरमा क्षति

    पोखरा लेकसाइड सेन्टरमा लागेको आगो नियन्त्रणमा,आधा दर्जन व्यापारिक स्टोरमा क्षति

    काठमाडौं : पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ। हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भूइँतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे सुरु भएको आगलागी ६ः४५ बजे पूर्ण नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आगलागीबाट सेन्टरमा सञ्चालित आधा दर्जन व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ। …

    विस्तृतमा पढ्नुस्

  • कराते प्रतियोगिता: १५ पदकसहित पुलिस टिम च्याम्पियन

    कराते प्रतियोगिता: १५ पदकसहित पुलिस टिम च्याम्पियन

    काठमाडौँ: कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ। सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै पुलिस टिम च्याम्पियन बनेको हो। प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन्। ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपीएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७…

    विस्तृतमा पढ्नुस्

  • महिला हक्की: लुम्बिनी प्रदेशलाई हराउँदै आर्मीलाई उपाधि

    महिला हक्की: लुम्बिनी प्रदेशलाई हराउँदै आर्मीलाई उपाधि

    काठमाडौँ: पाँचौं साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ। शनिबार जनकपुरमा भएको फाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले पराजित गर्‍यो। आर्मीकी सीतामाया बल र सरस्वती तामाङले गोल गरे। लुम्बिनीकी अन्नया बरुवालले गोल फर्काइन्। लुम्बिनीकी पूजा कुमारी उत्कृष्ट खेलाडी, लुम्बिनीकी प्रतिमा सरोज उत्कृष्ट गोलरक्षक तथा आर्मीकी हिमाली थापा उत्कृष्ट डिफेन्डर घोषित भए। विजेतालाई मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो,…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए चेल्सी र वेस्ट हम

    बराबरीमा रोकिए चेल्सी र वेस्ट हम

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी र वेस्ट हम बराबरीमा रोकिएका छन्। लण्डन स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली वेस्टहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको १६ औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा गोल गर्दै जोआओ फिलिक्सले चेल्सीलाई अग्रता दिलाएका थिए। २८ औं मिनेटमा इमर्सनले जार्रोड बोवेनको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसबाहेक पहिलो हाफमा चेल्सीको र दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • के किम जोङ उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदैछन् ?

    के किम जोङ उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदैछन् ?

    उत्तर कोरियाली शासक किम जोङ उनकी छोरी किम जु एको चर्चा अहिले विश्वभर भइरहेको छ। करिब ९ वर्षकी भनिएकी जु ए गत वर्ष नोभेम्बर महिनामा मात्रै सार्वजनिक कार्यक्रमा किमसँग देखिएकी थिइन्। त्यही बेला नै उनको चर्चा भए पनि हालै सैन्य कार्यक्रममा सरिक भएपछि उनको थप चर्चा चुलिएको हो। जु ए आफ्नो बुवाको हात समाउँदै सैन्य परेडमामात्रै सहभागी भइनन्। उनले किमसँगै करिब ११ वटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell