PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • जनकपुरस्थित राम मन्दिरबाट सुरु भयो ‘भगवत् गीता’को छायाङ्कन

    जनकपुरस्थित राम मन्दिरबाट सुरु भयो ‘भगवत् गीता’को छायाङ्कन

    काठमाडौं : झरना थापाको निर्देशन रहेको फिल्म ‘भगवत् गीता’ को छायाङ्कन सुरु भएको छ। शुक्रवार बिहान शुभमुहूर्तसँगै जनकपुरको राममन्दिरबाट छायाङ्कन सुरु भएको हो। शुक्रवार बिहान भगवत् र गीता बनेका धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै सुटिङ सुरु गरिएको थियो। छायाङ्कन सेटको फोटोमा सुहाना, धिरजसहित बिपिन कार्की, अनुरागमानसिंह कुँवर लगायतको कलाकारलाई देख्न सकिन्छ। केही दिनअघि नै सुटिङकै लागि कास्ट…

    विस्तृतमा पढ्नुस्

  • संसद र सरकारलाई सात वर्षे अनुभवको ५६ बुँदे सुझाव, प्रगतिको गतिमाथि भने राष्ट्रपतिको प्रश्नैप्रश्न (पूर्णपाठ)

    संसद र सरकारलाई सात वर्षे अनुभवको ५६ बुँदे सुझाव, प्रगतिको गतिमाथि भने राष्ट्रपतिको प्रश्नैप्रश्न (पूर्णपाठ)

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसद र सरकारलाई जनताका लागि गर्नुपर्ने विभिन्न विषयमा आफ्नो राय व्यक्त गरेकी छिन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो दुई कार्यकालको अनुभवमा पाएको अनुभवको आधारमा आफ्नो राय राखेको बताएकी छिन्। राष्ट्रपति भण्डारीले अबको ध्यान नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने सुझावसमेत सम्बोधनमा राखेकी छिन्। 'करिब सात वर्ष लामो…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ, एकीकृत समाजवादीसहित सानो मन्त्रिपरिषद् गठन

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ, एकीकृत समाजवादीसहित सानो मन्त्रिपरिषद् गठन

    धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रवार प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ खुवाएका हुन्। मुख्यमन्त्री शाहले शपथ लिएसँगै एकीकृत समाजवादीलाई समेटेर तीन जनाको मन्त्रिपरिषद् समेत गठन गरेका छन्। मन्त्री हुनेमा भौतिक पूर्वाधार विकासमा काङ्ग्रेसका प्रकाशबहादुर देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा एकीकृत समाजवादीका नरेशकुमार शाही रहेका छन्। नवनियुक्त मन्त्रीहरुले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले लिए शपथ

    सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले लिए शपथ

    कैलाली : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्री शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री शाहसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्रीको रुपमा नेपाली कांग्रेसका प्रकाश बहादुर देउवा र आर्थिक मामिला तथा योजनाको रुपमा नेकपा (एकीकृत समाजवादी)का नरेश कुमार शाहीले शपथ लिएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • मुलुकले राजनीतिक गतिको लय समातिसक्यो अब विकास र समृद्धितर्फ ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

    मुलुकले राजनीतिक गतिको लय समातिसक्यो अब विकास र समृद्धितर्फ ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छिन्। सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताइन्। उनले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याइन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा…

    विस्तृतमा पढ्नुस्

  • नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दशौंदीको शपथ

    नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दशौंदीको शपथ

    काठमाडौं : नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले पद तथा गोपनियताको शपथ लिएका छन्। दशौंदीले शुक्रवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा शपथ कार्यक्रम आयोजना गरिएको थियो। दशौंदी यही माघ २५ गते दाङमा भएको उप-निर्वाचनबाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्ने उपाय खोज्नुपर्छ : राष्ट्रपति भण्डारी

    अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्ने उपाय खोज्नुपर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समधान गर्न तत्कालै समधान खोज्नु पर्ने बताएकी छिन्। आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको राजनीति क्षेत्रले लय समाते पनि अर्थतन्त्रको क्षेत्रमा पाइला चाल्नुपर्ने समय आएको बताएकी हुन्। देशमा आर्थिक जटिल अवस्था आएकाले अर्थतन्त्रमा देखिएका समस्या समधान गर्न अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने उनले बताइन्। बैंक तथा वित्तीय संस्थामा देखिएको…

    विस्तृतमा पढ्नुस्

  • संसद्मा राष्ट्रपतिको सम्बोधन सुरु (लाइभ)

    संसद्मा राष्ट्रपतिको सम्बोधन सुरु (लाइभ)

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेकी छिन्। शीतल निवासदेखि नयाँ बानेश्वर पुग्दा उनको कारको अगाडि र पछाडिबाट भने घोडसवारहरुले स्कर्टिङ गरेका थिए। नेपालको संविधानको धारा ९५ बमोजिम शुक्रवार भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै…

    विस्तृतमा पढ्नुस्

  • घोडसवारको स्कर्टिङमा राष्ट्रपति शीतलनिवासबाट पुगिन् संसद् भवन

    घोडसवारको स्कर्टिङमा राष्ट्रपति शीतलनिवासबाट पुगिन् संसद् भवन

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेकी छिन्। शीतल निवासदेखि नयाँ बानेश्वर पुग्दा उनको कारको अगाडि र पछाडिबाट भने घोडसवारहरुले स्कर्टिङ गरेका थिए। शीतल निवासबाट शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, छाता गणेश, नक्साल भगवति, बानेश्वर हुँदै राष्ट्रपतिको सवारी चल्दा उक्त सडकमा चल्ने सवारी साधनहरु केही समय प्रभावित भएका थिए। राष्ट्रपतिले गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अक्षय कुमारसँगको सम्बन्धबारे रविनाले भनिन् : इन्गेजमेन्ट तोडेकै कारण म सधैँ निशानामा पर्छु

    अक्षय कुमारसँगको सम्बन्धबारे रविनाले भनिन् : इन्गेजमेन्ट तोडेकै कारण म सधैँ निशानामा पर्छु

    बलिउड अभिनेत्री रविना टण्डन प्रोफेसनलका साथै पर्सनल लाइफका कारण चर्चित छिन्। रविनालाई विगतले छाडेको छैन किनकी अहिले पनि उनको नाम अक्षय कुमारसँग जोडिन्छ। केही दिनअघि रविना एएनआईसँग अन्तर्वाता दिन पुगेकी थिइन्। जहाँ उनले अक्षयसँगको सम्बन्धबारेमा खुलेर जवाफ दिएकी छिन्। रविनालाई पत्रकारले गुगलमा तपाईसँगै अक्षय कुमारको नाम पनि देखिन्छ भनि प्रश्न सोधेका थिए। जवाफमा रविनाले भनिन्, ‘यस्तो सबैसँग हुन्छ। जब मैले अक्षय कुमारसँग…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणले खारेज गर्‍यो प्रभु डिजिटल र एलएनटी इन्फोटेकको लाइसेन्स

    प्राधिकरणले खारेज गर्‍यो प्रभु डिजिटल र एलएनटी इन्फोटेकको लाइसेन्स

    काठमाडौं : नेपाल दूरसंचार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ। शुक्रवार एक सूचना जारी गर्दै प्राधिकरणले प्रभु डिजिटल लिमिटेड र एलएनटी इन्फोटेक प्रालिको लाइसेन्स खारेज गरेको जनाएको छ। प्रभु डिजिटल काठमाडौं र एलएनटी इन्फोटेक कास्कीको कम्पनी हो। दुवै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले दूरसंचार ऐन, २०५३ को दफा २५ (५)…

    विस्तृतमा पढ्नुस्

  • विदेशी मुद्रासहित एक पुरुष समातिए

    विदेशी मुद्रासहित एक पुरुष समातिए

    काठमाडौं : अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। अमेरिकी डलर ३ हजार ६ सय ४१ र कतारी रियाल १८ हजार ३ सय २४ सहित सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मोहम्मद अब्बास राईनलाई बिहीवार राति प्रहरीले पक्राउ गरेको छ। नेपाल एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक लाभ लिने किसिमको अडियो भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

    आर्थिक लाभ लिने किसिमको अडियो भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई निलम्बनको लागि पत्र पठाएको जानकारी दिएको छ। एक विदेशी एयरलाइन्सका प्रतिनिधिसँग आर्थिक लाभ लिने उद्देश्यले कुराकानी भएको सामग्री फेला परेकाले अनुसन्धानको लागि निलम्बन गरिएको हो। उनले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग लाभ लिने उद्देश्यले कुराकानी गरेको देखिएको छ। मन्त्रीस्तरीय निर्णयबाट निलम्बनको पत्र…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने वाग्मती प्रदेश सरकारको निर्णय

    जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने वाग्मती प्रदेश सरकारको निर्णय

    काठमाडौं : वाग्मती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको छ। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको छ। गत माघ २४ गते बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले फागुन १ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयको सूचनामा उल्लेख छ।

    विस्तृतमा पढ्नुस्

  • पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

    पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं : पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रवार बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो।

    विस्तृतमा पढ्नुस्

  • च्याटजिपिटीलाई टक्कर दिन हतारिँदा अल्फाबेटलाई एकैदिन १०० अर्ब अमेरिकी डलर घाटा

    च्याटजिपिटीलाई टक्कर दिन हतारिँदा अल्फाबेटलाई एकैदिन १०० अर्ब अमेरिकी डलर घाटा

    अल्फाबेटलाई एकैदिन  १०० अर्ब अमेरिकी डलर घाटा भएको छ। अल्फाबेटले लञ्च गरेको नयाँ च्याटबोट ‘बार्ड’ले आफ्नो प्रोमोसनल भिडियोमा नै गलत जानकारी दिएपछि अल्फाबेटले ठूलो बजार घाटा ब्यहोर्नु परेको हो।  यसले गर्दा पचास दिनको 'मुभिङ एवरेज'को झण्डै तीन गुणाले नियमित कारोबारमा अल्फाबेटको सेयर ९ प्रतिशतसम्म घट्यो।  रोयटर्सले पहिलो पटक गुगलको सोमबार लञ्च भएको च्याटबोट बार्डको विज्ञापनमा त्रुटि औंल्याएको थियो। एक माइक्रोसफ्टले लगभग १० अर्ब डलरका…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडकखण्ड : तुईन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोट गर्न स्वीकृति माग

    नारायणगढ-मुग्लिन सडकखण्ड : तुईन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोट गर्न स्वीकृति माग

    काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ। तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ। सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए। ‘तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा सुरु भयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

    बालुवाटारमा सुरु भयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। सत्ता गठबन्धनमा रहेका दलहरुबिच बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन लगायतका नेताहरु सहभागी छन्। बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको अवस्था, राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा सत्ता गुमेपछि गोकुल बास्कोटालाई लाग्यो प्रदेश अनावश्यक!

    सुदूरपश्चिममा सत्ता गुमेपछि गोकुल बास्कोटालाई लाग्यो प्रदेश अनावश्यक!

    काठमाडौं : बिहीवार सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको सरकार ढल्यो। एमालेका राजेन्द्र सिंह रावलको सरकारलाई विश्वासको मत दिन गठबन्धनमा नै रहेको नागरिक उन्मुक्ति पार्टी नआएपछि एमाले सरकर ढलेको हो। रावलले विश्वासको मत नपाएसँगै उनी पदमुक्त भए र प्रदेश प्रमुख प्रमुख देवराज जोशीले संवैधानिक प्रावधान अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गरे। नेकपा एमालेका नेताहरु अहिले सुदूरपश्चिममा सत्ता…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : 'मनसँग मन' र 'आँधी तुफान २' प्रदर्शनमा

    फ्राइडे रिलिज : 'मनसँग मन' र 'आँधी तुफान २' प्रदर्शनमा

    काठमाडौं :आज शुक्रवार सिनेमा हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। ‘मनसँग मन’ र ‘आँधी तुफान २’ एकसाथ रिलिज भएका हुन्। कैलाश राई निर्देशित फिल्म ‘मनसँग मन’ का निर्माता अरुण तामाङ हुन्। फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधानको अभिनय छ। यो फिल्म सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। नेपालका मल्टिप्लेक्स हलहरुमा यस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell