काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज बिहान देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। तराईका केही भू-भागमा भने बिहानीपख हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। नियमित बुलेटिनमार्फत दिइएको जानकारी अनुसार देशका बाँकी भू-भागमा आंशिक बदली देखि …
टर्कीए र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। गत सोमवार गएको भूकम्पबाट भएको क्षतिको यकिन तथ्यांक अहिलेसम्म पनि प्राप्त नसकेको बीबीसीले जनाएकको छ। भग्नावशेषमा पुरिएका मानिसको जीवितै उद्धारका लागि उद्धार तथा राहतको काम भइरहेको छ। भूकम्प गएको १०० घण्टा भन्दा बढी समय बित्दा जाडो बढिरहेको छ। जसकारण विस्थापितहरुलाई थप सकस भएको छ। हजारौं मानिस अहिले खुला आकाशमुनी…
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीले गैँडा मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन गर्न टोली गठन गरेको छ। टोली गठन भएसँगै अध्ययन थालिएको छ। विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा ६ सदस्यीय टोलीले चोरी शिकारीले गैँडा मार्न थालेपछि अध्ययन सुरु गरेको हो। अध्ययन सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाउने गरि विभागले अध्ययन टोली पठाएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी…
पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग मुलुकमा गहिरिरहेको आर्थिक संकट रोक्न अन्तिम वार्ता गरिरहेको छ। पाकिस्तानको विदेशी मुद्रा सञ्चिति रित्तिएको अवस्थामा आईएमएफसँग वार्ता भएको हो। पाकिस्तानसँग एक महिनाका लागि पनि वस्तु आयात धान्ने विदेशी मुद्रा सञ्चित छैन। आकासिएको विदेशी ऋणसँग मुलुक संघर्ष गरिरहेको छ।अत्यावश्यक अन्तर्राष्ट्रिय कोष नै खोल्ने उद्देश्यसहित आईएमएफ पाकिस्तान सरकारसँग १० दिने वार्तामा थियो। सन् २०१९ मा पूर्व प्रधानमन्त्री इमरान खानको सरकार हुँदा पाकिस्तान आईएमएफको साढे ६ अर्ब…
काठमाडौं : संघीय संसदमा कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बिहीवार बसेको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी बनाउन कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने सहमति भएको हो। बैठकमा समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले कक्ष र ‘लबी रिपोर्टिङ’ को विश्वव्यापी अभ्यासलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव गरेका थिए। सोही बैठकमा समितिका सदस्य सांसद रमेश लेखकले…
साउदी प्रो लिग अन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले अल वेहदालाई हराएको छ। किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले घरेलु टोलीमाथि ४-० गोलअन्तरको जित निकालेको हो। नासरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले चार गोल गरे। उनले खेलको २१,४०, ५३ र ६१ औं मिनेटमा गोल गरे। योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पनि पुरा गरेका छन्। उनले…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्। राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ। शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद्…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नामिबिया र स्कटल्याण्डसँगको सिरिजका लागि नेपालको अन्तिम १४ सदस्यीय टोली घोषणा भएको छ। टोलीमा निलम्बनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेले पुनरागमन गरेका छन्। बलात्कार मुद्दामा अभियुक्त रहेका सन्दीपलाई अभ्यासमा बोलाए पछि आलोचना भइरहँदा उनलाई टिममा नै सहभागी गराइएको हो। माघ दोस्रो साता पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको…
हेटौंडा : वाग्मती प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ। मुख्यमन्त्री शालिकराम जमकट्टेलको नेतृत्वको मन्त्रिपरिषद् बैठकले गत मंगलवार जनयुद्ध दिवसको दिन विदा दिने निर्णय गरेको हो।
हेटौंडा: माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता जनाउने भएको छन्। आयोजक मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गत वर्ष झैं यस संस्करणमा पनि १२ वटा क्लवको सहभागिता रहने जनाएको हो। हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता…
काठमाडौँ: साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ। बंगलादेशको ढाकामा आज सम्पन्न फाइनल खेलमा घरेलु टोलीसँग ३-० गोलको हार ब्यहोर्दै उपाधिबाट विमुख भएको हो। बंगलादेशको जितमा शाहिदा अक्टर रिपा, शाम सुनाहर र उन्नोती खातुनले गोल गरे। खेलको ४२ औं मिनेटमा शाहिदाको गोलमा बंगलादेशले अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा शामसुनाहरले गोल फर्काउँदा पहिलो हाफमा बंगलादेश दुई…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शाहले भोलि शपथ लिने कार्यक्रम तय भएको छ। संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेसको सरकार बनेको हो। विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा दिएका थिए।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको चयन हुने बताएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा राष्ट्रपति हुने व्यक्तिमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा जोड दिएका हुन्। प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले मुख्यगरी २ कारणले राष्ट्रिय सहमति जुट्ने व्यक्ति नै राष्ट्रपति हुने बताए। 'विगतको तितो अनुभवका कारण तथा २०६४ मा राष्ट्रपतिका कारण भएको…
धनगढी : विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा दिएका छन्। रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन्। विश्वासको मतका लागि सुदूरपश्चिममा रावलले…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना पार्टीका नेताहरुसँग छलफलमा जुटेका छन्। पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न केन्द्रीय कमिटीको भर्चुअल बैठक बोलाइएको थियो। आजै सत्ता गठबन्धनका तर्फबाट सुदूरपश्चिममा मुख्यमन्त्री रहेका एमालेका राजेन्द्र रावलको सरकार विश्वासको मत नपाएर ढलेको छ। यस्तै केन्द्रमा पनि राष्ट्रपतिका विषयमा गठबन्धनका नेताहरुबिच एक मत छैन। माओवादीको स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा…
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन सकेनन्। आज रावलले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए। ध्वनी मतका आधारमा भएको मतदानमा प्रस्तुत प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। यससँगै रावल पदमुक्त भएका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको…
काठमाडौं : नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको ११ औं संस्करणको औपचारिक घोषणा भएको छ। आज काठमाडौंमा आयोजित कार्यक्रममा अवार्डको घोषणासँगै कार्यक्रमको मिति तोकिएको हो। कलाकार मदनकृष्ण श्रेष्ठले प्राविधिक संघ र नेफ्टा आयोजकहरुलाई ट्रफी हस्तान्तरण गर्दै ११ औ संस्करणको घोषणा गरे।आयोजक संस्था नेफ्टाले अमेरिकाको टेक्ससमा आगामी वर्ष जेठ १३ गते (२७ मे, २०२३) मा अवार्ड समारोह आयोजना गर्ने जनाएको छ।…
काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटपछि बैठक स्थगित भएको हो। प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले दुई नेताको भेटपछि आजका लागि बैठक स्थगित भएको बताए। बिहीवार बालुवाटारमा संयन्त्रको बैठक बोलाइएको थियो। राष्ट्रपति निर्वाचनमा सहमति जुटाउन भन्दै बैठक बोलाइएको थियो। सत्ता गठबन्धनमा रहेका…
कैलाली : सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन्। आज दिउँसो १ बजे विश्वासको मत लिने बैठक बोलाइएको थियो। तर, १ बजे पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय नहुँदा बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो। बैठक सुरु भए पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार बनिसकेको छैन। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा…
काठमाडौं : टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि अत्यावश्यक सामग्री पठाएको छ। उक्त सामग्री टर्कीए एयरका कर्मचारीले रकम सङ्कलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो। बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले टर्कीएमा ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको थियो। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल…