PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • अमेरिकाले नेपाललाई गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम छैन : सामन्था पावर

    अमेरिकाले नेपाललाई गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम छैन : सामन्था पावर

    काठमाडौं : अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले अमेरिकाले नेपाललाई गर्ने सहयोग प्राथमिकतामा रहेको बताएकी छिन्। दुई दिने नेपाल भ्रमणको अन्तिम दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरेकी हुन्। उनले नेपालमा अमेरिकाले गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम नरहेको समेत बताइन्। सो अवसरमा प्रशासक पावरले नेपाल भ्रमणको…

    विस्तृतमा पढ्नुस्

  • संसदीय कार्यतालिका बनाएर अघि बढ्ने सहमति, सांसदले नै गरे विद्युतीय हाजिरीको माग

    संसदीय कार्यतालिका बनाएर अघि बढ्ने सहमति, सांसदले नै गरे विद्युतीय हाजिरीको माग

    काठमाडौं : प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर संचालन गर्ने विषयमा दलहरूबिच सहमति भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा संचालनका लागि कार्यतालिका बनाएर काम गर्ने विषयमा सदस्यरूबिच सहमति भएको हो। बैठकमा समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले मुख्य जिम्मेवारी कानून निर्माणमै सांसदको ध्यान केन्द्रित गर्न कार्यतालिका बनाएर संसद् चलोस् भन्ने सबैको मत…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलको बैठक स्थगित

    कांग्रेस संसदीय दलको बैठक स्थगित

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ। नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरि माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको जनाएको हो। कांग्रेस संसदीय दलका नेताको निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णयबारे सर्वोच्चले माग्यो लिखित जवाफ, दिएन अन्तरिम आदेश

    देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णयबारे सर्वोच्चले माग्यो लिखित जवाफ, दिएन अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज लिखित जवाफ माग गर्ने र दुवै पक्षलाई छलफलमा बोलाएर निष्कर्षमा पुग्ने उल्लेख गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अधिवक्ता विमल पोखरेलले यही माघ २४…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको १८ लाखसहित दुई जना भारतीय नागरिक पक्राउ

    स्रोत नखुलेको १८ लाखसहित दुई जना भारतीय नागरिक पक्राउ

    वीरगंज : सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको १८ लाखसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको १३ नम्बर गण पर्साको टोली मातहतको वीरगंज भन्सार गुल्मले बुधवार बिहान साढे ९ बजे स्रोत नखुलेको १८ लाखसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको बिहार,मोतिहारी जिल्ला रक्सौल-११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका…

    विस्तृतमा पढ्नुस्

  • ऋण तिर्नको लागि अपहरणको नाटक, ६ जना पक्राउ

    ऋण तिर्नको लागि अपहरणको नाटक, ६ जना पक्राउ

    काठमाडौंः अपहरणको नाटक गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिकाका ४७ वर्षीय बिदुर बस्नेत,चितवनका ३३ वर्षीय दिलिप विक, सर्लाहीका ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान,५३ वर्षीय कान्छामान जिम्वा र धादिङका ४४ वर्षीय आशामान लामा रहेका छन्। उनीहरुले आफन्तलाई अपरहण परेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • मानव बेचबिखन र बलात्कार आरोपमा तीनजना पक्राउ

    मानव बेचबिखन र बलात्कार आरोपमा तीनजना पक्राउ

    काठमाडौं : जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका छन्। यादवसँगै बालिका बलात्कारमा सहयोग गर्ने गाईघाटका १९ वर्षीय सूचना राई र…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सरकारले प्रदेशका ७ अस्पताललाई दियो एम्बुलेन्स

    वाग्मती सरकारले प्रदेशका ७ अस्पताललाई दियो एम्बुलेन्स

    हेटौंडा : वाग्मती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। बुधवार वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। मन्त्री श्रेष्ठले वाग्मती प्रदेशका भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई (ख) वर्गको एम्बुलेन्स…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका मुख्यमन्त्री गिरीको प्रमुख सल्लाहकारमा दधिराम न्यौपाने नियुक्त

    लुम्बिनीका मुख्यमन्त्री गिरीको प्रमुख सल्लाहकारमा दधिराम न्यौपाने नियुक्त

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने नियुक्त भएका छन्। मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपानेलाई नियुक्त गरेको मुख्यमन्त्री सचिवालय सदस्य अमृत गिरीले जानकारी दिए। रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ निवासी न्यौपाने नेकपा (एमाले)को दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बाघको आक्रमणबाट हेटौंडामा एक महिला घाइते

    बाघको आक्रमणबाट हेटौंडामा एक महिला घाइते

    हेटौंडा : मकवानपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ की ५२ वर्षीय मइती कुमारी बयलकोटी बाघको आक्रमणबाट घाइते भएकी हुन्। घरनजिकैको बडकुला भिरमा घाँस काट्न जाने क्रममा अपरान्ह ४ बजेको समयमा बयलकोटीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको गाला, ओठ र ढाडमा चोट लोको र उनको हाल हेटौंडा अस्पतालमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • टर्कीए र सिरियामा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

    टर्कीए र सिरियामा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

    टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने संख्या ११ हजार नाघेको छ। सिरियामा समेत गरी हालसम्म ११ हजार २०० बढीको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ। भूकम्पमा परी टर्कीएमा ८ हजार ७५४ र सिरियामा २ हजार ४७० गरी ११ हजार २२४ जनाको हालसम्म मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेको सङ्ख्या अकल्पनीय रूपमा बढ्ने डर बढिरहँदा विश्व स्वास्थ्य सङ्गठनका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र ईयूको अन्तर्राष्ट्रिय साझेदारका कमिस्नर उर्पिलाइनेनबिच सिंहदरबारमा भेट

    प्रधानमन्त्री प्रचण्ड र ईयूको अन्तर्राष्ट्रिय साझेदारका कमिस्नर उर्पिलाइनेनबिच सिंहदरबारमा भेट

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपियन युनियन (ईयू)का अन्तर्राष्ट्रिय साझेदारका कमिस्नर जुट्टा उर्पिलाइनेनले भेट गरेकी छन्। बुधवार सिंहदरबारमा कमिस्नर उर्पिलाइनेनको टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको हो। भेटका क्रममा उनीहरुबिच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्ड्स क्लबको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ, यो सिजन कोको खेलाडी अनुबन्धित भए?

    फ्रेन्ड्स क्लबको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ, यो सिजन कोको खेलाडी अनुबन्धित भए?

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगको क्लब फ्रेन्ड्स क्लबले मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई अनुबन्धित गरेको छ। कुपण्डोलको क्लब फ्रेण्डले आज सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई अनुबन्धन गरेको जनाएको हो। अघिल्लो सिजन क्लबको मुख्य प्रशिक्षकमा मृगेन्द्र मिश्र थिए। श्रेष्ठ भने थ्री स्टार क्लबको प्रशिक्षक थिए। त्यस्तै खेलाडीतर्फ पनि फ्रेन्ड्स क्लबले धमाधम अनुबन्धन गरिरहेको छ। राजेश परियारलाई भित्र्याउँदै अनुबन्धन सुरु गरेको फ्रेण्ड्सले विशाल सुनार,…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : ३०४ जनाले गरे मतदान

    लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : ३०४ जनाले गरे मतदान

    बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि भएको उपनिर्वाचनको मतदान सकिएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधवार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो। निर्धारित अवधिमा प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्। राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशसभाका सबै ८७ जना सांसदले मतदान गरेका छन्। स्थानीय तहका १०९ प्रमुख र १०८…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो चरित्र हत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धर उजुरी लिएर पुगिन् प्रहरीकहाँ

    आफ्नो चरित्र हत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धर उजुरी लिएर पुगिन् प्रहरीकहाँ

    काठमाडौं : अभिनेत्री तथा नेकपा (एमाले)की नेतृ करिश्मा मानन्धरले प्रहरीकोमा पुगेर उजुरी दर्ता गरेकी छिन्। आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि डिल्लीराम खनाल नाम गरेका व्यक्तिविरुद्ध उनले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन्। ति पुरुषले युट्युबरसँगको अन्तर्वातामा आफ्नो चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएकोले प्रहरीमा उजुरी दिएको फेसबुकमार्फत करिश्माले जानकारी दिएकी हुन्। ‘उहाँ को…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरगंजमा सुरु

    प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरगंजमा सुरु

    वीरगंज : वीरगंजमा बुधवारदेखि प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ। सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको बुधवार एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै महानगरप्रमुख सिंहले फरक क्षमता राख्ने दृष्टिविहीनहरुको क्षमता उजागर गर्न महानगर जहिल्यै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए। उनले खेलको माध्यमबाट देशको पहिचान कायम गराउने गरी प्रतियोगितामा प्रतिष्पर्धा गर्न…

    विस्तृतमा पढ्नुस्

  • विराट गोल्डकपको तयारी तीब्र, ८ टोलीले सहभागिता जनाउने

    विराट गोल्डकपको तयारी तीब्र, ८ टोलीले सहभागिता जनाउने

    काठमाडौँ: विराट गोल्डकप आयोजनाका लागि आयोजक विराट गोल्डकप ट्रष्टले आफ्नो तयारीलाई तीब्रता दिएको जनाएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता त्यहीँको शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुने छ। रातमा फर्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ। नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे भेट

    सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे भेट

    काठमाडौं : सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबिच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड-१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे। भूकम्पपछिको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित भारुसहित विमानस्थलबाट भारतीय र अमेरिकी नागरिक समातिए, विमानस्थलको क्यान्टिनमा नै लेनदेन

    प्रतिबन्धित भारुसहित विमानस्थलबाट भारतीय र अमेरिकी नागरिक समातिए, विमानस्थलको क्यान्टिनमा नै लेनदेन

    काठमाडौं : नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ४० थान गरी जम्मा २ लाख २० हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दिन कामरूद्दिन अन्सारी र सुनसरी इनरुवा नगरपालिका-३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

    नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

    कैलाली : सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको प्रदेशसभा बैठक स्थगित भएको हो। प्रदेशसभामा सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि बैठक स्थगित भएको बताइएको छ। मुख्यमन्त्री रावलको पद समेत सङ्कटमा परेको छ। टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइ हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell