PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • टर्कीए र सिरियामा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ हजार ३६४ पुग्यो

    टर्कीए र सिरियामा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ हजार ३६४ पुग्यो

    टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने संख्या साढे ८ हजार नजिक पुगेको छ। सिरियामा समेत गरी हालसम्म ८ हजार ३०० बढीको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ। भूकम्पमा परी टर्कीएमा ५ हजार ८९४ र सिरियामा २ हजार ४७० गरी ८ हजार ३६४ जनाको हालसम्म मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेको सङ्ख्या अकल्पनीय रूपमा बढ्ने डर बढिरहँदा विश्व…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय बजारमा गिरावट आउँदा नेपालमा बढ्यो सुनको मूल्य

    अन्तर्राष्ट्रिय बजारमा गिरावट आउँदा नेपालमा बढ्यो सुनको मूल्य

    काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्यमा गिरावट आए पनि नेपाली बजारमा उल्टै बढेको छ। बुधवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको दोस्रो र तेस्रो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतवार १ लाख ४ हजार १ सय…

    विस्तृतमा पढ्नुस्

  • सन् २०३० को विश्वकपका लागि अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वेको संयुक्त दाबेदारी, अरु को-को छन् होडमा?

    सन् २०३० को विश्वकपका लागि अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वेको संयुक्त दाबेदारी, अरु को-को छन् होडमा?

    दक्षिण अमेरिकी मुलुकहरु अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वेले सन् २०३० को फिफा विश्वकपको संयुक्त आयोजनाका लागि दाबेदारी दिने भएका छन्। यो संस्करणसँगै फिफा विश्वकपको १०० औं वर्षमा प्रवेश गर्नेछ। फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेमा भएको थियो। यी चार देशका प्रतिनिधिले मंगलवार दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) का अध्यक्ष अलेजान्द्रो डोमेनगुइजलाई भेटेर विश्वकप फुटबललाई 'जन्मस्थानमा फर्काउने' चर्चा गरेका…

    विस्तृतमा पढ्नुस्

  • २०२३ मा विश्वभर सबैभन्दा धेरै कमाउने सूचीको पाँचौँ नम्बरमा आयो ‘पठान’, दुई सातामा कति कमायो?

    २०२३ मा विश्वभर सबैभन्दा धेरै कमाउने सूचीको पाँचौँ नम्बरमा आयो ‘पठान’, दुई सातामा कति कमायो?

    शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’ले दुई सातामा विश्वभरबाट ८५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमका लागि पनि ‘पठान’ करियरकै सबैभन्दा धेरै कमाउने फिल्म हो। प्रदर्शनको पहिलो दिन देखिनै तीव्र व्यापार गरिरहेको ‘पठान’ले भारतीय बक्सअफिसमा हालसम्म ४४६ करोड भारु कलेक्सन गरेको छ। कलाकारहरुका लागि मात्रै नभएरर ‘पठान’ यशराज फिल्म्सको सबैभन्दा धेरै कमाउने फिल्म…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : सुरु भयो मतदान

    लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : सुरु भयो मतदान

    बुटवल : लुम्बिनी प्रदेशमा एकजना राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले पहिलो मतदान गरेका छन्। मतदान सहज बनाउन दुई वटा मतदान केन्द्र निर्धारण गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। बुधवार बिहान प्रचण्ड ओली निवास बालकोट पुगेका हुन्। भेटमा दुई नेताबिच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

    सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

    कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधवार प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। त्यसका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। तर, उनले विश्वासको मत पाउनेमा भने आशंका गरिएको छ। प्रदेशसभामा सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री रावलको पद सङ्कटमा परेको छ। टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय…

    विस्तृतमा पढ्नुस्

  • टर्कीए र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नजिक, ‘उद्धारका लागि आगामी ४८ घण्टा महत्त्वपूर्ण’

    टर्कीए र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नजिक, ‘उद्धारका लागि आगामी ४८ घण्टा महत्त्वपूर्ण’

    टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने संख्या ८ हजार नजिक पुगेको छ। सिरियामा समेत गरी ७ हजार ९०० बढीको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ। भूकम्पमा परी टर्कीएमा ५ हजार ८९४ र सिरियामा २ हजार ३२ गरी ७ हजार ९२६ जनाको हालसम्म मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेको सङ्ख्या अकल्पनीय रूपमा बढ्ने डर बढिरहँदा विश्व स्वास्थ्य सङ्गठनका…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज

    लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज

    बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि बुधवार उपनिर्वाचन हुँदैछ। आगामी १ वर्षका लागि हुने उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी, नेपाली कांग्रेसका माधव प्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार छन्। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए। एमालेका…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थ र कियारा बाँधिए वैवाहिक बन्धनमा

    सिद्धार्थ र कियारा बाँधिए वैवाहिक बन्धनमा

    बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा​र अभिनेत्री कियारा आडवाणी वैवाहिक बन्धनमा बाँधिएका छन्। मंगलवार राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेसमा उनीहरूको बिहे भएको हो। सिद्धार्थ र कियाराले सामाजिक सञ्जालमार्फत बिहेको फोटोहरु सार्वजनिक गरेका छन्। दुवैका परिवार र आफन्तसहित सीमित कलाकारहरुको उपस्थितिमा उनीहरुको बिहे सम्पन्न भएको हो। वेब सिरिज ‘लभ स्टोरिज’ पार्टीमा सिद्धार्थ र कियाराको पहिलो भेट भएको थियो। त्यसपछि उनीहरुले बलिउड फिल्म ‘शेरशाह’ एकसाथ…

    विस्तृतमा पढ्नुस्

  • निर्देशक र लेखकलाई सञ्चारमन्त्रीको प्रश्न : विदेशी फिल्म चल्ने तर नेपाली फिल्म नचल्ने अवस्था किन?

    निर्देशक र लेखकलाई सञ्चारमन्त्रीको प्रश्न : विदेशी फिल्म चल्ने तर नेपाली फिल्म नचल्ने अवस्था किन?

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लेखक तथा निर्देशकलाई विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म किन नचलेको भनि प्रश्न गरेकी छिन्। चलचित्र निर्देशक समाजले यूएनडीपीसँग मिलेर गरेको ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्म्स्’ शीर्षकको दुई दिने सेमिनारको उद्घाटन कार्यक्रममा उनले विदेशी फिल्म चलिरहेको बताउँदै नेपाली फिल्म नचल्ने कारण पहिल्याउन जरुरी रहेको बताइन्। ‘मैले चलचित्र उति सारो बुझेको छैन…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले नेपाललाई ५८ दशमलव ५ मिलियन डलर सहयोग गर्ने

    अमेरिकाले नेपाललाई ५८ दशमलव ५ मिलियन डलर सहयोग गर्ने

    काठमाडौंःदुई दिने नेपाल भ्रमणमा आएकी युएसएआइडी प्रमुख सामन्था पावरले नेपाललाई ५८.५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेकी छिन्। मंगलबार नेपाल आइपुगेकी पावरले पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा नेपालको प्रजातान्त्रिक प्रक्रियाको विकासको लागि सो रकम उपलब्ध गराउने घोषणा गरेकी हुन्। नेपालको लोकतान्त्रिक  संस्था र नागरिक समाजको सुदृढीकरण गर्नका लागि पनि यो सहयोग रकम घोषणा गरिएको हो। भ्रमणका क्रममा मंगलबार काठमाडौं आएकी…

    विस्तृतमा पढ्नुस्

  • पुराना पार्टीप्रति जनताको वितृष्णा छः डा. राउत

    पुराना पार्टीप्रति जनताको वितृष्णा छः डा. राउत

    वीरगंजः जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अहिले देशभरिको जनताको आँखा जनमत पार्टीमा रहेको दाबी गरेका छन्। वीरगंजमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा डा राउतले जनमत पार्टीले संसद्मा गरेको प्रस्तुतिलाई हिमाल, पहाडमा बसोबास गर्ने जनताले पनि मन पराउन थालेको दाबी गरे। उनले अहिले पुरान पार्टीप्रति जनतामा वितृष्णा रहेको चर्चा समेत गरे। संसदमा जनमतसँगै अन्य नयाँ पार्टीहरूको उपस्थिति…

    विस्तृतमा पढ्नुस्

  • आरक्षण सम्बन्धी कानुन बनाउन सर्वोच्चको परमादेश, हालका विज्ञापनको परीक्षा नरोकिने

    आरक्षण सम्बन्धी कानुन बनाउन सर्वोच्चको परमादेश, हालका विज्ञापनको परीक्षा नरोकिने

    काठमाडौंः सर्वोच्च अदालतले थारु समुदायको आरक्षण सुनिश्चित गरेरमात्र लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोगलगायतका प्रतिस्पर्धात्मक परीक्षा अघि बढाउन गरिएको माग अनुसार आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतको फैसलासँगै रोकिएका परीक्षा हुने भएका छन्। तर, अदालतले संविधान अनुसार दिनुपर्ने आरक्षणको प्रबन्ध गर्न ९ महिनाभित्र संघीय निजममती सेवा ऐनलगायतका कानुन तर्जुमा गरिसक्न सरकारलाई परमादेश आदेश जारी गरेको छ।  न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट, सेवा सुविधा रोक्न माग

    देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट, सेवा सुविधा रोक्न माग

    काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट यसअघि दरपीठ भएकोमा आज सर्वोच्चले दर्ता गरेको हो। विश्वासको मत दिएको भएकोले कांग्रेसका संसदीय दलका नेता देउवाले प्रमुख प्रतिपक्षी दलको नेता बन्न नपाउने दाबी रिटमा गरिएको छ। यसैगरी रिटमा देउवालाई…

    विस्तृतमा पढ्नुस्

  • कलाकार पदमप्रसाद पौडेलको निधन

    कलाकार पदमप्रसाद पौडेलको निधन

    काठमाडौं: कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ। पौडेलको ९२ वर्षको उमेरमा बुढानीलकण्ठ चपलीस्थित घरमा दिउँसो साढे तीन बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए। पौडेल लामो समयदेखि दम रोगबाट पीडित रहेको समेत उनले बताए। ‘उहाँ लामो समयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो। अस्पतालबाट नसक्ने भन्दै पठाएपछि उहाँ १०/१५ दिनदेखि घरमै हुनुहुन्थ्यो। केही दिन अघि नीर शाह र…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री पौडेल र सामन्था पावरबिच भेटवार्ता

    परराष्ट्रमन्त्री पौडेल र सामन्था पावरबिच भेटवार्ता

    काठमाडौं : परराष्ट्र मन्त्री विमला राई पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावरबिच शिष्टाचार भेटवार्ता भएको छ। आज नेपाल आइपुगेकी पावरले परराष्ट्र मन्त्रालय पुगेर पौड्यालसँग भेट गरेकी हुन्। त्यसक्रममा अमेरिकाले सहयोग गर्दै आएको क्षेत्रबारे कुराकानी भएको थियो। पावरले नेपालमा स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने भएकी छिन्। दुई दिने नेपाल भ्रमणका लागि आएकी उनले नागरिक समाजका संस्थाहरू…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई हराउँदै नेपाल फाइनलमा

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं: साफ यू २० महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ। नेपाली टोलीले उपाधि दाबेदार मानिएको भारतलाई ३-१ गोलअन्तरले हराएको हो। बंगलादेशको ढाकास्थित मोस्तफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन अमिशा कार्की, प्रीति राई र अञ्जली चन्दले समान एक गोल गरे। त्यसअघि २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा बालिकालाई जबरजस्ती करणीपछि हत्या गर्ने व्यक्तिलाई जन्मकैदको फैसला

    महोत्तरीमा बालिकालाई जबरजस्ती करणीपछि हत्या गर्ने व्यक्तिलाई जन्मकैदको फैसला

    काठमाडौं : महोत्तरी जिल्ला अदालतले एक बालिकाको हत्या अभियोग लागेका व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाइएको हो। महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा साहलाई…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशसभामा शून्य समय : सांसदहरुले उठाए विकास निर्माणदेखि पर्यटनको मुद्दा

    गण्डकी प्रदेशसभामा शून्य समय : सांसदहरुले उठाए विकास निर्माणदेखि पर्यटनको मुद्दा

    काठमाडौं : गण्डकी प्रदेशसभाको आजको बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराइएको छ। शून्य समयमा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्गअन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले माघ १ गतेको जहाज दुर्घटनाले पोखराको पर्यटनमा असर पारेको बताउँदै यसले हवाई उडानमा मनोवैज्ञानिक असर परेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell