काठमाडौं: चलचित्र विकास बोर्डले घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम संचालन गरिरहेको छ। यसबिच ईलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सम्पन्न भएको छ। ती स्थानमा माघ १२ देखि १८ गतेसम्म चलचित्र भवनहरुको सुविधा नभएका क्षेत्रमा खुला स्थानहरुमा अस्थायी रुपमा सिनेमा हलको स्वरुप तयार गरि चलचित्र प्रदर्शन गरिएको थियो। फिल्म प्रदर्शनसँगै चलचित्रका बारेमा जागरण ल्याउन र चलचित्र हेर्न प्रोत्साहन गर्ने विषयमा छलफल…
टर्कीएमा फेरि शक्तिशाली भूकम्प गएको छ। केही समय अघि ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो। आज बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। बिहान सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गजिएन्टेप शहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसकारण टर्कीए र सिरियामा गरि १ हजार २०० भन्दा धेरैको मृत्यु भइसकेको छ। १२ घण्टाभन्दा कम समयमा फेरि अर्को ठूलो…
हेटौंडा : आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ। दलहरूबिच प्रदेशसभा समितिको सभापतिमा भागबन्दा नमिलेपछि सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बस्दै नबसि स्थगित भएको हो। प्रदेशसभा सचिवालयका अनुसार अब अर्को बैठक माघ २६ गते बस्ने छ। सो बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। प्रदेशमा ५ वटा समिति रहेकोमा कांग्रेसले दुई, एमालेले दुई, माओवादीले एक समितिमा दाबी…
काठमाडौं : १० दिनयता नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका मोन्टी देसाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले आधिकारिक रुपमा प्रशिक्षक घोषणा गरेको छ। क्यानले नवीकरण गर्ने गरि भारतीय प्रशिक्षक देसाईसँग दुई वर्षको लागि करार गरेको जनाएको छ। १० दिन अघि नै प्रशिक्षक सम्हाले पनि आधिकारिक घोषणा गरिएको थिएन। जसकारण क्यानको आलोचना भइरहेको थियो। प्रशिक्षक भित्र्याउन साथ घोषणा गर्न नसक्नुमा भने दोष आफ्नो नभएको क्यान अध्यक्ष…
काठमाडौं : सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको मुद्दामा मनोज पाण्डे दोषी ठहर भएका छन्। उनलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सजाय सुनाइएको हो। त्यस्तै, पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको हो। शैक्षिक परामर्श संस्थाका सञ्चालकसमेत रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले यसअघि यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो। यौन दुर्व्यवहारमा पाण्डेलाई न्यायाधीश दीपक ढकालको इजलासले…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चितवन २ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नुपर्ने बताएका छन्। कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त भनाई राखेका हुन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै उनको सांसद पद गएको थियो। यो सँगै यो क्षेत्रको सांसद पद रिक्त…
बुटवल : लुम्बिनीमा भारतका आध्यात्मिक गुरु मोरारी बापूबाट प्रवचन हुने ‘रामकथा प्रवचन’ कार्यक्रमको विरोधमा प्रदर्शन भएको छ। मंगलबारदेखि सुरु हुने ‘रामकथा प्रवचन’ का लागि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहल प्रयोग गर्न अनुमति दिइएको भन्दै सोमवार संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले विरोध प्रदर्शन गरेका हुन्। उनिहरुले लुम्बिनीमा गैर बौद्ध धार्मिक क्रियाकलाप नगर्नसमेत आग्रह गरेका छन्। संघर्ष समितिले लुम्बिनीको पर्सा चोकमा प्रदर्शन…
काठमाडौं: अभिनेत्री नीता ढुंगानाको लगानीमा बन्ने फिल्म ‘ह्रस्वदीर्घ’को छायाङ्कन सुरु भएको छ। भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सोमवार फिल्मको सुटिङ सुरु गरिएको हो। नीताले फेसबुकमा एक भिडियो राख्दै फिल्मको सुटिङ छायाङ्कनबारे जानकारी दिएकी हुन। चन्द्र पन्तको निर्देशन रहने यो फिल्मलाई भारतसहित नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिनेछ। यस फिल्मलाई बलिउड सिनेमेटोग्राफर कविर लालले खिचिरहेका छन्। नीतासहित फिल्ममा हरिहर अधिकारी, सरोज खनाल, विपना थापा,…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन्। स्थिरता, समृद्धि र परिवर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनौट गरेका राजनीतिक दलहरुले सत्ताको छिनाझम्टिमा आफूलाई केन्द्रित गर्नुबाट मुलुक थप संकटग्रस्त बनेको उल्लेख गर्दै थापाले सत्ताको फोहरी खेलमा लिप्त भई दलहरुबाट विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएकोसमेत बताए।…
जनकपुरधाम : नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएकाे छ। आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा सहभागी नभएका माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुंगो लगाएको हो। मधेशमा माओवादीले २ वटा मन्त्रालय मागेको थियो। भागबण्डा नमिलेपछि मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई एउटा मन्त्री र एउटा राज्यमन्त्री दिएको थियो। जसका कारण माओवादीले मन्त्रिमण्डल विस्तार बहिष्कार गरेको…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसका उम्मेदवारले जित निकाल्ने बताएका छन्। सोमवार चितवनमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। राष्ट्रपति निर्वाचन नेपाली कांग्रेसका लागि मात्र नभएर देशकै लागि महत्वको विषय भएको उल्लेख गर्दै कोइरालाले सबैको सहयोगमा जित निकाल्ने दाबी गरेका हुन्। 'हामी राष्ट्रपतिको निर्वाचको संघारमा छौं। यो निर्वाचन नेपाली कांग्रेसको…
काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति तय भएको छ। लक्ष्मण सुनार निर्देशित यो फिल्म आगामी नयाँ वर्ष वैशाख १ गते रिलिज हुनेछ। यसअघि यो फिल्म फागुन १९ गते रिलिज हुने भनिएको थियो। तर, फागुन १९ गते दुई ठूला फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के-२’ भिड्ने पक्का भएसँगै यो फिल्मको रिलिज मिति सरेको हो। वैशाख १…
काठमाडौं : भैरहवामा ट्रक, बस र कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा दुईजना घाइते भएका छन्। सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका-५ का २ब१ वर्षीय हरिश तिवारीको मृत्यु भएको…
काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइसतर्फ ५ जना खेलाडी मनोनित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच जना खेलाडीको नाम सार्वजनिक गरेको हो। मञ्चले भोटिङका लागि ई-सेवासँग प्रायोजन सम्झौता गरेको छ। १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही २०७९ साल फागुन २३ गते हुँदैछ। यो संस्करणमा रहेका विधाहरुमा उत्कृष्ट वर्ष पुरुष खेलाडी,…
टर्किएमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। बीबीसीका अनुसार टर्कीए र सिरियामा गरि हालसम्म ५०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको कारण सबैभन्दा बढी क्षति सिरियामा भएको छ।…
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताए। उनले सबै…
काठमाडौं : काठमाडौंको मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबिच झडप भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन बाक्लो सङख्यामा प्रहरी परिचालन गरिएको छ। शेखर कोइराला समूहका विद्यार्थी समूहको बैठक चलिरहँदा संस्थापन पक्षले हस्तक्षेप गरेको बताइएको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पा क्याम्पस पुगेपछि उनीविरुद्ध नाराबाजीसमेत भएको छ।
टर्किएमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। बीबीसीका अनुसार टर्कीए र सिरियामा गरि हालसम्म ३०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको कारण सबैभन्दा बढी क्षति सिरियामा भएको छ।…
काठमाडौं : नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन्। अर्यालले आइतवार मनोनयद दर्ता गराएकी थिइन्। अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा रहेका छन्। राष्ट्रियसभाको उपाध्यक्षका अरु कसैले पनि उम्मेदवारी नदिएपछि आज उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो। को हुन् अर्याल ? माओवादी…
काठमाडौं : फिल्म ‘अगस्त्य: च्याप्टर वान’ मा नाजिर हुसेन र मलिका महत अनुबन्धित भएका छन। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्ममा उनीहरुलाई मुख्य भूमिकाका लागि 'फाइनल' गरिएको हो। यसअघि नै मुख्य चरित्रको लागि भने अभिनेता सौगात मल्ल देखिने फिक्स्ड भइसकेको छ। फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहने बताइएको छ। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म काठमाडौं र नवलपरासीका…