PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • प्रधानमन्त्री र प्रमुख सचेतक बैठक : जनसरोकारका विधेयक अगाडि बढाउने सहमति

    प्रधानमन्त्री र प्रमुख सचेतक बैठक : जनसरोकारका विधेयक अगाडि बढाउने सहमति

    काठमाडौं : सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न आज बोलाएको प्रमुख सचेकहरुको बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो। व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकसँग बृहत् रुपमा भएको छलफलमा विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार…

    विस्तृतमा पढ्नुस्

  • विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिकको साथमा भेटियो प्रतिबन्धित भारु

    विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिकको साथमा भेटियो प्रतिबन्धित भारु

    काठमाडौं : प्रतिबन्धित भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजारसहित भारतीय नागरीक ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारीयालाई प्रहरीले पक्राउ गरेको छ। बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ…

    विस्तृतमा पढ्नुस्

  • रोकिरहेको ट्रकमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

    रोकिरहेको ट्रकमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

    बुटवल : रुपन्देहीमा रोकिरहेको ट्रकमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा परी तनहुँको भिमाद नगरपालिका-५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडकमा सोमवार बिहान भएको सवारी दुर्घटनामा पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही…

    विस्तृतमा पढ्नुस्

  • ग्रामी अवार्डमा बियोन्सेले रचिन् इतिहास, कसले कुन अवार्ड जिते?

    ग्रामी अवार्डमा बियोन्सेले रचिन् इतिहास, कसले कुन अवार्ड जिते?

    सांगितिक क्षेत्रको ठूलो ग्रामी अवार्डको ६५ औँ संस्करणमा पपस्टार बियोन्सेले इतिहास रचेकी छिन्। आज बिहान अमेरिकामा भएको अवार्ड समारोहमा उनले ३२ औँ अवार्ड जित्दै हालसम्म बढी ग्रामी अवार्ड जित्ने गायिका बनेकी हुन्। बियोन्सले यसवर्ष ४ विधामा अवार्ड जितेकी छिन्। उनले डान्स एल्बम ‘रेनेसान्स’ बाट उत्कृष्ट नृत्य तथा इलेक्ट्रोनिक एल्बमको उपाधि जितिन्। त्यसैगरि, उनले बेस्ट आर एण्ड बी गीत, उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक रेकर्डिङ र उत्कृष्ट परम्परागत…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

    सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

    काठमाडौं : दुई दिनदेखि घट्न थालेको सुनको मूल्य पुनः बढेको छ। सोमवार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन प्रतितोला एक लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन आइतवार सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • टर्कीएमा भूकम्प : सिरियामा पनि असर, १०० जना भन्दा बढीको मृत्यु

    टर्कीएमा भूकम्प : सिरियामा पनि असर, १०० जना भन्दा बढीको मृत्यु

    टर्किएमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुगेको छ। बीबीसीका अनुसार टर्कीएमा हालसम्म ७६ जनाको मृत्यु भएको छ भने सिरियामा ५० भन्दा बढीको मृत्यु भएको छ। सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

    एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले २०८० साल फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। यसैगरि, आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए। उनले भने, 'आगामी २०८० साल…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र दलका प्रमुख सचेतकबिच छलफल

    प्रधानमन्त्री र दलका प्रमुख सचेतकबिच छलफल

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतकहरुसँग प्रचण्डले छलफल गरेका हुन्।  सो भेटमा दलका प्रमुख सचेतकसँगै मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतको पनि उपस्थिति थियो। छलफलमा संसदको काम कारवाही प्रभावकारी बनाउने विषयमा साथै विधेयकहरुका सम्बन्धमा पनि छलफल भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • टर्किएमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु, ध्वस्त भवनमा मानिसहरु फसेको रिपोर्ट

    टर्किएमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु, ध्वस्त भवनमा मानिसहरु फसेको रिपोर्ट

    टर्किएमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी अंकारा र टर्कीएका अन्य सहरहरूलगायत धेरै क्षेत्रमा पनि महसुस गरिएको थियो। भूकम्पका…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनालाई शीर्षस्थानमा ८ अंकको अग्रता

    बार्सिलोनालाई शीर्षस्थानमा ८ अंकको अग्रता

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई हराएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले सेभियामाथि ३-० को सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा फ्रान्क केसिइको पासमा जोर्डी अल्बाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै त्यस्तै ७० औं मिनेटमा गाभीले राफिन्हाको पासमा गोल गर्दा ७९ औं मिनेटमा राफिन्हाले जोर्डी…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटी टोटेनहमसँग पराजित, ह्यारी केनको निर्णायक गोल

    म्यानचेस्टर सिटी टोटेनहमसँग पराजित, ह्यारी केनको निर्णायक गोल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर सिटीलाई हराएको छ। टोटेनहम हटस्पर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले सिटीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। टोटेनहमको जितमा ह्यारी केनले कीर्तिमानी गोल गरे। उनले खेलको १५ औं मिनेटमा पिअरे इमाइल होएब्यको पासमा निर्णायक गोल गरे। योसँगै उनी टोटेनहमका लागि सर्वाकालीन सर्वाधिक गोलगर्ने खेलाडी बनेका छन्। टोटेनहमबाट यो उनको २६७…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको अभिव्यक्ति अशोभनीयः पत्रकार महासंघ

    रवि लामिछानेको अभिव्यक्ति अशोभनीयः पत्रकार महासंघ

    काठमाडौंः नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यमप्रति दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएको छ। गृहमन्त्री भइसकेका व्यक्तिले अशोभनीय टिप्पणी गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  लामिछानेको अभिव्यक्ति संयम गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गरिएको छ।   

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिएका छन्। पार्टीले सरकारबाट फिर्ताको निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिएका हुन्। सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट फिर्ताको निर्णय भएसँगै राजीनामा दिएका हुन्।  आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले भने : रोक्ने कोसिस थियो, फेरि भेटेर कुरा गर्छु

    रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले भने : रोक्ने कोसिस थियो, फेरि भेटेर कुरा गर्छु

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताए। 'मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो', प्रचण्डले भने, 'अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज…

    विस्तृतमा पढ्नुस्

  • रविन्द्र मिश्रको राजनीति सकिएको रवि लामिछानेको टिप्पणी : चल्दाचल्दैको गाडीबाट हाम्फालेर विवेकशील साझा लडाइदिनुभयो

    रविन्द्र मिश्रको राजनीति सकिएको रवि लामिछानेको टिप्पणी : चल्दाचल्दैको गाडीबाट हाम्फालेर विवेकशील साझा लडाइदिनुभयो

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले रविन्द्र मिश्रलाई नेपाली राजनीतिले कहिल्यै माफी नदिने टिप्पणी गरेका छन्। आइतवार विशेष पत्रकार सम्मेलनमार्फत लामिछानेले विवेकशील साझा दुर्घटना गराउने नै मिश्र भएको आरोप लगाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका मिश्र यसअघि विवेकशील साझाका अध्यक्ष थिए। उक्त पार्टीमा चालक बन्छु भनेर घुसेको र हाम्फालेर मिश्रले दुर्घटनामा पारेको रविको भनाई थियो। 'रविन्द्र मिश्र…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको अभिव्यक्तिप्रति रामेश कोइरालाको टिप्पणी : साह्रै चित्त दुखेछ, भो अब नलेख्ने!

    रवि लामिछानेको अभिव्यक्तिप्रति रामेश कोइरालाको टिप्पणी : साह्रै चित्त दुखेछ, भो अब नलेख्ने!

    काठमाडौं : ट्वीटरमा सक्रिय रहेका लेखक डा रामेश कोइरालाले रवि लामिछानेको बारेमा अब ट्वीट् नलेख्ने बताएका छन्। आइतवार विशेष पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले रामेशको ट्वीट्को आलोचना गरेका थिए। लामिछानेले डा रामेशको बौद्धिकता धेरै भए पनि साइज कांग्रेस महामन्त्री गगन थापाको कट्टु भन्दा पर नभएको भन्दै तुच्छ टिप्पणी गरेका थिए। 'रामेश कोइरालाले ट्वीट लेख्छ भनेर मान्छे बहुलाएर हिड्या छ। ह्वाट…

    विस्तृतमा पढ्नुस्

  • न्यूरोडबाट हुण्डीको कारोबार गर्ने दुई जना पक्राउ, एकै दिनमा गर्थे करोड बढीको कारोबार

    न्यूरोडबाट हुण्डीको कारोबार गर्ने दुई जना पक्राउ, एकै दिनमा गर्थे करोड बढीको कारोबार

    काठमाडौं : हुण्डीको कारोबार गरेको अभियोगमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडबाट दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा कैलालीको धनगढी घर भएका २३ वर्षीय किशोर चौधरी र ५९ वर्षीय दीपेन्द्र बहादुर मल्ल रहेका छन्। उनीहरुको साथबाट प्रहरीले हुण्डीको लागि संकलन गरिएको ७८ लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेका दीपेन्द्रले ४ वर्षदेखि र…

    विस्तृतमा पढ्नुस्

  • मैथिली विकास कोषको अध्यक्षमा चौथोपटक जीवनाथ चौधरी सर्वसम्मत

    मैथिली विकास कोषको अध्यक्षमा चौथोपटक जीवनाथ चौधरी सर्वसम्मत

    जनकपुरधाम : मैथिली विकास कोषको अध्यक्षमा पुनःजीवनाथ चौधरी चयन भएका छन्। जनकपुरधाममा सम्पन्न कोषको साधारण सभाद्वारा आगामी कार्यकालका लागि अध्यक्ष पदमा चौधरीलाई चौथोपटक सर्वसम्मत चयन गरिएको हो। यसअघि तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि जिम्मेवारी बहन गर्ने भएका छन्। प्रत्येक ३/३ वर्षमा हुने नयाँ कार्यसमितिको लागि यसअघि नै ९ वर्षको तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि फेरि चयन…

    विस्तृतमा पढ्नुस्

  • भुटानमाथि नेपालको फराकिलो जित

    भुटानमाथि नेपालको फराकिलो जित

    काठमाडौँ: साफ यू २० महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले भुटानमाथि जित निकालेको छ। बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानमाथि ४-० को जित निकाल्दै आफ्नो दोस्रो खेलबाट पहिलो जित निकालेको हो। नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पुरा गर्दा कप्तान प्रीति राईले एक गोल फर्काइन्। खेलको १९ औं मिनेटमा अमिसाले अग्रता दिलाइन्। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा अर्को गोल थप्दा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • अलि अलि रिस त उठ्या छ मलाई : रवि लामिछाने

    अलि अलि रिस त उठ्या छ मलाई : रवि लामिछाने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई मिडियाले खेदेकोमा रिस उठेको बताएका छन्। मिडियाहरु मिलेर आफूलाई निरन्तर खेदेको आरोप लगाउँदै लामिछानेले भने - अलि अलि रिस त उठ्या छ मलाई। आफ्नो पद गुमेसँगै लामिछानेले आफ्नो पार्टीलाई सरकारबाट फिर्ता बोलाइसकेको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell