PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजमा ल्याउनेबारे अध्ययन गर्न समिति गठन

    वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजमा ल्याउनेबारे अध्ययन गर्न समिति गठन

    हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशमा बोलिने दुई राष्ट्रिय भाषा नेपाल भाषा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया सुरु गरेको छ। प्रदेश सरकारले ‍यी दुई भाषालाई सरकारी कामकाजमा ल्याउन अध्ययन गर्नेबारे समिति बनाएको हो। प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले समिति बनाउने निर्णय गरेको हो। समितिमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, श्रम, रोजगार तथा यातायात मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सरकारी बिदा धेरै भए : प्रधानमन्त्री प्रचण्ड

    सरकारी बिदा धेरै भए : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताए। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 'हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे…

    विस्तृतमा पढ्नुस्

  • टर्कीएमा 'गोरखा भूकम्प'को झल्को, ४८ घण्टामा २४३ परकम्प : मृतकको संख्या ५ हजार नजिक

    टर्कीएमा 'गोरखा भूकम्प'को झल्को, ४८ घण्टामा २४३ परकम्प : मृतकको संख्या ५ हजार नजिक

    काठमाडौं : टर्कीए र सिरिया अहिले भूकम्पका कारण शोकमा छ। सोमवार बिहान सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गजिएन्टेप शहरमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही बेरमा फेरि ७.५ म्याग्निच्युडको अर्को परकम्प गयो। लगत्तै दिउँसो ३ बजे ६ म्याग्नेच्युडको भूकम्प गयो। जसका कारण अहिले ५ हजार नजिक मानिसहरुको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। अहिलेसम्म २० हजार बढी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा सामन्था पावर : स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने

    काठमाडौंमा सामन्था पावर : स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने

    काठमाडौं : आज नेपाल आएकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) की प्रशासक समान्था पावरले स्थानीय समुदायसँग साझेदारी अघि बढाउनेबारे छलफल गर्ने भएकी छिन्। पावर आज बिहान काठमाडौं आएकी हुन्। त्यसपछि उनले भक्तपुरको एक विद्यालयमा गएर विद्यार्थीहरुसाग केही समय बिताएकी थिइन्। त्यसपछि उनले काठमाडौंमा रहेका केही सामाजिक अभियन्तासँग पनि छलफल गरेकी थिइन्। दुई दिने नेपाल भ्रमणका लागि आएकी उनले नागरिक समाजका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेट

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेट

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ।

    विस्तृतमा पढ्नुस्

  • पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन कैदको सजाय, तीन जनालाई १५ वर्ष

    पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन कैदको सजाय, तीन जनालाई १५ वर्ष

    अर्जेन्टिनाको अदालतले सोमवार त्यहाँका पाँच जना रग्बि खेलाडीलाई आजीवन जेल सजाय सुनाएको छ। उनीहरुलाई एक जना किशोरलाई नश्लिय गाली गरेको र कुटपिट गरेर हत्या गरेको आरोपमा जेल सजाय सुनाएको हो। पाराग्वेमा जन्मिएका आप्रवासी विद्यार्थी फर्नान्डो बएज सोसालाई एउटा डिस्कोबाहिर तीन वर्ष अगाडि हत्या गरेको आरोपमा उनीहरुलाई आजीवन कैद सहित सजाय सुनाइएको हो। यस्तै, थप तीन जनालाई १५ वर्षको जेल सजाय सुनाइएको…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश सरकारले पायो पूर्णता : माओवादीका मन्त्रीहरुले लिए सपथ

    मधेश प्रदेश सरकारले पायो पूर्णता : माओवादीका मन्त्रीहरुले लिए सपथ

    जनकपुरधाम : मधेश प्रदेश सरकारका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गरेका छन्। सरोजकुमार यादव नेतृत्वको सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादवले आज सपथ लिएकी हुन्।  यस्तै, रहबर अन्सारीले राज्यमन्त्रीको सपथ लिएका छन्। यादव र अन्सारी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन्। आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको थिएन। मधेश प्रदेशमा माओवादीले दुईवटा मन्त्रालय मागेको थियो। भागबण्डा नमिलेपछि…

    विस्तृतमा पढ्नुस्

  • ८ वर्ष अघि भाउजूको हत्या गर्ने दुईजनालाई जन्मकैद सजाय, दुवैजना फरार

    ८ वर्ष अघि भाउजूको हत्या गर्ने दुईजनालाई जन्मकैद सजाय, दुवैजना फरार

    काठमाडौं : भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई जन्मकैद सजायको सजाय सुनाइएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाएको हो। अभियुक्तहरु दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ। आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए। पटकपटक…

    विस्तृतमा पढ्नुस्

  • देशको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, राजनीतिक अवस्था भन्नै परेन : शेखर कोइराला

    देशको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, राजनीतिक अवस्था भन्नै परेन : शेखर कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमात्र लोकतान्त्रिक पार्टी भएको दाबी गरेका छन्। आइतवारको संसदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी हुनै नसक्ने ठोकुवा गरेका थिए। मंगलवार चितवनको सौराहामा नेपाल प्रेस युनियनको वाग्मती प्रदेशको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्दै नेता कोइरालाले भने, 'पूर्वप्रधानमन्त्रीजीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक पार्टी नै हैन भन्नुभयो। तर कांग्रेसमात्र लोकतान्त्रिक पार्टी…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमा एकैरात १२ मन्दिरमा तोडफोड

    बंगलादेशमा एकैरात १२ मन्दिरमा तोडफोड

    बंगलादेशमा पछिल्लो समय मन्दिरहरुमा तोडफोडको घटना बढ्दै गइरहेको छ। बीबीसी हिन्दीका अनुसार एकैरात ठाकुरगाउँ जिल्लाको बालियाडंगी उपजिल्लाको सडक किनारमा रहेका १२ मन्दिरमा तोडफोड भएको छ। मन्दिरमा रहेका १४ मूर्ति तोडफोड भएको बताइएको छ। बंगलादेश प्रहरीले यो घटनाबारे छानबिन गर्न सुरु गरेको छ। पछिल्लोपटक फेब्रुअरी ४ मा मन्दिरमा तोडफोड भएको प्रहरीले जनाएको छ। ६ किलोमिटर लामो सडकको किनारमा बनेको ससाना मन्दिरहरु…

    विस्तृतमा पढ्नुस्

  • साफ यू २० च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै, प्रतियोगितामा कस्तो छ प्रदर्शन?

    साफ यू २० च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै, प्रतियोगितामा कस्तो छ प्रदर्शन?

    काठमाडौं : साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दैछन्। बंगलादेशको ढाकामा हुने खेलमा यी दुई टोलि दिउँसो पौने ३ बजे आमनेसामने हुनेछन्। जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३-१ गोलको पराजय ब्यहोरेको थियो। दोस्रो खेलमा भने भुटानलाई ४-० गोलले हराउँदै नेपाली टोलीले पुनरागमन गरेको थियो। फाइनलमा स्थान बनाउन आज नेपाललाई जित्नुपर्ने दबाब हुनेछ। अर्कोतर्फ पहिलो खेलमा भुटानलाई १२-०…

    विस्तृतमा पढ्नुस्

  • ऋषभले घोषणा गरे कान्ताराको 'प्रिक्वेल'

    ऋषभले घोषणा गरे कान्ताराको 'प्रिक्वेल'

    ऋषभ शेट्टी निर्देशित दक्षिण भारतीय फिल्म ‘कन्तारा’ बक्सअफिसमा सफल फिल्म हो। ऋषभकै मुख्य भूमिका रहेको फिल्मले विश्वभर ४५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। ‘कान्तारा’ को सफलतासँगै निर्माण पक्षले फिल्मको अर्को भाग निर्माण गर्ने घोषणा गरेको छ। हालै कान्ताराले रिलिजको १०० औं दिन मनाइएको थियो। सोही अवसरमा निर्देशक तथा लेखक ऋषभले कान्ताराको 'प्रिक्वेल' बनाउने घोषणा गरेका हुन्। ‘कान्तारालाई अथाह माया र साथ दिनुहुने दर्शकप्रति…

    विस्तृतमा पढ्नुस्

  • उर्मिला अर्यालले लिइन् राष्ट्रियसभा उपाध्यक्षको सपथ

    उर्मिला अर्यालले लिइन् राष्ट्रियसभा उपाध्यक्षको सपथ

    काठमाडौं : नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्षका रुपमा सपथग्रहण गरेकी छिन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अर्यालले सपथ लिएकी हुन्। अर्याललाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सपथ गराएका हुन्।  अर्याल उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन्। अर्यालले आइतवार मनोनयद दर्ता गराएकी थिइन्। अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • सोल्टी होटलमा कानुनविपरित ‘दुबई प्रोपर्टी शो’ गर्दा समातिएका पाँच भारतीय छुटे, आखिर किन चलेन मुद्दा?

    सोल्टी होटलमा कानुनविपरित ‘दुबई प्रोपर्टी शो’ गर्दा समातिएका पाँच भारतीय छुटे, आखिर किन चलेन मुद्दा?

    काठमाडौं : सोल्टी होटेलमा कानुनविपरित दुबई प्रोपर्टी शो गर्दा पक्राउ परेका पाँच भारतीय रिहा भएका छन्। नेपाल राष्ट्र बैंकको चेतावनीविपरीत दुबईको द म्याक नामक कम्पनीले काठमाडौंमा गैरकानुनी रूपमा दुबई प्रोपर्टी शो आयोजना गरेको थियो। माघ ८ गते जिल्ला प्रहरी परिसरको टोलीले पाँच भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो। करिब दुई साता हिरासतमा राखेपछि उनीहरु छुटेका हुन्। प्रहरीले भारतीय नागरिक गुरुचरण सिंह मेहता, अनुभव…

    विस्तृतमा पढ्नुस्

  • टर्कीए भूकम्प : युद्धग्रस्त सिरिया सबैभन्दा बढी प्रभावित, राहत र उद्धारका लागि जुट्यो अन्तर्राष्ट्रिय समुदाय

    टर्कीए भूकम्प : युद्धग्रस्त सिरिया सबैभन्दा बढी प्रभावित, राहत र उद्धारका लागि जुट्यो अन्तर्राष्ट्रिय समुदाय

    टर्कीए र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार हालसम्म दुवै देशमा गरि ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। मृतकको संख्या धेरै गुणा बढ्न सक्ने अनुमान गरिएको छ। सोमवार बिहान सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गजिएन्टेप शहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। दिउँसो फेरि ७.५ म्याग्निच्युडको अर्को…

    विस्तृतमा पढ्नुस्

  • पुरानो भयो वाग्मती प्रदेशका मुख्यमन्त्रीको निवास, जम्कट्टेलको गुनासोपछि नयाँ बन्दै

    पुरानो भयो वाग्मती प्रदेशका मुख्यमन्त्रीको निवास, जम्कट्टेलको गुनासोपछि नयाँ बन्दै

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्रीको निवास भत्काएर नयाँ बनाइने भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल बस्दै आएको वन कार्यालयको भवन भत्काएर सोही स्थानमा मुख्यमन्त्रीका लागि नयाँ क्वाटर बनाइने भएको हो। सरकारको खर्च कटौती गर्न १४ मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाएका मुख्यमन्त्री आफैँले प्रयोग गरिरहेका सुविधासम्पन्न क्वाटर भत्काएर नयाँ बनाउने तयारी गरेका हुन्। वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार…

    विस्तृतमा पढ्नुस्

  • रोजगारी कटौती र आर्थिक संकट रोक्न आफ्नो तलब घटाउने विश्वका टप ६ सीईओहरू

    रोजगारी कटौती र आर्थिक संकट रोक्न आफ्नो तलब घटाउने विश्वका टप ६ सीईओहरू

    काठमाडौं : विश्व बजारमा रहेका ठूला कम्पनीहरुले संचालन खर्च कम गर्न कामदार कटौती गरिरहेका छन्। कामदार कटौती रोक्न विश्वका टप कम्पनीका ६ प्रमुख कार्यकारी अधिकृतले पनि आफ्नो तलब घटाएका छन्। उनीहरुका अनुसार यसले अहिले भइरहेको रोजगारी कटौतीको समस्यालाई केही हदसम्म कम गर्नेछ। यो योजनामा एप्पलका टिम कुक, इन्टेलका प्याट गेल्सिन्जर, गोल्डम्यान साक्सका डेभिड सोलोमन, मोर्गन स्टेनलीका जेम्स गोर्मन, गुगलका सुन्दर…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, कुनमा कति पुग्यो? 

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, कुनमा कति पुग्यो? 

    काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य बढाएको हो। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले भाउ बढाएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा भने समायोजन भएको थिएन।  निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। साविकको मूल्यमा सबैमा ३ रुपैयाँ मूल्य बढाइएको छ। अब पेट्रोल प्रतिलिटर १७८ तथा…

    विस्तृतमा पढ्नुस्

  • यतीको जहाज दुर्घटनाः छानबिन आयोगको प्रारम्भिक विश्लेषण, ‘दुबै इन्जिनका प्रोपेलर फेदरमा’

    यतीको जहाज दुर्घटनाः छानबिन आयोगको प्रारम्भिक विश्लेषण, ‘दुबै इन्जिनका प्रोपेलर फेदरमा’

    काठमाडौंः माघ १ गते पोखरामा भएको यती एयलाइन्स विमान दुर्घटनाको जाँचबुझ आयोगले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। जाँचबुझ आयोगले विज्ञप्ति जारी गर्दै हालसम्मको सूचना र तथ्याङ्क विश्लेषणका आधारमा प्रतिवेदन तयार पारेको हो। तर दुर्घटना प्राविधिक वा मानवीय कारणबारे आयोग निष्कर्षमा पुगेको छैन। जहाजको दुबै इन्जिनका प्रोपेलर फेदरमा जानुलाई दुर्घटनाको प्रारम्भिक कारण आयोगले दिएको छ। उक्त अवस्था प्राविधिक वा मानवीय कारणले भन्ने अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • भारतीय धर्मगुरु मोरारी बापू लुम्बिनीमा

    भारतीय धर्मगुरु मोरारी बापू लुम्बिनीमा

    बुटवलः लुम्बिनीमा मंगलबारदेखि सुरु हुने ‘रामकथा प्रवचन’ कार्यक्रमका लागि भारतका आध्यात्मिक गुरु मोरारी बापू सोमबार रुपन्देही आइपुगेका छन्। ‘चार्टर फ्लाइट’मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उनी अवतरण गरेका हुन्। उनलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, वसिउद्दीन खान, सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवाललगायतले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell