काठमाडौँ: खेलकुद विश्वविद्यालय कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आशय पत्र बुझाएको छ। विश्वविद्यालयकी सह–संयोजक गीता क्षेत्री राणाले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रस्तावित आशय पत्र हस्तान्तरण गरिन्। आशय पत्रमा समस्याका पहिचान, लक्ष्य, खेलकुद विश्वविद्यालयको उद्देश्य, औचित्य, खेलकुद विश्वविद्यालय स्थापना गर्न थप आवश्यक आधार, खेलकुद विश्वविद्यालयको आधारभूत चरित्र, सम्भावित चुनौती, अवसर र उपाय, शैक्षिक कार्यक्रम र पाठ्यक्रम, उपादेयता तथा नीतिगत व्यवस्थापनका विषयमा…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो। कार्यक्रममा…
काठमाडौं : पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ। महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको हो। मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्न थालिएको तथा…
'ए के ए' नामले परिचित दक्षिण अफ्रिकाका चर्चित र्यापर किरनान फोर्बसको गोली हानी हत्या गरिएको छ। डरबन शहरमा एक रेष्टुराँ बहिर एकेएमाथि गोली प्रहरार भएको ह। गोली प्रहारबाट उनका नजिकका साथी तेबेल्लो तिब्ज मोतसोनेको पनि निधन भएको छ। फोर्बसको जन्मदिन पार्टी मनाउने क्रममा नाइटक्लब जाने क्रममा दुईजना माथि गोली प्रहार भएको थियो। फोर्बस र उनका साथीको हत्यापछिको उद्धेश्यबारे अहिले प्रहरीले…
बुटवल : रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ। रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको शनिवार सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरे। प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त…
काठमाडौं : नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ। सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो। सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्न केही नेता मख्ख परेको भए पनि सजिलो नभएको टिप्पणी गरेका छन्। पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपतिको निर्वाचनसम्म परिस्थिति बदलिने संकेत गरे। सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रपतिमा एमालेले दाबी गरिरहेको छ। नेपालले राष्ट्रपति एमालेले नपाउने संकेत गर्दै एमालेका नेता निरास हुनुपर्ने स्थिति आउने बताए। 'कति व्यक्तिहरु म राष्ट्रपति हुने भए भनेर दंग परेका…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रमशः एकता र रूपान्तरणमा गएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले सरकारको नेतृत्व आफूले पाएको भए पनि चुनौतिपूर्ण रहेको उल्लेख गरे। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चाको तयारी भएको पनि जानकारी दिए। 'निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ।…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुरानै तामझामवाला शैलीका कारण नागरिक राष्ट्रपति संस्थाप्रति नकारात्मक बन्दै गएको बताएका छन्। राष्ट्रपतिजस्तो संस्थालाई मर्यादित र सम्मानित बनाउन यस्तो शैली बदल्नुपर्ने सुझावसमेत गगनले पेश गरेका छन्। 'राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो। यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ,' उनले भनेका छन्, 'यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि यो सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन्। शनिवार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले यस्तो भनाई राखेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीले कांग्रेस नेता सिंहलाई एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढल्नुको कारण सोधेका थिए। 'संविधानअनुसार चलाउन सकेन भने सरकार त फेरिन्छ नै। सुदूरपश्चिममा त्यस्तै भएको हो। ३० दिनमा विश्वासको…
चीनको जासुसी बेलुनपछि अमेरिकाको आकाशमा एक उडिरहेको वस्तु देखापर्यो। अलास्काको आकाशमा ४० हजार फिटमाथि उडिरहेको देखिएपछि उक्त वस्तु तत्काल खसाल्न अमेरिकी राष्ट्रपति जो बाइडेनले निर्देशन दिए। लगत्तै अमेरिकन एयरफोर्सको फाइटर जेट प्रयोग गरी उक्त वस्तु खसालिएको अमेरिकी सेनाको दाबी छ। उक्त वस्तुमा खसाल्ने सेनाले मिसाइल नै प्रयोग गरेको थियो। अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन कर्मीले ६४ किलोमिटर प्रतिघण्टा उडिरहेको…
काठमाडौं : गत बिहीवार जिल्ला प्रहरी परिसर काठमाडौंले अभियुक्त सार्वजनिक गर्दा केही फरक दृश्य देखियो। अभियुक्तले आफूले लगाएको कपडामाथि रातो टिसर्ट लगाएका थिए। उक्त टिसर्टमा कालो अक्षरमा लेखिएको प्रस्टै देखिन्थ्यो - प्रहरी वृत्त गौशाला थुनुवा। यही अक्षरबाट देख्नेले सजिलै छुटाउन सकिन्थ्यो उनी प्रहरीले समातिएका अभियुक्त हुन्। तर यसअघि यसरी अभियुक्त सार्वजनिक गरेको विरलै देखिएको थियो। बिहीबार भने अभियुक्त पहिचान गर्ने ड्रेससहित उपस्थित गरिएको हो। उनी काठमाडौंको…
दिनेशराज मैनाली- विधिशास्त्रको मान्यता अनुसार ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’। सबैले कानुन जानेकै र पालना गरेकै हुनु पर्ने तथा यसको वर्खिलाप गरिएको खण्डमा दण्ड र सजाय हुने परिकल्पना गरिएको छ। त्यस्तै, पीडितलाई न्याय र पीडकलाई सजायको समेत कानुनमा व्यवस्था गरिएको छ। यसै सेरोफेरोमा रहेर हालका दिनहरुमा बैंकिङ कसूरका मुद्दाहरुको चाप बढिरहेको छ। नेपाल मुलुकभित्र विगतको तुलनामा बैंक तथा वित्तीय कारोबार गर्न…
टर्कीए भूकम्पको १०० घण्टा बितिसकेपछि पनि उद्धारकर्ताहरुले ध्वस्त भवनका भग्नावशेषबाट मानिसहरुको उद्धार गरिरहेका छन्। भूकम्प गएको १०० घण्टापछि उद्धारकर्ताहरुले एक नवजात शिशुको पनि उद्धार गरेका छन्। भूकम्पमा परी हालसम्म २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सोमवार ७.८ र ७.६ म्याग्निच्युडको भूकम्प र परकम्प आएपछि झन्डै शून्यभन्दा कम तापक्रममा लाखौँ मानिसहर घरबारविहीन भएका छन्। दर्जनौँ देशहरूले सहयोगको वाचा गरेका छन् भने…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिवार दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…
काठमाडौँ: नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आइतबारदेखि हुने भएको छ। लिगमा ४ टिमको सहभागिता रहने रग्बी संघका अध्यक्ष दीपक देवकोटाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्ने छन्। हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन्। उनीहरु बाबु छोरा…
काठमाडौं : फिल्म ‘हुक्का-एन एब्जर्ड ड्रिम’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। शम्भु थापाको निर्देशन रहेको यो फिल्म आगामी चैत ३ गते रिलिज हुनेछ। फस्टलुक पोस्टरमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ। यो फिल्म स्पाइनी बाबलर क्रिएसन र ह्यासट्याग नेपालको सहकार्यमा निर्माण भएको हो। फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने,…
काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ। कर्णाली भेगको जनजीवन र संस्कृतिलाई समेटेको टिजरले जारी प्रथाले परिवार र सम्बन्धमा आएको उताडचडावको कथा भन्छ। टिजरमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा प्रस्तुत गरिएको छ। कर्णाली क्षेत्रका महिलाले भोग्नुपरेको समस्या र त्यसले उनीहरुको जीवनमा पारेको प्रभावलाई टिजरमा देख्न सकिन्छ। लक्ष्मण सुनार निर्देशित यस फिल्ममा टोपेन्द्र विष्टले लगानी रहेको छ। फिल्ममा सुरक्षा पन्तका…
काठमाडौं : नगर प्याब्सन कीर्तिपुरले आयोजना गरेको कथालेखन प्रतियोगितामा ल्याबरेटरी सेकेन्डी स्कुलकी विनुषा सिलवाल पहिलो भएकी छिन्। कक्षा ९ की सिलवालले लेखेको 'महत्व' शीर्षकको कथा पहिलो भएको निर्णयक समितिले घोषणा गरेको थियो। प्रतियोगितामा ग्रीन भिलेज एजुकेसन फाउन्डेसनकी श्रीया थापा दोस्रो र उज्वल शिशु निकेतनकी सुविधा अधिकारी तेस्रो भइन्। कक्षा ९ की श्रीयाको बेग्लै संसार शीर्षकको कथा थियो भने सुविधाको कथाको…
धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पदभार ग्रहण गरेका छन्। पद तथा गोपनियताको शपथ लिएपछि शाहले शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन्। शुक्रवार नै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ खुवाएका हुन्। मुख्यमन्त्री शाहले शपथ लिएसँगै एकीकृत समाजवादीलाई समेटेर तीन सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन्। मन्त्री हुनेमा भौतिक पूर्वाधार विकासमा…