काठमाडौं : गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा स्थापना गरेको मोटरसाइकलको एसेम्बल्ड प्लान्टबाट ‘बाइक’ उत्पादन सुरु भएको छ। यस प्लान्टबाट १ सय २५ सीसीको बजाज डिस्कभरको उत्पादन सुरु भएको हो। अहिले बिक्री भइरहेको बजाज डिस्कभर बाइक नेपालमै उत्पादन भएको हो। ‘हामीले नेपालमै मोटरसाइकल उत्पादन सुरु गरिसकेका छौं। अहिले नेपालमा बिक्री भइरहेको डिस्कभर बाइक यही एसेम्बल्ड भएको बाइक हो,’ समूहका कार्यकारी निर्देशक शेखर…
भक्तपुर : भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ। बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ। पछिल्लो समय बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा लैजान थालेपछि यसको चौतर्फी विरोध भएको हो। …
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता र सरकार गठनबारे आन्तरिक छलफल भइरहेकाले सहमतिमै सबै कुरा टुंगो लगाउने बताएका छन्। सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा रावलले पार्टी एकता र सरकार गठनबारे दुबै पार्टीकाशीर्ष नेताहरु बसेर छलफल अघि बढाईसकेको बताए। उनले भने,‘हामी अहिले दुई वटा पार्टीलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री…
वसन्तराज उप्रेती काठमाडौं : आपूर्ति व्यवस्थापन विभागले ड्राइभिङ सेन्टरहरुमा अनुगमन सुरु गरेको छ। आज ललितपुर क्षेत्रमा अनुगमन गरी विभागले शंखमुलको रामेछाप भ्याली ड्राइभिङ इन्स्टिच्युटमा सिलबन्दी गरेको छ। विभागले ड्राइभिङ सेन्टर अनुगमनका लागि दुईवटा टोली गठन गरी परिचालन गरेको छ। टोलीले आइतबार तीनकुने र भक्तपुरस्थित पाँचवटा ड्राइभिङ सेन्टरको अनुगमन गरी दुर्इवटामा सिलबन्दी गरेको अनुगमन विभागका अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन्। तीनकुनेस्थित…
यौन दुर्व्यवहार र हिंसा विरुद्ध फिल्मकर्मीहरुले आफ्नो धारणा व्यक्त गर्दै गर्दा अभिनेत्री रबिना टण्डन भने उक्त विषयमाथि बन्ने डकुमेन्ट्रीमा फिचर हुने भएकी छिन्। कलकत्ताको एक युनिभर्सिटीले निर्माण गर्न लागेको डकुमेन्ट्रीमा उनको भूमिका रहने भएको हो। डिएनए इन्डियामा जनाए अनुसार उक्त डकुमेन्ट्रीले दैनिक रुपमा महिलाले भोग्न पर्ने यौन हिंसाको विषय उठान गरेको छ। यसअघि रबिना 'मात्र'मा देखिएकी थिइन्। जसमा उनी बलात्कृत…
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। निर्वाचनपछि आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। पार्टी एकीकरण गर्ने उद्देश्यसहित वाम गठबन्धन गरेर निर्वाचनमा गएका दुई पार्टीलाई जनाताले बहुमत दिएर अनुमोदन गरिसकेकोले पार्टी एकीकरणलाई अघि बढाउने उनले बताइन्। …
ललित बसेल सुर्खेतः ६ नम्बर प्रदेशको संसद तथा मन्त्रालयका लागि सिफारिश गरिएका भवनको सोमबार सरकारी अधिकारीहरुको एक टोलीले स्थलगत अवलोकन गरेको छ। मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेशमान प्रधानको संयोजकत्वमा गठित संरचना तयारी समितिले सिफारिश गरिएका भवनको निरीक्षण गरेको हो। प्रदेशसभा सञ्चालन र प्रशासनिक संरचनाको मस्यौदा समितिले सुर्खेतमा रहेका क्षेत्रीयस्तरका कार्यालयलाई प्रदेशसभास्थल तथा मन्त्रालयका लागि सिफारिश गरेको थियो। टोलीले प्रदेशका लागि…
काठमाडौं : ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ। सोमबारदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गरेको हो। ललितरपुरको जितमा दुई भारतीय खेलाडीको राम्रो प्रदर्नन गरे बलिङमा सुबोध द्धा६ले ४ विकेट लिए भने ब्याटिङमा जयकिसन कोल्सवालाले नटआउट ४४ रन जोडे। ३ विकेट लिएका ललितपुरका ललित राजवंशी खेलको म्यान…
काठमाडौ : प्रधानन्यायाधीश गोपाल पराजुलीले राजनीतिक स्वरुपमा फेरबदल वा सरकारको गठन विघटन जस्ता राजनीतिक प्रकृतिका काम कारबाहीले न्याय परिषद्का काम कारबाही प्रभावित हुन नहुने बताएका छन्। न्याय परिषद्को २७औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले संवैधानिक एवम् राजनीतिक संक्रमणको अवस्थामा संवैधानिक प्रक्रिया बमोजिमको सरकार गठन विघटनको प्रक्रिया सुरु भई काम चलाउ सरकार भएको अवस्थामा न्याय परिषद् र आयोगले आफना नियमित…
तेस्रो टेष्टमा इंगल्याण्डलाई एक इनिङ्स र ४१ रन अन्तरले पराजित गर्दै घरेलु टोली अष्ट्रेलियाले दुई खेल बाँकी छदै एसेस सिरिज जितेको छ। पहिलो इनिङ्समा २५८ रनले पछि परेको इंगल्याण्ड दोस्रो इनिङ्मा २१८ रनमै अलआउट भएपछि अष्ट्रलियाले फराकिलो अन्तरको जित हात पारेको हो। पर्थको वाका ग्राउण्डमा इंगल्याण्डले १३२/४ बाट पाँचौ दिनको खेल थालेको थियो। तर थप ८६ रन बनाउने क्रममा बाँकी…
नयाँदिल्ली : भारतको आर्थिक राजधानी मुम्बईको एक पसलमा भएको आगलागीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट आगलागी सुरु भएको थियो सो पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ। प्रहरीले आगलागीबाट ध्वस्त भएको भवनको भग्नावशेषमा अझै…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल को उद्घाटनमा नायिका स्वस्तिमा खड्का, कार्टुसन क्रुज देखि काठमाडौं सर्कसले विभिन्न आकर्षक प्रस्तुति दिएका छन्। सोमबार कीर्तिपुरस्थित टीयू ग्राउण्डमा सुरु भएको इपीएलको उद्घाटन समारोहमा नायिका खड्काले कुटुमा कुटु देखि नाइलनलको साडीमा लगायत विभिन्न फलिम्को गीतमा सामुहिक नृत्य प्रस्तुत गरेकी हुन्। यस्तै चर्चित डान्स ग्रुप कार्टुन क्रुजले पनि विभिन्न गीतमा प्रस्तुती दिए। काडमाडौं सर्कसले मैदानमा…
चरिकोट : म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन्। सरकारले खानामा म्यादीलाई पनि सिपहीसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले म्यादीलाई प्रहरीको सिपाहीसरह खानाको रकम नलिएर अत्याधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। सदरमुकाम चरिकोटमा आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी प्रहरी…
मनिला : फिलिपिन्समा भीषण आँधी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना हराइरहेका छन् । काइ–ताक नामक आँधी तथा त्यसलगत्तैको गएको भीषण पहिरोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन्। बिलिरन, लेएटे पूर्वी समार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ। भीषण आँधी र पहिरोको कारण ४६ जना…
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताएका छन्। व्यास नपा–१० को खहरेमा सोमबार आयोजित कार्यक्रममा पौडेलले निर्वाचनमा हारजित स्वभाविक भएको बताए। उनले भने,“निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु।” पौडेलले संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिन…
काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र दुई लाख जरिवाना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई सोमबार बाँसबारीबाट पक्राउ गरेको हो। पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिको नामको कम्पनी खोली वैदेशिक रोजगारीमा इजाजत पठाउने…
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूलाई फिल्म निर्मातासँग तुलना गरेका छन्। काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को समापन समारोहमा उनले आफ्नो र फिल्म निर्माताको काम उस्तै भएको बताएका हुन्। उनले भने,'फिल्म निर्माताको जिम्मेवारी उत्कृष्ट फिल्म बनाउनु हो। मेरो काम उत्कृष्ट सहर बनाउनु।' तर काठमाडौं वा कुनै सहर निर्माण फिल्म बनाउन जस्तो सजिलो नभएको उनको दाबी छ। उनले फिल्ममा जस्तो…
काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औँ राष्ट्रिय महाधिवेशनले शान्त र समृद्ध विश्व निर्माणमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्देश प्रवाह गरेको छ। महाधिवेशनले महासचिव सी जीन फिङले प्रस्तुत गरेको विचारधारालाई उनकै नामको दस्तावेजको रुपमा महाधिवेशनले अनुमोदन गरेको त्यहाँका एकजना वरिष्ठ नेताले बताएका छन्। महाधिवेशनबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्यक्ष वाङ वेगुहाङले पार्टीको…
ढाका : बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा मंगलबार नेपालले भारतको सामना गर्दैछ। पहिलो खेलमै आयोजक बंगलादेशसंग लज्जास्पद हार बेहोरेको नेपाली यू–१५ महिला टोलीका लागि भारत विरुद्वको खेल निकै महत्वपूर्ण छ। फाइनल पुग्ने सम्भावनालाई जीवित राख्न पनि नेपाललाई भारतविरुद्वको खेल जित्नुको विकल्प छैन। यदि भारतसँग हारेको खण्डमा नेपाल अन्तिम खेल अघि नै च्याम्पियनसिपबाट बाहिरिन सक्छ। पहिलो खेलमा बंगलादेशसंग ६–० ले…
नयाँ दिल्ली: भारतीय स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमूलक सचित्र सन्देश जनाउनु पर्ने प्रावधानलाई कर्नाटक उच्च अदालतले शनिबार रद्द गरिदिएको भारतीय अधिकारीले जनाएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई यस्तो कानुन बनाउने अधिकार नभएको भन्दै उक्त निर्णयपूर्व सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटमा ४० प्रतिशत स्थानमा…