काठमाडौँ : सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको हो। फरार रहेका आरोपित चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा दर्ता गर्न अस्वीकार गरेको रिट निवेदनविरुद्ध इजलासमा पेश…
काठमाडौँ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको १०१ तथा डिजेल र मट्टीतेलको ७८ मूल्य कायम हुनेछ। पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको प्रवक्ता…
एएफसी बर्नमाउथलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ४-० ले हराएको हो। लिभरपुलका लागि फिलिप काउटिन्हो, डेजान लोभरेन, मोहमद सलाह र रोवर्टो फिर्मिन्होले एक एक गोल गरे। जितपछि १८ खेलबाट ३४ अंक जोड्दै लिभरपुल चौथो स्थानमा उक्लिएको छ भने आर्सनलमाथि १ अंकको अग्रता कायम गरेको छ। तर शीर्ष स्थानको म्यानचेष्टर सिटी भन्दा…
लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा डेपोर्टिभो ला कुरानालाई ४-० ले पराजित गरेको छ। लियोनल मेसी पेनाल्टीमा गोल गर्न चुकेपनि बार्सिलोनाका लागि लुइस सुवारेज र पाउलिन्होले २-२ गोल गर्दै सहज जित दिलाएका हुन्। जितपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिकोमाथि ६ अंकको अग्रता बनाएको छ। १८ खेलबाट बार्साको ४२ अंक छ भने एथ्लेटिको ३६ अंकका साथ दोस्रोमा छ । ३४ अंकका साथ…
काठमाडौं : बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (इपीएल) आजबाट कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुँदैछ। विभिन्न खालका नयाँ फिचर रहेको यस प्रतियोगितामा यस पटक सबैभन्दा आकर्षण बनेका छन् विदशी खेलाडी। आयोजक इपीएल प्रालीले इपीएल खेल्ने प्रत्येक टोलीले ३ विदेशी खेलाडी राख्नै पर्ने प्रावधान राखेपछि सहभागि टोलीले पनि विदेशी खेलाड ल्याइसकेका छन्। इपीएलमा खेल्ने ६ टोलीले ३-३ विदेशी खेलाडी ल्याउदा यहाँ कूल १८ विदेशी…
डा. सुमेध मिश्र निर्वाचन सम्पन्न भयो। नतिजा करिब करिब सार्वजनिक भइसक्यो। यस बारेमा टिका टिप्पणी पनि आइरहेका छन्। चिया पसलेदेखि लिएर, ठूल्ठूला प्राध्यापकसम्मले कांग्रेसलाई पाठ पढाउन भ्याइसकेका छन्। सबै तह र तप्काका कांग्रेसीहरु पनि आ- आफ्नो विश्लेषणको भारी बिसाउँदै छन्। थुप्रै कांग्रेसी नेताहरु पनि सार्वजनिक रुपमै हारका कारण बताइरहेका छन्। लेखहरु पनि यसै विषयमा दर्जनौं पढ्न पाइयो। यत्रा लेखहरुको बीचमा…
दोलखा: कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन्। दोलखाको भीमेश्वर नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमतिविपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका हुन्। वडाध्यक्ष शिवाकोटीले वडाका सचिव भीमबहादुर बस्नेतलाई आफ्नो सहमतिविपरीत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर नेपालले सरुवा गरेपछि कार्यालयमा ताला लगाइदिएको…
भोजपुर: निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारेखमा रिहाइ गरिएको छ। निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारेखमा छुटेका हुन्। पक्राउ परेका…
काठमाडौँ : ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस नेपालमा पनि मनाइँदैछ । दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले आज काठमाडौंमा प्रभातफेरी र सभाको आयोना गरेको छ। सभामा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले विविध कारणले विदेशिएका नेपाली आप्रवासी कामदारको अधिकारप्रति सरकार संवेदनशील रहेको बताए। नेपाली कामदारको प्रमुख गन्तव्य…
नयाँदिल्ली : भारतमा विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ। हिमाञ्चल प्रदेश र गुजरातमा निकै कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको बताइएको छ। मत गणनाको पछिल्लो परिणामअनुसार ती दुबै राज्यमा भारतीय जनता पार्टी (विजेपी) ले धेरै स्थानमा अग्रता लिइरहेको छ। विजेपीलाई भारतीय राष्ट्रिय कांग्रेसले पछ्याइरहेको छ। तर गुजरातको यस निर्वाचनलाई कांग्रेसले…
कञ्चनपुर : अटोरिक्साको ठक्कर बाट कञ्चनपुरको पुनर्वास नगरपालिका ११ भीमबस्तीका २९ वर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ। भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई डोकेबजारबाट घरतर्फ साईकलमा आउँदै गर्दा ठक्कर दिएको थियो। ठक्करबाट सख्त घाईते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
दुनै : एक सातादेखि नेपालगञ्जमा बाक्लो हुस्सु लाग्न थालेपछि डोल्पालगायतका पश्चिम क्षेत्रका हवाई उडान प्रभावित भएका छन्। नेपालगञ्ज विमानस्थलमा बाग्लो हुस्सुका कारण अँध्यारो हुने भएकाले नेपालगञ्जबाट उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा पहिलेको तुलनामा नियमित उडान घटेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । एकसाताअघिसम्म तारा, सम्मिट, मकालुलगायतका सबै एयरलाइन्सले नियमित उडान गर्दै आएकामा आजभोलि एयरलाइन्सहरुले उडान घटाए नागरिक उड्डयन प्राधिकरण…
काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न आजदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। यस्तै नयाँ जनादेश…
काठमाडौं: शेर्पा समुदायका कलाकारहरुले 'शेर्पा कलाकार संघ' गठन गरेका छन्। शेर्पा भाषा एवं नेपाली भाषाको फिल्मदेखि गीत, संगीत, नृत्य लगायत क्षेत्रमा संलग्न शेर्पा समुदायका कलाकारहरुले आइतबार कार्यक्रम आयोजना गरी कार्य समिति गठन गरेको हो। संघमा डिजे ङवाङ शेर्पा अध्यक्ष, एपी शेर्पा वरिष्ठ उपाध्यक्ष, आङ कामि शेर्पा उपाध्यक्ष, गायक दोर्जी लामा महासचिव, दावा के शेर्पा सचिव, जाङमु शेर्पा कोषाध्यक्ष, ओङमु शेर्पा…
काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर सुरु गरेको छ। मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर सुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए। हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पुरयाई सम्बोधन गर्नका लागि कल सेन्टर सुरु गरिएको उनले बताए। सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो…
काठमाडौं: गायक बलबहादुर राजबंशीको 'यस पालि त बिहे गर्ने हो' बोलको गीत सार्वजनिक गरेका भएको छ। भिडियोसहित युट्युब रिलिज गीतमा मोडल एलिसा राई र भिमफेदी गाइजको फिचरिङ रहेको छ। भिडियोलाई भिमफेदी गाइजकै निर्मल लामाले निर्देशन गरेका हुन्। गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ भने शब्द राजुबाबु श्रेष्ठले दिएका छन्। उदय राज पौडेलको संगीत संयोजन रहेको छ। ज्ञानेन्द्र शर्माले…
जकार्ता : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा जेरुसेलमलाई राजधानी मान्ने भनी अमेरिकाले गरेको निर्णयकाबारेमा छलफल हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा विश्वका इस्लाम समुदायका नागरिकले विरोध प्रदर्शन गरिरहेका बेला यस विषयमा राष्ट्रसंघमा छलफल हुने भएको हो। मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि निकोली माल्देनोभोले सो विषयमा ब्रिफिङ गरेका…
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित जिल्ला प्राविधिक कार्यालय सिराहका इन्जिनियर राम बहादुर यादबलाई पक्राउ गरेको छ। आयोगको टोलीले सोमबार बिल पास गराउन लिँदै गरेको ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
काठमाडौं : ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ। सोमबारदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गरेको हो। भारतीय खेलाडी जयकिसन अनिल कुमार कल्सावालाले नटआउट ४४ रन बनाएपछि ललितपुरले ९० रनको सामान्य लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। जयकिसनले ४८ बल खेल्दै ४ चौका र…
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा गठन नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन्। सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले यो चुनावी सरकारले भएकाले राष्ट्रियसभाको निर्वाचन नभएसम्म सरकारबाट नबाहिरिने बताए। उनले भने,‘ हामी निर्वाचन सम्पन्न गरेरमात्रै सरकार छाड्छौं, केयर टेकर गभर्मेन्ट भन्नुहुन्छ भनेपनि हामी केयर गरिरहेका छौं, निर्वाचन आयोगले पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन।’ उनले प्रधानमन्त्री…