टोकियो : जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ। जापानको मंगलबारको मन्त्रिपरिषद् बैठकले दुई वटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसम्बन्धी यन्त्र जापानी भूमिमा जडान गर्ने निर्णय गरेको हो। जापानी भूमिमा जडान गर्न लागिएको प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको आक्रमणबाट जापानलाई जोगाउने छ। यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ। दुई महिनामात्र अघि…
काठमाडौँ: गायक सन्तोष कालिकोटेको 'छट्पटी' बोलको गीत रिलिज भएको छ। पप जनराको गीत म्युजिक भिडियो सहित युट्युब रिलिज भएको हो। गीतमा डम्बर हिङमाङले शब्द तथा संगीत दिएका छन्। उत्सब दाहालले खिचेको गीतको भिडियोलाई निशान घिमिरेको निर्देशन गरेका हुन्। भिडियोमा राज, संजित तथा रोशनीको फिचरिङ रहेको छ।
काठमाडौँ : युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। बधाई तथा धन्यवाद ज्ञापनका लागि पुगेका दुबै युवा संगठनको संयुक्त टोलीले वाम गठबन्धनले करिब करिब दुई तिहाइ स्थानमा विजय हासिल गरेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्याउनसमेत पार्टी एकतालाई टुंगो लगाउनुपर्ने बताएको हो। एकतामा नै बल हुन्छ भन्ने…
दाङ : प्रदेश नम्वर ५ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भएको सुरक्षा निकायले निष्कर्ष निकालेको छ। प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जानकारी गराएको हो। निर्वाचनको अवधिमा शंकास्पद गतिविधि गर्ने १ सय ४५ जनालाई पक्राउ गरेकोमा १ सय ३२ जनालाई मुद्धा चलाइएको प्रहरीले जानकारी दिएको छ। प्रदेश नम्वर ५ मा १६…
काठमाडौं : सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले केही दलले प्रत्यक्षतर्फको परिणाम आउनासाथ सत्ता नै कब्जा गर्ने खालको प्रयास गरेको आरोप लगाएका छन्। मंगलबार सिंहदरबारमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सुरक्षाकर्मी, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समूदायलगायतलाई धन्यवाद दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बस्नेतले वाम गठबन्धनप्रति लक्षित गर्दै निर्वाचनको पूर्ण परिणाम नआउँदै कार्यपालिका सिधै कब्जा गर्न खोजेको आरोप लगाएका…
लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। काठमाडौँबाट काँकडभिट्टा गइरहेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायातको बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।रासस
सिमला : भारतको हिमाचल प्रदेशमा कांग्रेसको हार स्विकार्दै मुख्यमन्त्री वीरभद्र सिंहले राजीनामा दिएका छन्। उनको राजीनामा राज्यपालले स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म जिम्मेवारी सम्हाल्न आग्रह गरेका छन्। हिमाचलमा भारतीय जनता पार्टीले ६८ सदस्यीय विधानसभामध्ये ४४ सिटमा जित हासिल गरेको भोलिपल्टै मुख्यमन्त्री वीरभद्रले पदबाट राजीनामा दिएका हुन्। कांग्रेसले २१ सिटमा मात्र जित हासिल गरेको छ। मुख्यमन्त्री वीरभद्र र उनका छोरा विक्रमादित्य…
मधुशालाका पारखीका लागि 'ककटेल' सामान्य शब्द हो। अनि 'भकटेल' नि? प्रविधिका क्षेत्रमा ककटेलकै स्वरुपमा आएको छ भकटेल अर्थात् – एउटा इन्टर्एक्टिभ पेय। भर्चुअल ककटेल अर्थात् अभौतिक मदिरा। अनुसन्धानकर्ताका अनुसार यसको स्वाद, सुगन्ध र स्वरुप सक्कली मदिरा नै लाग्छ। ककटेलमा जस्तै यसमा पनि मिश्रणहरुको स्वाद मिल्छ, रङ्गहरु जोडिन्छन् र फरक अनुभूति हुन्छ भलै यसमा कुनै मदिराहरु मिसाइएको हुन्न। भकटेलमा…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)मा मंगलबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्सलाई ६ रनले पराजित गरेको छ। १५१ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरै २० ओभर खेलेर ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सफल भएपछि प्रतियोगितामा पहिलो हार बेहोरेको हो। सोमबार भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित…
वीरेन्द्र कर्ण वीरगंज : निकुञ्जभित्र रहेका जनावरलाई आवतजावत गर्ने मार्गलाई ध्यानमा राखी निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माण गर्न पर्सा राष्ट्रिय निकुञ्जले नेपाली सेनाको ध्यानाकर्षण गराएको छ। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने हात्ती, गैँडा, बाघलगायतका जनावर बकैया नागमणि सामुदायिक वन क्षेत्रको बाटो भएर आवतजावत गर्ने भएकाले द्रुतमार्ग निर्माण गर्दा करिब एक किलोमिटरसम्म हाइब्रिज वे बनाउनुपर्ने सुझाव दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले जानकारी दिए। …
काठमाडौं: डकुमेन्ट्री 'द लास्ट हनी हन्टर' निर्माता बेन आयर्सले १९ वर्ष नेपालमा बिताए। उनी नेपाली भाषा मजाले बुझ्छन् र बोल्छन् पनि। १५ औं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल समापनका दिन उनले नेपाली भाषामा नै किम्फ आयोजक, दर्शक र डकुमेन्ट्री निर्माण सम्भव बनाउने सबैलाई धन्यवाद दिए। पहिलोपटक 'स्पेसियल मेन्सन अवार्ड'को विजेता घोषणा हुँदा स्टेजमा चढेका थिए। उनले इङ्लिसमा जुरी र आयोजकलाई धन्यवाद…
रमेश लम्साल काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन्। प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। साउनयता साना तथा मझौला गरी कूल सात जलविद्युत् आयोजना सम्पन्न भएका छन्। साना तथा मझौला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । सरकारी स्वामित्वको प्राधिकरणका…
कलैया : मंसिर २९ गतेदेखि सुरु भएको शीतलहरले बारा जिल्लाको जनजीवन प्रभावित भएको छ। बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले सदरमुकाम कलैयाको जनजीवन चार दिनदेखि भएको छ । कुहिरो र शीतलहरसँगै चिसो हावा चल्ने गरेकाले हाटबजार तथा कार्यालयमा सर्वसाधारणको आवागमन कमी हुनाका साथै विद्यालयमा विद्यार्थी कम उपस्थित हुन थालेका छन् । चिसोका कारण कलैया अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका…
काठमाडौ : नेकपा एमालेका नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लबमा बस्नेतले अब पनि प्रधानमन्त्रीको को बन्छ भनेर बहस गर्नु गलत हुने बताए।उनले स्वभाविक रुपमा जनमत वाम गठबन्धनको पक्षमा आएकोले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे। उनले भने,‘वाम गठबन्धनबाट प्रधानमन्त्रीको बन्छ ? भनेर प्रश्न गर्नु…
काठमाडौँ : पछिल्लो समयमा निजामती सेवामा आकर्षण बढ्दै गएको छ। निजामतीमा आकर्षण बढ्दै गएपछि लोकसेवा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पनि वर्षेनी बढेको छ। दश वर्षको अवधिमा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पाँच गुणा बढेको पाइएको छ। आयोगका उपसचिव देवीप्रसाद सुवेदीले आर्थिक वर्ष २०६४/६५ देखि आर्थिक वर्ष २०७३/७४ सम्म आयोगमा दर्खास्त दिने आवेदनको सङ्ख्या पाँच गुणा बढेको जानकारी दिए। यो सङ्ख्या निजामतीतर्फको स्वास्थ्यसहितको रहेको…
काठमाडौं : विशेष अदालतले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डे लगायत ३ जनाविरुद्ध जनही १० लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दर्ता गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत कृति बल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीलाई घुस लिइरहेको अवस्थामा गत कार्तिकमा पक्राउ गरेको थियो।
ढाका : बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ। उपाधि जित्ने लक्ष्यका साथ ढाका पुगेको नेपाली चेलीहरु लगातार दोस्रो खेलमा लज्जासपद हार बेहोरे पछि फाइनल पुग्न समेत असफल भएको छ। नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग ६-० ले पराजित भएको थियो। उता भारत र बंगलादेश लिग राउन्डमा एक अर्कासँग भिड्नुअघि नै फाइनल पुगेका…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत मंगलबार भएको पहिलो खेलमा शक्ति गौचनको पोखरा राइनोजले दीपेन्द्र सिंह ऐरीको चितवन टाइगरसलाई १० विकेटले पराजित गरेको छ। पोखराको शानदार जितमा अलराउण्ड प्रदर्शन गरेका पाकिस्तानी खेलाडी इस्रार रुल्लाहले ४ विकेट लिनुका साथै नटआउट ६१ रन बनाए।
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पारस खड्काको विराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रिओट्समाथि ६ रनको रोमाञ्चक जित हासिल गरेको छ। पवन सराफले अर्धशतक प्रहार गरेपनि ज्ञानेन्द्रकव टोलीले पारसकव टोलीलाई हराउन सकेन।
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ। खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँबासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले मंगलबार छलफल गरेको हो। मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र कहिले धुवाँ र धुलोबाट…