बेलायत राजकुमार प्रिन्स ह्यारी र अभिनेत्री मेघन मर्केलको विवाहको खबर केही साताअघि नै सार्वजनिक भएपनि मिति तय भएको थिएन। उनीहरु सन् २०१८ को १९ मेमा पति पत्नी बन्ने भएका हुन्। यी दुई पब्लिक फिगरको विवाह मितिले ह्यारीका दाइ विलियमलाई समस्या हुन सक्छ। मे १९ तारिखकै दिन एफए कप फुटबलको फाइनल भएकाले विलियमलाई समस्या हुने भएको हो। किनकी उनी फुटबल असोसियसनका…
काठमाडौं : सिंगापुरलाई ७० रनले पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा १८४ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई ११२ रनमा रोक्दै नेपालले च्याम्पियन बनेको हो। त्यसअघि टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विशाल विक्रम केसीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो। जवाफमा सिंगापुर ३१.५ ओभरमा ११२ रनमा अलआउट भएको हो।…
लुसाका : जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु भएको छ। गत अक्टोबरदेखि अहिलेसम्म २० जनाको मृत्युभएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। हैजाको सङ्क्रमण भएका थप २९ जना विरामी अस्पतालको सम्पर्कमा आएका छन्। स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या ७६० पुगेको जनाएको छ। यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। ती…
कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नरबहादुर धामीले वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गाको नापी गरी स्थानीय जनतालाई लालपूर्जा दिन आतुर रहेको बताएका छन्। शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा विजयपछि मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा धामीले सरकार गठनपछि जग्गा समस्या समाधानका लागि केन्द्रीयस्तरको आयोग गठन गरिने र बसेकै ठाउँमा जग्गा नापी गरी लालपूर्जा उपलब्ध गराइने आश्वासन दिए। दुई वर्षभित्रै…
बैतडी : बैतडीमा स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएका छन्। जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन्। जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिक्षाका कर्मचारी खटाइए पनि कर्मचारीको पदीय मार्यादाक्रम नमिल्दा उनीहरू नगएका हुन्। स्थानीय तहमा नासु तहकालाई कार्यकारी जिम्मा दिँदा शिक्षाका अधिकृतस्तरका कर्मचारी उनीहरुको मातहतमा…
जकार्ता : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने निर्णयका विरुद्धमा इन्डोनेसियाको राजधानी जकार्तामा व्यापक प्रदर्शन भएको छ। निर्णयको विरोधमा अमेरिकाविरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको हो। यसैक्रममा आइतबार गरिएको अमेरिकाविरुद्धको प्रदर्शनमा दशौँहजार मुस्लिम नागरिकको सहभागिता रहेको जनाइएको छ। प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान भएको थियो। …
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षित हुने भएका छन्। समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिने…
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन्। गृहजिल्ला तनहुँमा मतदातालाई धन्यवाद दिन आएका वरिष्ठ नेता पौडेलले दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु गलत भएको बताए। राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया सुरु नहुने पौडेलको भनाइ थियो। पौडेलले सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ…
बुटवल : बुटवलको हस्पिटल लाइनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।ना ७ ख ६७२५ नम्बरको टिपरले लु ३१ प १४५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक दलबहादुर भण्डारीको मृत्यु भएको हो। गोलपार्कबाट चौडाहातर्फ गइरहेको टिपरले हस्पिटल लाइनमा स्कुटरलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भण्डारीको जेनस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै,…
काठमाडौ : राजधानीमा बन्ने अधिकांश नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फोटो स्टुडियो र कम्युनिकेसन सेन्टरमा नै बन्ने गरेको तथ्य फेला परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले गत शुक्रवार राजधानीका आठवटा फोटो स्टुडियोमा छापा मार्दा नक्कली लाइसेन्स सहित अन्य सरकारी कागजपत्र बनाउँदै गरेका बेला सात जनालाई पक्राउ गरेको छ। न्यू लुम्बिनी कम्युनिकेसन एण्ड डिजिटल फोटो स्टुडियो, राप्ती फोटो स्टुडियो,…
काठमाडौं : नेपाली क्रिकेट इतिहासमा सबैभन्दा ठूलो स्फोर्टिङ इभेन्ट बनाउने लक्ष्य राखेको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट भोलीबाट सुरु हुँदैछ। प्रतियोगिताको एकदिन अघि आयोजक इपीएल प्रालीले इपीएलको ट्रफी अलभेइल गर्दै यसलाई भव्य रुपमा आयोजना गर्ने जनाएको छ। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले उक्त ट्रफी जित्न प्रतिस्पर्धा गर्नेछन्। १३ दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल हुनेछन्। टिमको…
काठमाडौं : नेपाल मोटर स्पोर्ट्स क्लबले यही पुस १५ गते प्थम भलक्स्वगन राष्ट्रिय अटो जिमखाना च्याम्पियन आयोजना गर्ने भएको छ। नेपाल अटोमोबाइल एसोसिएसन नासासँगको सहकार्य तथा काठमाडौं जिल्ला खेलकुदविकास समितिको समन्वयमा उक्त च्याम्पियन गर्न लागेको आयोजकले आइतबार जानकारी दिएको हो। यसअघि टाइम, डिस्ट्यान्स र स्पीड ढाँचामा मोटर रेस तथा र्यालीहरु हुँदै आएपनि नेपालमा अटो जिमखाना च्याम्पियन हुन लागेको यो पहिलो…
काठमाडौं : बंगलादेशमा आजबाट सुरु भएको साफ यू-१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६-० ले पराजित भएको छ। च्याम्पियन बन्ने लक्ष्यका साथ बंगलादेश पुगेपनि नेपालले पहिलो खेलमै घरेलु टोलीसँग फराकिलो हार बेहवर्दै प्रतियोगिताको सुरुवात गरेको छ। बंगलादेशको लागि तोहुरा खातुन एक्लैले ४ गोल गरिन्। नेपालका मनमाया बिकको आत्मघाती गोलबाट पहिले अग्रता लिएको बंगलादेशले पहिलो हाफमै ४ गोलको अग्रता लिएको…
काठमाडौं : नेपालमा विदेशी लगानी रोक्न वाम गठबन्धन र भारतबीच दुरी देखाउने प्रयास भइरहेको आरोप एमाले अध्यक्ष केपी ओलीले लगाएका छन्। भारतीय मिडिया तथा केही व्यक्तिहरुले वाम गठबन्धन र भारतबीच दुरी देखाएर विदेशी लगानी रोक्न र सेयर मार्केट खेल्न प्रयास गरिरहेको ओलीले आरोप लगाए। आइतबार काठमाडौंको होटल अन्नपूर्णमा आयोजित वाम गठबन्धनको पत्रकार सम्मेलनमा ओलीले भने, ‘वाम गठबन्धनको बहुमत आउँदा भारतले…
काठमाडौं: केकी अधिकारी र नाजिर हुसेन अभिनित फिल्म 'राज्जा रानी'ले सोमबारदेखि देशव्यापी प्रचार अभियान सुरु गरेको छ। मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिन मनाउँदै फिल्म युनिटले दस दिने मोफसल यात्रा घोषणा गरेको हो। क्याम्पेनबारे जानकारी दिन आयोजित सम्मेलनमा मैथिली संस्करणको ट्रेलर एवं गीत लन्च गरियो। सामाजिक संस्था भोर नेपालले बिराटनगर, बीरगंजसहित पूर्वी तराईका फिल्म हलहरुमा राज्जा रानीलाई मैथिली भाषामा प्रदर्शन गर्दैछ। नेपाली…
टेक शाही डोल्पा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि डोल्पामा खटिएका सशस्त्र प्रहरीलाई कार्यक्षेत्रमा फर्काइएको छ। कोहलपुरमा रहेको सशस्त्र प्रहरीको क्षेत्रीय गणबाट डिएसपीको नेतृत्वमा खटिएका ५० जना शसस्त्र प्रहरीलाई कार्यक्षेत्रमा फकाइएको हो। निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली दुनैमा डेढ महिना क्याम्प राखेर बसेको थियो। डोल्पामा कुनै गुल्म र व्यारेक नभएको सशस्त्र प्रहरी हरेक वर्ष बैशाखको पहिलो सातादेखि हिमाली पाटनमा…
धनकुटा : प्रदेश नम्बर एकको राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटाबासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन्। धनकुटाको मदनचोकबाट अघि बढेको जुलुश बजार परिक्रमापछि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा पुगेको हो। सुरक्षा, भौतिक संरचनाका साथै भौगोलिक रुपले समेत धनकुटा प्रादेशिक राजधानीका उपयुक्त भएको दाबी गर्दै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले यसमा सरकारलाई दवाव दिन कार्यालयमा धर्ना…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल को उद्घाटन खेलमा सोमबार काठमाडौं किंग्स एलेभेन र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित टी यू इन्टरनेशनल मैदानमा बिहान ११ बजे सुरु हुनेछ। काठमाडौं श्रीलंकन खेलाडी फरविज महारुफको कप्तानीमा मैदान उत्रनेछ भने ललितपुरको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ले गर्नेछन्। ज्ञानेन्द्र ललितपुरका मार्क्यु प्लेअर समेत हुन्। काठमाडौंको मार्क्यु प्लेअर सोमपाल कामी…
काठमाडौं : वाम गठबन्धनले संयुक्त घोषणापत्र कात्तिक २१ गते काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटबाट गरेको थियो। जहाँ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका थिए। चुनावको मतपरिणाम आएपछि वाम गठबन्धनले मतदातालाई धन्यवाद दिन काठमाडौंको फाइभ स्टार होटेल अन्नपूर्णमा संयुक्त पत्रकार सम्मेलन गर्यो। दुवै कार्यक्रमको एउटै संयोग पत्रकार सम्मेलन रह्यो र दुवै सम्मेलन अस्तव्यस्त…
काठमाडौं: सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगीता आयोजना गर्ने भएको छ। 'दृश्यांश' नाम दिइएको प्रतियोगिताको यो दोस्रो संस्करण हुनेछ। सामान्य प्रविधिको प्रयोगले पनि कथालाई उत्कृष्ट ढङ्गले प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण मोबाइल फिल्म प्रतियोगिताले दिन सक्ने आयोजकले बताए। प्रतियोगिले मोबाइलबाट छायांकन गरेको फिल्मबाट आफूलाई उत्कृष्ट साबित गर्न पर्ने हुन्छ। फिल्म ३ मिनेटसम्म लामो हुन पर्नेछ। प्रतियोगीतामा पहिलो पुरस्कार नगद रु…