काठमाडौं : पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ। गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो। केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी…
काठमाडौं : अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन्। बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २६ लाख जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बानेश्वरबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज…
काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ। जसको मूल्य बिहीवार प्रतितोला ९१ हजार ८…
राँझा: बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ। पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ। बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ। यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ। बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ।…
तनहुँ: तनहुँको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए। गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्याराथन गर्दैछ। म्याराथनका लागि विभिन्न ठाउँमा १६ वटा गेट निर्माण गरिनेछ र…
महोत्तरी: लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन्। जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन्। सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ। त्यसैगरी मटिहानी नगरपालिकाले मङ्गलबार सूचना जारी गरी आजदेखि विद्यालय बन्द रहने जनाएको छ। आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै…
सउल : ईपीएसमार्फत दक्षिण कोरियामा आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ। दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो। यहाँ श्रम गर्न आउने श्रमिकले सुरुमा तीन वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन्।…
नारायण अधिकारी - चितवन : चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकले बताएका छन्। जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ। अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले रक्तचापको समस्या नभएको भन्दै आउने…
मनाङ : हिउँ पहिरोमा परेर बेपत्ता भएका एक किसान चार दिनपछि मृत अवस्थामा भेटिएका छन्। मनाङको नासों गाउँपालिका – ४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। चार दिनदेखि हिउँ पहिरोमा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको…
काठमाडौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए। बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन्। राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ…
रमेश गिरी- भक्तपुर : कोरोना भाइरसको सङ्क्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन्। नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका हुन्। नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका– ७ (गुण्डु) र ८ (सिपाडोल)को सङ्गमस्थल ऐतिहासिक रानीकोटमा सबै होटल आन्तरिक…
काठमाडौं : हनुमानढोका दरबार क्षेत्रमा रहेको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पुर्यायो। भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरेका थिए। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनःनिर्माणको सूचीमा राख्न निर्देशन पनि दिएका थिए। कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन समेत…
कर्णालीः आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। एमाले कर्णाली प्रदेश कमिटीको शुक्रवार सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो। सिफारिसमध्येका तीन जना उम्मेदवार छानिने छन्। कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ। एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस…
काठमाडौं : प्रतिनिधिसभा, परराष्ट्र सम्बन्ध समितिले मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययन सहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिको आजको बैठकले मुलुकको परराष्ट्र नीतिका सम्बन्धमा हालसम्म प्रस्तुत प्रतिवेदन, कार्यान्वयन अवस्था र सुधार गर्न पर्ने विषयवस्तु बारे छलफल र अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्न परराष्ट्र नीति छलफल उपसमिति गठन गर्ने निर्णय गरेको हो। उप समितिमा पुष्पा भुसाल,…
काठमाडौँ : सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सुर्खेत जिल्लाको साविकका…
काठमाडौँ : आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ। विभागले गण्डकी र प्रदेश नं…
पाल्पाः पाल्पाको बगनासकाली -१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटर बक्स, बत्ती जडान छन्। झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन्। महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ। तर, अँध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन। विसं २०५८ मा विद्युतीकरण भए पनि हालसम्म थ्रिफेज लाइन विस्तार नहुँदा साँझ बिहान बत्तीसमेत बल्दैन।…
बागलुङः कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ। अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहेका जैमिनी नगरपालिका -१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। फक्राउपछि कैद लगत कट्टाको लागि जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी…
पर्वतः विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन्। मङ्सिर २४ गते गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका -६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन्। पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी…
चितवनः नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ। खाने तेल बोकेको ट्याङ्कर बुधवार साँझ त्रिशूलीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो। ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए। ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ।…