नारायण ढुङ्गाना- काठमाडौँः नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै छन्। हो, कम्युनिस्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना। त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न सकेनन्, सिर्जनालाई राम्रो भने र एकैछिन हेरे। पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनस्थल प्रज्ञा भवनको एउटा कुनामा क्यान्भासमा सजिएको उक्त सिर्जनाले उनलाई मात्र होइन, त्यहाँ उपस्थित सबै नेतालाई एकपटक टक्क…
काठमाडौं : झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे। जीवन व्यवहार सिके। तर, कहिल्यै निराश भने हुन परेन। पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो। किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र? तर, आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला? भीमबहादुरलाई पनि यस्तै…
नवीन लामिछाने - मनाङ : जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाटै हिमाली जिल्ला मनाङमा हिमपात हुन थाल्यो। माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको हो। चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ। गएको वर्षमा यस समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन। आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर…
काठमाडौं : काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी…
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी मंगलवार र बुधवार देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताएका छन्। माओवादी केन्द्रको आजदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले शान्तिप्रक्रियापछि विचार, सङ्गठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौ भनेर आत्मसमीक्षा गरिने बताए। महाधिवशेनमा पेश गर्न आफूले तयार गरेको राजनीतिक प्रतिवेदनमा आफूले…
काठमाडौं : कम्प्युटर एशोसिएसन अफ नेपालले क्यान इन्फोटेकको २७ औँ संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन तथा त्यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति अन्तक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको मेलाका लागि अन्तिम तयारी गरिएको हो। यो वर्षको क्यान इन्फोटेक…
बारा : जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा– ५ बस्ने ३० वर्षीय रङ्गदेश कुशवाहालाई सो रकमसहित हिजो नियन्त्रणमा लिएको थियो। स्रोत नखुलेको नगद…
काठमाडौं : शनिवारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्यो। किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ। एक दिनमै त्यस्तो के परिवर्तन आयो भन्ने बारेमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै थियो। शनिवार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेतासँग सल्लाह गरे र सबै…
काठमाडौं : यो साता देशको अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ। पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साताको शुरुमा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।…
काठमाडौं : नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेद्वारलाई दलको औपचारिक पत्र प्रदान गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको प्रथम बैठकले सो निर्णय गरेको हो। बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचन प्रयोजनका लागि नेपालको संविधान र राजनीतिक दलसम्बन्धी…
काठमाडौं : राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन्। आयोगका अनुसार, नेपाली कांग्रेस,…
म्याग्दी : म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर-किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ। पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर-किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए। अभियान शुरु…
झापा : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन्। एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन्। अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै…
काठमाडौंः निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आयोगका पदाधिकारीले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै एकै दिन एकै चरणमा निर्वाचन हुने गरी मिति तोक्नु उपयुक्त हुने सुझाव दिएको हो। पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणमा आगामी वेशाख २२ गते बिहीबारका दिन गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन…
भीष्मराज ओझा - काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिवार बस्दैछ। बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ। शनिवार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशन…
चितवन: आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो। प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल आठ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए। धुर्मुस…
काठमाडौँ : नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमोक्रन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमोक्रन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। ओमोक्रन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन्। यसअघि नेपालमा एक जनामा यो भेरियन्ट पुष्टि…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका देउवाको अध्यक्षतामा आज बसेको निर्देशक समितिको २१औँ बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाए। उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनर्स्थापनासम्बन्धी कार्यलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पुर्याउन…
किमाथाङ्का : सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो। प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए। यस्तै, मङ्गलवार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको…