कञ्चनपुरः कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत नगर्ने/नगराउने निर्णय गरेको छ। अति आवश्यक कामले जानै…
भक्तपुर : कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन्। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए। जाडो…
बैतडी : बैतडीको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ। पाटन नगरपालिका-३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो। स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए। प्रहरी टोली घटनास्थलमा…
नारायण ढुङ्गाना - काठमाडौँ : कास्कीको ‘कपुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन्। धेरैजसको समय काठमाडौँ र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम मताङ र लक्ष्मीप्रसाद खोतेजा यसपालि कपुचेले तानेर त्यहाँ पुर्याएको बताए। यसअघि उनीहरुले मर्दी पुगेर त्यहाँको हिमशृङ्खला समेटेर चित्र बनाएका वर्ष…
काभ्रेपलाञ्चोक : भुम्लु गाउँपालिका – ८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन्। एक दिनको फरकमा हप्ता अघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाल र…
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाले काम थालेको चार वर्ष पूरा भएको छ। संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था हो। यसले तोकिएको विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानून निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पास गर्नेजस्ता कार्य गर्ने गर्दछ। संविधानबमोजिम व्यवस्था भएको सङ्घ, प्रदेश र स्थानीय तह…
टोकियो : जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ। जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रवार गरेको हो। कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन्। पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख…
काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन्। मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ। चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए।
कर्णाली : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जोखिमपूर्ण भन्दै हिजो त्रिभुवन विश्वविद्यालयले परीक्षाका कार्यक्रम स्थगित गर्यो। आज त्रिविकै बाटो पछ्याउँदै मध्यपश्चिम विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ। परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको…
काठमाडौं : काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्। कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो। सरकारले दिएको निर्देशनको…
काठमाडौं : पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ। साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो। राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो। अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए। विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा…
चितवन : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका-६ कालीखोलामा आज बिहान २:३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो। तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो। सडकको ३० मिटर भाग पहिराले ढाकेको…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ। बिहान छिटफुट वर्षासमेत भएको छ। महाशाखाले पनि…
काठमाडौं : पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ। कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि बुधवारदेखि उक्त नियम लागू गरिएको हो। “अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै कोरोना भाइरसविरुद्धको खाप काड पनि साथमा लानु पर्नेछ”, चिडियाखानाका सूचना अधिकारी लीना चालिसेले भनिन्। सामान्य अवस्थामा जति पनि…
कास्कीः गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना संक्रमित बढेका छन्। संक्रमित बढ्दै जाने क्रममा बुधबार पछिल्लो २४ घण्टामा थप ७०३ जनामा संक्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका -६ का ८७ वर्षीय पुरुषको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो। यस अवधिमा एक हजार ३०१ जनाको नमूना परीक्षण गरिएकामा ७०३ जनामा संक्रमण…
काठमाडौँः कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन्। विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले आज जारी गरेको थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने जनाएको छ। त्यस्तै, उच्च अदालत पाटनले पनि…
जनकपुर : मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ। मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो। मधेश प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर सप्तरी सदरमुकाम राजविराजमा विशेष कार्यक्रम गर्न लागेको छ। मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेश सरकार मन्त्री, प्रदेशसभा सदस्य र…
काठमाडौँः पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन् । दैनिक सङ्क्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पनि…
ललितपुरः जिल्ला प्रशासन कार्यालय ललितपुरले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ। कोरोना संक्रमणलाई ध्यानमा राखेर प्रशासनले यस्तो सूचना जारी गरेको हो । प्रजिअ घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख छ। यसैगरी चालक तथा सहचालकले मास्क र फेस सिल्ड…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमल बहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमवार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमवार…