PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

  • रोबोटको सेवा चाहियो? आउनुस् नौलो रेष्टुरेन्टमा, यहाँ रोबोटले तपाईँको टेबुलमा ल्याउँछ खाना

    रोबोटको सेवा चाहियो? आउनुस् नौलो रेष्टुरेन्टमा, यहाँ रोबोटले तपाईँको टेबुलमा ल्याउँछ खाना

    काठमाडौं : पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरेका पाँच युवा र व्यवस्थापन पढेका दुर्इ युवा मिलेर पाइला टेक्नोलोजी कम्पनी खोले। कम्पनीले रोबोट बनाउन सुरु गर्यो। उनीहरुले बनाएको रोबोट 'परी' नेपाल एसबीआर्इ बैंकले किन्यो। दरबारमार्गमा रहेको पहिलो स्मार्ट शाखामा रोबोट परीले कस्टुमर सर्भिसको काम गर्छिन्। बैकिङ क्षेत्रमा प्रयोग गर्ने रोबोट तयार भएपछि उनीहरु होटल, रेष्टुरेन्टमा प्रयोग गर्न मिल्ने रोबोट बनाउन हौसिए। उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलार्इ पर्यटन सचिवको काउन्टर: ‘जहाज बस चलाए जस्तो होइन, कुदाइहाल भन्नलाई’

    प्रधानमन्त्रीलार्इ पर्यटन सचिवको काउन्टर: ‘जहाज बस चलाए जस्तो होइन, कुदाइहाल भन्नलाई’

    काठमाडौं: प्रधानमन्त्री केपी ओलीले असार ३० गते सातो खाएका सचिवमध्येका हुन् कृष्ण देवकोटा।     महिना दिनअघि नेपाल वायुसेवा निगमले कुनै बिजिनेस प्लान नगरी 'अन्नपूर्ण' जहाज ल्याएपछि ओलीले त्यसै सन्दर्भमा पर्यटन मन्त्रालयका सचिव देवकोटाको सातो खाएका थिए।    ओलीले हप्काउँदै भनेका थिए- अर्बौँ रुपैयाँ लगानी गरेर विमान किनेर ल्याएको छ। त्यो नयाँ विमान विमानस्थलमा थन्काएको छ। अर्बौँ रुपैयाँ ऋणको ब्याज चढिरहेको…

    विस्तृतमा पढ्नुस्

  • एक करोड रुपैयाँ पर्छ अब यो बाइकको मूल्य, दर्ता शुल्क मात्रै दुर्इ लाख

    एक करोड रुपैयाँ पर्छ अब यो बाइकको मूल्य, दर्ता शुल्क मात्रै दुर्इ लाख

    काठमाडौं : बजेटबाट अन्तशुल्क बढेपछि महँगा बाइकको मूल्य करोड पुगेको छ। उच्च घरानाले सोखको रुपमा चढ्ने बाइकको मूल्य अन्तशुल्क बढेका कारण दोब्बर भएको छ। सीमित मात्रै बिक्री हुने डुकाटी बाइकको मूल्य करोड रुपैयाँ पुगेको छ।बजेट अघि यो बाइकको मूल्य ५० लाख रुपैयाँ थियो। डुकाटी बाइकको अधिकृत बिक्रेता डुकाटी काठमाडौंका चेयरम्यान अभिनवजंग बहादुर राणाका अनुसार १२ सय सीसीको डियाभेल,मल्टीस्ट्राडा बाइकको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • एनएसीको नयाँ वाइडबडी 'अन्नपूर्ण' काठमाडौँ आइपुग्यो, यस्तो छ १२ अर्बको जहाज

    एनएसीको नयाँ वाइडबडी 'अन्नपूर्ण' काठमाडौँ आइपुग्यो, यस्तो छ १२ अर्बको जहाज

    काठमाडौँः नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी ए ३३०-२०० विमान अन्नपूर्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गरेको छ। विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो। गत वैशाखमा निगमले दुर्इ वटा जहाज फ्रान्सको एएआर किन्न सम्झौंता गरेको थियो। जहाज किन्न सरकार जमानी बसेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ निगमले ऋण लिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • तीन पटक 'संयोगवश' दुर्घटनाबाट जोगिएको यो २३ वर्ष पुरानो विमान

    तीन पटक 'संयोगवश' दुर्घटनाबाट जोगिएको यो २३ वर्ष पुरानो विमान

    काठमाडौं : यति एयरलाइन्सको (९एन-एएचयु) कलसाइन विमान आइतबार पोखरा विमानस्थलमा अवतरणपछि ‘पार्किङ वे’मा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुग्यो। संयोगवश विमान ठूलो दुर्घटना हुनबाट बच्यो। विमानमा रहेका यात्रु सकुशल रहे। तर यो जहाजका लागि संयोगवश भएको पहिलो भने होइन। यो विमान पछिल्लो तीन महिनामा तेस्रो पटक यस्तो ‘इन्सिडेन्ट’ व्योहोरिसकेको छ। तीन पटक ‘संयोगवश’ भन्दै यो विमानलार्इ निर्वाध उडान भर्न दिइएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजावाहकको सट्टा किन निजी एयरलाइन्समा जाँदैछन् चीन?

    प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजावाहकको सट्टा किन निजी एयरलाइन्समा जाँदैछन् चीन?

    काठमाडौँः चीनबाट विभिन्न हवार्इ सेवा कम्पनीले नेपालमा सिधा उडान गरिरहेका छन्। चीन काठमाडौँ दैनिक सातवटा उडान भइरहेका छन्। चीनबाट दैनिक एयर चाइनाको दुर्इ, चाइना साउर्दनका दुर्इ, चाइना इस्टर्नको दुर्इ र सिचुवानको एक फ्लाइट भइरहेको छ। नेपाल चीन हवार्इ सेवा सम्झौता अनुसार साप्ताहिक ७० वटा उडान गर्न पाउने प्रावधान छ। तर चीनको हवार्इ कम्पनीलेमा मात्रै नेपालमा उडान भरिरहेका छन्। चीनबाट उडान…

    विस्तृतमा पढ्नुस्

  • थपिने भए चार नयाँ हवाइ रुट : जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरमा सहमति

    थपिने भए चार नयाँ हवाइ रुट : जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरमा सहमति

    काठमाडौं : नागरिक उड्डयन प्राधिकरण र भारत उड्डयन प्राधिकरणले नेपालका लागि नयाँ हवाई रुट तय गरेको छ। बिहीवार र शुक्रवार बसेको बैठकले पूर्वमा जनकपुर र विराटनगरबाट हवाई रुट पर्मिट दिनका लागि दुई पक्षबीच सहमति भएको हो। उडान सुरक्षा मुल्याङ्कन गरी यसलाई लागू गरिने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।  पश्चिमतर्फ महेन्द्रनगरबाट कम उचाइमा उड्ने वायुयानलाई दुईतर्फ उडान बनाइने सहमति पनि…

    विस्तृतमा पढ्नुस्

  • पार्टी प्यालेसले पनि १० प्रतिशत सेवा शुल्क लिने, उपभोक्तालार्इ थपिने भयो भार

    पार्टी प्यालेसले पनि १० प्रतिशत सेवा शुल्क लिने, उपभोक्तालार्इ थपिने भयो भार

    काठमाडौं: मुलुकभित्र संस्थागत रुपमा संचालित होटल,रेष्टुरेन्ट,पार्टी प्यालेसदेखि नाइट क्लबसम्म १० प्रतिशत सेवा शुल्क लाग्ने भएको छ। अहिलेसम्म ग्राहकबाट उठाइने सेवा शुल्क बाध्यकारी रुपमा कार्यान्वयनमा आएको थिएन। ठूला होटल र रेष्टुरेन्टमा मात्रै सेवा शुल्क उठाउने गरिएको थियो। अब राज्यको कानुन अनुसार दर्ता भएर संचालनमा रहेका सबै होटल, मोटल, सफारी रेष्टुरेन्ट, फाष्टफूड, ब्याकेट, पार्टी प्यालेश, होमस्टे, मोनाष्ट्री स्टे, बन्जी जम्प, केवुलकार, फ्लाइट क्याटरिङ,…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाबाट आउँदै मालिन्दोका प्राविधिक

    मलेसियाबाट आउँदै मालिन्दोका प्राविधिक

    काठमाडौं : दुर्घटनाग्रस्त मालिन्दो एयरको प्राविधिक अवस्था बुझ्न मलेसियाबाट प्राविधिक टोली आउने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानको प्राविधिक अवस्था बुझ्न बेलुकासम्म मलेसियाबाट टोली आइसक्ने बताए। ‘जहाजको प्राविधिक अवस्था हेरेर आवश्यक मर्मतपछि मात्रै उडानका लागि योग्य हुनेछ,’ उनले भने। उनका अनुसार अहिलेसम्म जहाजमा ठूलो क्षति देखिएको छैन। 'बाहिरबाट हेर्दा ठूलो क्षति केही देखिँदैन। तर, प्राविधिक टोलीले आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • रनवेबाट मालिन्दोको विमान चिप्लिँदा हिजो रातिदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द, आन्तरिकको उडान भने बिहानदेखि सुरु

    रनवेबाट मालिन्दोको विमान चिप्लिँदा हिजो रातिदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द, आन्तरिकको उडान भने बिहानदेखि सुरु

    काठमाडौँः मालिन्दो एयरको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले मालिन्दो एयरको जहाज दुर्घटनाका कारण अहिलेसम्म पनि विमानस्थल खुल्न नसकेको बताए। ‘मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा गएर भासिएपछि अहिलेसम्म पनि विमानस्थल खुल्न सकेको छैन’उनले भने, प्राविधिक टोलीले जहाज मर्मत लगायतको काम गर्दैछ। विमानस्थल खुल्ने बारेमा अहिले नै भन्न सकिन्न।‘ आन्तरिक उडान भने…

    विस्तृतमा पढ्नुस्

  • उड्न तयार भएको मालिन्दो एयर कसरी चिप्लियो रनवेबाट? विमान दुई फिट तान्दा डोरी नै चुँडियो

    उड्न तयार भएको मालिन्दो एयर कसरी चिप्लियो रनवेबाट? विमान दुई फिट तान्दा डोरी नै चुँडियो

    काठमाडौँ : मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टादेखि बन्द छ। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हिजो रातिदेखि नै विमानलाई रनवे अवरुद्ध नहुने गरी निकालेर पार्किङ स्थलमा राख्ने प्रयास जारी छ।  ठाकुरका अनुसार पाइलटले टेकअफ गर्न लाग्दा प्राविधिक समस्या आएको थाहा पाएपछि बोइङ ७३७-९०० विमान रोक्ने प्रयास गरेका थिए। तर जहाजले गति लिइसकेको हुँदा रनवेबाट बाहिर गएर भासिन…

    विस्तृतमा पढ्नुस्

  • मालिन्दो एयरको विमान धावनमार्गमा तानियो, विमानस्थल केही समयपछि सुचारु हुने

    मालिन्दो एयरको विमान धावनमार्गमा तानियो, विमानस्थल केही समयपछि सुचारु हुने

    काठमाडौँः रनवेमा चिप्लिएर भासिएको मालिन्दो एयरको विमानलाई धावनमार्गमा तानिएको छ। विमान धावनमार्गमा तानिएपछि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तयारी भइरहेको छ।  करिव १२ घन्टा रनवे अवरुद्ध भएपछि विमानलाई धावनमार्गमा तानिएको हो। हिजो रातिदेखि नै विमानलाई निकाल्न प्राविधिकहरुले प्रयास गरिरहेका थिए। प्रहरी र सेनाको सहयोगमा विमानलाई तानेर अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ल्याइएको हो।  मालिन्दोको बोइङ ७३७-९०० विमान राति १० बजे क्वालालम्पुरतिर उड्नका…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : घाँसे मैदानमा भासिएको मालिन्दोको विमान तानेर रनवे पुर्‍याइयो, केही समयमा उडान सुचारु

    अपडेट : घाँसे मैदानमा भासिएको मालिन्दोको विमान तानेर रनवे पुर्‍याइयो, केही समयमा उडान सुचारु

    काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ को करिब ४० मिटरमा रहेको घाँसे मैदानमा चक्का भासिएको अवस्थामा रहेको मालिन्दो एयरको विमानलाई शुक्रबार बिहान तानेर रनवेमा पुर्‍याइएको छ। नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी विमान तानेका थिए। जहाज रनवेबाट चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टादेखि बन्द…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय विमानस्थल सुचारु, आज रातभर विमानस्थल बन्द नहुने

    अन्तर्राष्ट्रिय विमानस्थल सुचारु, आज रातभर विमानस्थल बन्द नहुने

    काठमाडौँ : मालिन्दो एयरको विमान रनवेभन्दा बाहिर गएर भासिएपछि बिहीबार रातिदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार साढे ११ बजेदेखि पूर्ववत सञ्चालनमा आएको छ।  विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सहरुको माग भए आज रातभर विमानस्थल सञ्चालन हुनेछ। 'हामी २४ सै घण्टा विमानस्थल सञ्चालन गर्न तयार छौँ', उनले भने, 'यसका लागि विमानस्थललाई तयार बनाइसकिएको छ।' भासिएको विमानलाई शुक्रबार बिहान करिब साढे…

    विस्तृतमा पढ्नुस्

  • मालिन्दो पन्छाएपछि, एयरपोर्ट पूरै खुल्यो

    मालिन्दो पन्छाएपछि, एयरपोर्ट पूरै खुल्यो

    काठमाडौं : मालिन्दो एयरको जहाज दुर्घटनापछि बन्द भएको विमानस्थल १४ घण्टापछि खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ को करिब ४० मिटरमा रहेको घाँसे मैदानमा चक्का भासिएको थियो। भासिएको मालिन्दोको विमानलाई शुक्रबार बिहान तानेर सुरक्षित स्थान पुर्याइएपछि अन्तर्राष्ट्रिय उडान सुचारु भएको हो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटनाग्रस्त जहाजलार्इ विमानस्थलको पूर्वतर्फको बुद्ध एयरको ह्याङ्कर नजिकै राखेपछि अन्तर्राष्ट्रिय उडान सुरु…

    विस्तृतमा पढ्नुस्

  • कार्गो भ्यानमा भोकको उपचार : यो हो भेजी एक्सप्रेस फास्टफूड

    कार्गो भ्यानमा भोकको उपचार : यो हो भेजी एक्सप्रेस फास्टफूड

    काठमाडौं : चितवनको  रत्ननगर आसपास हरेक दिन मध्यान्नपछि एउटा भ्यान रोकिन्छ। भ्यान अनौठो छ।  कौतुहल मेट्न नजिकै जानेहरु अचम्ममा पर्छन् जब कार्गो भ्यानको छतमा सोलार देखिन्छ। अनि भ्यानमा टाँगिएको खानेकुराको मेनु र किचेन कर्नरतिर सबैको ध्यान जान्छ। गाडी भित्र  फ्रिज, कोल्ड ड्रिङ्क्स, जुस, अनि पकाउने सरसामान छन्।  छेउमा टेबुल कुर्सी। जब रत्ननगरका सूर्यचन्द्र खतिवडाले लण्डनमा देखेको मोबाइल रेष्टुरेन्टकै कन्सेप्ट नेपाल…

    विस्तृतमा पढ्नुस्

  • दरवारको जग्गामा कसको रजाईँ? नेपाल ट्रस्ट कि भाडाको एजेन्ट?

    दरवारको जग्गामा कसको रजाईँ? नेपाल ट्रस्ट कि भाडाको एजेन्ट?

    काठमाडौं : पूर्व राजपरिवारको नाममा रहेको जग्गा आफ्नो मातहतमा ल्याएपछि नेपाल ट्रष्टले त्यसलाई भाडामा दिनेक्रम बढाएको छ। यसको पछिल्लो उदाहरण बनेको छ - दरवारमार्गको जमीन। नारायणहिटी दरबार संग्रहालय अगाडि रहेको एक रोपनी १४ आना जग्गा ३० वर्षका लागि निजी कम्पनीलाई लिजमा दिइएको छ जसबाट ट्रस्टले खासै आम्दानी गर्न भने सक्दैन। ट्रष्टका प्रवक्ता अशोक भट्टरार्इका अनुसार, तीस वर्षका लागि एक अर्ब ३९…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने: पाइलटले अटेरी गर्दा दुर्घटना भयो

    विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने: पाइलटले अटेरी गर्दा दुर्घटना भयो

    काठमाडौं: त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार उक्ता विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको हो। विमान दुर्घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने(एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए। तर, पाइलटले मानेनन।  उत्तरदेखि अवतरण गर्न अनुमति…

    विस्तृतमा पढ्नुस्

  • झलनाथ खनालका छोराका कारण संकटमा गौतम बुद्ध विमानस्थल

    झलनाथ खनालका छोराका कारण संकटमा गौतम बुद्ध विमानस्थल

    काठमाडौं : डिसेम्बर १९, २०१७ मा एसियाली विकास बैंक (एडिबी)का नेपालस्थित आवासीय मिसन प्रमुख मुख्तोर खामुदखानोभले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको नाममा एउटा पत्र पठाए। दुई पाना लामो पत्रको आशय थियो - अहिलेकै प्रगतिको अवस्था कायम रहे गौतम बुद्ध विमानस्थल निमार्णका लागि थप ऋण लगानी गर्न सकिँदैन। खामुदखानोभले लेखेका छन्, 'नोभेम्बर १ देखि १५ सम्ममा आयोजनाले ४ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • तीन युवाको ड्रिम प्रोजेक्ट – त्रिसरा: फैलाउँदै ‘आउटलेट’

    तीन युवाको ड्रिम प्रोजेक्ट – त्रिसरा: फैलाउँदै ‘आउटलेट’

    काठमाडौं: खान र रिफ्रेस हुन रेष्टुरेन्ट जानु सामान्य हो। तर ‍सातवर्षअघि तीन युवाहरु काठमाडौंका रेष्टुरेन्ट एकपछि अर्को गर्दै महिनौं लगाएर घुम्दै गर्दा उनीहरुको उद्देश्य भने फरक थियो। रौनक शमशेर जबरा, अरुणकृष्ण श्रेष्ठ र शोभनबीर मालाकार तिनैमध्येका युवा हुन् जो अहिले त्रिसरा ब्रान्डको चेन रेष्टुरेन्ट चलाइरहेका छन्। केही समय काठमाडौंका बिभिन्न रेष्टुरेन्टको माहोल अध्ययनमा समय बिताएका उनीहरुले अन्तत: पारिवारिक वातावरण र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell